Wednesday, August 27, 2014

छाती देखाउन पाउनुपर्‍यो भन्दै परेड


एजेन्सी/ अमेरिकाको न्युयोर्कमा छाती देखाउने सन्दर्भमा महिला र पुरुषबीच समानता हुनुपर्ने भन्दै परेड भएको छ । आइतबार भएको परेडमा वक्षस्थल खुल्लै राखेका महिलाहरूले परेड गरेका हुन् । वक्षस्थल खुल्ला राखेका महिलाहरूलाई पुरुषहरूले पनि खुल्ला छातीसहित साथ दिएका दिए ।

yesto paniप्रदर्शनकारीले छाती देखाउन पाउनुपर्ने अधिकारलाई संवैधानिक रूपमा सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । शरीरको माथिल्लो भाग खुल्ला राख्नुपर्ने दिवसको सन्दर्भमा उनीहरूले उक्त परेड गरेका थिए । आइतबार भएको प्रदर्शनको थिम थियो, ‘बुबी ट्रयाप’ ।रदर्शनकारीको माग छ, ‘सार्वजनिक स्थलमा पुरुषहरूलाई शरीरको माथिल्लो भाग खुल्ला राख्ने अधिकार हुन्छ भने, महिलालाई किन नहुने । यदि महिलालाई यस्तो अधिकार दिइन्न भने पुरुषहरूले पनि छाती छोप्नुपर्छ ।’

यस्तो अभियानका अगुवाहरू आफ्नो लक्ष्य महिलाको वक्षस्थललाई लिएर हुने लिंगभेद र यसको रहस्यलाई अन्त्य गर्नु रहेको बताउँछन् ।

 yesto panie

No comments: