Monday, September 15, 2014

कूटनीतिक नियोगको वाषिर्क भाडा ६० करोड

September 15

विदेशस्थित नियोगहरुको कार्यालय भाडा तिर्न मात्रै सरकारले वाषिर्क झन्डै ६० करोड खर्च गरिरहेको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ विभिन्न देशमा नेपालका दूतावास र वाणिज्य दूतावास गरी ३६ वटा मिसन छन्।

विदेशस्थित नेपाली नियोगहरुको भाडाका लागि मात्रै परराष्ट्र मन्त्रालयले गत आर्थिक वर्ष ५८ करोड ७० लाख रुपैयाँ निकासा गरेको थियो । चालू आर्थिक वर्षमा यो रकम ६० करोड कट्ने अनुमान परराष्ट्रको रहेको छ । बंगलादेशको ढाका र चीनको ल्हासास्थित नियोगमा मात्रै सरकारले भाडाका लागि रकम निकासा गर्नुपर्दैन ।

सरकारले विदेशस्थित आफ्नै स्वामित्वमा रहेको जमिन पनि सदुपयोग गर्न सकेको छैन् । जग्गा भएका ठाउँमा घर बनाउन पहल गरेको छैन भने भएका घर पनि मर्मतसम्भार हुन सकेका छैनन् ।

परराष्ट्र मन्त्रालयका अनुसार पाकिस्तानको इस्लामावादमा नौ हजार वर्गगज, श्रीलंकाको कोलम्बोमा दुई एकड, भारतको नयाँदिल्लीमा ६ दशमलब एक एकड र कोलकातामा ४५ हजार ६ सय ४१ वर्गफुट जमिन छ । त्यस्तै चीनको बेइजिङ, मलेसियाको क्वालालम्पुर र क्यानडामा पनि आफ्नै स्वामित्वको जमिन छ ।

No comments: