Tuesday, September 9, 2014

राष्ट्रिय राजनीतिक सम्मेलन असोज २ मा गर्ने बैद्य माओवादीको प्रस्ताव बैद्यको नेतृत्वमा संयन्त्र बनाउन देव गुरुङको माग

September 9
काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीले राष्ट्रिय राजनीतिक सम्मेलन असोज २ गते गर्न प्रस्ताव गरेको छ । सम्मलेनको मितिबारे दलहरुबीच विवाद भइरहेका बेला माओवादी सचिव देव गुरुङले प्रधानमन्त्री अमेरिका जानु अघिल्लो दिन असोज २ गते पहिलो चरणको प्रारम्भीक सम्मेलन गर्न सकिने बताएका छन् ।
 Dev-gurnung
यसअघि कांग्रेस र एमालेले भदौ मसान्तभित्रै सम्मेलन प्रस्ताव गरेपनि बैद्य माओवादीले असोज ४ पछि मात्र सम्मेलन गर्नु पर्ने बताएको थियो । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा चार दलीय कार्यदलका सदस्य समेत रहेका गुरुङले भने-‘प्रधानमन्त्री हुँदा राम्रो हुन्छ ।

उहाँले सुरु गरेको प्रयास भएकोले उहाँ हुँदा सहज हुन्छ तर, उहाँ नहुँदा पनि फरक पर्दैन ।’ चार दलले चार वर्षसम्म टुंग्याउन नसकेको संविधानका अन्तरवस्तुमा तत्कालै सहमति जुटाउन सक्ने अवस्था नरहेको भन्दै उनले छलफलले लामो समय लिन सक्ने बताए ।

एक दुई दिनमै सम्मेलन नसकिने भन्दै उनले भने-‘छलफलको नाममा झारो टार्ने काम गर्न खोज्दैछ्, त्यसरी हतारमा काम हुन सक्दैन । यसलाई हल्काफुल्का रुपमा नलिऔं, सहमतिको दस्तावेज बनाऔं ।’ सम्मेलनमा संविधानसभा भित्र र बाहिरका दलरुको कुरा सुन्नु पर्ने भएकोले मोडालिटीमा आफूरुको कुनै अडान नभएर उनले बताए ।

माओवादी सचिव गुरुङले संविधानका मुलभुत विषयहरुमा आफूहरु ‘गिभ एण्ड टेक’ गरेर सहमति कायम गर्न तयार रहेको बताए । उनले भने-संविधान बनाउने नाममा केवल औपचाकितामात्र पुरा गर्न खोजे त्यो मुलुकका लागि दुर्भाग्य पूर्ण हुन्छ ।

संविधान फेरि पनि बन्दैन । समय लागे केही फरक पर्दैन तर दलहरु सहमतिको विन्दुमा पुग्नैपर्छ ।’ बैद्यको नेतृत्वमा संयन्त्र बनाउन माग राष्ट्रिय राजनीतिक सम्मेलनमा संविधानका अन्तरवस्तुमा मात्र छलफल हुने भएकोले बाँकी रहेका शान्ति प्रक्रिया र राष्ट्रिय महत्वका सन्धी सम्झौताका कुराहरुलाई छलफल गर्न चार दलको संयन्त्र बनाउनु पर्ने उनले बताए । उनले नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य किरण संयोजक हुनु पर्ने धारणा राखे ।

No comments: