Wednesday, August 27, 2014

टाउकोभन्दा ठूला हात

 

yesto paniएजेन्सी/ भारतका आठ वर्षीय योंग कलिमका हातको पन्जा नै टाउकोभन्दा ठूलो छ । माझीऔँला हत्केलाको आधारबाट १३ इन्च लामो छ ।

जन्मिँदा नै कलिमको हातको पन्जा दोब्बर ठूलो थियो । उनको हात त्यसपछि पनि लगातार बढिरह्यो । अहिले उनको एउटा हात नै आठ केजीको भइसकेको छ ।

अजंगको हातका कारण कलिम सामान्य काम गर्न पनि असमर्थ भएका छन् । कलिम आफ्ना ठूला हातका कारण अरू त्रसित हुने र त्यसैका कारण आफूलाई दुव्र्यवहार हुने गरेको पनि गुनासो गर्छन् । त्यसैकारण उनी स्कुल पनि जाँदैनन् । उनी भन्छन्, ‘सर भन्नुहुन्छ, मेरो हात देखेर अरू विद्यार्थी डराउँछन् ।’

हातको आकार बढेको देखेर भारतका डाक्टरहरू नै चकित भएका छन् । गुडगाउँका डाक्टर क्रिसन चुघ कलिम लिम्फाजिओमा अथवा हामार्तोमाबाट पीडित भएको हुन सक्ने अनुमान गर्छन् । चुघका अनुसार ती दुवै रोगको उपचार सम्भव छ ।

तर, सामान्य मजदुरी गर्ने कलिमका आमाबुबा खर्च अभावकै कारण कलिमको उपचार गर्न सकिरहेका छैनन् ।

No comments: