Wednesday, September 3, 2014

मात्र ४.२ सेकेन्डमै चालीस हजार ओटा स्मार्टफोन बिक्रि

Septemer 3
जिओमी नाम गरेको एक चिनियाँ कम्पनीले भारतीय बजारमा आज आफ्नो ‘xiaomi Redmi 1S’ मोडलको स्मार्टफोन करिब ४.२ सेकेन्डमै चालीस हजार सेट बिक्रि गरेको छ | ५,९९९ भारु मूल्य रहेको यस स्मार्टफोनलाई कम्पनीले फ्लिपकार्ट मार्फत बिक्रि गरेको थियो | यो स्मार्टफोन किन्नका लागि करिब दुई लाखजनाले रजिस्ट्रेशन गरेका थिए |
 mobil MIUI
 mobil
 सफ्टवेयरले संचालित हुने यस स्मार्टफोनको भर्जन एन्ड्रोइड ४.३ रहेको छ | यसमा १.६ जीएचजेड कोयलकम स्न्याप ड्रयागन ४०० क्वाडकोर प्रोसेसरका साथै १ जीबी र्याम, ८ जीबी इंटरनल स्टोरेज र ६४ जीबि माइक्रो एसडी स्ल्याट रहेको छ | डुअल सिम भएको यस स्मार्टफोनको स्‍क्रीन ४.७ इन्च र डिस्प्ले ७२० आईपीएस रहेको छ | एलईडी फ्ल्यास सहित ८ एमपीको ब्याक र १.७ एमपीको फ्रन्ट क्यामेरा रहेको यस स्मार्टफोनको ब्याट्री २००० एमएएचको राखिएको छ | आगामी दिनहरुमा पनि एशियाका अन्य देशहरुमा समेत सस्तोमा स्मार्टफोनहरु बिक्रि वितरण गर्ने कम्पनीले बताएको छ |

No comments: