Sunday, September 21, 2014

रोल्पाले सम्झीयो वोगटीलाई

September 21
तत्कालिन यूद्धका समयमा लामो समय रोल्पा बसेर माओवादीको नेतृत्व गरेका नेता पोष्टवहादुर वोगटीलाई रोल्पालीले पनि सम्झिएका छन्।
उनको स्मृतिमा आयोजीत श्रद्धाञ्जली कार्यक्रममा बोल्ने माओवादी नेताहरूले साझा नेताको रुपमा स्थापीत व्यक्त्तीत्वका रुपमा सम्झीए।
 
यूद्धकै उद्गम थलोका रुपमा परिचीत रोल्पामा वोगटी र उनीसँगको सम्वन्धका कारण उनको अभावमा मन दुखाउनेको संख्या पनि उल्लेख्य छ रोल्पामा।
 
रोल्पाका विभिन्न दुर्गम गाउँमा वसेर यूद्ध हाकेका बोगटीलाई रोल्पाका सवै राजनीतिक दल, कर्मचारी, पत्रकार, व्यापारी, नागरिक समाजले फोटोमा अबिर र फूल चढाएर सम्झिएका हुन्।
 
एमाओवादीका केन्द्रीय सदस्य दिपेन्द्र पुन सिजल, नेकपा माओवादीका केन्द्रीय सदस्य अमर म्काक्री संजीवकुमार, नेपाली काग्रेसका सभापती कृष्णवहादुर घर्ति मगर लगायतले शब्द मार्फत पनि वोगटीलाई सम्झीएका थिए।

No comments: