Tuesday, August 26, 2014

२६ सभासदमा १२ दलद्वारा ऋषि धमलालाई सिफारिस

Rishi Dhamala..१० भदौ, काठमाडौं । संविधानसभामा प्रतिनिधित्व गर्ने २१ सभासद रहेका १२ दलले मन्त्रिपरिषदबाट मनोनित हुने २६ सभासदमा आफूहरुको तर्फबाट पत्रकार ऋषि धमलाको नाम सिफारिस गरेका छन् ।
दलित जनजाति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल र थरुहट तराई पार्टी नेपाल लगायतका १२ दलका अध्यक्षहरुले संयुक्त रुपमा प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आफूहरुको भागमा परेको एक सभासदमा धमलाको नाम सिफारिस गरेका हुन् ।
प्रधानमन्त्रीलाई भेटेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा थरुहट तराई पार्टी नेपालका अध्यक्ष गोपाल दहितले आफूहरुले पत्रकारहरुको तर्फबाट उनले खेलेको भूमिकाको सम्मान गर्दै धमलाको नाम सिफारिस गरेको बताए ।
उनले सानादलहरुको तर्फबाट सभासद मनोनयन र सरकारमा समेत सहभागी गराउनु पर्ने भन्दै नगरे सररकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए ।

No comments: