Sunday, September 7, 2014

आइतवारको दैनिक पत्रिकामा बिजनेश खबर

September 6
आइतवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुलाई प्राथमिकता दिएर खबर छापेका छन् ।

 कारोबार दैनिकले ‘जुट उद्योग अहिलेसम्मकै नाजुक’ शीर्षकमा मुख्य खबर छापेको छ । वातावरणमैत्री, कृषिमा आधारित र निकासीमा वाषिर्क पाँच अर्ब रुपैंयाँको योगदान गर्दै आएका जुट उद्योग इतिहासकै संकटपूर्ण अवस्थामा पुगेका छन् ।karobar-eco कटहरी क्षेत्रमा रहेका ४ उद्योग एक वर्षकै अन्तरालमा बन्द भइसकेका छन् । यस्तै, सस्तोमा वित्तीय संस्था किन्दै वाणिज्य बैंक, ९० प्रतिशत मजदुर निर्माणमा, आर्थिक विकासको विकल्प ‘एग्रो टुरिजम’, चितवनमा मेडिकल सिटीको बहस लगायतका खबर कारोबार दैनिकमा छ ।

 आर्थिक दैनिकले ‘विद्युत ब्यापारका लागि पावर ट्रेड कम्पनी खुल्दै, शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले भारतसँग विद्युत ब्यापार सहज बनाउन तत्काल पावर ट्रेड कम्पनी स्थापना गर्ने भएको छ ।arthik-eco यस्तै, वैदेशिक अध्ययन र रोजगारीमा युवासँगै अर्बौं रुपैंयाँ बाहिरिदै, सोझा सचिवलाई काम नगरेको अभियोगमा दण्ड, उर्जा प्रवर्द्धक/उत्पादक १० कम्पनीको लाइसेन्स खारेज गर्न सिफारिस, गरिबका लागि विदेशी अनुदान खर्च हुन सकेन लगायतको खबर आर्थिक दैनिकमा छ ।

नागरिक दैनिकले ‘एमए-६० बल्ल उड्यो’ शीर्षकमा मुख्य खबर छापेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चिनियाँ जहाज १८ दिनपछि बल्ल उडेको छ ।nagarik-eco यो जहाज गत साउन ३० देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्डेड’ थियो । यस्तै, कुखुराको मासुको मूल्य घट्यो, ब्याज बढाएकोमा घरजग्गा ब्यवसायी असन्तुष्ट, मुस्ताङ्बाट ४२ टन स्याउ निर्यात, सुन दुई महिनाकै सस्तो, कलंकीमा भाटभटेनी लगायतको खबर नागरिक दैनिकमा छ ।

 अन्नपूर्ण पोष्टले ‘बैंकको प्राथमिकतामा बोनस सेयर’ शीर्षकमा मुख्य खबर छापेको छ । बैंक तथा वित्तीय संस्थाले यसपटक नगद लाभांश भन्दा बोनस सेयर वितरणमा प्राथमिकता दिने भएका छन् । कतिपय बैंकलाई पुँजी कोष अनुपात नपुगेका कारण बोनस सेयर वितरण गर्नुपर्ने बाध्यता छ ।annpurna-eco यस्तै, विषादी परीक्षण नगरी भित्रन्त भारतीय तरकारी, युरोपेली मुलुकमा कामदार पठाउने कार्ययोजना, अलैंचीको विकल्पमा चिराइतो खेती विस्तार, दर्ता विनौ सञ्चालनमा छन् भक्तपुरका अधिकांश साना उद्योग लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।

No comments: