Monday, November 3, 2014

नारायणकाजीलाई पारसको आग्रह, ‘हामीले सक्दो गर्दैछौं, अब तपाईंहरुले पनि केही गरिदिनुपऱ्यो

photo 3
काठमाडौं, कार्तिक १६ – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइसीसी विश्व क्रिकेट लिग डिभिजन ३ विजेता नेपाली क्रिकेट टोलीलाई आफ्नै निवासमा कार्यक्रमबीच सम्मान गरेका छन् । आइतबार दिउासो श्रेष्ठ निवास हात्तिबनमा आयोजित कार्यक्रममा क्रिकेट टोलीसहित प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाको उपस्थिति रहेको थियो ।

 सम्मान कार्यक्रममा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेता श्रेष्ठलाई क्रिकेटको अझ विकास गर्नका लागि सहयोग गर्न आग्रह गरेका थिए । हामीहरुले हाम्रोतर्फबाट सक्दो गरिरहेका छौं । क्रिकेटको अझ विकास गर्ने हो भने अब नीति निर्माता तहमा रहनुभएका तपाईंहरुले पनि केही गर्नुपऱ्यो, पारसले आग्रह गरेका थिए । जवाफमा श्रेष्ठले क्रिकेट टोलीले गर्दा देशले गौरव गर्ने अवसर पाएको बताउादै नेपाली क्रिकेट टोली सााच्चैमा राष्ट्रको गौरव रहेको जिकिर गरेका थिए ।

 श्रेष्ठले क्रिकेट टोलीको सरहना गर्दै आफूले आफ्नो तर्फबाट खेलको विकासको लागि सक्दो भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए । photo 3

Friday, October 31, 2014

उपाधि जोगायो नेपालले

काठमाडौं : नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन तीन क्रिकेट प्रतियोगिताको उपाधि जोगाएको छ। नेपालले बिहीबार मलेसियामा भएको फाइनलमा युगान्डालाई ६२ रनले हरायो। बर्मुडामा भएको अघिल्लो संस्करणको फाइनलमा पनि युगान्डालाई नै हराएर नेपालले पहिलोपटक डिभिजन तीनको उपाधि हात पारेको थियो।
 
यसपटक राउन्ड रोबिन लिगको पहिलो खेलमै युगान्डाले नेपाललाई हराएको थियो। तर त्यसपछिका चार खेलमा लगातार जित हात पारेर नेपाल डिभिजन दुईमा बढुवा भएको थियो। नेपाल राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहेको थियो। 
 
फाइनलमा नेपालले ब्याटिङ र बलिङ दुवैमा राम्रो प्रदर्शन गर्‍यो। ब्याट्सम्यानले आकर्षक प्रदर्शन गरेपछि नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय २३ रन जोडेको थियो। सुरुका तीन ब्याट्सम्यान सागर पुन, नरेश बुढाऐर र ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए। विजयलक्ष्य पछ्याउने क्रममा युगान्डा ४४.१ ओभरमै केवल एक सय ६१ रन बनाउँदै अलआउट भयो। 
 
बलिङतर्फ नेपालका स्पिनर प्रभावशाली देखिए। भुवन कार्कीले चार, वसन्त रेग्मीले दुई तथा शक्ति गौचन र सागर पुनले एकएक विकेट लिए। फास्ट बलर सोमपाल कामीले एक विकेट लिए। युगान्डाका प्रारम्भिक ब्याट्सम्यान रोजर मुकासाले ५१ रन जोडे। 
 
आक्रामक प्रदर्शन गरेका मुकासालाई सातौं विकेटका रूपमा भुवन कार्कीले आउट गरेपछि नेपाल उपाधितर्फ अग्रसर भएको थियो। मुकासा आउट हुँदा युगान्डाले ४१.४ ओभरमा एक सय ५१ रन जोडेको थियो। भुवनले ४४ औं ओभरमा दुई विकेट लिए। 
 
युगान्डाले पहिलो विकेटका लागि ५० रनको साझेदारी गर्दै राम्रो सुरुआत गर्‍यो। तर शक्ति गौचनले पहिलो विकेटका रूपमा आर्थर केयोबलाई आउट गरेपछि युगान्डाले पाँच रनको अन्तरमा तीन विकेट गुमायो। 
 
भुवनले तेस्रो विकेटका रूपमा फिलिमोन सेलोवालाई व्यक्तिगत चार रनमा रनआउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए। युगान्डाले चौथो विकेटका लागि ३७ रनको साझेदारी गर्दै दबाब बनायो। तर भुवनले आफ्नो पाँचौं र छैटौं ओभरमा विकेट लिएपछि युगान्डा ३०.१ ओभरमा ९२-५ को स्थितीमा पुगेको थियो। 
 
टोलीले २७ रन जोड्दा रिटायर्ट हर्ट भएका मुकासा ३१ औं ओभरमा ब्याटिङ गर्न आएपछि खेल पुन: रोचक बनेको थियो। उनले छैटौं विकेटका लागि फ्रान्क सुबुगासँग ४८ रनको साझेदारी गरे। उनले ५१ बलमा तीन छक्का र चार चौका प्रहार गरे। 
 

यसअघि नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णयलाई सही सावित गर्‍यो। नेपालले प्राय: खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने गरेको थियो। सागरले ६४, ज्ञानेन्द्रले ५६ र नरेशले ५१ रन जोडे। सुवास खकुरेललाई बाहिर राखेर प्रारम्भिक जोडीका रूपमा सागर र नरेशलाई पठाइएको थियो। यी दुई ब्याट्सम्यानले पहिलो विकेटका लागि एक सय सात रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआत दिलाए। सागर आउट हुँदा नेपालले ३१.१ ओभरमा एक सय ३१ रन जोडेको थियो। 
 
तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्रले केही समय टिकेर नेपाललाई चुनौतीपूर्ण योगफलसम्म पुर्‍याए। ज्ञानेन्द्र पाँचौं विकेटका रूपमा आउट हुँदा नेपालले ४७.२ ओभरमा दुई सय आठ रन जोडेको थियो। अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन्। कप्तान पारस खड्का १३, विकेटकिपर विनोद भण्डारी नौ, आरिफ शेख आठ, वसन्त रेग्मी दुई र मेहबुब आलम ६ रन जोडेर आउट भए। 
सागरले ९९ बलमा एक छक्का र पाँच चौका प्रहार गरे। ज्ञानेन्द्रले ६५ बलमा पाँच चौका हिर्काए। ७३ बल खेलेका नरेशले एक छक्का र दुई चौका प्रहार गरे। युगान्डाका बलर मुकासाले ६ विकेट लिए। प्रतियोगितामा युगान्डाका मुकासा म्यान अफ दि म्याच र म्यान अफ दि सिरिज घोषित भए। 
 
 
नेपालले अब आगामी जनवरीमा नामिबियामा डिभिजन दुई खेल्नेछ। उक्त प्रतियोगितामा नेपाल र युगान्डासहित नामिबिया, नेदरल्यान्ड्स, केन्या र क्यानडा सहभागी हुनेछन्। राउन्ड रोबिन लिगमा सञ्चालन हुने उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले चार दिवसीय इन्टर कन्टिनेन्टल कप र एकदिवसीय स्वरूपको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्न पाउनेछ। 

संघीयताका विपक्षमा राजदूतहरू

काठमाडौं : उत्तरी छिमेकी चीन नेपालमा संघीयताको विपक्षमा देखिएको छ भने संघीयताका बारेमा खुलेर आएको दक्षिणी छिमेकी भारत पछिल्ला दिनमा मौन बसेको छ। रुस र फिनल्यान्डले पनि खर्चिलो हुने भन्दै नेपालमा संघीयताको विपक्षमा आफ्ना धारणा सार्वजनिक गरेका छन्। चीनले संघीयतामा जानैपर्ने भए तीन वा चार प्रदेशमा सीमित रहन पनि सल्लाह दिँदै आएको छ। 
 
नेपालका लागि फिनिस राजदूत आस्को लुकेननले पनि सामाजिक सञ्जालमार्फत नेपालमा संघीयताको व्यावहारिक पक्ष र खर्चिलोपनबारे प्रश्न उठाएका छन्। नेपालका लागि रु सका राजदूत डा सेरेगेई भ्यासिलोभिच भेलिच्किनले यान्त्रिक पहिचानका आधारमा संघीय राज्य बनाउन नहुने सुझाव दिएका छन्। सीमान्तकृत तथा पिछडिएका वर्गलाई मूलधारमा ल्याउन पहिचान आवश्यक भए पनि पहिचानका आधारहरू प्रयोगात्मक र उपयोगितात्मक हुनुपर्ने धारणा राजदूत भेलिच्किनले राखेका हुन्। 
 
सामाजिक सभ्यता र सांस्कृतिक आकार निर्धारणमा पहिचान अत्यन्तै महत्त्वपूर्ण हुने भए पनि यसमा अति संवेदनशील तथा बहुआयामिक समस्या जोडिएको राजदूत भेलिच्किनले बताए। रिपोर्टर्स क्लबद्वारा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राजदूत भेलिच्किनले भने, 'पहिचानसम्बन्धी सबै पक्ष पहिल्यै पहिल्याउन सकिँदैन किनकि यो निरन्तर विकसित तथा परिमार्जित हुने गर्दछ। 
 
त्यसैले राजनीतिक संवादले यो तथ्यलाई आत्मसात गर्दै पहिचानको मुद्दालाई लचिलोसाथ समाधान गर्नुपर्छ।' उनले नेपालमा राज्यको पुनर्संरचना गर्दा धेरै कुरामा ख्याल गर्नुपर्ने र पहिचान र सामथ्र्यका बारेमा पनि व्यापक छलफल गरेर टुंग्याउनुपर्ने सुझाव दिए।