अन्तराष्ट्रिय

लन्डन– बेलायती विदेशमन्त्री फिलिप ह्यामन्डले बेलायती अंग्रेजी उच्चारण भएको व्यक्तिले अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गर्नु बेलायतप्रति ठूलो विश्वासघात भएको आइतबार बताए।
‘फोलीको हत्या विश्वासघात हो'बेलायती राहदानी भएका हत्यारा हाल इराक र सिरियामा युद्ध गर्न गएको तथा उसले बेलायत फर्केर आक्रमण गर्नसक्ने चिन्ता लन्डनमा व्यक्त हुन थालेका बेला विदेशमन्त्री ह्यामन्डको भनाइ आएको हो।
इस्लामिक स्टेट (आइएस) लडाकु समूहले गएको मंगलबार फोलीको हत्या भएको भिडियो सार्वजनिक गरेको थियो। फोलीलाई सन् २०१२ मा सिरियामा बन्धक बनाएपछि उनी फेला पर्न सकेका थिएनन्। लन्डनका स्थानीय बासिन्दाकै जस्तो अंग्रेजी उच्चारण भएको र टाउको छोपिएको एक जनाले फोलीको हत्या गरेको भिडियोमा देखिएको थियो।
‘द सन्डे टाइम्स' पत्रिकाले सरकारका वरिष्ठ अधिकारीलाई उद्धृत गरी गुप्तचर सेवाले फोलीको हत्याराको पहिचान फेला पारेको जानकारी दिएको छ। पत्रिकाले ती अधिकारीको नाम उल्लेख गरेको छैन भने हत्याराबारे थप जानकारी पनि दिएको छैन।
यसै साता ‘सन्डे टाइम्स'मा एक लेख प्रकाशन गर्दै विदेशमन्त्री ह्यामन्डले यस्तो गम्भीर अपराधमा संलग्न अपराधी बेलायतमा हुर्केको सोच्दा पनि कहाली लाग्ने उल्लेख गरेका थिए। लेखमा यस्तो कार्य मुलुक, बेलायती मूल्य तथा बेलायती जनताको अडानप्रति विश्वासघात भएको उल्लेख उनले गरेका थिए।
आइएसले इराक तथा सिरियाको ठूलो क्षेत्र नियन्त्रणमा लिइ त्यसलाई पश्चिमी मुलुकमाथि आक्रमण गर्ने आतंकवादी आधारभूमि बनाउन खोजेको ह्यामन्डले चेतावनी दिएका थिए। उनले आइएसलाई नरोके ढिलोचाँडो बेलायतमा पनि आक्रमण गर्ने बताए।
बेलायतले इराकमा आइएस लडाकुसँग लड्न स्थल सेना पठाउन भने अस्वीकार गरेको छ। बेलायतमा मुसलमान युवालाई कट्टरपन्थी बनाउने क्रियाकलापमा रोक लगाउन सरकारमाथि दबाब परेको छ। कट्टर केही युवा विदेशमा युद्ध प्रशिक्षणका लागि जाने गरेका छन्।
बेलायतका गुप्तचर संस्थाहरूले गएका केही वर्षमा करिब ५ सय बेलायती नागरिक सिरिया र इराक गएर युद्धमा सामेल भएको जानकारी दिएका छन्।
बेलायती गृहमन्त्री टेरेसा मेले सरकारले कट्टरपन्थी बनाउने क्रियाकलाप रोक्न नयाँ पाइला लिनसक्ने बताएकी छन्। यसमा लडाकू समूहमाथि प्रतिबन्ध गर्ने आदेश पनि आउन सक्छ। विपक्षी लेबर पार्टीले यसबारे विस्तृत विवरण दिन सरकारले ढिला गरेको आरोप लगाएको छ।

भागदौडमा १० श्रद्धालुको मृत्यु

नयाँ दिल्ली– भारतको मध्य प्रदेशस्थित एउटा मन्दिरमा सोमबार एक्कासी भागाभाग हुँदा कम्तीमा पनि १० जना दर्शनार्थीको मृत्यु भएको छ।
भारत मध्य प्रदेशको चित्रकुटस्थित एउटा मन्दिरमा हजारौं श्रद्धालुहरु रहेको बेला एक्कासी भागाभाग भएको थियो। भागाभागमा अरु दर्जनौं घाइते भएका छन्। भारतमा हुने धार्मिक दंगा र यस्ता भागाभागका क्रममा दर्शनार्थी र श्रद्धालुको ज्यान जाने गरेेका घटनाको पछिल्लो दुर्घटनाका रुपमा यी १० जनाको ज्यान गएको छ।
क्षेत्रका प्रहरी अधिकारी विनय कुमारले भने, ‘सोमबार बिहानै भएको भागदौडमा पाँच महिला र पाँच पुरुषको ज्यान गएको छ, अरु कैयौं घाइते भएका छन्।'
मन्दिरमा सोमबार बिहान ५:३० बजे उक्त दुर्घटना भएको थियो। घटनामा घाइते भएकालाई प्रहरीले एम्बुलेन्समा हाली अस्पताल पुर्याुएको थियो। दुर्घटना कसरी भयो भन्नेबारे केही बताइएको छैन।

राजाले सेनाप्रमुख प्रधानमन्त्री अनुमोदन गरे

राजाले सेनाप्रमुख प्रधानमन्त्री अनुमोदन गरे
बैंकक– थाइल्यान्डका राजा भूमिबोल अदुल्यादेजले देशमा शासन गरिरहेको सैनिक परिषद्द्वारा चयन गरिएका प्रधानमन्त्रीको अुनमोदन गरेका छन्।
गएको मेमा निर्वाचित सरकार कुपछि गठित सैनिक सरकारले प्रधानमन्त्रीमा थाइ सेनाप्रमुख जर्नेल प्रायुत चान ओचालाई चयन गरिएको घोषणा गरेको थियो।
थाइ सेनाप्रमुख ६० वर्षे ओचालाई सैनिक सरकारद्वारा गठित संसदले नै गए साता प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो। ओचाले नै गत मे २२ मा थाइल्यान्डमा प्रधानमन्त्री यिङलक सिनावात्राको सरकार ‘कू' गरी सत्ता हत्याएका थिए। अहिले थाइल्यान्डमा सैनिक सरकारले सत्ता सञ्चालन गरिरहेको छ।
सेनाप्रमुख प्रधानमन्त्री ओचा सोमबार सेतो पोसाकमा दरबारमा राजा भूमिबोलसामु उभिएर राजाबाट प्रधानमन्त्रीले लिने आदेश ग्रहण गरेको समारोहबारे त्यहाँका सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
समारोहपछि ओचाले भने, ‘राजाले मलाई प्रधानमन्त्री नियुक्त गर्नु भएकोमा निकै हर्षित छु। वास्तवमा प्रधानमन्त्रीमा नियुक्ती म र मेरो परिवारका लागि निकै महत्वपूर्ण रहने छ।' समारोहमा उपस्थित सञ्चारमाध्यमसँग उनले भने, ‘म इमान्दारीसाथ काम गर्नेछु, म सँधै देश र जनताको पक्षमा काम गर्नेछु।'
गएको मे २२ मा त्यहाँ ओचाको नेतृत्वमा कु भएको थियो। ओचाले देशमा सत्तारुढ र विपक्षी राजनीतिक दलबीच सम्भावित हिंसा रोक्न भन्दै कु गरेका थिए। सेनाले प्रधानमन्त्री यिङलकसहित उनको दलका सयौं नेतालाई हिरासतमा लिएर सत्ता कब्जा गरेको थियो।
अहिले पनि त्यहाँ राजनीतिक दलका सयौं नेता र पूर्वप्रधानमन्त्रीहरु जेलमा छन् भने केही घरैमा नजरबन्दमा रहेका छन्।

हमासलाई हतियार दिने इरानी चेतावनी

हमासलाई हतियार दिने इरानी चेतावनी
तेहरान– इरानले एउटा इजरेली ड्रोन आफ्नो हवाइ क्षेत्रबाट खसाएपछि प्यालेस्टाइनलाई हातहतियार दिने चेतावनी दिएको छ।
इरानी सेनाका एक जना कमान्डरले सोमबार यस्तो चेतावनी दिएका हुन्। इरानले इजरेलको अस्तित्व स्वीकारेको छैन र गाजा क्षेत्रबाट जुलाई ८ यता निरन्तर रकेट प्रहार गर्न हमास तथा इस्लामिक स्टेट आइएस लडाकुलाई प्रविधि उपलब्ध गराएको पुष्टि गरेको छ।
इरानी सेनाको ‘रिभोल्युसनरी गार्ड'का वायुसेनाका कमान्डर जनरल अमिर–अली हाजिजादेहले वायुसेनाको आधिकारिक वेबसाइटमा विज्ञप्ति राखी पश्चिमी किनारमा लडाकुलाई हातहतियारबाट सुसज्जित गर्ने कार्य इरानले तीव्र बनाउने अधिकार भएको उल्लेख गरेका छन्।
गएको महिना इरानका सर्वोच्च धार्मिक नेता अयातुल्लाह अली खोमेनीले इस्लामी विश्वलाई प्यालेस्टिनी जनतालाई इजरेलबाट हुने जातिहत्या प्रतिरोधमा सघाउन हतियार सुसज्जित बनाउन आग्रह गरेका थिए। गाजामा ७ सातायताको हिंसामा मारिने प्यालेस्टिनीको संख्या २ हजार १ सय २४ पुगेको छ। इजरेलतर्फ मारिएका ६८ जनामध्ये चार सर्वसाधारण छन् भने बाँकी सैनिक छन्।
अगस्त १९ मा अस्थायी युद्धविराम भंग भएपछि गाजाबाट ६ सय ५० रकेट इजरेली भूभागमा प्रहार भएको छ भने करिब सय रकेट इजरेलले आकासमै नष्ट गरेको छ।
इरानको रिभोल्युसनरी गार्डले आइतबार हर्मेस नामक इजरेली स्टिल्थ ड्रोन देशको मध्यस्थित नातान्ज युरेनियम प्रशोधन केन्द्रमाथि उडिरहेका बेला खसालेको दाबी गरेको थियो। इजरेली ड्रोन खसालेको भोलिपल्ट इरानले प्यालेस्टाइनलाई हातहतियार दिने चेतावनी दिएको हो।
नातान्ज इरानको युरेनियम प्रशोधन गर्ने प्रमुख केन्द्र हो। त्यहाँ १६ हजार सेन्ट्रिफ्युज छन्। तीमध्ये तीन हजारभन्दा बढी फोर्दे संयन्त्रमा छन्। फोर्दे संयन्त्र पहाडको भित्रीभागमा रहेकाले नष्ट गर्न कठिन हुने बताइएको छ। इजरेलले इरानी आणविक संयन्त्रमा आक्रमण गर्ने चेतावनी दिँदै आएको छ।
ड्रोन खसाइएकोबारे इजरेली प्रवक्ताले सेनाद्वारा विदेशी सञ्चारमाध्यमलाई केही पनि नबताउने जनाए। जनरल हाजिजादेहले टेलिभिजनमा प्रसारित पत्रकार सम्मेलनमा इजरेली ड्रोन राडारले पत्ता लगाउन नसक्ने जानकारी दिए।
उनले ड्रोनका टुक्रा फेला पारिएको र त्यसको विश्लेषण भइरहेको बताए। ड्रोनले ८ सय किलोमिटर क्षेत्र समेट्नसक्ने बताइएको छ। जनरल हाजिजादेहले इजरेली ड्रोन इरानको गुप्तचर प्रणालीले पत्ता लगाएको र रिभोल्युसनरी गार्डले जमिनबाट आकाशमा क्षेप्यास्त्र प्रहार गरी खसाइएको जानकारी दिए।
इजरेली ड्रोनमा अत्याधुनिक प्रविधियुक्त दुई क्यामरा रहेको जानकारी दिइएको छ। इरानी टेलिभिजनले ड्रोनका अवशेषका तस्वीर सार्वजनिक गरिदिएको छ। हाल इरान ‘पि फाइभ प्लस वन' अर्थात् बेलायत, चीन, फ्रान्स, रुस, अमेरिका र जर्मनीसँग आणविक सम्झौताका लागि वार्तारत छ।
दुवै पक्षबीच ६ महिने अन्तरिम सम्झौता भएको थियो। सम्झौता बमोजिम इरानले आफ्ना केही आणविक क्रियाकलाप बन्द गरेको छ भने इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्ध आंशिक रूपमा हटाइएको छ।
दुवै पक्षबीच इरानको आणविक कार्यक्रमबाट उत्पन्न तनाव कम गर्न अन्तिम सम्झौताका लागि वार्ता समय दिन नोभेम्बर २४ सम्म चार महिना थप समय बढाइएको छ। इरानलाई कतिसम्म युरेनियम प्रशोधन गर्न दिने भन्नेबारे दुवै पक्षबीच मतभेद छ।
अमेरिकाले इरान उसको आणविक कार्यक्रम तीन चौथाइ घटाओस् भन्ने चाहन्छ भने इरान सन् २०२१ सम्म बुसेहर आणविक ऊर्जा संयन्त्रका लागि इन्धन उपलब्ध गराउन प्रशोधन क्षमता १० गुणा बढाउन चाहन्छ।
इजरेलले इरान र ६ शक्ति राष्ट्रबीच इरानलाई युरेनियम प्रशोधनको अनुमति दिने कुनै पनि सम्झौता नहोस् भन्ने चाहेको छ। उसले यसबाट इरान आणविक बम बनाउन सक्ने भन्दै आएको छ। इरानले भने आफूले आणविक हतियार बनाउन नचाहेको बताउँदै आएको छ।

फ्रान्सेली मन्त्रिपरिषदद्वारा राजीनामा

पूर्व मन्त्रीहरुआफ्नै दुईजना मन्त्रीहरुले सरकारको आर्थिक नीतिहरुको सार्वजनिक आलोचना गरेपछि फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाण्डले सरकारलाई विघटन गरीदिएका छन्।
आफ्नेा दल सोसलिस्ट पार्टी र आफ्नो व्यक्तिगत लोकप्रियतासमेत खस्कँदै गएका बेला उनले त्यस्तो निर्णय लिएका हुन्।
राष्ट्रपति ओलाण्डको निर्देशन बमोजिम प्रधानमन्त्री म्यानुअल भाल्सले पुरै मन्त्रिपरिषदले राजीनामा दिएको घोषणा गरेका थिए।

आदेश

त्यस लगत्तै राष्ट्पतिले उनलाई मंगलबारसम्ममा नयाँ मन्त्रिपरिषद बनाउन आदेश दिएका छन्।
"अर्थतन्त्रलाई पुन: गति दिने, फेरि आर्थिक वृद्धिको बाटोमा फर्कने, पूर्ण रोजगारीको स्थिति ल्याउने वाचा पुरा भएको छैन। हामीहरुले इमान्दार भएर यो कुरा स्वीकार्नु पर्छ र भन्नुपर्दछ। अर्थमन्त्रीको भूमिका भनेको वैकल्पिक उपायहरु प्रस्ताव गर्नु पनि हो।"
अर्नोद मोन्टेवो, विघटित सरकारका अर्थमन्त्री
अर्थ मन्त्री अर्नोद मन्टबो तथा शिक्षा मन्त्री बेनोइट हेमोनले उनीहरुको पद गुमाउने अपेक्षा गरिएको छ।
ती दुबैले जर्मनीले लागू गरेकोजस्तो आर्थिक अनुशासनको अवज्ञा गरेर फ्रान्सले अर्थतन्त्रमा न्यून वृद्धिको समस्यासंग जुध्नुपर्ने बताएका थिए।
विघटित सरकारका अर्थमन्त्री अर्नोद मोन्टेवोले भने, "अर्थतन्त्रलाई पुन: गति दिने, फेरि आर्थिक वृद्धिको बाटोमा फर्कने, पूर्ण रोजगारीको स्थिति ल्याउने वाचा पुरा भएको छैन। हामीहरुले इमान्दार भएर यो कुरा स्वीकार्नु पर्छ र भन्नुपर्दछ। अर्थमन्त्रीको भूमिका भनेको वैकल्पिक उपायहरु प्रस्ताव गर्नु पनि हो।"
तर प्रधानमन्त्री भाल्सले वामपन्थी अर्थमन्त्री मोन्टेवोले आफ्नो मर्यादा नाघेको आरोप लगाए।

कठिन स्थिति

पेरिसस्थित हाम्री संवाददाता लुसी विलियमसन भन्छिन्, राष्ट्रपति ओलाण्डले अर्थतन्त्र कठिन स्थितिबाट गुज्रीरहेको अहिलेको अवस्थामा उनले आफ्नो दलभित्रबाट कुनै पनि किसिमको आलोचना नसहने स्पष्ट सन्देश दिएका छन्।
फ्रान्समा बेरोजगारी दर अहिले १० प्रतिशतभन्दा बढी छ र अर्थतन्त्र गतिहीन छ। हालैका मत सर्वेक्षणहरुले फ्रान्सका २० प्रतिशतभन्दा पनि कम मतदाताहरुले राष्ट्पतिले अर्थतन्त्रमा सुधार ल्याउनसक्ने अपेक्षा गरेको देखाएका छन्।
राष्ट्रपति ओलाण्डले सार्वजनिक खर्च कटौती गर्ने र व्यापारव्यवसायलाई कर छुट दिने योजना बनाएका छन्, तर उनकै दलका कतिपय सदस्यहरु त्यस्तो नीतिप्रति असहमत छन्।
उनीहरु खर्च कटौतीमा बढी ध्यान दिनुको सट्टा सर्वसाधारणलाई फाइदा पुग्ने गरी सिधै खर्च गरियोस् भन्ठान्छन्।
तर आफ्नो लोकप्रियता सबैभन्दा न्यून विन्दुमा पुगेको बेला राष्ट्रपति ओलाण्ड कमजोर देखिन चाहँदैनन्।
यसै महिनाको शुरुमा फ्रान्स सरकारले एक प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न पनि असंभव भएको बताएको थियो।
विपक्षी नेताहरुले चाहिं सरकार गम्भीर राजनीतिक संकटबाट गुज्रीरहेको बताउँदै त्यसबाट पुरै मुलुक कमजोर भैरहेको आरोप लगाएका छन्।

फुटबलरको हत्या, अल्जेरियाको लिग स्थगित
आजको युगलाई मानिसहरुले इन्टरनेटको युग पनि भन्ने गरेका छन् । मानिसहरु अहिले इन्टरनेटमा यति आशक्त भइसकेका छन् कि यो बिना उनीहरुले आफ्नो जीवनको कल्पना पनि गर्न सक्दैनन् । हुन पनि इन्टरनेटले हामीलाई हाम्रो पाइला चाल्न निकै सजिलो बनाइदिएको छ । यो सँगै आउने नकारात्मक पक्ष त छँदै छन् नै, सहि तरिकाले उपयोग गर्नाले यसले मानिसहरुको जीवनमा निकै राम्रो प्रभाव पार्ने गर्दछ ।
इन्टरनेटको प्राथमिकतालाई मध्यनजर गर्दै थुप्रै देशका सरकारले आफ्ना प्रत्येक नागरिकलाई इन्टरनेटसँग जोड्नका लागि पहल गरेका छन् । संसारमा फिनल्याण्ड जस्ता देशहरु पनि छन् जहाँ इन्टरनेट चलाउन नागरिकको अधिकार भित्रै पर्ने गर्दछ ।
इन्टरनेटको बढ्दो प्रयोगलाई ध्यानमा राखेर सोसल प्रोग्रेस इन्डेक्सले यसको उपयोगिताको बारेमा आँकडा निकालेको छ । कुन देशका कति नागरिक इन्टरनेटका अम्मली छन् भन्ने कुरा यहाँ प्रस्तुत गरिएको छ ।
१. फोकल्याण्ड (मालविना)
स्थान–पहिलो
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशत–९६.९२ प्रतिशत
२. आइसल्याण्ड
स्थान–दोस्रो
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशत–९६.२१
३.नर्वे
स्थान–तेस्रो
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९५
४.स्विडेन
स्थानः चौथो
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९४
५. डेनमार्क
स्थानः पाँचौ
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९३
६. नेदरल्याण्ड
स्थानः छैटौँ
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९३
७. लक्जम्बर्ग
स्थानः सातौँ
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९२
८. बरमूडा
स्थमाः आठौँ
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९१.३
९. फिनल्याण्ड
स्थानः नवौँ
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ९१
१०. न्यूजिल्याण्ड
स्थानः दसौँ
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८९.५१
११. लिचेस्टिन
स्थानः एघारौँ
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८९.४१
१२. कतर
स्थानः बाह्रो
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८८.१०
१३. बहराइन
स्थानः तेह्रो
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८९.४१
१४. युनाइटेड किंगडम
स्थानः चौधौ
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८७.०२
१५. मोन्याको
स्थानः पन्ध्रौ
इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८७ (एजेन्सी) - See more at: http://www.ratopati.com/2014/08/25/162045.html#sthash.vCTKTwsj.l6kWPPDl.dpuf

इन्टरनेट उपयोग गर्ने मानिसहरुको प्रतिशतः ८७ (एजेन्सी)

- See more at: http://www.ratopati.com/2014/08/25/162045.html#sthash.vCTKTwsj.l6kWPPDl.dpuf

फुटबलरको हत्या, अल्जेरियाको लिग स्थगित काठमाडौं, भाद्र ९ । अल्जेरियाली फुटबल संघले त्यहाँको फुटबल लिग अनिश्चित समयका लागि स्थगित गरेको छ । गत शनिबार लिग खेलको दौरान विपक्षी समर्थकहरुको ढुंगा प्रहारबाट एक जना क्यामरुनी खेलाडीको मृत्यु भएपछि फुटबल लिग नै स्थगित गरिएको हो । लिग स्थगित गरिएसँगै फुटबल संघले मृतक खेलाडी अल्बर्ट इबोसेको परिवारलाई १ लाख अमेरिकी डलर क्षतिपूर्ति समेत दिने भएको छ । अल्जेरियाको जेएस क्याबिली फुटबल क्लबबाट खेल्दै आएका २४ वर्षीय क्यामरुनी स्ट्राइकर इबोसेलाई युएसएम एल्गर क्लबका समर्थकहरुले खेलपश्चात ढुंगा प्रहार गरेका थिए । टाउकोमा लागेर गम्भीर घाइते भएका इबोसेलाई उपचारको लागि अस्पताल पुर्‍याएपछि मृत घोषित गरिएको थियो । खेलमा इबोसेकै गोलको मद्दतले पाहुना टोली विजयी भएको थियो भने घरेलु टोली एल्गर २–१ ले पराजित भएको थियो । खेल सकिएपश्चात खेलाडीहरु ड्रेसिङ रुममा गइरहँदा विपक्षी समर्थकहरुले ढुंगामुढा गरेका हुन् । अल्जेरियन फुटबल फेडेरेसनले घटना लगत्तै उक्त रंगशाला बन्द गराएको छ । त्यहाँको आन्तरिक मन्त्रालयले घटनाको पूर्ण र निस्पक्ष छानबिन गर्न आदेश दिएको छ । (एजेन्सी)

No comments: