Tuesday, September 9, 2014

सुबिन भट्टराई को उपन्यास समर लभको सिक्वेल ‘साया’ बाट

September 9
कोठामा आएँ । मन रोटेपिङ भयो ।

चक्कर आउन्जेल घुमिरहृयो । साया, अतीत अनि सुस्मिता चकचके केटाकेटीझैँ मस्तिष्कमा खुर्रर दौडिरहे ।

 सायासँग सुस्मिताको नम्बर मागेको थिएँ ।

फोन लगाएँ ।

 फोन अफ थियो ।

 अर्को दिन फेरि प्रयास गरेँ ।

 अफै थियो । चार-पाँच दिनसम्म लगातार फोन लगाएँ ।

फोन अफको अफै थियो । अतीतलाई एउटा मेल सेन्ड गरेँ, कतै उसलाई सुस्मिताका बारेमा केही जानकारी छ कि भनेर ।

एक हप्ता कुरेँ, तर उसको कुनै रिप्लाइ आएन । जे पर्ला-पर्ला, आँट गरेर धनगढी हानिऊँजस्तो लाग्यो ।

  सुरूमा आँट जुटाउन सकिनँ ।

 आ, जेसुकै होस्, मलाई केको टाउको दुखाइ ! बित्थामा अर्काको समस्यामा परेर मलाई के ? त्यसपछि सुस्मितालाई भेट्ने योजनालाई योजनामै सीमित गराइदिएँ ।

 'साया' विमोचन कार्यक्रममा पुस्तकमा हस्ताक्षर गर्दै लेखक सुविन भट्टराई ‘साया’ विमोचन कार्यक्रममा पुस्तकमा हस्ताक्षर गर्दै लेखक सुविन भट्टराई तर पछि के-केले हो म जान उक्सिएँ ।

 सुस्मिताले सायद आफ्नो नम्बर चेन्ज गरेकी होली ।

 त्यसैले सजिलै उपलब्ध हुन सकिन । अतीतको धनगढीको अफिस पत्तो लगाउन गाह्रो थिएन । त्यहाँ पुगे सुस्मिता भेटिइहाल्थी । एकपटक उसका कुरा धुत्न पाए सब कुरा छर्लङ्ग हुँदो हो ।

 गएँ नयाँ बसपार्क अर्को दिनको टिकट लिनलाई भनेर ।

 तर त्यहाँ गएपछि बुझियो, कैलाली बन्द रहेछ । हरेक दिन फोन गरेर सोध्थेँ, बन्दको बन्दै ।

 तीन दिनपछि मात्र खुलेको जानकारी पाएँ ।

तर फेरि कुनै पनि बेला बन्द हुन सक्छ भन्ने हल्ला पनि व्याप्त थियो । जोखिम लिएरै हिँडेँ । भोलिपल्ट धनगढी पुग्नासाथ कतै केही नगरीकन सीधै अतीतको अफिस गएँ ।

 पानी स्यार्र परेको थियो । एउटा छाता बोकेको थिएँ । थेगेन । ठाउँ-ठाउँमा भिजेको थिएँ ।

बाटो पनि पूरै हिलैहिलो थियो । हिँड्दाखेरि त्यै हिलो उछिट्टएिर मेरो कालो रङ्गको पाइन्टको आधा जति भागसम्म हिलोका छिटाहरु आफ्नै जुत्ताले उछिट्टएिर लागेको थियो ।

धनगढीमा आफन्त पनि कोही थिएनन् ।

 झोला बिसाउने ठाउँसम्म थिएन । तैपनि पहिला कुनै होटल खोजेर झोला बिसाउनु थियो । तर आफ्नै कामको हतारोले आफूलाई कामबाहेक अन्य केही कुरामा मन लगाउन दिएन ।

 उसको अफिसभित्र छिर्ने बेलामा आफैँलाई देखेर लाज लाग्यो ।

म यो कहाँ के गरिरहेछुझैँ लाग्यो । एउटी अपरिचित केटीलाई भेट्न पूरा रात बसमा बसेर यति लामो दूरी पार गरेर म धनगढी पुगेको छु ।

 मान्छेेले सोचे भने के भन्लान् मलाई ? उसको अफिसको गेटमा छिर्दा मन नमज्जाले चुकचुकाइरहेको थियो ।

 के भनेर सुस्मितासँग फेस गर्ने ? कसरी सुरू गर्ने कुरा ? के ऊ मसँग उघ्रेली ?

मेरा प्रश्नहरुको ठीक-ठीक जवाफ देली ? जे हो वास्तविकता त्यै भन्छु । केही लुकाउन्नँ । यही सोचेर म उनीहरुको अफिसमा पूरै आत्मविश्वाससाथ छिरेँ ।

 छिर्नासाथ रिसेप्सनमा एउटी केटी कम्प्युटरको माउससँग खेलिरहेको देखेँ ।

 सायद सुस्मिता त्यही हुनुपर्छ । केटी केही गहुँगोरी, लाम्चो अनुहार, थेप्चो नाक, कैलो कपाल भएकी थिई ।

 म उसको अगाडि परेर भनेँ, ‘सुस्मिताजी !’ ‘हजुरले कसलाई खोज्नुभा होला ?’ उसले माउसबाट आफ्नो हात झिकी अनि अनुहार मोनिटरबाट पूरै मतिर मोडेर भनी ।


 ‘तपाईंलाई नै,’ मैले सोधेँ, ‘तपाईं सुस्मिताजी होइन ?’

 ‘सरी, म सुस्मिता होइन त ।’ मलाई ऊ सुस्मिता नभएकोमा ग्लानि भयो । मलाई ग्लानि भयो, आफू ओभरस्मार्ट भएर उसलाई सुस्मिता भन्ठानेकामा ।

 मैले भनेँ, ‘सुस्मिता जो यहाँ अगाडि रिसेप्सनिस्ट हुनुहुन्थ्यो, म वहाँलाई खोज्न आएको ।’ उसले मलाई ठयाक्कै आफू बसेको दायाँतिरको क्याबिन देखाउँदै भनी, ‘ऊ त्यो क्याबिनमा भएको सरलाई सोध्नुस् न एकपटक ।’

म गाला रातो पारेर उसलाई ‘सरी,’ भन्दै उसले देखाइदिएको क्याबिनतिर गएँ ।

 क्याबिनमा थियो रामप्रीत र अरु दुई जना स्टाफ ।

रामप्रीतलाई चिन्न मैले भूल गरिनँ । उसलाई त्यही कोठाको एउटा गोप्य कुनो सिर्जना गरेर सोधेँ सुस्मिताका बारेमा । उसले मलाई यथार्थ विवरण सुनायो ।

सुस्मिता सिद्धार्थ बैंकमा काम गर्न थालिछ । धेरै भइसकेको रहेछ उसले त्यो अफिस छाडेको । धन्न, रामप्रीतलाई जानकारी रहेछ । नत्र मेरो यो यत्रो यात्रा सब व्यर्थ जानेवाला थियो ।

 रामप्रीतसँग छुट्टएिर म लागेँ सिद्धार्थ बैंकतर्फ । पानी परेको पर्‍यै थियो ।

रिक्सा चढेर झन् भिज्न मन लागेन । पैदलै हिँडेँ । त्यतिकैमा एउटा रिक्सावाला छैवैमा आयो र कहाँ जाने भनी सोध्यो । मैले पहिलोचोटि आफू भिजेर यात्रा गर्न नचाहेको भन्दै रिक्सावालालाई पूरै इग्नोर गरेँ ।

उसले पुनः दोस्रोपल्ट नभिजाई लैजाने भन्दै रिक्साको हुड उघार्‍यो र सिट पुछिदियो । मलाई रिक्सावालाको माया लागेर आयो ।

उसको आग्रह टार्न सकिनँ । चढेँ रिक्सा । तर उसले भनेबमोजिम पानीबाट पूरै जोगिन सकिनँ । ‘भिजियो नि त दाइ,’ मैले अलिअलि आफ्नो शरीरमा चुहिएको पानी पन्छाउँदै भनेँ ।

 उसले भन्यो, ‘हजुर अलिअलि त छातै ओढर हिँड्दा पनि भिजिहाल्नुहुन्थ्यो ।’ बैंक अगाडि रिक्सा रोकियो । पैसा दिएर बैंक छिरेँ । गार्डलाई सोधेँ ।

 तर अपसोच सुस्मिता त्यस दिन छुट्टीमा रहिछे । घर उसलाई थाहा नभएको बतायो । त्यसै त्यसै दिक्क लागेर आयो । सारा प्लान चौपट । के गरुँ के गरुँको द्वन्द्वमा फसेँ ।

अल्छी मान्दै त्यहाँबाट निस्किएँ । बाहिरपट्टी त्यही अघिको रिक्सावाला तैनाथ थियो । ‘जाऊँ साथी होटल,’ मैले रिक्सावालालाई भनेँ ।

ऊ खुसी हुँदै फेरि सिट साफ गर्न थाल्यो । रिक्सामा जाँदै गर्दा मैले योजना बनाएँ भोलिपल्ट सुस्मितालाई फस्ट आवरमै भेटेर, दिउँसो तीन बजेतिरको बसमा काठमाडौं फिर्ता हुने ।

साथी होटलमा गएर त्यस रात आराम गरेँ । पानी घट्ने नामै लिइरहेको थिएन, बरू अझ बढ्दो थियो । बाढी, पहिरोका समाचार मिडियामा छयाप्छयाप्ती थिए ।

भोलिपल्ट सुस्मिता फेला परी । उसको अफिस पुग्दा यस्तै एघार बजेको थियो ।

अघिल्लो दिन देखिएकी केटीभन्दा यो सुस्मिता अलिक डल्ली डल्ली, गोलो अनुहार भएकी तर गोरी केटी थिई । उसका आँखा एकमदै चञ्चल प्रकृतिका ठूल्ठूला, जो कोहीलाई पनि लोभ्याइ हाल्ने खालका ।

तिनमा बडो लोभलाग्दै पाराले गाजल लगाइएका थिए । दायाँ गालामा अलिअलि पिम्पल थिए, तर ती उसको सुन्दरतामा कुनै पनि किसिमको खलल पुर्‍याउने कोटिका थिएनन् ।

 उसलाई नढाँटी आफ्नो परिचय दिएँ र भेट्नुको उद्देश्यबारे तुरून्तै खुलाइहालेँ । उसले दिउँसो तीन बजेयता आफूलाई फुर्सद नहुने बताई । एकपटक मैले रिक्वेस्ट नै गरेँ ।

 तर तीन बजेयता क्यै गरे पनि फुर्सद नभएकै बताई । ‘बरू तीन बजेपछि म तपाईंलाई जति भन्नुहुन्छ त्यति नै समय दिन तयार छु ।’

मुस्कुराउँदै भनी, मानौंं म उसको कुनै क्लाइन्ट नै हुँ । ‘ठीकै छ,’ आफ्नै मनलाई सम्झाएँ, ‘आजको साटो भोलि र्फकन्छु काठमाडौं । यत्रो दिन त धैर्य राखियो ।’

 तीन बजेसम्म के गर्ने ? गएँ साथी होटलमा र सुतेँ एक निद्रा । कतै निस्किन पनि मन लागेन । सिनेमा हेरेर समय काट्ने एउटा अप्सन त थियो तर निष्पट्ट झरीले गर्दा त्यतापट्टी मन गएन ।

 र सवा तीनमा म आफूलाई ठयाक्कै सुस्मिताका अघिल्तिर पाउँछु ।

No comments: