डा. शेखर कोइराला, कांग्रेस नेता तथा बिपीका भतिजा
जंगलीलाई टिकट काटिदे
प्रधानमन्त्री बनेपछि बिपी अहिले भन्सार विभागको डाइरेक्टर बस्ने त्रिपुरेश्वरको कार्यालयमा बस्नुभयो । हामीहरू विराटनगरमा पढ्थ्यौँ । काका, ठूलोबुबा प्रधानमन्त्री भएकामा खुसी थियौँ । ‘समर भ्याकेसन’मा काठमाडौं आयौँ । प्रधानमन्त्रीको सान, रवाफ कस्तो होला भन्ने बालसुलभ कुतूहल थियो ।

परिवारका सबैलाई उहाँ बडो स्नेह गर्नुहुन्थ्यो । जवाहरलाल नेहरू नेपाल आएका बेला परिवारका सबै सदस्यलाई राखेर फोटो खिचाउनुभयो ।
‘कु’को गाइँगुइँ
०१७ साल पुस १ अघि प्रधानमन्त्रीनिवास त्रिपुरेश्वरस्थित कान्तिश्वरी स्कुलमा सरेको थियो । त्यतिवेला बिरामी भएर म काठमाडौं थिएँ । त्यतिवेला प्रधानमन्त्रीनिवासमा राजाले केही गर्दै छन् भन्ने गाइँगुइँ हुन्थ्यो । कक्षा पाँचमा पढ्ने म भुरो त्यस्ता गाइँगुइँको अर्थ बुझ्दिन थिएँ ।

अहिलेको पाटन अस्पताल (पहिलेको शान्तभवन)मा उपचार गराइरहेको थिएँ । पुस १ को बिहान बिपी आउनुभयो र मलाई कुर्नै बसेकी आमासँग भन्नुभयो, ‘मलाई समात्छ होला, म जाँदै छु ।’ लगत्तै उहाँ समातिनुभयो । राजा महेन्द्र महत्वकांक्षी थिए । बिपीलाई मन पराउँदैनथे । तर, बिपी नभई पनि
हुँदैनथ्यो, राजालाई ।
हुँदैनथ्यो, राजालाई ।
चिढिने बानी
७/८ वर्ष जेलजीवनबाट छुटेर बनारस आउँदा उहाँमा ससाना कुरामा पनि चिढिने बानी बढेको थियो । कति धेरै खाएको, यति धेरै चिनी पनि खानुहुन्छ भन्ने खालका ससाना कुरामा चिढिनुहुन्थ्यो । सुशीला (पत्नी)सँग उहाँ अझ बढी झोकिनुहुन्थ्यो । भारतसँग पनि राम्रो भइरहेको थिएन ।

म अत्यन्तै धेरै खाने गर्थेँ । २०/२५ वटा पुरी, परौंठा बुत्याइदिन्थेँ । ‘हैन तिमीहरू कति धेरै खान्छौ ? यति धेर त गोरुले पो खान्छ,’ उहाँ भन्नुहुन्थ्यो ।
सम्झाइबुझाइ गर्ने उहाँको छुट्टै काइदा थियो । मेडिकल फिल्डमा छिरिसकेको थिएँ । त्यतिवेला सिगरेट पिउने गर्थेँ । एक दिन देख्नुभएछ । बोलाएर भन्नुभयो, ‘पिउने भए लुकाएर किन पिउनू ?’ उहाँले यति भनेपछि मैले सिगरेट पिउन छोडँे । यो १९७१ सालतिरको कुरा हो । हामीले कुनै किताब पढ्दै गरेको देख्नुभयो भने कस्ता किताब पढिरहेका छौ भनेर चासो राख्नुहुन्थ्यो । किताबबारे गफ गर्नुहुन्थ्यो ।
जुन विषयमा लागे पनि ‘एक्सपर्ट’ बन्नुपर्छ भन्ने सुझाव दिनुहुन्थ्यो । ‘जे गर राम्रो गर, काँटी ठोक्दा स्ट्रेट ठोक,’ उहाँ भन्नुहुन्थ्यो ।
शशांक र गणेशमान सिंहकी छोरी नीताले मेडिकल पढ्ने प्रसंग उठ्यो । नीताले पढ्न पाउने पक्का भएपछि मात्रै शशांकको कुरा अघि बढाउन उहाँले भन्नुभयो । एक दिन शशांकलाई बोलाएर भन्नुभयो, ‘तँ मेरो छोरो होस् । तेरो मात्रै भयो भने गणेशमानजीको चित्त दुख्न सक्छ । त्यसकारण नीताका लागि पहिले कोसिस गर ।’ यस्तो चरित्र अहिलेका नेतामा छैन ।
म भारतको मेरठमा पढ्ने गर्थें । ट्रेनको टिकट लिन जान लागेका बेला एक दिन उहाँले भन्नुभयो, ‘भोलिपर्सितिर मलाई पनि दिल्ली जानु छ, । सँगै जाऔंला ।’ हामी गिरिजाबाबुसँग ‘कन्फरटेबल फिल’ गथ्र्यौँ । बिपीसँग अलिक धक लाग्थ्यो ।
उहाँसँगै गएँ । विचित्रको रुचि थियो उहाँको । बाटामा मन पर्ने घर, रूखबिरुवा देख्नुभयो भने गाडी रोकेर हेर्नुहुन्थ्यो । स्थानीयवासीसँग सोधखोज गर्नुहुन्थ्यो ।
चियाको चलन
कोइराला परिवारका सबैको सबेरै उठ्ने बानी थियो । हामी केटाकेटीसमेत पनि बिहान चार बजेतिरै उठ्थ्यौँ । परिवारका सबै एकै ठाउँमा बसेर चिया खाने चलन थियो । चियागफमा घरायसीसहित राजनीति, साहित्य आदिबारे कुराकानी हुन्थ्यो । यसरी चिया खाइसकेपछि मात्रै आआफ्नो काममा लाग्ने चलन थियो । काठमाडौं आएर कोइराला परिवार छुट्टिएसँगै यस्तो संस्कार बन्द भयो । विराटनगरको कोइराला परिवारमा सँगै चिया पिउने संस्कार अहिलेसम्म छ ।

गिरिजाबाबुलाई पूरै भर गर्नुहुन्थ्यो, बिपीले । गिरिजाबाबु पनि रामभक्त लक्ष्मणजस्तै हुनुहुन्थ्यो । बिपीले जस्तोसुकै गलत भने पनि उहाँलाई सही लाग्थ्यो ।
हवान, सिगार पिउने आदत थियो उहाँको । ब्रिटिस पालादेखि उतै पढ्नुभयो । बरु कम होस्, तर खाना मिठो हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । हामी अंग्रेजी स्टोरीका किताब खुब पढ्थ्यौँ । उहाँले फिलोसोफीका किताब पढ्न रुचाउनुहुन्थ्यो ।
नेहरूसँग निकट
भारतीय समाजवादी नेता जयप्रकाश नारायणसँगको उहाँ निकट हुनुहुन्थ्यो । जयप्रकाशको देहावसानको खबर पाएपछि उहाँ भारत जानुभयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसँगको उहाँको सम्बन्ध पनि दाजुभाइको जस्तै थियो । तर, राष्ट्रिय स्वार्थमा उहाँले कहिल्यै कम्प्रमाइज गर्नुभएन ।

बनारसमा पढ्नुभयो बिपीले । उहाँका साथी देवेन्द्र पछि हाम्रै परिवारका सदस्य बन्नुभयो । बिपीलाई अप्ठ्यारो पर्दा उहाँले आर्थिक सहयोग गर्नुभयो । पञ्चायतकाल आएपछि बिपीका छोरा प्रकाश, श्रीहर्ष, शशांकसहित हाम्रा दाजुलाई उहाँले पढाउनुभयो । अहिले पनि हामी उहाँलाई काका नै भन्छौँ ।
सारनाथमा धेरै बुद्धिस्ट बस्ने गर्थे । उनीहरू तिब्बतलगायत ठाउँबाट आएका थिए । बिपी उनीहरूसँग गफिनुहुन्थ्यो । दलाई लामासँग पनि भेट्नुहुन्थ्यो कि जस्तो लाग्छ । सिक्किम विलयअघि लेन्डुप दोर्जेलाई उहाँले भन्नुभएको थियो, ‘तिमीहरू गलत बाटोमा गयौ ।’
बिपीको क्यारिस्मेटिक्स पर्सनालिटीका कारण भारत उहाँसँग टाढिएको थियो । नेहरूले ‘हिमालय हाम्रो बोर्डर हो’ भन्दा बिपीले प्रधानमन्त्रीको हैसियतले नेहरू अभिव्यक्तिलाई गलत भन्नुभयो । त्यसपछि नेहरूले आफ्नो भनाइ सच्याए ।
माउन्ट एभरेस्ट हाम्रो हो भनेर चीनले दाबी गर्दा माओत्से तुङसँग उहाँले सगरमाथा नेपालको हो भनेर प्रस्टसँग भन्नुभयो । ४०/४२ वर्षको उमेरमा राष्ट्रसंघ कार्यक्रममा प्रधानमन्त्रीको हैसियतले सहभागिता जनाउन जाँदा उहाँको क्यारिस्मेटिक पर्सनालिटीबाट धेरै प्रभावित भए । त्यतैबाट उहाँ इजरायल जानुभयो । त्यतिबेला संसारले इजरायलसँग अछूतलाई जस्तै व्यवहार गरिरहेको थियो । बिपी दूरदर्शी नेता हुनुहुन्थ्यो । उहाँकै पालामा नेपालले इजरायलसँग दौत्य सम्बन्ध कायम गर्यो र नेपाल इजरायलसँग दौत्य स्थापित गर्ने पहिलो दक्षिण एसियाली राष्ट्र बन्न पुग्यो ।
प्रवासमा रहँदा उहाँ भारतीय पासपोर्टबाट विदेश जानुभएको थियो । सोसिलिस्टहरूसँग सम्बन्ध बढाउन उहाँले विदेश जार्नै पर्ने थियो । भारतको पासपोर्ट बेक्कार लिएँछु भनेर उहाँले पछिसम्मै पछुतो मानिरहनुभयो । उहाँले पछुतो मान्नुपर्ने कारण थिएन । प्रवासी जीवन बिताइरहेका उहाँलाई नेपालले पासपोर्ट दिने अवस्था थिएन ।
डाक्टर, म कति बाँच्छु ?
म दिल्लीमा पोस्ट ग्य्राजुएसन गर्दै थिएँ । म पढ्दै गरेको हेल्थ इन्स्टिच्युटमै उहाँ उपचारका लागि भर्ना हुनुभयो । फोक्सोमा जमेको पानी निकालियो । क्यान्सर भएको रहेछ । क्यान्सर लागेको थाहा पाएपछि उहाँले डाक्टरसँग सोध्नुभयो, ‘डाक्टर म अब कति बाँच्छु ? नेपालका लागि धेरै गर्नु छ ।’

डा. राजेन्द्रप्रसादले टाटा क्यान्सर अस्पतालमा उहाँको उपचार व्यवस्था मिलाइदिनुभयो । सिरियस हुँदा बान्ता गर्नुहुन्थ्यो । डा. रामवरण यादवले उहाँको खुब हेरचाह गर्नुभयो । हामीहरू पनि हुन्थ्यौँ ।
जीवनका आखिरी दिनमा उहाँले कतिपय कुरा रेकर्ड गराउनुभयो । साथीभाइसँग भेटघाट गर्नुहुन्थ्यो । मृत्यु निकट छ भन्ने थाहा पाउँदा–पाउँदै पनि उहाँ हडबडाउनुहुँदैनथ्यो । उहाँमा हतास थिएन । देशको चिन्ता भने थियो । हिँड्न नसक्ने भएपछि पनि भेट्न आउने मान्छेसँग कुर्सीमा बसेर गफ गर्नुहुन्थ्यो ।
मेरो इलाज नेपालमै होस्, अब धेरै बाँच्दिनँ भनेर उहाँले पटक–पटक भन्नुभएको थियो । हाम्रै ढिपीका कारण उहाँलाई विदेश लगियो । विदेशबाट नेपाल ल्याएपछि उहाँ सदाका लागि बिदा हुनुभयो ।
अद्भुत बिदाइ
उहाँको शवयात्रामा पञ्चहरूले नेपाली कांग्रेसको झन्डा हटाउन माग गरे । तर, झन्डा हटाउने निर्देशन दिन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले धक माने । बिपीको डेथअगाडि पूर्वप्रधानमन्त्रीहरूको मृत्युमा राजकीय सम्मान नदिने निर्णय सरकारले गरिसकेको थियो । तर, जनताले बिपीको भव्य बिदाइ गरे । पुतलीसडकदेखि पुरानो बानेश्वर, बत्तीसपुतलीसम्म मान्छेको सागर उर्लिएको थियो । शवयात्रामा मान्छेले घरघरबाट पैसा, अबिर, फूल अर्पण गरेका थिए । एक लाखभन्दा बढीले कपाल खौरिए । शवयात्रा भएको सडक अबिर, पानी, फूल र पैसाले भरिएको थियो ।

बिपीको व्याख्यामा चुक्यौँ
राप्रपा नेपालको प्रचार विभागले ‘बिपीको जन्मशताब्दी राष्ट्रिय मेलमिलापको सान्दर्भिकता’ विषयक अन्तरक्रिया गरेको थियो । मलाई पनि वक्ताका रूपमा बोलाइएको थियो । बिपीलाई सधैँ अस्विकार गरेको दलले उहाँबारे अन्तरक्रिया राखेको थियो । यसबाट उहाँ नेपाली कांग्रेसको मात्र सिंगो राष्ट्रकै विभूति हुनुभएको पुष्टि भएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको विषय उहाँले उठाउनुभएको थियो । नेपाली कांग्रेसले यसलाई बिर्सिनुहुँदैन । तर, परिस्थिति परिवर्तन भइरहेको हुन्छ भन्नेमा पनि हामीले विचार पुर्याउनुपर्छ । उहाँले राष्ट्रियतालाई मुख्य प्राथमिकता दिनुभएको थियो । राष्ट्रियताको जग प्रजातन्त्रमामा बलियो हुन्छ भन्ने उहाँको धारणा थियो । प्रजातन्त्रको जग न्यायपूर्ण आर्थिक विकासबाट मात्रै बलियो बन्छ भन्ने उहाँको मान्यता छ ।
एक दिन बिपीले ऋषिकेश शाहलाई उहाँले भन्नुभएछ, ‘साथी, आज के गर्दै हुुनुहुन्छ ?’ ‘के गर्नु र ? केही काम छैन । राजालाई गाली गर्यो, बस्यो ।’ शाहले आफू जातीय मुद्दामा लागेको छु भन्ने भएछ । यस्तो सुनेपछि बिपीले भन्नुभयो, ‘तपाईँ भड्काउमा लाग्नुभयो कि के हो ?’ अहिले जातीय भड्काब देखिँदै छ । जसको आभाष उहाँलाई त्यतिखेरै भएको थियो । नेपालमा विदेशी चलखेल छ भनेर बिपी भनिरहनुहुन्थ्यो ।
बिपीको विचारलाई व्याख्या गर्ने मूल काम कांग्रेसको हो । यसमा हामी चुकेका छौँ कि जस्तो लाग्छ । लोकतान्त्रिक समाजवादको मूल मर्मलाई लिबरल इकोनोमिक सिस्टमसँग जोडेर अघि बढाउनुपथ्र्यो । सन् १९९१ पछि लिबरल इकोनोमी र प्राइभेटाइजेसनको लहर चलेका बेला गिरिजाबाबु प्रधानमन्त्री बन्नुभयो । प्राइभेटाइजेसन र लिबरलाइजेसनसँगै न्यायपूर्ण आर्थिक व्यवस्थालाई ध्यान दिन सकेको भए बिपीको विचारलाई अझ राम्रोसँग परिभाषित गर्न हामी सक्षम हुन्थ्यौँ । अहिले अमेरिकाजस्तो क्यापिटलिस्ट देशमा पनि सामाजिक सुरक्षाको कुरा उठेका छन् । अमेरिकामा पनि यस्ता कुरा उठ्नुले बिपीको दूरदर्शितालाई झल्काउँछ । त्यो वेला उहाँले नेपालजस्तो देशमा ‘डेमोक्र्याटिक सोसियलिज्म’ चाहिन्छ भन्नुभएको थियो । अमेरिकाले पनि अहिले त्यसलाई स्विकार गरेको छ ।
किसुनजी, गणेशमान र गिरिजाबाबु मिलेर पनि एक्लो बिपीको उचाइलाई छुन सक्नुभएन । अहिले सुशीलदा, देउवाजी र रामचन्द्रजीको अवस्था पनि त्यस्तै छ । यी नेताहरूको उचाइ बिपीकै हाराहारीमा पुगोस् भन्ने हामी चाहन्छौँ । व्यक्तिवादी स्वभाव, साम्प्रदायिकतामा रमाउने प्रवृत्ति र विदेशीको पोल्टामा हामीले प्रवृत्ति छोड्यौँ भने मात्रै बिपीलाई सही अर्थमा सम्मान गरेको ठहर्छ ।
बिपी दूरदर्शी हुनुहुन्थ्यो । अहिले पनि हामी उहाँको लाइनमा हिँड्न सक्यौँ भने राष्ट्रियता र प्रजातन्त्र दुवैलाई मजबुत बनाउन सकिन्छ । राष्ट्रियतालाई कमजोर पार्ने गरी प्रजातन्त्रका लागि लडाइँ लडे देशलाई ठूलो हानि पुग्छ भन्ने चेत उहाँमा थियो । उहाँको विचारअनुसार राष्ट्रिय, प्रजातन्त्र र समाजवादलाई सँगसँगै लगेको खण्डमा हाम्रो देश बाँच्न सक्छ ।
No comments:
Post a Comment