Sunday, September 21, 2014

१६ अंकले घटेर ८८३ अंकमा झर्‍यो नेप्से

September 21
काठमाडौं । गत साता करिब तीन अंकले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार नै दोहोरो अंकले घटेको छ । आइतबार १६ अंकले घटेर नेप्से परिसूचक ८८३ अंकमा झरेको छ । अन्य समूहबाहेक सबै समूहगत सूचकहरु घटेपछि नेप्से घटेको हो । आइतबार अन्य समूहको सूचक भने १० अंकले बढेको छ । बाणिज्य बैंक समूहको सूचक २१ अंकले घटेको छ, यो समूहको मात्रै १२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसैगरी होटल समूहको २२ अंबले, जलविद्युत समूहको ४७ अंकले, विकास बैंक समूहको १२ अंकले, बीमा सहूको ६१ अंकले र वित्त कम्पनी समूहको सूचक ५ अंकले घटेको हो । यो दिन १ सय २८ कम्पनीका ९ लाख २४ हजार कित्ता सेयर २८ करोड ३४ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज जनाएको छ ।

No comments: