Wednesday, September 3, 2014

जापानस्थित स्टील कारखानामा विस्फोट, १५ जना घाइते


September 3 मध्ये जापानस्थित रहेको निप्पोन स्टील एंड सुमीटोमो मेटल फ्यासीलिटीमा आज बुधबार विस्फोट हुँदा कम्तिमा १५ जना घाइते भएका छन् | ३००० जना काम गर्ने उक्त कारखानाबाट कालो धुवाँ उडीरहेको जापानी संचारमाध्यमहरुको प्रसारण गरिएका थिए |
 japan japan
 अपरान्ह पौने एक बजे तिर भएको उक्त विस्फोटमा घाइते भएका १५ जनालाई अस्पतालमा भर्ना गराईएको छ जसमध्य ५ जनाको अवस्था चिन्ताजनक रहेको जापानी प्रहरीले जनाएको छ | कोक ओवनमा आगो लागि उक्त विस्फोट भएको प्रारम्भिक रिपोर्टले बताएको छ | तोकाईमा करिब १ लाख जनाले कम्पनीलाई यसको सुरक्षमा ध्यान दिन सल्लाह दिएका थिए | यो वर्ष सोहि कारखानामा जनवरी, जुन, जुलाई र हाल गरि चार पटक विस्फोट भैसकेको छ | गत महिना कम्पनीले विस्फोट निवारक गर्ने तथा पछिल्लो घटनाहरुको विवरण छानबिन गर्न एक समिति गठन गर्ने घोषणा गरेको थियो |

No comments: