Tuesday, September 9, 2014

सेयर बजारसम्बन्धी जनचेतना बढाउने टिसर्ट बजारमा निकट भविष्यमै टोपी र कप

September 9
काठमाडौं । सेक्यूरिटिज रिसर्च सेन्टर एण्ड सर्भिसेज (एसआरसिएस)ले सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई लक्षित गरेर टिसर्ट उत्पादन गरेको छ ।
 Stock-T-shirt-Final
 सेयर बजारको बारेमा जनचेतना फैलाउने उद्देश्यले नेपालमा पहिलो पटक यस्तो टिसर्ट उत्पादन गरिएको एसआरसिएसका सञ्चालक तथा सेयर विश्लेषक रविन्द्र भट्टराईले अनलाईनखबरलाई जानकारी दिए । टिसर्टमा सेयर बजारसँग सम्बन्धित विभिन्न चित्र तथा सूचकको प्रयोग गरिएको छ ।

सेयर बजारको घटबढलाई संकेत गर्ने तीन वटा रंग रातो (घट्दो), हरियो (बढ्दो) र सेतो (स्थिर) लाई प्रयोग गरिएको छ । यसैगरि सेयर बजारको बढ्दो ट्रेन्डलाई संकेत गर्ने साँढे र घट्दो ट्रेन्डलाई संकेत गर्ने भालुको चित्रलाई पनि टिसर्टमा प्रयोग गरिएको छ ।

 उपभोक्ताले ६ सय रुपैयाँमा एसआरसिएसको कार्यालय पुतलीसडक (शंकरदेव क्याम्पसको अगाडि) किन्न सक्नेछन् । आगामी दिनमा सेयर बजारका लगानीकर्ता तथा सेयरबजार प्रेमिलाई लक्षित गरी टोपी, कपलगायत उत्पादन गर्ने योजना रहेको भट्टराईले बताए ।

 सेयर बजार सम्बन्धि नियमित तालिम दिदै आएको एसआरसिएसलेमा यसअघि नै सेयर बजार सम्बन्धि बिभिन्न किताव, गित, फिल्म बजारमा ल्याइसकेको छ । एसआरसिएसले यसअघि उपत्यका बाहिर धादिङ, दमक, धरान, पोखरा, नेपालगन्ज, बुटवललगायतका स्थानमा तालिम दिइसकेको छ ।

No comments: