Friday, September 12, 2014

पहिलो पटक १५ वर्ष उमेर मुनिकाहरुको फूटबल प्रतियोगिता हुने

September12
काठमाडौँ, भाद्र २७, ख्रीष्टियान स्पोर्ट्स फेलोशिप नेपालको आयोजनामा पहिलो पटक १५ वर्ष उमेर मुनिकाहरुको फूटबल प्रतियोगिता हुने भएको छ l  प्रतियोगीता अक्टोबर २३ देखि २५  सम्म सि .एस. एफ. स्पोर्ट्स कम्प्लेक्स  सातदोबाटोमा गरिने भएको छ l  खेल मार्फत साथानीय मण्डलीमा भएका १५ वर्ष उमेर मुनिका खेलाडीहरुको प्रतिभालाई प्रोत्साहन गर्नु र मण्डली-मण्डली बीच एक अपासमा आत्मीय संगति तथा ख्रीष्टिया  एकता कायम गर्दै परमेश्वरको नाउलाई उच्च पारि  ख्रीष्टको असल गवाही प्रस्तुत गर्नु रहेको छ  l
तुरही
त्यस्तै  मण्डलीमा   खेलाडी भाइहरु छन् भने  सि .एस. एफ. स्पोर्ट्समा सम्पर्क गर्न  हार्दिक अनुरोध समेत गरेको छ l  फर्म  धमाधम वितरण भइरहेको ख्रीष्टियान स्पोर्टस् फेलोशिप् नेपालले जनाएको छ lस्मरण रहोस, ख्रीष्टियान  स्पोर्टस् फेलोशिप् नेपालको आयोजनामा गएको तिन महिना अगाडी मात्रै आठौं अन्तर मण्डली फुटबल प्रतियोगिता २०१४ फेलोसिपकै स्पोर्टस् कम्प्लेक्स सातदोबाटोमा भव्यताका साथ सम्पन्न भएको  थियो l यस अन्डर १५ प्रतियोगीतामा समेत २४ वाट मण्डलीको सहभगी हुने आशा आयोजकको रहेको छ l
यस खेल संग सम्बन्धित कुनै जानकारीको लागि निम्न नम्बरहरु : 016214250, 9841763319, 9841287832, 9803150750 मा सम्पर्क गर्न समेत ख्रीष्टियान स्पोर्टस् फेलोशिप् नेपालले आग्रह गरेको छ l

No comments: