Sunday, September 21, 2014

ग्रामीण बस्तीका नागरिकमा मोबाइलको महिमा

September 21
पाल्पा । पालुङ मैनादी गाविस-४ की रुपमता गाहाले १५/२० वर्षअघि भारतमा रहेका श्रीमान्को सन्चोबिसन्चोको खबर पाउने माध्यम चिठीपत्र थियो । हुलाकीले कहिले श्रीमान्को चिठी ल्याइदिने हुन् भन्ने चिन्ता उनीमा रहिरहन्थ्यो ।
सञ्चार प्रविधिमा आएको परिवर्तनका कारण अहिले मिनेटमै सन्चो बिसन्चोको खबर थाहा पाउन सफल भएकी छन् । मोबाइल सेवाले उनलाई महिनौ कुुर्नुपर्ने चिन्ता छैन । सम्झना आउनेबित्तिकै फोन गरिहाले खबर थाहा हुन्छ ।
मोबाइलमा घन्टी आएपछि ५५ वर्षिय गाहाले हेल्लो भन्दै फोन उठाउँछिन् । मलेसियाबाट कान्छो छारो बोलेको हो सन्चै छस् त्यहाँ मोबाइलमा यसरी नै आफन्तसँग कुराकानी गर्न पाउँदा उनलाई छोरासँग भेटेकैजस्तो अनुभव हुन्छ । दुई/तीन दिनको अन्तरालमा विदेशमा रहेको छोरासँग उनले यसरी नै कुराकानी गरिरहन्छिन् ।
mobile-callसन्चोबिसन्चोदेखि बिरामी हुँदा कुरुवा, मर्दा मलामी, विवाहमा जन्ती, मेलापातमा खेताला र गाउँमा बैठक बस्नका लागि मान्छे जुटाउने काम अहिले मोबाइलबाट नै हुन्छ । घरघरमा खबर गर्न जानुपर्ने बाध्यता अहिले गाउँ घरमा मोबाइल सेवाको प्रयोगसँगै हटेको छ । पहिले सार्वजनिक सञ्चारको रुपमा कटुवाल लगाउने प्रथा अहिले मोबाइलको प्रयोगसँगै हराएर गएको छ । ग्रामीण बस्तीका बासिन्दा मोबाइल सेवाको प्रयोग गर्न थालेपछि आफ्ना काम छिटोछरितो रुपमा सम्पन्न हुन थालेको बताउँछन् ।
गाहालाई बाल्यकालमा मोबाइल देख्ने अवसर मिलेन । अहिले मोबाइलबाट विदेशमा रहेका छोरासँग कुरा गर्न पाउँदा अर्कै संसारमा आएजस्त्ौ लाग्छ । मलेसियामा रहेका छोरासँग मोबाइलमा कुराकानी गरी समय बितेको उहाँलाई पत्तो नै हुँदैन ।
नेपाल टेलिकम पाल्पा शाखाले जिल्लाका प्रायः गाविसमा टेलिकमका टावर जडान गरेपछि गाउँ सहरमा सञ्चारको पहुँच पुगेको छ । सञ्चारको अत्यधिक विकासलेे आफूले चाहेको व्यक्तिसँग मोबाइलबाट कुरा गर्न सकिने भएपछि गाउँले जनता आफूलाई भाग्यमानी ठान्दछन् । मोबाइलसँगै विकासका अन्य पूर्वाधार गाउँगाउँसम्म विस्तार हुँदा अहिले बसाइँसराइका क्रममा पनि कमी आएको छ ।
सञ्चार प्रविधिमा आएको ठूलो विकासलेे जिल्लाका कुनाकन्दरामा बस्ने सर्वसाधारणमा समेत सूचनाको अधिकार सुनिश्चित गर्ने वातावरण तय गरेकोे नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालले बताउँछन् ।
नेपाल टेलिकम पाल्पा शाखाले सञ्चारमा सर्वसाधारणको पहुँच पुर्‍याउने उद्देश्यले जिल्ल्ाामा वारलेस प्रविधिमा आधारित जिएसएम, सिडिएमए मोबाइल एक लाख ७४ हजार ४८८ जनालाई वितरण गरेको जानकारी दिएको छ ।
कार्यालयका अनुसार जिल्लामा पाँच स्थानमा आधारभूत टेलिफोन सेवा ल्यान्डलाइनका जडान गरी तीन हजार १०० ले सुविधा पाएका छन् भने ७४८ जनाले एडिएसएल र वलाइमक्स ६६ जनाले सेवा प्रयोग गरी सञ्चारको सुविधामा पहुँच पुगेको छ ।
निजी कम्पनीले बर्सेनि हजारौँको सङ्ख्यामा सिम, रिम र इन्टरनेट सेवा विस्तारले पनि ग्रामीण क्षेत्रमा सूचना आदनप्रदानमा निकै सहजता ल्याएको पाइन्छ  ।
सञ्चार प्रविधिमा आएको परिवर्तनका कारण अहिले ग्रामीण क्षेत्रका वृद्धवृद्धा मोबाइलबाट कुराकानी र इन्टरनेटबाट भिडियो कुराकानी गर्न पाउँदा निकै खुसी देखिन्छन् । मोबाइल नहुँदा घरघरमा बोलाउन जानुपर्ने थियो । मोबाइलबाट एकैछिनमा सबै गाउँलेलाई खबर हुन्छ ।
महिनौँ दिनसम्म खबर पाउन मुस्किल हुने कुनाकन्दरामा अहिले मोबाइलको प्रयोगका कारण क्षणभरमै जहाँतहीँको खबर थाहा हुँदा स्थानीय बुढापाकाहरू दङ्ग छन् । छोराबुहारी घर बाहिर काममा जाँदा पनि घरमा बस्ने वृद्धवृद्धाहरु अब मोबाइलमै कुराकानी गर्न र रेडियो सुन्न पाउँदा एक्लो भएको अनुभव नहुने उनीहरु बताउँछन् ।
आफू सानो हुँदा रेडियो नदेखेकाहरुले अहिले हातमा नै मोबाइल प्रयोग गरी कुराकानी गर्ने र मोबाइलबाट नै रेडियो सुन्न पाउँदा उनीहरू हषिर्त पनि बनेका छन् । भुवनपोखरी गाविसका ७५ वषर्ीय रामबहादुर नेपालीको हातमा मोबाइल छ । उहाँलेमात्र होइन, प्रायः गाउँका युवायुवती, वृद्धाको हातमा आजभोलि मोबाइल देखिन्छ । केही काम पर्‍यो त मोबाइलमा नम्बर थिचेर डायल गरिहाल्छन् ।
“गाउँका खबर सहरमा, सहरका खबर गाउँमा पुर्‍याउन सजिलो बनेको छ । पहिला गाउँमा कसैको चिठीपत्र आएमा कसको घरमा पढ्न पठाउने हो भन्ने चिन्ता हुन्थ्यो । पहिला गाउँमा पढेका मान्छे थिएनन् तर, अहिले आएर चिठी लेखाउने समस्या नभएको नेपालीको भनाइ छ । मोबाइल सेवा गाउँमा विस्तार भएसँगै चिठीपत्र पनि लेख्ने पठाउने चलन हराउन थालेको छ । सबैको घरमा मोबाइल छ, पैसा सकियो भने पसलबाट रिचार्ज हुन्छ, चिन्ता गर्ने बेला छैन”, उनले यसरी सञ्चारको विकासको प्रशंसा गरे ।
पाल्पा सोमादीकी हेमकला विक पनि मलेसियामा रहेका छोरासँग मोबाइलमा कुराकानीमा निकै रमाउँछिन् । “हप्ता १५ दिनमा छोरासँग कुराकानी भइरहन्छ । आजकाल फोनमा मात्र कुराकानी हुन्छ । चिठीपत्र लेख्नचाहिँ छाडियो”, विकले भनिन् ।
मोबाइलको बढ्दो प्रयोगका कारण चिठीको प्रयोग निकै कम भएको जिल्ला हुलाक कार्यालय पाल्प्ााका नायब सुब्ब्ाा हरि बस्यालको भनाइ छ । अहिले झन्डै ९० प्रतिशत चिठी हुलाक कार्यालयमा दर्ता हुन छाडेको उनी बताउँछन् । सरकारी कार्यालयका चिठीपत्रमात्र आउने गरेको उनको भनाइ छ ।
दूरसञ्चार कार्यालय पाल्पाले सिम तथा रिम प्रशस्त बाँडेपछि नागरिकको पहँुच सञ्चारमा पुगेको हो । दूरसञ्चार कार्यालय पाल्पाका अनुसार जिल्लाका सबै गाविसलाई नेटवर्क पुग्ने गरी टेलिकमको टावर बिस्तार भएको छ ।
रिमबाट पनि अहिले इन्टरनेटको प्रयोग हुन्छ । नेपाल दूरसञ्चार कार्यालयबाट विवरण हुने सिमबाट एसएमएस सेवा, इ-भिडियो प्रयोग गरी सस्तो मूल्यमा कुराकानी गर्न सकिने भएकाले मानिसहरु यसतर्फ आकषिर्त भएका छन् । अहिले अन्तर्राष्ट्रिय कल पनि धेरै सस्तो भएकाले मोबाइलको प्रयोग बढेको छ ।
स्वदेशमा तथा विदेशमा रहेका छोराछोरीसँग इन्टरनेटमार्फत कुराकानी गर्न सकिने गरी अत्यधिक सुविधा दिएको मानिस इन्टरनेटबाट कुराकानी गर्न आकषिर्त भएको टेलिलिकम पाल्पाका श्रीराम रेग्मीले भन्छिन्, “मानिसहरु छिटो, सजिलोका सूचनाका लागि मोबाइलको प्रयोगमा आकषिर्त बनेका हुन् ।”
नेपाल टेलिकम कार्यालयले मोबाइल तथा इन्टनेट सेवालाई अझै गुणस्तरीय र प्रभावकारी बनाउन सकेको अवस्थामा सर्वसाधारणलेे सुविधा पाउने छन् ।

No comments: