Tuesday, August 26, 2014

मतका आधारमा २६ सभासद बाँडौं : गच्छदार


१० भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छादारले मन्त्रिपरिषद्ले मनोनित गर्ने २६ सभासदमा भएको बाँडफाँड प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् ।
व्यवस्थापिका संसदको मंगलबारको बैठकमा समय लिएर बोल्दै गच्छदारले सरकारले कुन आधारमा दलीय भागवण्डा गरेको जवाफ दिन माग गरेका हुन् । दलीय भागवण्डा गर्ने हो भने दलहरुलेसमानुपातिक वा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पाएको मतका आधारमा गर्नु पर्ने उनले बताए ।
‘प्रत्यक्ष मतको आधारमा गर्ने हो भने पनि कांग्रेस र एमालेको भागमा १५ सिट मात्र पर्छ’ उनले भने-मधेसी मोर्चाको भागमा सात सिट हुन आउँछ ।’
उनले चारबुँदे सहमति कार्यान्वयन नगर्ने हो भने बुधबारबाट सदन चल्न नसक्ने बताए । उनले भने-’सम्झौतामा हस्ताक्षर भएको ८ महिना एक दिन पुगेको छ, किन अहिलेसम्म कार्यान्वयन हुन सकेन ?
मधेसी दलहरुको तर्फबाट आफूले बोलेको भन्दै गच्छदारले सरकारका मन्त्रीहरुले माघ ८ अघि नै स्थानीय निकायको निर्वाचन गर्ने भनिरहेको भन्दै यो संविधान नबनाउने खेल भएको आरोप लगाए ।

No comments: