Tuesday, September 9, 2014

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर कांग्रेस-एमाले विगतका सहमतिबाट पछि हटेको आरोप लगाएका छन् । Susil-prachandaबालुवाटारमा मंगलबार विहान भएको भेटमा प्रमुख विपक्षी दलका नेता प्रचण्डले सत्तारुढ कांग्रेस र एमाले १२ बुँदे सहमति, वृहत शान्ति सम्झौता र त्यसपछि भएका सहमतिबाट पछि हटेकोे आरोप लगाए । ‘देश दुर्घटनामा जाने भयो’ प्रचण्डको भनाइ उदृत गर्दै उनका स्वकीय सचिव चुडामणि खड्काले अनलाइनखबरसँग भने-‘संविधान बन्ने ग्यारेन्टी गर्नुस् र देशलाई दुर्घटनाबाट जोगाउनुस् ।’ पहिले गोलमेच, अनि संविधानमा सहमति प्रचण्डले बैद्य माओवादीको माग अनुसार छिटो गोलमेल सम्मेलन गर्न समेत आग्रह गरेका छन् । गोलमेच सम्मेलनपछि मात्र संविधानका अन्तरवस्तुमा सहमति खोज्नु पर्ने प्रचण्डको जोड थियो । प्रचण्डले सदनमा जारी अवरोध हटाउन सरकार गम्भीर नभएको आरोप समेत प्रधामन्त्रीलाई लगाएका छन् । चारबुँदे सहमति कार्यान्वयन गरेर सदन सुचारु गर्न भनेको खड्काले बताए । उच्चस्तरीय राजनीतिक समिति गठनको माग गर्दै एमाओवादीसहितका विपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् । जवाफमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि पहल गर्न आफू प्रतिवद्ध रहेको भन्दै सहयोग गर्न आग्रह गरेका छन् । संवैधानिक परिषद्को बैठक बोलाउन माग भेटमा प्रचण्डले तत्काल संवैधानिक परिषद्को बैठक बोलाएर संवैधानिक अंगहरुमा रित्त पद पूर्ति गर्न आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्रीले छिट्टै बैठक बोलाउने आश्वासन दिएका छन् । राष्ट्रिय मानवधिकार आयोग पदाधिकारी विहीन छ भने अख्तियार, लोकसेवा आयोग, महालेखा परीक्षक लगायतका निकायमा पदाधिकारी खाली छन् ।

September 9
काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर कांग्रेस-एमाले विगतका सहमतिबाट पछि हटेको आरोप लगाएका छन् ।
 Susil-prachandaSusil-prachanda
बालुवाटारमा मंगलबार विहान भएको भेटमा प्रमुख विपक्षी दलका नेता प्रचण्डले सत्तारुढ कांग्रेस र एमाले १२ बुँदे सहमति, वृहत शान्ति सम्झौता र त्यसपछि भएका सहमतिबाट पछि हटेकोे आरोप लगाए । ‘देश दुर्घटनामा जाने भयो’ प्रचण्डको भनाइ उदृत गर्दै उनका स्वकीय सचिव चुडामणि खड्काले अनलाइनखबरसँग भने-‘संविधान बन्ने ग्यारेन्टी गर्नुस् र देशलाई दुर्घटनाबाट जोगाउनुस् ।’

 पहिले गोलमेच, अनि संविधानमा सहमति
 प्रचण्डले बैद्य माओवादीको माग अनुसार छिटो गोलमेल सम्मेलन गर्न समेत आग्रह गरेका छन् । गोलमेच सम्मेलनपछि मात्र संविधानका अन्तरवस्तुमा सहमति खोज्नु पर्ने प्रचण्डको जोड थियो । प्रचण्डले सदनमा जारी अवरोध हटाउन सरकार गम्भीर नभएको आरोप समेत प्रधामन्त्रीलाई लगाएका छन् ।

 चारबुँदे सहमति कार्यान्वयन गरेर सदन सुचारु गर्न भनेको खड्काले बताए । उच्चस्तरीय राजनीतिक समिति गठनको माग गर्दै एमाओवादीसहितका विपक्षी दलहरुले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका छन् । जवाफमा प्रधानमन्त्री कोइरालाले संविधान निर्माणका लागि पहल गर्न आफू प्रतिवद्ध रहेको भन्दै सहयोग गर्न आग्रह गरेका छन् ।

संवैधानिक परिषद्को बैठक बोलाउन माग
  भेटमा प्रचण्डले तत्काल संवैधानिक परिषद्को बैठक बोलाएर संवैधानिक अंगहरुमा रित्त पद पूर्ति गर्न आग्रह गरेका छन् । जवाफमा प्रधानमन्त्रीले छिट्टै बैठक बोलाउने आश्वासन दिएका छन् । राष्ट्रिय मानवधिकार आयोग पदाधिकारी विहीन छ भने अख्तियार, लोकसेवा आयोग, महालेखा परीक्षक लगायतका निकायमा पदाधिकारी खाली छन् ।

No comments: