बिज्ञानप्रबिधी


गुगलको चालकरहित विमान अर्थात डेलिभरी ड्रोन यस्तो छ

August 30

काडमाडौँ : वस्तु उत्पादक तथा त्यसका अन्तिम उपभोक्ताबीचको दूरी हटाउन नयाँ प्रविधिमा अनुसन्धान गर्ने संस्थाहरूले काम गर्न थालेको निकै भइसकेको छ र त्यसको पछिल्लो शृङ्खलामा गुगलको ‘डेलिभरी ड्रोन’ अर्थात चालकविहीन वितरण विमान हालै अस्ट्रेलियामा परीक्षण भएको छ । प्राविधिक विशेषज्ञहरूले सोचेका सबै कुरा सही भए आउँदा केही वर्षमा तपाईँले आफ्नो ‘स्मार्टफोन’बाट खरिद आदेश दिनुभएको सामान केही समयमै तपाईँ बसेकै स्थानमा यस्तै सानो विमानले पुर्याइदिनेछ । डेलिभरी ड्रोन भन्नाले मानवविहीन हवाई यातायात साधन (अनम्यान्ड एरियल भेहिकल)लाई बुझाउँछ, जसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले दूरसञ्चालित हवाईजहाज (रिमोटली पाइलटेड एयरक्राफ्ट) भनेको छ । सामान्यतया यस्ता विमानलाई त्यसमै रहेका कम्प्युटर वा जमिनमा रहेका वा अन्य गाडीमा रहेका विमान चालकले ‘रिमोट कन्ट्रोल’ (दूर नियन्त्रण) प्रणालीको माध्यमबाट सञ्चालन गर्छन् । यसअघि यस्ता विमान दूरसञ्चालित हवाईजहाजका रूपमा रहेका र हाल यसको नियन्त्रणमा बढ्दो रूपमा स्वचालनपना आउन थालेको विकिपेडियाको धारणा छ । यस्ता विमानहरू विशेष गरी सैनिक र विशेष अभियानमा उपयोग गरिन्थ्यो भने हाल यसको प्रयोग प्रहरीको सहयोग, अग्नि नियन्त्रण, गुप्तचरी जस्ता कुरामा हुन थालेको छ । यसैगरी यस्ता विमानको प्रयोग मानवसहितको विमानले गर्न नसक्ने दिक्कलाग्दो, फोहरी तथा खतरात्मक (डल, डर्टी, ड्यान्जरस) काममा भइरहेको देखिएको छ । अघिल्लो वर्ष विश्व्यापी रूपमा उत्पादन वितरण गर्ने संस्था अमेजनका प्रमुख कार्यकारी अधिकारी जेफ बिजोसले आफ्ना ग्राहकमा वस्तु वितरण गर्न चालकविहीन विमान परीक्षण भइरहेको जानकारी दिए भनी बीबीसीले समाचार प्रकाशन गरेको थियो । उनले ती विमानबाट २.३ किलोग्रामका उत्पादन ग्राहकले खरिद आदेश दिएको ३० मिनेटमा ग्राहकसमक्ष पुर्याउन सकिने जानकारी दिनुभएको थियो। उनले बीबीसीलाई उक्त सेवा आरम्भ हुन पाँच वर्षको अवधि आवश्यक पर्ने जानकारी दिएका थिए। अमेजनले यस सेवाको नाम ‘प्राइम एयर’ राखेको छ । उक्त समयमा गुगलले चालकविहीन गाडीको परीक्षण गरिरहेको थियो । उक्त गाडीमा ‘स्टियरिङ ह्विल’ र ‘पेडल’ नभएका तथा ‘ग्लोबल पोजिस्निङ सिस्टम’ अन्तर्गत क्यामरा तथा गाडीमै रहेको नगरको नक्साका आधारमा गाडीले काम गर्ने प्रणाली रहेको बताइएको छ । यस गाडीलाई ‘स्टार्ट’ गर्न, अगाडि बढाउन र आपत्कालमा रोक्न बटनको व्यवस्था गरिएको गुगलले जारी गरेको भिडियो क्लिपहरूमा देख्न सकिन्छ । गाडीमा रहेको कम्प्युटर स्क्रिनले गाडीको मार्ग र गाडी भएको स्थान देखाउने गर्छ र गुगलले सन् २०१७ सम्म यस्ता गाडीलाई सडकमा उतार्ने जानकारी दिएको छ । गुगलले आफ्नो डेलिभरी ड्रोन निर्माण परियोजनाको नाम ‘प्रोजेक्ट विङ’ राखेको छ र यो उसको गोप्य एक्स प्रयोगशालामा विकास भएको हो । यसै प्रयोगशालामा उसले चालकविहीन गाडी तथा इन्टरनेटसँग सम्पर्क कायम हुने चस्मा विकास गरेको थियो ।आफैँमा उड्ने सवारीसाधनले सामानहरू सस्तो, छिटो, कम क्षति भएर तथा कम वातावरणीय जोखिमका साथ अन्यत्र पुर्याउने नयाँ विधिको ढोका खोल्नसक्ने धारणा गुगलले यससम्बन्धी एक विवरणपत्रमा उल्लेख गरेको छ । गुगलले चालकविहीन विमानले मानसलाई एकपटक मात्र उपयोग गर्ने औजारजस्ता सामग्री एकअर्काबीच आदानप्रदान गर्न सजिलो बनाउनसक्ने धारणा राखेको छ । साथै यस्तो विमानलाई प्राकृतिक प्रकोपका समयमा पहुँच विच्छेद भएको स्थानसम्म आपत्कालीन सामग्री वितरण गर्न उपयोग गर्न सकिने धारणा राखेको छ। गुगलले यस विमानलाई अस्ट्रेलियामा प्राथमिक उपचारका सामग्री, कुकुरको खाना, स्थानीय किसानलाई पानी वितरण गर्न उपयोग गरी परीक्षण गरेको थियो । यस परीक्षणमा यी विमानले करिब आधा माइलको दूरी तय गरेका थिए । यसो भए पनि यस संस्थाले यसलाई बजारमा उपलब्ध गराउन सक्ने गरी तयार गर्न अझै केही वर्ष लाग्ने धारणा राखेको छ । प्रविधिलाई चुनौतीमुक्त गर्नु एक प्रकारको चुनौती भए पनि त्यहाँ अन्य प्रकारका निकै चुनौती छन्। गुगल तथा अमेजन दुबैले यस विषयमा अमेरिकी सरकार तथा उनीहरूले यस्तो विमान सञ्चालन गर्ने अन्य मुलुकका सरकारसँग अनुमति प्राप्त गर्नु आवश्यक छ । इन्जिनियरिङ तथा प्रविधिसम्बन्धी पत्रिका इएन्डटीले आफ्नो वेबसाइटमा अमेजनले गत महिना अमेरिकी सङ्घीय उड्डयन प्रशासनसँग आफ्नो चालकविहीन विमानको परीक्षणको क्षेत्रलाई विस्तार गर्न अनुमति मागेको जानकारी दिएको छ । हाल यस प्रशासनले सामान्यतया व्यक्तिगत अभिरुचिका लागि यस प्रकारको काम गर्ने व्यक्ति तथा नमुना विमान निर्माण गर्ने संस्थालाई चालकविहीन विमानको परीक्षण उडानका लागि अनुमति दिएको छ । उसले व्यापारिक प्रयोजनका चालकविहीन विमानको उडानमा प्रतिबन्ध लगाएको छ । गुगलको एक्स प्रयोगशाला नवीन अनुसन्धानबाट यातायात, स्वास्थ्य तथा सञ्चारको क्षेत्रका समस्या समाधान गरी समाज विकास गर्ने उद्देश्यले स्थापना भएको प्रयोगशाला हो । यसो भए पनि यस प्रयोगशालामा भएका क्रियाकलापमा हुने वित्तीय खर्चको पारदर्शीपना तथा यस्ता लगानीको सफलताका विषयमा यो प्रयोगशाला आलोचनाको विषय बनेको छ । यस प्रयोगशालाले उत्पादन गरेको गुगल चस्माले कुनै व्यक्तिलाई जानकारी नदिइकनै उसको भिडियो तथा चित्र लिने भएकाले यसबाट व्यक्तिगत गोपनीयता उल्लङ्घन हुनसक्ने आशङ्का गरिएको छ । इएण्डटीले प्रोजेक्ट विङ म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको एरोनाउटिक्सका प्राध्यापक निक रायको नेतृत्वमा रहेको टोलीले विकास गरेको जानकारी दिएको छ । उहाँ गत दुई वर्षदेखि यस प्रविधिमा काम गरिरहनुभएको र यस परियोजनाको लागत सार्वजनिक नगरिएको जानकारी दिइएको छ । यसैगरी गुगलको एक्स प्रयोगशालामा तयार भएको दुई यात्रुक्षमताको गाडी आफैँमा सञ्चालन हुने व्यवस्था गरिएको छ । चालकले आफ्नो गन्तव्य टाइप गरी वा उच्चारण गरी गाडीमा रहेको कम्प्युटरलाई आदेश दिनसक्छ । यो गाडी विद्युतबाट सञ्चालन हुन्छ र एकपटक चार्जगरेपछि १६० किलोमिटर चल्नसक्छ। यसमा अगाडिको भागमा परम्परागत बम्परको स्थानमा नरम गद्दाजस्तो सामग्री राखिएको छ । यसबाट बटुवाको सुरक्षामा ध्यान दिइएको दाबी यस संस्थाले गरेको छ । यसको हाल अधिकतम गति ४० किलोमिटर प्रतिघण्टा राखिएको छ । यो गुगलको बाटोको नक्सायुक्त सफट्वेयरको आधारमा चल्ने गर्छ। गुगलको गाडीमा प्रयोग हुने लेजर प्रविधि उत्पादन गर्ने भेलडाइन इन्कका प्रमुख कार्यकारी अधिकृत डेभिड हलले यो गाडी दुर्घटनाग्रस्त भए यसको बिमा कसले तिर्ने भन्ने विषयमा समस्या भएको वाल स्ट्रिट जर्नललाई बताउनुभयो भनी मेल अनलाइनले उल्लेख गरेको छ । यसैले क्यालिफोर्नियाको प्रशासनले यस्ता चालकविहीन गाडीलाई सडकमा परीक्षणका लागि उतार्नु पहिले कुनै पनि दुर्घटनाविरुद्ध ५० लाख अमेरिकी डलरको बिमा गर्नुपर्ने अडान लिएको बताइएको छ । यी सबै समस्याबीच पनि चालकविहीन वितरण प्रणाली भने अब मानवको पहुँचको क्षेत्रभित्रै आइपुगेकामा भने कसैको पनि आशङ्का रहेको छैन । रासस (स्रोत: विभिन्‍न अन्तर्राष्ट्रिय समाचार संस्था तथा इन्टरनेटका सामग्री)  


अाफ्ना ट्वीटबारे अब सवै नालीबेली थाहा पाउन सकिने

Twitter-new-timeline30 August

आफ्ना ट्वीट ठ्याक्कै कति जनाले पढे होलान् ? कतिले मन पराए ? आफ्ना टि्वट लोकप्रिय बन्दैछन वा छैनन् ? टि्वटबाट कति मान्छे प्रभावित भए होलान् ? जान्ने उत्सुकता सबैको हुन्छ । अब यो उत्सुकता समेत मेटिने भएको छ । टि्वटरले आफ्ना प्रयोगकर्ताका लागि टि्वटर अकाउण्टका विभिन्न तथ्यांक थाहा पाउन सकिने एनालिटिक्स ड्यासबोर्ड सार्वजनिक गरेको छ । कसरी थाहा पाउने ? तपाइँका टि्वटहरु कति जनाले पढे र मन पराए भन्ने कुरा थाहा पाउने विधि निकै सजिलो छ अब । टि्वटर अकाउण्ट लगइन गर्नुहोस् र http://analytics.twitter.com/ जानुहोस् । त्यसपछि देखिने ड्यासबोर्डमा तपाइँले आफ्ना पछिल्ला टि्वटहरुको अवस्था थाहा पाउनुहुन्छ । प्रयोगकर्ताको होम टाइमलाइन फिड निकै तिब्र गतिमा परिवर्तन भैरहेको र कुनै पनि टि्वटको खास आयु भनेकै केही मिनेट हुने भएकाले त्यसलाई अरु कुनैले रिटि्वट गरेनन् भने अरुले पढ्न पाउने सम्भावना कम हुन्छ । विज्ञहरु भन्छन्, कहिलेकाहीँ टि्वट गर्नु भनेको असीम गहिरो खाडल नाप्नुजस्तै हुन्छ अर्थात् अर्थहीन । तर, टि्वटरको एनालिटिक्सको माध्यमबाट अब तपाइँले त्यो गहिरो खाडलबाट रिटि्वट पाउनु भयो/भएन भन्ने कुरा जान्न सक्नुहुन्छ । टि्वटरले आफ्नो आधिकारिक पेजमा आफ्नो ड्यासबोर्डको बारेमा यसो भनेको छ : · यसबाट कतिजना मानिस खास समयमा तपाइँको टि्वटमा इन्गेज भए भन्ने देख्न सक्नुहुन्छ । · आफ्नो टि्वटर एक्टिभिटीलाई मासिक रुपमा तुलना गरी टि्वटर ट्रेण्ड विश्लेषण गर्न सक्नुहुन्छ । · कुनै निश्चित टि्वटमा क्लिक गरी त्यसको पूरै विवरण अर्थात, रिटि्वट, रिप्लाइ, फेभराइट, फलोज तथा क्लिकहरु संख्या पत्ता लगाउन सक्नुहुन्छ · साथै टि्वट डाटा डाउनलोड समेत गर्न सक्नुहुन्छ यस्तो सेवा सुरुमा अंग्रेजी, फ्रेन्च, जापानी र स्पेनिस भाषामा टि्वट गर्नेका लागि मात्र उपलब्ध रहेको र त्यस्तो सेवा पाउन कम्तिमा अकाउण्ट खोलेको १४ दिन हुनैपर्ने टि्वटरले जनाएको छ । तर अब छिटै यो सेवा सबै भाषी प्रयोगकर्तामा पूराउने लक्ष्य टि्वटरको छ । थप जानकारीका लागि ट्वीटरको सपोर्ट पेजमा जानुहोस् । 

एलजी र सामसुङले ल्याए नयाँ स्मार्ट घडी, एप्पलको एक सातापछि

samsung_gear_s_white_black30 August

स्मार्टवाचको दुनियाँमा अमेरिकी कम्पनी एप्पलको प्रवेश हुने समय नजिकिँदै गर्दा दक्षिण कोरियाली कम्पनी एल जी र सामसुङले नयाँ स्मार्टवाच सार्वजनिक गरेका छन् । यसअघिका स्मार्टवाचभन्दा नविन प्रविधि र बढि सेवासुविधायुक्त स्मार्ट घडी सार्वजनिक गरेका दुई कोरियाली कम्पनीले नयाँ स्मार्ट घडी थप फेसनेवल समेत भएको दाबी गरेका छन् । सामसुङ गियर एस सामसुङले ल्याएको नयाँ स्मार्ट वाच ‘गियर एस’ मा घुमाउरो स्त्रिन रहेको छ । प्रयोगकर्ताले घडीबाटै फोन गर्न र उठाउन सक्नेछन् । घडीलाई सधै कनेक्टेड राखिराख्न ब्लुटुथ र वाईफाई पनि उपलब्ध छ ।

सामसुङको आफ्नै टीजेन अपरेटिङ सिस्टमबाट संचालिन गियर एस घडीमै सिम राख्ने सुबिधासमेत छ । यो घडीको पछिल्लो भागमा हार्ट रेट सेन्सरसँगै रहेको छ । दुई इन्चको घुमाउरो डायल भएको घडीमा १ गिगाहर्जको डुयल कोर प्रोसेसर र ५१२ एमवी र्‍याम छ । ४ जीवी इनबिल्ट मेमोरी भएको घडीको ब्याट्री एकपटक चार्ज गरेपछि दुई दिनसम्म चलाउन पुग्छ ।



सामसुङ गियर एस स्मार्टवाचको पछाडीको भाग
 lg_g_watch_r_black

धुलो र पानी नछिर्ने गियर एसमा फोनमा आएका म्यासेज, सोसल मिडिया नोटिफिकेसन, क्यालेन्डरका संकेत घडीको स्त्रिmनमा हेर्न सकिने छ । स्त्रिmनमै किबोर्ड रहेको घडीमा भ्वाइस कमाण्ड सुबिधा पनि छ । यो घडी अक्टुवरदेखि सर्वसाधारका लागि उपलब्ध हुने छ । एलजीको जी वाच आर एलजीले सार्वजनिक गरेको स्मार्ट वाच ‘जी वाच आर’ को डिजाइन झट्ट हेर्दा परम्परागत नाडी घडीकै जस्तो देखिन्छ । प्लास्टिकको चेन र मेटल डायलयुक्त एलजी स्मार्टवाच कालो रंगमा मात्र उपलब्ध हुने छ ।एन्ड्रोइड वेयर सिस्टमबाट चल्ने जी वाचमा ४ जीवी डाटा स्टोरेज र ५१२ एमवी र्‍याम रहेको छ । हेल्थ र फिटनेस एपसमेत जडित यो घडीमा अन्य स्मार्ट घडीमा जस्तै नोटिफिकेसन, कल गर्ने र राख्ने, आगामी कार्यक्रमबारे जानकारी दिने सुबिधा छन् । यसको मूल्य युरोपेली बजारमा करिव ३ सय युरो पर्ने बताइएको छ । यो मूल्य अहिलेसम्म उपलब्ध स्मार्टवाचमध्ये सवैभन्दा धेरै हो । एप्पलको आईवाच एप्पलले सेप्टेम्बर ९ तारिखमा आइफोन-६ सँगै आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गर्ने तयारी गरिरहेको टेक्नोलोजी साइट रिकोडले जनाएको छ । आउँदो हप्ता बर्लिनमा हुने अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा अन्य कम्पनीहरुले समेत स्मार्टवाच सार्वजनिक गर्ने र उक्त प्रदर्शनी स्मार्ट घडी विशेष हुने अनुमान धेरैले गरेका छन् ।

सेप्टेम्बर ९ मा ‘आइफोन-६’ सार्वजनिक हुने, एप्पले पठायो निम्तो एप्पलको 
एप्पलको ९ तारिखको कार्यक्रमको निम्तोपत्र । 30 August

बहुप्रतिक्षित आइफोन-६ सेप्टेम्बर ९ तारिखमा सार्वजनिक हुने लगभग पक्कापक्की भएको छ । हरेक साल सेप्टेम्बरमा नयाा उत्पादन सार्वजनिक गर्दै आएको एप्पलले आइफोन-६ सेरिजका दुई फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । क्यालिफोर्नियाको कपर्टिनोस्थित फि्लन्ट सेन्टरमा हुने नयाँ प्रडक्ट लञ्च समारोहमा उपस्थित हुन एप्पलले विहीबार अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई निम्तो पठाएको छ । एप्पलले उक्त समारोहमा ‘आइफोन-६’ सार्वजनिक हुने औपचारिक रुपमा जानकारी नगराएको भएपनि नयाँ प्रडक्ट भनेको आइफोन सिक्स नै रहेको ठहर गरिएको छ । एप्पलले उक्त समारोहमा आफ्नो पहिलो स्मार्टवाच आइ वाच समेत सार्वजनिक गरी सबैलाई आश्चर्यमा पार्नसक्ने कतिपयको विश्लेषण छ । एप्पलले दुर्इ फरक-फरक आइफोन एकैपटक सार्वजनिक गर्ने बताइएको छ । त्यसमा एउटा ४.७ इन्च र अर्को ५.५ इन्चको रहने बिजनेस इन्साइडरले जनाएको छ । अझ आइवाच झनै ठूलो आश्चर्य हुनेछ । आइ वाच विशेष रुपमा प्रयोगकर्ताको स्वास्थ्य तथा फिटनेसमै केन्द्रि रहने विश्वास गरिएको छ ।


कुन सामाजिक संजालमा कति समय भुल्छन प्रयोगकर्ता ? रोचक तथ्य जानिराखौँ

social.mediaहामीले प्रायः प्रयोगकर्ताको संख्याका आधारमा सामाजिक संजालहरुको तुलना तथा व्याख्या गर्ने गर्छौँ । हुन पनि सोसल मिडियाका लागि त्यसका प्रयोगकर्ता वा सदस्यहरुको संख्याले सबैभन्दा धेरै अर्थ राख्छ । त्यसैले पनि सामाजिक संजाल मध्ये फेसबुकले सबैभन्दा धेरैको ध्यान तान्छ । १ अर्ब २० करोड प्रतिमहिना सक्रिय प्रयोगकर्ता भएको फेसबुक सामाजिक संजालहरुको वादशाह नै हो । तर, प्रयोगकर्ताले नयाँ-नयाँ सोसल नेटवर्क अँगालेसँगै तथा मानिसहरुको सामाजिक क्रियाकलापमा विविधता आएसँगै सामाजिक संजालका अन्य गतिविधिहरुको मापन महत्वपूर्ण बन्दै गएको छ । खासगरी व्यापारिक प्रयोजनका लागि यो महत्वपूर्ण हुन्छ की कहाँ समय तथा श्रोत खर्च गर्ने भन्ने कुरा निर्णय गर्न । कुन सामाजिक संजालमा प्रयोगकर्ताले कति समय खर्चिन्छन् र उनीहरु त्यसका विषयवस्तुप्रति कति धेरै अन्तरक्रियात्मक तथा सहभागीतामूलक हुन्छन् भन्ने विषय सामाजिक संजालको मूल्यांकनको आधार हुो । बिजनेस इनसाइडरले आफ्नो पछिल्लो अनुसन्धानबाट कुन सामाजिक संजालमा प्रयोगकर्ताले बढि समय बिताउने गरेका छन् भन्ने तथ्य पत्ता लगाएको छ । अनुसन्धानबाट तयार पारिएको सहभागिता परिसूचकमा सबैभन्दा बढि प्रयोग हुने सोसल नेटवर्किङ साइटमा प्रयोगकर्ताले खर्चिने समयको लेखाजोखा गरिएको छ ।

 social-media-report

डेक्सटप र मोबाइल प्रयोगकर्ताका बीच गरिएको यो अनुसन्धानमा सोसल मिडियामा प्रयोगकर्ताले गर्ने मुख्य-मुख्य क्रियाकलाप समेत सूचिकृत गरिएको छ । अनुसन्धानबाट खुलासा भएका केही रोचक तथ्यहरु यस्ता छन्- अमेरिकीहरुले इमेल तथा अन्य इन्टरनेटजन्य क्रियाकलाप भन्दा सोसल मिडियामा बढि समय खर्चिने गरेका छन् । विश्वमा इन्टरनेट सामाजिक संजालमा प्रयोग हुने समयमध्ये ६० प्रतिशत समय स्मार्टफोन तथा ट्याबलेट प्रयोगकर्ताले खर्चिने गरेका छन् । फेसबुक प्रयोगकर्ताले फेसबुकमा खर्चिने समय टि्वटर प्रयोगकर्ताले खर्चिने समय भन्दा ७ गुणा बढि छ । प्रयोगकर्ताको हिसाबले ह्वाट्स एपका प्रयोगकर्ता भन्दा स्नापच्याटका प्रयोगकर्ता कम छन् । तर स्नापच्याटमा प्रयोगकर्ताहरुले बढि समय खर्चिने गरेका छन् । पिनस्ट्रेट, टम्बलर तथा लिंक्ड इन पछिल्लो समय प्रयोगकर्ताको समय चोर्नेमा तिब्र गतिमा लागिरहेका छन् । सोसल मिडियाहरुमा पछिल्लोपटक प्रयोगकर्ताले बिताउने समयका लागि होइन प्रयोगकर्तालाई बहु प्रविधिगत संलग्नता गराउने कुरामा होडबाजी चलिरहेको छ । सामाजिक संजालमा खर्चिने कुल समयमध्ये आधा भन्दा बढि अर्थात् ५०.७ प्रतिशत समय फेसबुकले खाएको छ । इन्स्टाग्राममा १३.५, टि्वटरमा ७.४, स्नापच्याटमा ६.६ तथा ह्वाट्सएपमा ४.६ प्रतिशत समय खर्च हुने गरेको छ ।

 वैज्ञानिकहरुले नै ह्याक गरे जिमेल अकाउण्ट, गुगलद्वारा स्वागत 

gmailअमेरिकी अनुसन्धानकर्ताहरु जिमेल अकाउण्ट ह्याक गर्न सफल भएका छन् । स्मार्टफोन मेमोरीमा हुने कमजोरीको फाइदा उठाउँदै आफुहरु जिमेल अकाउण्ट ह्याक गर्न सफल भएको र यस्तो सफलता दर ९२ प्रतिशत रहेको दाबी उनीहरुको छ । शोधकर्ताहरुले अन्य स्मार्टफोन एप भन्दा जिमेल ह्याक गर्न सजिलो रहेको समेत बताएका छन् । एन्ड्रोइड फोनमा यो प्रयोग गरिएको भएपनि अन्य अपरेटिङ सिस्टम जस्तै विन्डोज तथा आइ ओ एसमा समेत यस्तो विधिले काम गर्नसक्ने शोधकर्ताहरुको ठहर छ । उता गुगलले भने जिमेल ह्याक गर्न सकिने शोधकर्ताहरुको नयाँ आविष्कारको स्वागत गरेको छ । गुगलका प्रवक्ताले यो प्रयोगको स्वागत गर्दै भनेका छन्, ‘तेश्रो पक्ष अनुसन्धानले नै एन्ड्रोइडलाई थप बलियो तथा सुरक्षित बनाउँछ ।’ हालै अमेरिकाको सानडियागोमा भएको साइबर सुरक्षा सम्बन्धि सम्मेलनमा मिचिगन तथा क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुले जिमेल तथा अन्य स्मार्टफोन एपहरु कसरी ह्याक गर्न सकिन्छ ? भन्ने विषयमा गरेको अनुसन्धानको नतिजा प्रस्तुत गरेका थिए । शोधकर्ताहरुले जिमेल सँगै एच एण्ड आर ब्लक, न्युएग, वेबएमडी, चेज ब्यांक, होटेल्स डट कम तथा अमेजन समेत ह्याक गर्न सफल भएका छन् । यी सबै एप मध्ये अमेजन एप ह्याक गर्न सबैभन्दा कठीन भएको र यसको सफलता दर ४८ प्रतिशत मात्र रहेको शोधकर्ताहरुको भनाइ छ । यसरी एप ह्याक गर्ने क्रममा शोधकर्ताहरुले भाइरस सफ्टवेयरको प्रयोग गरि स्मार्टफोनको शेयर्ड मेमोरीमा पहुँच कायम गरे । शेयर्ड मेमोरी हरेक एपले प्रयोग गरेको हुने भएकाले यसको विश्लेषणका माध्यमबाट शोधकर्ताहरु कुन बेला स्मार्टफोन प्रयोगकर्ताले जिमेल जस्ता एपमा लग इन गर्छ भन्ने कुरा पत्ता लगाउन सफल भए । त्यसपछि उनीहरुले प्रयोगकर्ताको लग इन डिटेल तथा अकाउण्टको पासवर्ड समेत चोर्न सफल भए । एजेन्सी

२५ हजार जनाले हाले फेसबुक माथि मुद्दा, ४ दिनभित्र कारण देखाउन आदेश  

Facebook-Lawsuitगोपनियता उल्लंघन गरेको आरोपमा फेसबुक विरुद्ध कानूनी लडाइँमा रहेका एक विद्यार्थीलाई ६० हजार जना फेसबुक प्रयोगकर्ताले साथ दिएका छन् । अस्टि्रयाका म्याक्स सिरेम्स नामका ती विद्यार्थीले आफ्नो फेसबुक विरुद्धको कानूनी लडाइमा ६० हजार फेसबुक प्रयोगकर्ताले समर्थन जनाएको दाबी गरेका छन् । गोपनियता उल्लंघन गरि फेसबुकले प्रत्येक प्रयोगकर्ताको ५ सय युरो नोक्सान पूराइदिएको भन्दै म्याक्सले दायर गरेको मुद्दा युरोपेली न्यायालयमा विचाराधीन छ । अस्टि्रयाको भियना क्षेत्रिय अदालतमा उनीसँगै २५ हजार प्रयोगकर्ताले हालेको मुद्दामा ४ दिनभित्र कारण पेश गर्न अदालतले फेसबुकको आयरल्याण्ड कार्यालयलाई आदेश दिएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताको व्यक्तिगत तथ्यांक अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीलाई उपलब्ध गराउने गरेको दाबी उजुरीकर्ताको रहेको छ । मुद्दा जितेमा म्याक्स सँगै २५ हजार जना प्रयोगकर्ताका लागि क्षतिपूर्ति बापत फेसबुकले झण्डै १ करोड ६५ लाख अमेरिकी डलर तिर्नुपर्नेछ । फेसबुक आयरल्याण्डले भने यस बारेमा कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन । फेसबुक विरुद्धको मुद्दामा निवेदक बन्नका लागि उनले चलाएको अभियानमा २५ हजार जना पुगेसँगै उनले यो महिनाको सुरुमा त्यस्तो सूचिकरण बन्द गरेका थिए । अदालतमा मुद्दा दर्ता गर्ने क्रममा वादी सबैको प्रमाणिकरण गर्नुका साथै वादी सबैलाई समेत पेश गर्नुपर्ने भएको हुँदा यस्तो अभियानमा सहभागी भएका सबैलाई मुद्दाका वादी बनाउन असम्भव हुने देखेर उनले यस्तो अभियानलाई औपचारिक रुपमा रोकेका थिए । तर अनौपचारिक रुपमा त्यसयता पनि थप ३५ हजार मानिसले फेसबुक विरुद्धको कानूनी लडाइँको पक्षमा www.fbclaim.com मा आफ्नो नाम दर्ता गरेको दाबी उनको छ । रोयटर्सको रिपोर्टमा आधारित

Google and Apple to introduce default encryption Related Stories
How Africa's first education tablet computer was createdThierry N'Doufou's three eldest children tumble out of the car; the little one trips over her school bag as she tries to work out what to do with her break-time snack.
"We continue to go to school here as we went to school 100 years ago," says the 36-year-old entrepreneur.
"The same heavy backpack, the same blackboard with the same chalk."
And that heavy backpack is what Mr N'Doufou is hoping to lighten by introducing a bespoke tablet computer made specifically for schools in Ivory Coast.Two years ago, he came up with Qelasy, Africa's first educational tablet. "We thought about how to build a digital backpack; a tablet that will replace books, textbooks, notepads."
A child doing sums on the Qelasy tablet The Qelasy tablet is pre-loaded with the entire school curriculumThe idea is simple; transfer a country's entire education curriculum onto a digital format, along with sounds, animations and interactivity, and you no longer need a satchel crammed with school books.
The 36-year-old teamed up with a designer and then managed to find an investor to build a prototype.
This month his Qelasy tablet is going into schools for the first time. "This is a day I've been waiting for," Mr N'Doufou says.
The Ivorian government will be introducing the tablets to 5,000 students in public schools, while some private schools in both Ivory Coast and Morocco will be running pilot projects.
They have also had interest from Ukraine, Macedonia, Senegal, Nigeria and France. "My dream is to reach all the schools in the world for a better education," he says.
The tablets will also be available in shops at a cost of $232 (£143), before tax.Qelasy's headquarters in an upmarket area of Abidjan, Ivory Coast's largest city, are not quite Google but they are certainly impressive. There is a built in sound studio along with a 3D animation design suite, complete with the latest technology.
Thierry N'Doufou in the Ivory Coast Thierry N'Doufou's education "tablet" is being introduced into schools this monthIn the studio, two members of the team are busy recording the Ivorian children's book, "Father Christmas loves attieke", a traditional Ivorian dish.
"The idea is to make reading more fun, so we use funny voices and music," says Mr N'Doufou. "We also do audio books because it helps children with the pronunciation."
At the weekly meeting Mr N'Doufou introduces the Qelasy team; "the brightest technology brains in the area," he says. It's not hard to find tech savvy people in Abidjan; the Ivorian web community here is strong.
People speak both French, the national language of Ivory Coast, as well as English. "We're now looking to do an Arabic version because we want to reach Mauritania, Algeria and Middle Eastern countries," says Mr N'Doufou, adding they also want to do one in Spanish.
A meeting at Qelasy, people sitting in around a conference table with laptopsThe Qelasy team have international plans for their tabletThe team are discussing the details of the upcoming Qelasy launch. Their dream is for every classroom in Ivory Coast to be using Qelasy tablets.
"Children are struggling to get access to books," he says. "With digital, schools in villages can access the best courses in the world."
At the moment the tablets are all made and assembled in China, but Qelasy's vision includes setting up a factory in Ivory Coast. "It's our dream," says the entrepreneur.
"I'm passionate about education because I would like our country, our continent to take the place that it should have in the world and without education it's not possible."Back at Mr N'Doufou's children's school, some of the students are trying out Qelasy.Africa's new entrepreneur brandingThe BBC's business teams across Africa meet the continent's entrepreneurs who are starting up new enterprises and seeking to create big opportunities. The entrepreneur stands at the front of the classroom demonstrating how the teacher would use the tablet.
"This tool is very easy. With one finger you can access almost anything," he says as he displays how he has complete control over every student's tablet, with the ability to see exactly what they are doing.
"I love the tablet because actually we can learn lots of things," says eight-year-old Olivera Daplet, who then goes on to read one of the online books out loud.
"I prefer Qelasy because it's lighter and we don't need a big bag," says Dominque Grah Thipourah, also eight, adding that it is the music and the animations she loves the most.
"For Ivory Coast to be an emerging country it must have children using technology," says school principal, Marie-Loure Kindo Assandoi, who's considering introducing Qelasy into her school next year.
"Technology is not the future," she says. "It's already the present."

No comments: