Sunday, September 7, 2014

आर्यन र गरिमा उत्कृष्ट नायक-नायिका

September 6
‘एनएफडीसी दोश्रो राष्ट्रिय चलचित्र पुरस्कार २०७०’ काठमाण्डौको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । विभिन्न २० विधामा पुरस्कार प्रदान गर्दै अवार्ड सम्पन्न भएको हो ।
यसबर्षको उत्कृष्ट नायकको अवार्ड आर्यन सिग्देलले चलचित्र ‘महशुश’बाट प्राप्त गरे ।http://www.digitalpatra.com/wp-content/uploads/2013/12/AryanSigdel.jpg
यस्तै चलचित्र ‘झोला’बाट अभिनेत्री गरिमा पन्तले सर्वोत्कृष्टताको पुरस्कार जितिन् ।
 श्रीलंकाका मन्त्री गोविन्दा नायके र आपूर्तीमन्त्री सुनिल थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । विभिन्न चर्चित कलाकर्मीको नामबाट अवार्ड वितरण गरिएको थियो ।
समारोहमा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिदै उनले अभिनय गरेका चलचित्रका गीतमा कलाकारले नृत्य गरे । नायक दीलिप रायमाझीलाई नायिकाहरु केकी अधिकारी, रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, निता पोख्रेलले साथ दिएका थिए । यस्तै नायक यशराजले दुई सुन्दरी नम्रता सापकोटा र पवित्रा आचार्यसँग ‘मेरो लाहुरे आउछ रे’ र ‘मात लाग्यो’ बोलको गीतमा नृत्य गरेका थिए ।
नरेन्द्र वीर सिंहको टिमको नृत्य आकर्षक थियो । कलाकार रोहित रुम्बाले कलाकारद्धय अनु शाह र अशिष्मा नकर्मीसँग ‘गाला रात्तै’ र ‘ढिच्याउँ’ बोलको गीतमा जोडी वाधेका थिए ।
 नायिका करिश्मा मानन्धर र नायक रमेश उप्रेतीले स्टेजमा आकर्षक प्रस्तुती राखेका थिए । कार्यक्रममा उत्कृष्ट निर्देशकलाई १ लाख र अन्य विधाका विजयीलाई जनही ५१ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

विभिन्न २० विधामा अवार्ड प्राप्त गर्ने चलचित्रकर्मीको नाम यसप्रकार छ :
 १.प्रदिप सर्वोत्कृष्ट ध्वनी पूनः मुद्रण : अमित श्रेष्ठ -मञ्जरी)
 २.भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशन : राजेन्द्र खड्गी -नोथिङ इम्पोसिबल)
३.मञ्जु सर्वोत्कृष्ट छायांकार: पुरुषोत्तम प्रधान -नाई नभन्नु ल २)
४.तुलसी सर्वोत्कृष्ट सम्पादन : बद्री लामिछाने -महशुश)
५.शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की -छ एकान छ)

No comments: