Friday, September 12, 2014

नखाएको विष… अन्जु पन्तलाई

September 12
यदी अन्जु पन्तले गाउन नमानेकी नै हुन भने पनि…(यद्दपी पन्तले वजारमा हल्ला भएजस्तै आफूले त्यस्तो अभिव्यक्ति भने नदिएको जनाइसकेकी छन् )प्रसंग शुरु गरौंः हिजोआज सामाजिक संजालमा अन्जु पन्तका वारेमा उनको आस्थालाई मन नपराउनेहरुले हदैसम्मको सीमा नाघेर गाली गलौज गरे र गरीरहेका छन्, सायद अझै उनीहरुले केही दिनसम्म यसरी नै गाली गरिररहनेछन् । भन्ने गरिएको छ, पन्तले हिन्दुवादि गीतमा स्वर दिन नमानेपछि  सडकदेखि सदनसम्म अन्जु पन्तको चर्चा यसरी हुन थालेको हो ।turahi
धर्म निरपेक्षताको अर्थलाई वुझ्नेहरुले अन्जु पन्तले जे गरिन ठीक सहीसलामत गरिन भन्न थालेका छन तर  यस्को अर्थलाई वुझ्न नसक्नेहरुले पन्तलाई बलमुताले भ्याए जती गाली गरि रहेका छन् । मानौ उनले म इसाई हुँ भन्न पनि नपाउने यो समाजमा ।

सामाजिक संजालमा भरीएका उनीमाथि भएका अपशब्द गाली गलौजका तीखो प्रहारहरु हेर्दा लाग्योः मानौ देश धर्म निरपेक्ष हुनमा अन्जु पन्तकै ठूलो भूमिका थियो । उनले नै यो देशमा धर्म निरपेक्ष ल्याइन् । उनले हिन्दुवादि गीतमा स्वर नदिँदा अब यो देशको सर्वस्व नै हरण भो भन्ने भन भयो तिनीहरुलाई । उनले स्वर दिएका हजारौं गीतहरु पनि त छन नी जुन गीत सुन्दा श्रोतालाई आनन्द मिल्छ । किन हाम्रा दाजुभाईहरुले उनी प्रती यत्रो प्रहार गरेको ? गीत नगाएको झुठो प्रंसगलाई लिएर नेपाली सामाजिक संजालमा पन्तको हदैसम्म चरित्र हत्या गर्ने काम भएको छ ।

यदी अन लाइन मिडिया र सामाजिक संजालमा अन्जु पन्तका वारेमा आएका भ्रामक समाचारलाई आधार मान्ने हो भने, सून्नुहोस्  पन्तले जे गरिन बाइबल अनुसार सोहृै आना ठीक गरिन । किनभने इसाई आस्थामा भएको कुनै पनि कलाकारले आफ्नो आस्थामा चोट पुग्ने त्यस्ता खालका गीतमा बाइबल धर्मशास्त्र अनुसार स्वर दिन मिल्दैन । साँचो हृदयले येशूलाई ग्रहण गर्ने इसाईले आफ्नो आस्था विपरीत चोट पुग्ने गीत गाउने कुरामा सम्झौता गर्न सक्दैनन् ।

एउटा नोकरले एकसाथ दुई मालिकको सेवा गर्न कदापी सक्दैन । निराशपूर्ण अन्धकारमय जीवनबाट  येशूमा आई आफ्नो जीवनको नयाँ अध्याय सुरुवात गरेकी पन्तले त्यस्तैत्यस्ते गीत गाएर पुनः त्यही निराशपूर्ण जीवनमा उनी फर्किन चाहान्नीन्  । पन्तले त्यो गीतमा आफ्नो सुरिलो स्वर नदिएर सारा दुनियाँलाई खुल्लमखुल्लारुपमा आफू येशूको सच्चाँ भक्त हुँ भन्ने अर्को सन्देश दिएकी छन् । उनी अहिलेपनि छातीमा हात राखेर म येशूको सच्चाँ भक्त हुँ, मैले मेरो एक मात्र मुक्तिदाता परमेश्वरलाई वाहेक अरु कुनै पनि मानव निर्मित देवि देवतालाई ईश्वर हो भनी न त म, कुनै गीतमा गाएर नै भन्न सक्छु, या त कुनै अभिव्यक्ति दिएर यस्तो कुरा स्वीकार नै गर्न सक्छु भन्ने संदेश दिएकी छन् । पछि आफ्नै फेसवुक संजाल मार्फत मैले कुनै पनि धर्म विशेषलाई आघात हुने काम गरेकी छैन भनी क्षमा समेत माग्न पुगिंन । उनले क्षमा मागेर आफूलाई येशूमा होच्याउने महान काम पनि गरिन । देश दुनियाँलाई आफू नेपाली इसाई नारी हुँ भन्ने प्रमाण पेश गरेकी छन् ।

लाग्छ रत्तिभर गल्ती गरिनन् उनले, आफ्नो आस्था विपरीत संगीतकारले गाउन लगाएको…“दुर्गा माताको आर्शिवादले, सोचे झैं पुग्दै जाओस् ”… बोलको गीतलाई नगाएर । संगीतकारले गाउन अहृाउनु भएको शब्द हेरेर यो मेरो आस्था विपरीतको गीत हो, म यस्ता शब्दमा गाउदिन पनि भनेकी थिइनन् उनले । के गल्ती भयो र, उनले यती भन्दा ? उनी माथि यत्रो अत्याचार ? खाएको विष पो लाग्ला पन्तलाई तर नखाएको विष पो कसरी लाग्छ, तर उनका वारेमा भए गरेका हल्लालाई हेर्दा लाग्छः अन्जु पन्तलाई नखाएको विष लाग्यो ।

येशूमा विश्वास गरेर नयाँ जीवन शुरुवात गरेकी पन्तले आफ्नो आस्था विपरीतको गीतमा स्वर दिन्न भन्दा नेपाली सामाजिक संजालमा यत्रो प्रोपागण्डा मच्चाउनु अनुचित भयो । मदिरा सेवन नगरेर गीत गाउन नसक्ने केही कलाकारहरु, अर्काकी छोरीचेली देख्न नसक्ने र लागू औषध दुव्यर्सनी सहित प्रक्राउ परेर प्रहरी हिरासतमा परेका गायक तथा संगीतकार, कलाकारहरु पनि देखियो नेपालमा । उनीहरुको वारेमा यती विग्न विरोध हुँदैन् तर एउटा कलाकार जस्ले आफ्नो पुरानो स्वभावलाई येशूमा आई सकेर त्यागे पछि,, नयाँ जीवनको सुरुवात गरेपछि आफ्नो आस्था विपरीतको गीतमा स्वर दिन नमान्दा उनी माथि यत्रो बदला । के भुल गरिन र उनले ? के यो देशको सच्चाँ, देशभक्त भएर ईश्वरको भक्तिमय जीवन जीउनु कस्तो भुल गरिन उनले ? आज सारा संसारभरका करोडौं मानिसहरुले पछयाइरहेको येशूको बाटो रोजीन उनले यो कसरी भुल भयो र ? अरुका लागि यही नै भुल भयो है उनले गरेको ?

विचार गर्नुहोस् अन्ततः आज सारा मानवले हिड्नु पर्ने अन्तिम बाटो अन्जु पन्तले रोजेकी  हुन । जुन  बाटो स्वर्गमा जाने एकमात्र बाटो हो । येशूलाई विश्वास गरेर उनले केही भुल गरिनन् तर मुक्तिदाता येशूलाई जानेर पनि उनको पछि नलाग्ने मानिसहरुले वरु जीवनमा ठूलो भुल गरीरहेका छन् ।

संगीतकारले भने जस्तै, भन्नुपर्दा अन्जु पन्तले मात्र होइन की कुनै पनि गायकगायीकाले आफ्नो आस्था विपरीतका शब्दहरु त्यो गीतका शब्दकार तथा संगीतकारले गीतमा समावेश गरेका छन् भने त्यो गीतमा स्वर दिने कलाकारले म यो गीत गाउछु या म यो गीत गाउदिन भन्न पाउनु उस्को नितान्त व्यक्तिगत अधिकारको कुरा हो । तपाई आफैं विचार गर्नु न संगीतकारज्यू । तपाईले अन्जु पन्तलाई गीत गाउन दिन हुने तर पन्तले मेरो आस्था विपरीतको गीत हो भनेर म यो गीत गाउदिन भन्न पनि नपाउने ? यो कती सम्मको अन्याय हो हँ उनीमाथि ? त्यो त उनको नितान्त व्यक्तिगत विचार हो नीः स्वर दिने वा नदिने भन्ने कुरा, होइन र ?

अझ यो प्रसंग त पन्तको मानव अधिकारसंग जोडिएको पनि छ । समाजलाई नकारात्मक दिशा तर्फ मोड्ने संदेशले भरिएका गीतमा स्वर दिएर समाजलाई भड्काउन मिल्दैन तर स्वरै नदिएर आफ्नो मानव अधिकारको प्रत्याभुती गर्न पाउनु त पन्तको मानव अधिकारको कुरा हो नी । उनको मानव अधिकारको संरक्षण गर्न पाउनु नी उनको कत्र्तव्य हो नी  कसो । संगीतकारले आउ तिमी मेरो गीतमा स्वर दिइदेउ भन्न हुने तर गायीका पन्तले तपाईका यी शब्दले मलाई मेरो आस्थामा चोट पुग्छ म यो गीतमा स्वर दिन्न भन्न पनि नहुने ? पन्तलाई सामाजीक संजालमा गाली गर्ने महाशयहरु एक पटक तपाई अन्जु पन्तको ठाउँमा आफूलाई राखेर त सोच्नुहोस् । के तपाईले आफ्नो धर्मको आस्थामा चोट पु¥याउने गीतमा तपाई स्वर दिन सक्नुहुन्थ्यो र ? अँ हँ सक्नुहुन्नथ्यो । त्यही भएर पनि पन्तले आस्था विपरीतको गीतमा लय हाल्न मानिनन् होलिन । मानून पनि कसरी येशूमा आइ सकेपछि उनले आफ्नो स्वरलाई परमेश्वरको महिमा नहुने खालका गीतमा आफ्नो स्वर नदिने सायद प्रतिवद्ध गरी सकेकी छन् ।

धर्म निरपेक्ष भएको देशका कुनै पनि कलाकार या सर्व साधारण नागरिकले आफूले अंगालेको धर्मको अभ्यास गर्ने अधिकार उसमा हुन्छ की हुन्न ? के यो नेपालको अन्तरीम संविधानले दिएको अधिकारलाई अन्जु पन्त सवैकी गायीका भइन भनेर उनले आफ्नो आस्था विपरीतको कुरालाई उनले जीवनमा लागू गर्न नपाउने ? उनले आफूलाई मन नपरेको गीतमा स्वर नदिएर रत्तिभर पनि पाप गरेकी छैनन् । अन्याय गरेकी छैनन् । बरु हिन्दुवादि शब्दमा स्वर नदिएर विश्वमा भएका सवै इसाईहरुका लागि एउटा फरक नमूना प्रस्तुत गरेर देखाइदिएकी छन् ।

यदी उनले गीत गाउन नमानेकै हुन भने पनि उनको यो साहासी कदमले नेपालमा भएका बिसौ लाख इसाईहरुलाई ख्रीष्टमा जीउन थप प्रेरणा मिलेको छ । सारा संसारमा भएका सवै इसाईहरुले उनको यो साहसी कदमको खुलेर प्रशंसा समेत गरेका छन् । अझ भन्ने हो भने पन्तले विश्वास गरेको एक मात्र परमेश्वर उनको यो महान कदम देखेर सवै भन्दा वढि खुशी भएका छन् होलान् । किनकि पन्तले त्यस्तो शब्दमा स्वर दिन नमानेर आफ्नो आस्था विपरीत सम्झौता गर्न मानिनन् । वरु दुनियाँको गाली सहन स्वीकार गरिन ।

आफूले विश्वास गरेको परमेश्वरको अघि पन्तले त्यो गीतबाट गाए वापत आउने पारिश्रमिकको कुनै प्रवाह नगरी वा ती संगीतकारलाई मन खुश राख्ने कुरालाई कुनै हेतुले पनि प्रवाह नगरी आज पन्तले यती ठूलो वलिदान किन गरि होलिन भन्ने कुराको रहस्य पहिला त ती संगीतकारले वुझ्नु आवश्यक छ, भने अनी पछि पन्तलाई गाली गर्ने महाशयहरुले यो रहस्य पत्ता लगाउने विधि वुझनु आवश्यक छ  । के छ त यस्तो रहस्य अन्जु पन्तले विश्वास गरेको परमेश्वर ईश्वरमा भनेर आज सवै आम नेपालीहरुले एकटक घोत्लिएर खोज्नु आवश्यक छ । आज किन पन्तले नखाएको विषको सामना गर्दैछिन् त । किन उनले गल्ती नगर्दा – नगर्दै पनि सार्वजनिकरुपमा क्षमा मागेर आफू सारा दुनियाँलाई येशूको असल भक्त भएको उदाहरण प्रस्तुत गरिन ? पन्तलाई राम्ररी थाहा छ की,‘बदला लिने काम आफ्नो होइन भन्ने ‘ एकदिन समय यस्तो पनि आउने छ, अन्जु पन्तले आफ्नो आस्थामा चोट पु¥याउने गीत किन गाउन मानिनन् होलिन भन्ने, अनी त्यती वेला मानिसहरुले यस्को वास्तविक रहस्य थाहा गर्नेछन् । किनकि संसारमा सत्य जहिलेपनि एउटामात्र हुन्छ, त्यो सत्य त्यो दिन येशूको समयमा  दिउँसोको उज्यालो झैं सवैसामू प्रकट हुनेछ । अनी सवैले थाहा गर्नेछन्, र पछुताउदै भन्नेछन्ः “अन्जु तिमीले रोजेको बाटो नै ठीक हो ”।

ती संगीतकारले गाइदेउ भनेको गीत नगाएर पन्तले आज आफ्नो आस्थालाई कसैले तोड्न र भत्काउन सक्दैन भन्ने गतिलो उदाहरण भने प्रस्तुत गरेकी छन् । अब त्यस्ता संगीतकार तथा शब्दकारले यो पनि वुझनु आवश्यक छ की मैले गीत कम्पोज गर्दा गाउने कलाकारलाई फेबर गर्छ की गर्दैन । यदी गर्दैन भने मैले विचार गर्नु पर्छ भन्ने कुरा मनन् गर्नु आवश्यक छ । उनीहरुले मेरो गीतको सन्देश के हो, भाव के हो ? राम्ररी केलाउनु आवश्यक जस्तो देखिएको छ । किनकि यो देशमा गीत गाउने कलाकार इसाई पनि छन् भन्ने वुझ्नु आवश्यक प्रायः छ । शब्दकार तथा संगीतकारले गायकगायीकालाई पारिश्रमिक दिएर गीत  गाउन लगाएपछि उनीहरुले आफ्नो आस्थामा घात पु¥याउने शब्दहरु भएका गीत त्यती सजीलै  गाइहाल्दैनन् भन्ने पाठ यो घटनाले सिकाएको हुनुपर्छ ।
उनले देशको संविधानले दिएको स्वतन्त्रतालाई प्रयोगमा मात्र ल्याउन खोजेकी यो एउटा गतीलो उदाहरण हो । एक मानेमा अन्जु पन्तले ०६३ को नेपालको अन्तरीम संविधानले दिएको अधिकारलाई त्यो गीत नगाएर आफ्नो धर्मको “प्रयाक्टिस्” गरेकि हुन भन्न सकिन्छ ।

कुनै पनि देशमा लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्ष नभए पनि अन्जु पन्तले मात्र होइन की हृदयमा सजाएर राखेको आफ्नो इश्वरलाई कुनै पनि मानिसले म इसाई हुँ, म हिन्दु हुँ, म वौद्ध धर्ममा आस्था राख्ने मानिस हुँ भन्न पाउनु पर्छ, यो मानिसले जन्मसिद्ध पाउने अधिकार हो । पन्तले यो हिन्दुवादि गीत हो म गाउदिन भरनेर ती संगीतकारसँग नभनेको दावी गर्दै आएकी छन् । सामाजिक संजालमा यसरी पन्तको चरित्र हत्या गर्नु मुनासिव हुँदैन । यस्ले कसैको भलो हुने काम गर्र्दैन । यस्ता कुराले देशमा अहिलेसम्म भएको धार्मिक सहिष्णुता खलवलिने काम हुन्छ । जसलाई हामी सज्जन नेपालीले रोक्नै पर्छ ।

यो देशमा कोही रोइरहेकी छ भने यती बेला अन्जु पन्त रोइरहेकी छे । जसले सामाजिक संजालमा उनी प्रती भए गरेका गालीगलौजलाई सहन नसकी उनका आँखा रसाएका छन् । पीडाले उनी विक्ष्प्ति भएकी छन् । कुनै नारीलाई यसरी विनासित्तै रुवाउनेहरुले कुनै दिन प्रकृतीले उनीहरुलाई पनि यसरी नै रुनुपर्ने दिन आउने छ भन्ने कुरा भुल्नु हुँदैन ।

No comments: