Wednesday, August 27, 2014

मैत्रीपूर्ण खेलमा हार्‍यो नेपाल मिति ११ बुधबार

११ बुधबार

 मैत्रीपूर्ण खेलका लागि बंगलादेश प्रस्थान गर्नुअघि आयोजित बिदाइ समारोहमा तस्बिर खिचाउँदै एसियाडमा सहभागी हुने यु-२३ टोलीका सदस्‍य। काठमाडौं : जितको लक्ष्यका साथ बंगलादेश गएको नेपलको यू २३ टोली मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशसँग १-० गोलले पराजित भएको छ। कप्तान सागर थापासहित सिनियर टोलीका पाँच खेलाडी समावेश गरेको नेपालले बंगलादेशको यू २३ टोलीसँग लभर दबाब झेल्यो। गतसाल काठमाडौंमा सम्पन्‍न साफ च्याम्पियनसिपपछि पाँचवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको नेपालको यो लगातार पाँचौं हार हो। यसअघि नेपाल भारत, यमन, फिलिपिन्स र इन्डोनेसियासँग पराजित भएको थियो। बंगलादेशको आर्मी स्टेडियममा खेलको सुरुआतसँगै पोस्ट प्रहारको अवसर बनाएको बंगलादेशले ६० औं मिनेटमा गोल गरेको थियो। बंगलादेशका लागि सोहेल रानाले गोल गरे। रानाले ममुनुलको कर्नरमा गोल गरेका थिए। कमजोर रक्षापंक्ति र आपसी तालमेलको अभाव रहेको नेपालले पहिलो हाफमा एउटा मात्र फितलो अवसर बनाएको थियो। २५ औं मिनेटमा असीमजंग कार्कीको प्रहारलाई बंगलादेशका गोलरक्षक रसेलले सजिलै विफल बनाइदिएका थिए। ५० औं मिनेटमा असीमको अर्को प्रहारलाई बंगाली गोलरक्षक रेसलले पुन: विफल पारेका थिए। बंगलादेशसँग १-० गोलले पछि परेपछि केही समय लयमा देखिएको नेपालको गोल फर्काउने प्रयासलाई बंगलादेशका गोलरक्षक रसेल बाधक बनेका थिए। दक्षिणकोरियाको इन्चोनमा आयोजना हुने १७ औं एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेको यू २३ फुटबल टोलीले शुक्रबार दोस्रो खेल खेल्नेछ। नेपालले बंगलादेशकै निमन्त्रणामा त्यहाँको एसियाड यू २३ टोलीसँग मैत्रीपूर्ण खेल खेलेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी सन् २०१५ मा आयोजना हुन लागेको विश्वकप छनोट, एसियन कप छनोट र साफ च्याम्पियनसिपमा टोलीलाई थप एक्सपोजर गराउने उद्देश्यले आफ्नै खर्चमा एसियाडमा खेलाडी सहभागी गराउन लागेको छ। एसियाडमा नेपालको यू २३ फुटबल टोलीले समूह 'डी' बाट प्रतिस्पर्धा गर्नेछ। तुलनात्मक रूपमा कठिन मानिएको उक्त समूहमा इराक, कुवेत र जापान परेका छन्। एसियाडमा फुटबलमा २९ राष्ट्रको सहभागिता पक्का भएको छ। सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ।

No comments: