Sunday, September 7, 2014

डाक्टरले सरकारी अस्पतालमा नै सात घण्टा काम गर्नुपर्ने

September 6
काठमाडौ । स्वास्थ्यकर्मीले अनिवार्यरुपमा सातै घण्टा आफ्नो कार्यमा खटिनुपर्ने भएको छ । स्वास्थ्यकर्मीहरु आफू काम गर्ने सरकारी स्वास्थ्य संस्थामा एक/दुई घण्टा काम गरी आफ्ना निजी स्वास्थ्य संस्थातिर जाने गरेपछि सर्वसाधारण विरामीलाई परेको मर्का हटाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो ब्यवस्था गरेको हो ।
Doctor
Doctorस्वास्थ्य मन्त्रालयले ल्याएको ब्यवस्था अनुसार अब तल्लो तहको स्वास्थ्यकर्मीदेखि चिकित्सकसम्मले सरकारी स्वास्थ्य संस्थामा सात घण्टा अनिवार्य काम गर्नैपर्छ । यो ब्यवस्था उपास्वाथ्य चौकीदेखि केन्द्रीयस्तरका अस्पतालहरुमा लागू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चिकित्सा महाशाखाका प्रमुख डा.गुणराज लोहनीले बताए, गोरखापत्र दैनिकमा खबर छ ।

 चिकित्सा महाशाखा प्रमुख डा.लोहनीका अनुसार मन्त्रालयअन्तर्गत रहेको ‘पोलिसी कोअर्डिनेसन कमिटी’ले सरकारी नियम अनुसार सात घण्टा अनिवार्य कार्यालयमा बस्नुपर्ने निर्णय गरेको हो । ‘स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्थामा नबसी निजी क्लिनिक तथा अन्यत्र काम गर्ने भएकाले यस्तो ब्यवस्था ल्याएको हो, डा.लोहनीले भने-’अब यो ब्यवस्थालाई कडाइकासाथ पालना गर्न सके विरामीलाई ठूलो राहत हुनेछ ।

’ यो नियम अनुसार अस्पतालहरुमा चिकित्सकले पाँच घण्टा बहिरंग (ओपीडी) सेवा दिनुपर्नेछ भने दुई घण्टा राउण्ड ड्युटी गर्नुपर्नेछ । चिकित्सकबाहेका अन्य स्वास्थ्यकर्मीहरु पारामेडिक, नर्स, ल्याब तथा प्रशासनमा कार्यरत सम्पूर्ण स्वास्थ्य सेवाका कर्मचारीले नेपाल सरकारको नियम अनुसार सात घण्टा काम गर्नैपर्ने हुन्छ ।

No comments: