Wednesday, September 3, 2014

मोदीले आफ्नै बोलि फेरे, जापान पुगेर भने,”बुद्ध भारतमा जन्मेका हुन्”

September 3
केहि समय अगाडी नेपाल आएर आफ्नो मिठो भाषणमार्फत करोडौ नेपालीको मन जितेका मोदीले फेरी जापानमा आफ्नो भाषणबाट तिनै नेपालीको गाली खाने बाटो निम्ताएका छन् | भारतीय पक्षबाट सधैजसो हुने यस्ता क्रियाकलाप आजको दिन देखि हुन्दैन भनेर नेपाली संषद भवनमा वाचा गरेका मोदीले आज आफैले नै उक्त वाचालाई तोडेका छन् |
narendra-modi-feb-1
 narendra-modi-feb-1
modi
 भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनीमा भएको सत्यतालाई आफैले स्वीकारेका मोदीले जापानमा एक विधार्थीले सोधेको प्रश्नमा गौतम बुद्ध भारतको रहेको भन्दै आफ्नो बोलीको नै आफैले गलत अर्थ लगाएका छन् | उनले जापान पुगेर यस सत्यतालाई लुकाउदै महिना दिन अघिमात्र नेपाल आउँदा बोलेको आफ्नै बोली कुल्चेर यस्तो झुट बोले । modi यस कुरालाई भारतीय संचार मध्यमहरुले खुला रुपमा सार्वजनिक गरेको पाइएको छ | त्यस्तै, यस कुरालाई आजको indiatimes.com ले समेत छापेको छ | नक्कली लुम्बिनी बनाइरहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी केहि समय अगाडी नेपाल आउदा आफैले बोलेको कुरालाई आफैले मोडी पुन: वर्षौ देखि कायम रहेको नेपालप्रतिको भारतीय हेपाहा प्रवृतिलाई फेरी एक पटक प्रस्तुत गरेका छन् |

No comments: