Sunday, September 21, 2014

गिरिजाप्रसादका पिए गोकर्ण पौडेललाई अकुत सम्पत्ति सफाइ

September 21
दामोदरप्रसाद शर्मा, गोपाल पराजुली र दीपकराज जोशीको पूर्ण इजलासको फैसला
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा पटक पटक स्वकीय सचिव भएका गोकर्ण पौडेलले अकुत सम्पत्ति मुद्दामा सफाइ पाएका छन्। प्रधानमन्त्रीको पिए रहँदा पदको दुरूपयोग गरी अस्वभाविक सम्पति आर्जन गरेको मुद्दामा प्रधानन्याधीश दामोदार प्रसाद शर्मा, न्यायाधीश गोपाल पराजुली र दीपक जोशीको संयुक्त इजलासले सफाइ दिएको हो।
२०६० सालमा अख्तियारले पौडेलविरूद्ध अकुत सम्पतिको मुद्दा दायर गरेको थियो।
विशेषबाट उनले पाएको सफाइलाई सर्वोच्चले सुरूमा सुनुवाइ हुँदा वैद्यनाथ उपाध्याय र तर्कराज भट्टको राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा गएको हो।

No comments: