Sunday, September 7, 2014

सुनकोशीको ताल फुट्यो, नदीका आसपास रहेका बस्ती जोखिममा

September 6
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनेर बनेको ताल फुटेको छ । शनिबार राति करिव ३ बजेतिर ताल फुटेको हो । ताल पूर्ण रुपमा फुटेको भने होइन ।
 BhotekoshiFlood-3
नेपाली सेनाले पानीको निकासका लागि ड्याम खोलिरहेको ठाउँबाट निकास बढेको सैनिक प्रवक्ता जगदिशचन्द्र पोखरेलले अनलाइनखबरलाई जानकारी दिए । ‘राति ताल फुटेको खबर आएपछि हामीले सबै ठाउँमा खबर गरेका छौं’ उनले भने-पानी बढेकाले ताल फुटेको रहेछ ।

 यसले तालको पानी निकै घटेको छ ।’ ताल फुट्दा नेपाली सेनाका स्काभेटरलाई केही तलसम्म बगाएको छ । लामोसाँघुको पुलमा पनि क्षति भएको छ । यद्यपि तालको पानी फुटेर नदी बढ्दा तल्लो क्षेत्रमा के कति क्षति भयो जानकारी आउन बाँकी छ ।

गत साउन १७ गते गएको जुरेमा गएको पहिरोले सुनकोशी नदी थुनिएको थियो । पहिरोमा परी मृत्यु भएका ३३ जनाको शव भेटिए पनि झण्डै १ सय ३० जनालाई वेपत्ता अवस्थामा नै मृत घोषणा गरिएको छ ।

No comments: