Tuesday, September 9, 2014

सञ्चार क्षेत्रले दबिएका आवाज समेट्न नसकेको अशोक राईको गुनासो रकम चेम्जोङको नेतृत्वमा संघीय समाचार प्रकाशन शुरु

September 9
काठमाडौं । संघीय समाजवादीका अध्यक्ष अशोक कुमार राईले लोकतन्त्र वहालीपछि नेपालमा सञ्चार क्षेत्र फले फूलेपनि दबेका आवाजलाई समेट्न नसकेको आरोप लगाएका छन् ।

मंगलबार संवाद डबलीमा अग्रगामी संचार सहकारीद्वारा प्रकाशित ‘संघीय समाचार’ साप्ताहिकको सुभारम्भ तथा विमोचन गर्दै उनले सञ्चार जगतप्रति अशन्तोष व्यक्त गरेका हुन् ।

 ‘विगतलाई हेर्दा नेपाली संचार क्षेत्र आफू फलेफुलेको देखिन्छ तर दबाइएका आवाज अझै व्यक्त गर्न सकेको छैन’ अध्यक्ष राईले भने । ठूला संचार गृह एउटा क्षेत्र र वर्गका वरिपरि मात्र घुमिरहेको अवस्थामा संघीय समाचार पत्रिका प्रकाशन औचित्य पुष्टि भएको राईले बताए । संघीय समाजवादी पार्टीको मुखपत्रका रुपमा प्रकाशित हुन लागेको पत्रिकालाई उनले सबै क्षेत्र र वर्गको प्रतिनिधित्व गर्न सुझाव दिए ।

 अग्रगामी संचार सहकारी प्रा.लि.का अध्यक्ष तथा संघीय समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले मिडियाको विकास भएपनि सबै वर्गको भावना अभिव्यक्त नभएकाले संघीय समाचार पत्रिका प्रकाशन गरिएको बताए ।
आफू संचार उद्यमी बन्न नभएर सामाजिक कार्यकर्ताकै रुपमा सञ्चार क्षेत्रमा आएको बताए । नेपाल पत्रकार महासंघका सचिब ध्रुव लम्सालले संघीय समाचारमा काम गर्ने श्रमजीबि पत्रकारले श्रमजीबीका समस्यावारे गुनासो गर्ने अवस्था नआओस भन्ने शुभकामना दिए ।

No comments: