Sunday, September 21, 2014

नेविसंघ महाधिवेशन कात्तिक ३० देखि

September 21
हालै स्थगित भएको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको महाधिवेशन कात्तिक ३०, मंसिर १ र २ गते गर्ने निर्णय भएको छ।
महाधिवेशन माग गर्दै एक सातादेखि अनसनरत विद्यार्थीहरूको मागलाई सम्बोधन गर्दै पार्टीले महाधिवेशनको मिति तय गरेको हो। आगामी कात्तिक ३० देखि मंसिर १ र २ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ।
यसैबीच महाधिवेशनको मिति तोक्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनसन बसिरहेका नेविसंघका चारजना विद्यार्थी नेताले महाधिवेश मिति तय हुनासाथ अनसन तोडेका छन्।
नेविसंघका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा, शंकर पौडेल, रविन्द्र रोकाया र सुजन अधिकारी केन्द्रीय केन्द्रीय कार्यालय सानेपामा आमरण अनसनरत थिए।
पार्टी नेतृत्वले हस्तक्षेप गरेर नेविसंघको भदौ २९ देखि हुने भनिएको महाधिवेशन स्थगित गरेको बिरोधमा उनीहरु अनसनमा थिए।

No comments: