Showing posts with label करोबार दैनिक. Show all posts
Showing posts with label करोबार दैनिक. Show all posts

Sunday, September 21, 2014

अनुगमनको विरोधमा विशाल बजारका व्यापारीले पसल बन्द गरे

September 21
September 21
काठमाडौं । वाणिज्य विभागले अनुगमन थालेपछि व्यापारीहरुले विशाल बजारका सबै पसल बन्द गरेका छन् । चार बटा पसलमा अनुगमनपछि सबै व्यापारीहरुले सटर तानेर बसल बन्द गरेका हुन् ।
विभागको टोलीले रेडिमेट कपडा र सुकेटस तथा व्यागहरुको पसलमा खरिद र विक्रीको विल मागेर अनुगमन गरेपछि व्यापारीहरु विरोधमा उत्रिएका हुन् ।

‘हामीले अनुगमन गरिरहँदा व्यापार संघका अध्यक्षसहितका केही व्यक्ति आएर होहल्ला गरे र सबै सटेर लगाए’ बाणिज्य विभागको अनुगमन टोलीका हेरम्भराज पोखरेलले भने- हामी केहीबेर बाहिर कुरिरहृयौं तर, पसल नखुलेपछि अहिले फर्किएका छौं ।’व्यापारीहरुले खरिद मूल्य र विक्री मुल्य नमिल्ने भन्दै अनुगमनको विरोध गरेका थिए । निकै कम मूल्यमा ल्याएको सामान १० गुणाबढीसम्म मूल्यमा विक्री भएको गुनासो आएपछि विभागले अनुगमन थालेको थियो ।
वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका महाप्रवन्धक नारायण विडारीले भने मन्त्रालयसँग समन्वय गरेर फेरि अनुगमन सुरु गर्ने बताए । उनले अनुगमनका क्रममा दोषी देखिएकाहरुलाई उपभोक्ता ऐनसँगै राजश्व छलीमा समेत छानविन गर्ने बताए ।

Wednesday, September 17, 2014

बुधवारका दैनिक पत्रिकामा बिजनेश खबर


बुधवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले राजमार्गका होटलमा एउटै मूल्य, आजबाट दसैंलाई नयाँ नोट तथा आजबाट सुपथ मूल्यका पसल सञ्चालन हुने खबर प्राथमिकताका छापिएका छन् ।

कारोबार दैनिकले
‘हुण्डीमार्फत वाषिर्क ४० अर्ब बाहिर’ शीर्षकमा मुख्य खबर छापेको छ । श्रम गन्तब्य मुलुकबाट कामदार माग ल्याउँदा त्याहाँको स्थानीय एजेन्टलार्य कमिसन भुक्तानी गर्न सरकारले डलर खाता खोल्ने सुविधा दिए पनि म्यानपावर एजेन्सीले हुण्डी (गैरबैंकिङ) प्रयोग छाडेका छैनन् । यस्तै, राजमागृका होटलमा अब एउटै मूल्य, नागरिक रिझाएरै जग्गा अधिग्रहण, खाद्य गुणस्तर अनुगमनमा सरकारी बेवास्ता, मनाङको स्याउले बजार पाएन, सहकारी अध्ययन, आयोगको सुझाव अलपत्र, नलसिंहगाडमा अख्तियारको छानबिन, जरिमाना नगर्दा रोयल्टीको बक्यौता बढ्यो लगायतको खबर कारोबार दैनिकमा छ ।karobar-eco

  नागरिक दैनिकले
‘राजमार्गका होटलमा एउटै मूल्य’ शीर्षकमा मुख्य खबर छापेको छ । राजमार्गका सवै होटलमा एउटै मूल्य कायम भएको छ । चितवन होटल संघको पहलमा तोकिएको मूल्य बुधवारदेखि लागू हुनेछ । संघले जिरामसिनो चामलको भात, दुई थरी तरकारी, दाल, अचार र सलादसहितको सादा खानाको एक सय २० रुपैंयाँ तोकेको छ । यस्तै, आजबाट दसैंलाई नयाँ नोट, तरकारी मूल्य दोब्बर, नयाँ ट्रयाकमा मालबाहक कन्टेनर, कामदार ल्याउन आईएमईको सहयोग, सुल्झेन चियाको ज्याला विवाद, सुपथ मूल्य पसल सुरु लगायतको खबर नागरिक दैनिकमा छ । nagarik-eco

आर्थिक दैनिकले
‘माथिल्लो कर्णालीको पीडीए रोक्न विदेशी कम्पनी सक्रिय’ शीर्षकमा मूख्य खबर छापेको छ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जीएमआरसँग परियोजना विकास सम्झौता (पीडीए) हुन नदिन नेपालको जलविद्युतमा लगानी गर्न चाहने विदेशी कम्पनी सक्रिय भएको देखिएको छ । यस्तै, प्रधानमन्त्री कार्यालयकै कर्मचारीले दुई महिनादेखि नियुक्तिपत्र र तलब पाएनन्, कृषि विकास बैंकमा कर्मचारी आन्दोलन, आजदेखि सुपथ मूल्यका पसल, राजधानीका गल्ली-गल्लीमा अवैध टिकट काउन्टर, एक सय ३० जनाले कोरियाली भाषा परीक्षा दिन नपाउने लगायतको खबर आर्थिक दैनिकमा छ । artik-eco

अन्नपूर्ण पोष्टले
‘आर्थिक सुधारको बाधक को ?’ शीर्षकमा मुख्य खबर छापेको छ । पछिल्ला दशकमा तीब्ररुपमा आर्थिक सुधार गरेका मुलुकले प्रतिष्पर्धात्मक रुपमा अर्थतन्त्रको विकास गरेको वल्र्ड इकोनोमिक फोरमको प्रतिवेदनमा उल्लेख छ । नेपालले पनि सन् १९९० को दशकमा सुरु गरेको पहिलो चरणको आर्थिक सुधारका कारण अर्थतन्त्र चलायमान भएको र उच्च आर्थिक वृद्धि भएको भन्दै अर्थमन्त्री डा.मतले वर्तमान सरकारको गठनसँगै दोस्रो चरणको आर्थिक सुधारको घोषणा गरेका हुन् । यस्तै, सांसदले नै पाएनन् दसैंमा घरजाने टिकट, आजदेखि सुपथ मूल्य पसल, राष्ट्र बैंकले १० अर्ब माग्दा ३० अर्ब रुपैंयाँको प्रस्ताव, जिट्कोमा सूचीकृत हुन जम्मा ६९ कम्पनीको मात्र आवेदन, निजी क्षेत्रको पहलमा सिन्धुपाल्चोकको बाटो खुल्यो लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।annpurna-eco

मंगलवारका दैनिक पत्रिकामा बिजनेश खबर

September 17
यस्तै, योजना आयोगको पुर्नसंरचना हुँदै, निर्णय सार्वजनिक नहुँदे महसुल वृद्धि रोक्न सर्वोच्चको आदेश, बजारमा भारतीय र भुटानी आलु, श्राद्धले घटायो कुखुराको मूल्य, नेपाल-भारत आर्थिक सम्बन्ध विस्तारमा निजी क्षेत्रको जोड, इजरायललाई ३ सय कामदार लिन प्रस्ताव, लघुबिमा निर्देशिका जारी लगायतको खबर कारोबार दैनिकमा छ ।
यस्तै, नेपाल टेलिकमका दर्जन भवन अबैध, सिभिलम ल र चाइना टाउन शपिङ सेन्टरमा कर बीजकको प्रयोग सून्य, सिंदरबार भित्रै सरकारी गाडी सिकाइदै लगायतका खबर आर्थिक दैनिकमा छ ।

मूल्यवृद्धिप्रति प्रधानमन्त्री कार्यालयको चासो, चामलको मूल्यमा छुट दिन निर्देशन, अलैंचीमा अहिलेसम्मकै उच्च मूल्य किसानलाई, दोलखामा लगानी गर्न वीरगञ्जका ब्यवसायीलाई आग्रह लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।

यस्तै, मर्जरमा जानु सुधारगृह भएको नेपाल राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको भनाई, निगमले मलेसियाको भाडा बढायो, मुस्ताङ्को स्याउ नपाक्दै विक्री, सुनकोसी जलविद्युतको बाँध जोखिममा, श्रीको नवौं हेलिकोप्टर जनवारीमा आउने लगायतको खबर नागरिक दैनिकमा छ ।

मंगलवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुको खबरलाई प्राथमिकता दिएर खबर छापेका छन् ।

कारोबार दैनिकले

‘दसैंमा घर फर्किने हवाई टिकट छैन’ शीर्षकमा मुख्य खबर छापेको छ । रोजगारी र अध्ययनका लागि बिदेसिएका नेपाली यो वर्षका दसैं, तिहार, छठजस्ता पर्वमा सजिलै घर र्फकन पाउने छैनन् । चाडपर्व र पर्यटकीय सिजन एकैपटक सुरु भएकाले अधिकांश एयरलाइन्सका टिक विक्री भइसकेका छन् ।

_MG_9504

आर्थिक दैनिकले 

‘सात वर्षपछि नेपाल-भारत सीमा वैठक’ शीर्षकमा मुख्य खबर छापेको छ । बुधवारदेखि काठमाडौमा नेपाल-भारत सीमा कार्यदलको वार्ता तय भएको छ । नेपाल र भारतका सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न यसअघि लगातार ३१ वटा बैठक भएको थियो । ३० औं बैठकले गरेका निर्णय कार्यान्वयन गर्नेबारे सातवर्षअघि सन् २००७ मा बसेको ३१ औं बैठकमा दुई देशबीच विवाद भएपछि बैठक बस्न सकेको थिएन ।

_MG_9502

अन्नपूर्ण पोष्टले

 ‘खाद्य वस्तुको मूल्य नियन्त्रण गर्न सरकार असफल’ शीर्षकमा मुख्य खबर छापेको छ । खाद्य पदार्थको मूल्य आकासिँदा पनि नियन्त्रण गर्न सरकारले दिनहुँ बजार अनुगमन गरे पनि त्यसको अनुभूति सर्वसाधारण उपभोक्ताले गर्न पाएका छैनन् ।

_MG_9499

नागरिक दैनिकले

‘एक खर्ब सहुलियत ऋण कार्यान्वयन तयारी’ शीर्षकमा मुख्य खबर छापेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा घोषणा भएको एक खर्ब रुपैंयाँ बराबरको सहुलियत ऋण सम्झौताको तयारी अघि बढेको छ ।_MG_9501


Friday, September 12, 2014

शुक्रबारका पत्रपत्रीकामा बिजनेश खबर

September 12
शुक्रवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले एसियाको गरिबी र नेपाल प्रतिवेदनबारे भएको छलफल तथा खिम्ती र भोटेकोसीको पीपीए संसोधन लगायतको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।  

कारोबार दैनिकले
 ‘गरिबी घट्ने अनुपात सुस्तायो’ शीर्षकमा आवरण पृष्ठमा खबर छापेको छ । कृषि क्षेत्रले कामदार गुमाएको, वित्त नीति र सहयोग नीति र आर्थिक विकासको मूल्यमा समाजिक क्षेत्रमा जाँदा गाउँबाट सहरमा बसाई सर्ने क्रमले रोजगारी सहरमा केन्दि्रत भए पनि सहरमै गरिबी बढेको छ । यस्तै, ढुवानी भाडा घटे पनि ट्रक आयात बढ्यो, विद्युत महसुल १७ प्रतिशत सम्म बढाउने तयारी, बुटवल पावर कम्पनीको पनि महशुल बढाउने तयारी, निगमको घाटा क मगर्न संसदीय समितिको ताकेता, चालु वर्षभित्र आईटी पार्क सञ्चालनमा, क्रेडिट कार्डमार्फत वाषिर्क २ हजार डलर खर्च गर्न पाइने लगायतको खबर कारोबारमा छ ।karobar-eco
  
अन्नपूर्ण पोष्टले
 ‘उच्च आर्थिक वृद्धि र असमानता प्रमुख चुनौती’ शीर्षकमा मुख्य खबर छापेको छ । राष्ट्रिय योजना आयोग, एसियाली विकास बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले संयुक्तरुपमा आयोजना गरेको एसियाको गरिबीः वृहंगम दृष्टिकोण र नेपाल प्रतिवेदनमाथिको छलफलमा सहभागी विज्ञले उच्च आर्थिक वृद्धिदर हासिल गरी धनी र गरिबबीचको बढ्दो असमानता घटाउनु मुलुका लागि प्रमुख चुनौती रहेको बताएका छन् । यस्तै, बजेट अभावमा विराटनगरमा क्षेत्रीय विमानस्थल निर्माण अलपत्र, राष्टबैंकले १० अर्ब निक्षेप लिने, अभिमुखीकरण तालिम दिने संस्थाको दर्ता रोक्का, आयात प्रतिस्थापन गर्न छला जुत्ता उद्योग सक्षम बन्दै लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।  annpurna-eco

नागरिक दैनिकले
विद्युत खरिद सम्झौता (पीपीए)को बारेमा प्रमुख खबर छापेको छ । खिम्ती र भोटेकोसी जलविद्युत आयोजनाका प्रवर्द्धक कम्पनीले पीपीए पुनरावलोकन गर्न अस्वीकार गरेका छन् । युरोपलाई उड्डयन सुरक्षा सुधारिएको जवाफ, मलेसियबाट एक करोड १२ लाख क्षतिपूर्ति, तीन परियोजनामा आईओसी सहमत, थोत्रा सिलिण्डरविरुद्ध ग्याँस विक्रेता लगायतको खबर नागरिक दैनिकमा छ ।nagarik-eco

 आर्थिक दैनिकले
 ‘खिम्ती र भोटेकोसीको पीपीए संसोधन नहुने संकेत’ शीर्षकमा मुख्य खबर छापेको छ । खिम्ती र भोटेकोसी जलविद्युत आयोजनासँगको विद्युत खरिद सम्झौता (पीपीए) तत्काल संसोधन नहुने संकेत देखिएको छ । यस्तै, पीटीएपछि विद्युत आयोजना निर्माणमा विदेशीको चासो, दलाल र ट्राफिकद्वारा कलंकीमा दैनिक हजारौं असुली, सुपारी किसानसामु झुक्यो उद्योग वाणिज्य महासंघ, राष्ट्रसंघीय महासभामा भाग लिन २२ सदस्यीय टोली, नेप्सेमा सुधार, महानगरपालिकाभित्र घर निर्माण आधा घट्यो लगायतका खबर आर्थिक दैनिकमा छ ।arthik-eco

Thursday, September 11, 2014

दशै तिहार उपहारै उपहार, टिसिएलको दशैंतिहार योजना

September 11
काठमाडौं । टिसिएल ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता ईओएल प्रालिले दशैंतिहार योजना ल्याएको छ । कम्पनीले ‘सबैको दशैंतिहार, सबैलाई पक्का उपहार’ नामक उपहार योजना ल्याएको हो ।
 TCL
  TCLयस योजनाअन्तर्गत ग्राहकहरुले ४० इन्चभन्दा माथिका स्मार्ट/थ्रिडी/युएचडी टिभीको खरिजमा वायरलेस मिनी किबोर्ड प्राप्त गर्न सक्नेछन् । त्यस्तै, ४० इन्चको एलइडी टिभीको खरिदमा सिजी ग्यास स्टोभ, २८ देखि ३९ इन्चको एलइडी टिभीको खरिदमा सिजी इन्डक्सन कुकर, १९ देखि २४ इन्चसम्मको टिभीको खरिदमा ब्लूटुथ स्पिकर, १६ इन्चको एलइडी टिभीको खरिदमा टिसिएल टिसर्ट तुरन्त पाइने कम्पनीले जनाएको छ ।

 चेष्ट फि्रजरको खरिदमा पिचर टम्पलर सेट, वासिङ मेसिनको खरिदमा टिसिएल जगर शुट प्राप्त गर्न सकिने भएको छ । चाडपर्वको उपलक्ष्यमा कम्पनीले एसीको खरिदमा निःशुल्क इन्स्टलेशन सुविधा प्रदान गर्ने भएको छ । विश्वकै तेस्रो उत्कृष्ट टिभी ब्रान्डको रुपमा दाबी गरिएको टिसिएलको फोरके यूएचडी टिभी नेपाली बजारमा उपलब्ध छ । यस टिभीमा उत्कृष्ट तथा चार गुणा बढी सफा दृश्य देख्न पाइने कम्पनीले दाबी गरेको छ ।

बिहीवारका दैनिक पत्रिकामा बिजनेश खबर

September 11
विहीवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुलाई मुख्य खबर बनाएका छन् ।
  
कारोबार दैनिकले
 ‘फेरि ‘ड्युटी फ्रि’ पसल खुलाउने कसरत’ शीर्षकमा मुख्य खबर छापेको छ । अत्याधिक राजस्व छली गरेको भन्दै ६ वर्षअघि बन्द गराइएका ड्युटी पि|m मदीरा पसल फेरि खुलाउन चलखेल भइरहेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न शक्तिकेन्द्रको दबाबमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यस्तो पसल खोल्ने प्रक्रिया अघि बढाएको छ । यस्तै, दसैंमा २५ अर्बका नयाँ नोट, बढी भाडा असुल्नेलाई ठगी मुद्दा-टिकट काउन्टरवरपर सादा पोसाकका प्रहरी, श्रम मन्त्रालयको वाषिर्क प्रगति लक्ष्य भन्दा धेरै तल, विकासलाई गति दिन एकीकृत कानूनको तयारी, २५ अर्बको सुन आयात, सेयर बजारमा ९ अंकको गिरावट लगायतको खबर कारोबार दैनिकमा खबर छ ।karobar-eco
नागरिक दैनिकले
 ‘दसैको आधा टिकट सकियो’ शीर्षकमा मुख्य खबर छापेको छ । दसैंको टिकटको अगि्रम विक्री खुला भएकै दिन बुधवार आधा टिकट विक्री भएको छ । तर ब्यवसायीले भने टिकट अभावमा घर जान नपाइएको गुनासो आउन नदिने ब्यवसायीले प्रतिबद्धता जनाएका छन् । यस्तै, क्यान सफ्टेक आजबाट सुरु हुने सुरु हुने भएको छ । क्यान सफ्टेक सम्बन्धी विशेष खबरहरु नागरिक दैनिकमा छ ।  nagarik-eco

अन्नपूर्ण पोष्टले
अनलाईनमार्फत विदेशी सामान खरिद ब्यवस्था, वषिर्क र्दु हजार डलरको सीमा’ शीर्षकमा मुख्य खबर छापेको छ । नेपाल राष्ट्र बैंकले नेपालीले स्वदेशमा नै बसेर अनलाईनमार्फत विदेशबाट सामान खरिन गर्न सक्ने ब्यवस्था गरेको छ । यस्तै, पोखरामा थप ३१ कम्पनीलाई प्याराग्लाइडिङ्को अनुमति दिने तयारी, बाढीपहिरो पीडितका लागि २२ करोड निकासा, गत वर्ष कोरियाली भाषा परीक्षा पास गरेका ३८ सय जान बाँकी लगायतको खबर अन्नपूर्ण पोष्टमा छ । annpurna-eco
 आर्थिक दैनिकले
  उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको मुद्दाको सर्वोच्चले दिएको अन्तरिम आदेशको खबरलाई नै प्रमुख खबर बनाएको छ । यस्तै, कोरियाली भाषा परीक्षाको मिति नसर्ने, सेयर बजार १० अंकले घट्यो-कारोबार रकम ४६ करोडमै सीमित, नियमनकारी निकाय धितोपत्र बोर्ड र नेप्सेका कारण पुँजीबजार नकारात्मक, नेपाल-भारत-चीन त्रिदेशीय सहयोग सम्मेलन आजबाट लगायतको खबर आर्थिक दैनिकमा छ ।

Wednesday, September 10, 2014

बुधवारको दैनिक पत्रिकामा बिजनेश खबर

September 10

बुधवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले अस्थिर सेयर बजार, पर्यटन बोर्डको अनियमितता तथा उद्योग वाणिज्य महासंघ अध्यक्ष प्रदीपजंग पाण्डेको मुद्दाबारे सर्वोच्चको अन्तरिम आदेशको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

 कारोबार दैनिकले ‘नेप्सेमा अस्थिर उछाल एकैदिन साढे ४४ अंकले बढ्यो’ शीर्षकमा मुख्य खबर छापेको छ । सेयर बजारमा दैनिक ५ प्रतिशतको उतार चढाव आएको छ । आइतवार ५ प्रतिशतले घटेको परिसूचक मंगलवार पुनः सोही गतिमा बढेको छ । यस्तै, चामल निर्यातमा रोक, विद्यार्थीसँगै पाँच वर्षमा पौने दुई खर्ब बाहिरियो, वन विकास कोषको ४० करोड अलपत्र, लिलामीको समस्याले गैरबैंकिङ् सम्पत्ति थुपि्रयो, पीटीए अनुमोदन यसैसाता, दसैंका लागि आजदेखि टिकट बुकिङ् खुला लगायतका खबर कारोबार दैनिकमा छ ।karobar-eco 


नागरिक दैनिकले अस्थिर सेयरबजारको खबरलाई नै ‘नेेप्से ४४ अंकले बढ्यो’ शीर्षकमा छापेको छ । यस्तै, दसैंको अगि्रम टिकट बुकिङ् खुला भाडा कार्तिकबाट बढ्ने, आइफोन सिक्स सार्वजनिक, निर्णय प्रक्रियाको ढिलासुस्तीले जलविद्युतको लागत बढ्यो, कुखुराको मासु आधा सस्तियो लगायतका खबर नागरिक दैनिकमा छ । nagarik-eco

अन्नपूर्ण पोष्टले पर्यटन बोर्डमा करोडौं दुरुपयोग भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । नेपाल पर्यटन बोर्डमा भएको अनियमितताबारे छानविन गर्न गठित समितिले बोर्डको रकम ब्यापक दुरुपयोग गरिएको निश्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । यस्तै, लगानी गर्ने ठाउँ नहुँदा पैसा थुपि्रयो, टेलिकममा निर्देशक नियुक्तिबारे प्राविधिक कर्मचारी विरोधमा, कृषि रणनीतिको स्वामित्व लिन सरकारलार्य सुझाव, गिट्टी र बालुवामा कालोबजारी, जुत्ताको कच्चा पदार्थ आयातमा भन्सारदर घटाउन माग लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।  annpurna-eco

आर्थिक दैनिकले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको मुद्दामा अन्तरिम आदेश दिएको खबरलाई प्रथमिकताका साथ छापेको छ । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई तत्काल पक्राउ नगर्नु-नगराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ । यस्तै, अर्थ मन्त्रालयमा तीन सय ८३ जनाको सुरुवा, अख्तियारको निर्णयविरुद्ध उपयुक्त कदम चालने उर्जामन्त्रीको आश्वासन, नेप्से बजार सुधारको संकेत, बैदेशिक रोजगारीमा सम्झौता अनुसार काम र तलब नपाउने क्रम बढ्दो, कालोबजारी रोक्न विदामा पनि अनुगमन, नागेन्द्रको निर्देशनमा नापीमा घुस संकलन लगायतको खबर आर्थिक दैनिकले छापेको छ ।4

Tuesday, September 9, 2014

माइक्रोम्याक्सको सीडीएमए मोबाइल बजारमा

September 9
काठमाडौं । माइक्रोम्याक्सले मोडियम सपोर्ट भएको सीडीएमए मोबाइल फोन बजारमा ल्याएको छ । कम्पनीले शक्तिशाली सीडीएमए नेटवर्क भएको सी२१० मोडल बजारमा ल्याएको हो । मोबाइलको मूल्य दुई हजार ९७६ रुपैयाँ तोकिएको छ ।Micromax-C210-CDMA
 यस मोबाइलको नेटवर्कको गुणस्तर देखेर ग्राहकहरु आश्चर्य चकित हुने कम्पनीको दाबी छ । मोबाइलमा डिडिजल क्यामेरा र एफएम रेडियो रहेको छ ।
 माेबाइलमा भएको भिडियो प्लेयरमा स्टोर गरेका गीतहरु तथा आफुले खिचको भिडियोहरु हेर्न तथा सुन्न सकिने छ । यो मोबाइले ४ जीबीसम्मको मेमोरी कार्ड सपोर्ट गर्छ ।
यसमा युएसबी कनेक्टिभीटी, ब्लुटुथ, टर्चलाइट लगायका सुविधामहहरु रहेका छन् । मोबाइल सिल्क सिल्भर र र्‍यागिङ कलरमा उपलब्ध छ ।

मंगलवारको दैनिक पत्रिकामा बिजनेश खबर

September 9
मंगलवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले सेयर बजारमा गिरावटकै प्रशंगलाई प्राथमिकताका साथ खबर छापेका छन् ।  

कारोबार दैनिकले
 ‘सेयर बजारमा नियोजित हल्ला’ शीर्षकमा मुख्य खबर छापेको छ । अहिले बजारमा सबैभन्दा बढी चासो आफूसँग भएको सेयर विक्री गरेका तर सेयर खरिद गर्न न्यून विन्दु खोज्नेहरुको छ । बजारमा अनेकन हल्ला चलाउन पनि उनीहरु नै माहिर छन् ।
विशेषगरी ठूला भनिएका लगानीकर्ताले यसअघि नै एक चरण सेयर विक्री गरी बाहिर निस्किइसकेको र उनीहरु पुनः बजार प्रवेश गर्ने उपयुक्त अवसरको खोजीमा छन् । यस्तै, पर्यटन बोर्डमा नीतिगत भ्रष्टाचार निरौलालाई काराबाही सिफारिस, कालोसूचीका एसएनसी लाभिन र पोइरी नलसिंहगाड जलाशय आयोजनाको बोलपत्रमा छनोट, नाडा अटो ‘शो’मा डेढ अर्बको कारोबार, भारतद्वारा ‘बल्क कार्गो’ सम्झौताको मस्यौदा फिर्ता, धनगढीमा ग्याँसको कारोबार बन्द उपभोक्ता मर्कामा लगायतका खबर कारोबार दैनिकमा छ ।  karobar-eco

आर्थिक दैनिकले
‘नेप्सेका महाप्रबन्धक थपलियाको बदमासी’ शीर्षकमा मुख्य खबर बनाएको छ । पुँजीबजारको विकासको लागि स्थापना गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नै पुँजीबजारकै विकासको लागि काम गर्ने एउटा कम्पनीको कारोबार बदनियत तरिकाले रोक्का गरेको आर्थिक दैनिकमा खबर छ । यस्तै, नबिल वैंकका सीईओबिरुद्ध मानव अधिकार हनन्को अभियोग, सूचीकृत कम्पनीहरुको चुक्ता पुँजी एक सय ४६ अर्ब ५२ करोड, किर्ते गरी नागरिकता सच्याउनेमाथि कारबाहीमा ढिलाई, महानगरको फोहोरमा करोडौंको हिनामिना लगायतका खबर आर्थिक दैनिकमा छ ।  aarthik-eco

अन्नपूर्ण पोष्टले
 ‘फेरि सार्वजनिक यातायातको भाडा बढाउँदै सरकार’ शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले दसैंको मौका छोपेर सर्वजनिक यातायातको भाडा बढाउने तयारी गरेको छ । उपभोक्ता हित संरक्षण मञ्चले भने सर्वसाधारणप्रतिको उत्तरदायित्व बेवास्ता गर्दै ब्यवसायीको हितमा अनुचित तवरले भाडा वृद्धि गर्ने सहमति सम्बन्धी फाइलसहित अन्य कागजात नियन्त्रणमा लिएर आवश्यक कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेको छ । यस्तै, विद्युत विकास सम्झौता छिट्टै गर्न भारतको आग्रह, ग्याँस उद्योगीको आन्दोलन फिर्ता, सेयर कारोबारमा सरकारको मौनताप्रति आपत्ति सुदूरपश्चिममा ग्याँस हाहाकार नाडा अटो ‘शो’ मा डेढ अर्बको कारोबार लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।  annpurna-eco

नागरिक दैनिकले
 ट्याङ्कर ढुवानी ब्यवसायी महासंघको दबाबसामु सरकार झुकेको खबरलाई मुख्य खबर बनाएको छ । ग्याँस उद्योगीसँग पनि सरकारले सहमति गरेको छ । यस्तै, चिया किलोको पौने २ लाख, खाद्यले नयाँ ब्रान्डमा चामल किन्ने, सीडीएसमा दर्ता हुन अर्को निर्देशन, नाडा अटो ‘शो’मा डेढ अर्बको कारोबार लगायतको खबर नागरिक दैनिकमा छ ।nagarik-eco

Monday, September 8, 2014

अटो मेलामा पुगे ५५ हजार दर्शक, १४ सय सवारी बुकिङ, डेढ अर्बको कारोबार

September 8
काठमाडौं । भृकुटीमण्डपमा सोमबार सम्पन्न ‘नाडा अटो शो’ ५५ हजार दर्शकले अवलोकन गरेका छन् । मेलामा डेढ अर्ब रुपैयाँ भन्दा बढिको कारोबार भएको छ । मेलामा ७ सय ५० को हाराहारीमा मोटरसाइकल र ६ सय २५ को हाराहारीमा कार बुकिङ भएको मेला संयोजक सम्भुप्रसाद दाहालले जानकारी दिए । यो संख्या अघिल्लो वर्षको तुलनामा निकै धेरै हो ।
Nada-Auto-Show-Samapan-programme
 बुधबारदेखि सुरु भएको मेला ६ दिनसम्म चलेको थियो । अघिल्ला वर्षहरुको तुलनामा यस पटकको मेला उत्साहजनक रुपमा सम्पन्न भएको संयोजक दाहालले बताए । मेलामा सहभागी कम्पनीहरु दर्शकको आगमन देखेर निकै उत्साहित भएको उनको भनाई छ । मेलामा अघिल्लो वर्ष २५ हजारको हाराहारीमा अवलोकनकर्ताहरु आएका थिए भने ८० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।यस पटकको मेलामा २५ लाख रुपैयाँसम्मका कारहरुको बुकिङ उच्च रहेको सवारी बिक्रेताहरुले बताएका छन् ।

 ‘मेला सोचेभन्दा भव्य रुपमा सम्पन्न भयो, यस पटक स्टलकको सज्जा र प्रस्तुतीमा पनि स्तर वृद्धि भएको देखियो ‘ आयोजक संस्था अटोमोबाइल डिलर्स एशोसियशन (नाडा)का अध्यक्ष शेखर गोल्छाले भने- ‘मेला अवलोकन गर्न आउने दर्शकहरुको प्रोफाइल पनि राम्रो थियो ।’ मेलामा उच्च र मध्यम दुबै बर्गका अवलोकनकर्ता आएको गोल्छाले बताए ।

नयाँ सरकार बनेपछि व्यवसायीक वातावरणमा सुधार हुँदै आएको, रेमिट्यान्सको प्रवाह बढेको र मानिसमा खर्च गर्ने प्रवृत्ति विकास भएकाले गाडीको बुकिङ उच्च भएको नाडाका उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए । मेलामा आउने दर्शकहरुको आकर्षण इन्ट्री लेभल अर्थात सवैभन्दा सस्ता कारमा रहेको उनले बताए । मेलामा आएर गाडीको बारेमा जानकारी लिने ग्राहकहरु पनि गुणस्तरीय रहेको उनको अनुभव छ ।

 कुन ब्रान्डको गाडी कति बुकिङ ?
 मेलामा उपस्थित कम्पनीहरुले गाडीको बुकिङ उत्साहजनक रहेको बताउँदै खुशी व्यक्त गरेका छन् । उनीहरुको दावीअनुसार झण्डै ७ सय ५० गाडी मेलामै बुक भएका छन् । सीजी मोटोकोर्पका सेल्स डिजिएम सिरज पन्तका अनुसार सबै मोडल गरेर मेलामा ३०० कार बुकिङ भएका छन् । यसमा सेलेरियो, स्वीफ्ट, वागेनर, अल्टो कारको बुकिङ उच्च रहेको पन्तले सुनाए । मेलामा सार्वजनिक गरेको अटोमेटिक र म्यानुअल गियर भएको सेलेरियो गाडीमा सबैभन्दा बढी आकर्षण देखिएको उनले बताए । मेलामा सेलेरियो करिव १०० थान बुकिङ भएको उनले दावी गरे । आगामी महिनादेखि बुकिङकर्तालाई सेलेरियो गाडी हस्तान्तरण गर्ने कम्पनीको योजना छ ।

 त्यसैगरि, टाटा कार ४६ वटा बुकिङ भएको सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार टाटा इन्डिका सीआर-फोर, टाटा सुमो, सफारी स्ट्रोम बढी बुकिङ भएका छन् । सिआर-फोर टाटाको इन्ट्री लेभल कार हो । त्यसैगरि, होन्डाका ६० थान गाडी बुकिङ भएका छन् । चार मोडल प्रर्दशनीमा राखेको होन्डाले मोबिलियो मात्र २० थान बुकिङ भएको जनाएको छ ।

 सेभेन सिटर मोबिलियो होन्डाले मेलामा सार्वजनिक गरेको हो । समग्रमा मेला उत्साहजनक रहेको स्याकार ट्रेडिङ प्रालिकी सिर्जना ज्योतिले बताइन् । मेलामा हुन्डाई कार २०६ थान बुकिङ भएको लक्ष्मी इन्टरकन्टीनेन्टलका निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए । हुन्डाईको सबैभन्दा बढी ग्रान्ड आई टेन झण्डै सयको हाराहारीमा बुकिङ भएको छ । अघिल्लो मेलामा डेढ सय कार बुकिङ भएको स्मरण गर्दै निर्देशक श्रेष्ठले यसटकको बुकिङले उत्साह थपेको बताए । प्रिमियम ब्रान्डको रुपमा परिचित टोयोटा कार पनि मेलामा १० थान बुकिङ भएको छ ।

युनाइटेड टे्रडर्स सिन्डिकेट प्रालिका सर्भिस म्यानेजर निरजका अनुसार सबैभन्दा बढी आकर्षण टोयोटा इटिओस क्रसमा देखियो । कम्पनीले यो कार मेलामा सार्वजनिक गरेको हो । निशान कार पनि मेलामा ५ थान बुकिङ भएको श्याम आचार्यले जानकारी दिए । सन्नी र मार्च गाडीले मेलामा दर्शक तान्ने काम गरेको उनको भनाई छ । कोरियाली कम्पनी कियाका २० थान कार बुकिङ भएका छन् । पछिल्लोपटक सार्वजनिक किया सोल गाडी सवैभन्दा धेरै बुक भएको कन्टिनेन्टल मार्केटिङका बजार प्रमुख युगेन्द्र श्रेष्ठले जानकारी दिए ।

 त्यस्तै, गो फोर्डका अनुसार मेलामा फोर्ड गाडी ५० वटा बुकिङ भए । जसमा करिव ३५ वटा इको स्पोर्ट गाडी बुक भएका छन् । मेलामार्फत नेपाली बजारमा प्रवेश गरेको जापानीज ब्रान्ड डाटसनले पनि मेलामा दर्शकको राम्रो माया पायो । पायोनियर मोटोकोर्पका सिनियर म्यानेजर ज्ञानेन्द्र चन्दका अनुसार ‘डाटसन गो’ मोडल ४६ थान बुकिङ भएको छ भने ७०० बढीले गाडीप्रति चासो देखाउँदै जानकारी लिएका छन् ।

 फियटले मेलामा सार्वजनिक गरेको ‘पुन्टो इभो’लाई पनि ग्राहकले रुचाए । लाइफ अटोमोबाइलका अनुसार मेलामा फियटका २० वटा गाडी बुकिङ भएका छन् । जसमध्ये पुन्टो इभोको संख्या बढी रहेको छ । जर्मनी पि्रमियम गाडी निर्माता कम्पनी भक्सवागनले पनि मेलामा ३५ वटा जति कार बुकिङ गराउन सफल भयो । सबैभन्दा रमाइलो पक्ष अत्यधिक महंगो मानिएको टोरेक कार पनि मेलामा ५ थान बुकिङ भएको छ ।

 मेलामा सहभागी कम्पनी
 मेलामा १२ वटा ब्रान्डका चार पाँग्रे सवारी, ११ ब्रान्डका २ पाँग्रे सवारी साधन प्रर्दशनीमा राखिएको थिये । यसका साथै मेलामा बैंक तथा वित्तिय संस्था, स्पेयर्स पार्टस, लुब्रिकेन्ट्स लगायतका स्टलहरु पनि रहेका थिए । मेलामा फियाट, दाइहात्सु, होन्डा, स्कोडा, फोर्ड, फियाट, किया, सुजुकी, किया, टाटा, टोयोटा, भक्सवागन कम्पनीका चार पाँग्रे सवारी र बजाज, केटीएम, हिरो, महिन्द्र, रोयल इन्फिल्ड, टेरा मोटर्स, यामाहा, टिभिएस, युएम लगायतका कम्पनीहरुका दुई पाँग्रे सवारी प्रर्दशनीमा राखिएको थियो ।

यस्ता छन् प्रख्यात ब्रान्डका ‘इन्ट्री लेभल कार’

September 8
काठमाडौं । नेपाली मध्यमवर्गीय परिवारको रोजाइमा ‘इन्ट्री लेभल कार’ पर्ने गरेका छन् । सिमित आयस्रोत हुने व्यक्तिहरुको कार चढ्ने रहर इन्ट्री लेभल कारले पुरा गरिदिन्छन् । राजधानीमा जारी अटो मेलामा पनि इन्ट्री लेभल कारको बारेमा जानकारी लिनेहरु धेरै भेटिए ।

 ‘ग्राहकहरुले सस्तो महंगो दुबै कारका बारेमा जानकारी लिए पनि डिल चाहीँ सस्तामा गर्छन्’ सिप्रदी ट्रेडिङका प्रोडक्ट म्यानेजर कैलाश बावु गेलालले भने- ‘नेपालमा अधिकांशको रोजाईमा इन्ट्री लेभल कार पर्छन् ।’ सामान्यतया नेपालमा १४ लाख रपैयाँदेखि २५ लाख रुपैयाँसम्मका कारलाई इन्ट्री लेभल कारका रुपमा लिइन्छ । नेपालमा उपलब्ध सबै ब्रान्डका कारहरुले इन्ट्री लेभल मिट नगरे पनि अधिकांश ब्रान्डका केही मोडल इन्ट्री लेभल मिट गर्ने खालका छन् । कतिपय ब्रान्डका सबैभन्दा सस्ता कारहरु नै प्रिमियम रहेको पाइन्छ । कार पारखीहरु ब्रान्डलाई पनि आफ्नो रोजाइमा पार्ने हुँदा उनीहरु मन पर्ने ब्रान्डको सस्तो कार खोज्न आउने गरेको व्यवसायीहरुको अनुभव छ । अघिल्ला मेलाहरुमा महंगा गाडी प्रर्दशनीमा राख्ने गरेका कम्पनीहरुले यस पटकको मेलामा सस्ता गाडीहरुलाई प्राथमिकतामा राखेको पाइएको छ । मेलामा सहभागी कम्पनीहरुको इन्ट्री लेभल कारहरु यस्ता रहेका छन् ।  

टाटा इन्डिका सीआर-फोर

 इन्डियन मोटर्स उत्पादक कम्पनी टाटाको मेलामा इन्ट्री लेभलको कार इन्डिका सीआर फोर प्रर्दशनीमा राखेको छ । फुल र सेम अप्सनमा उपलब्ध यो कारको मूल्य क्रमशः २० लाख ७० हजार रुपैयाँ र १९ लाख ६५ हजार रहेको छ ।
  
Tata-Indica-CT-4-FinalTata-Indica-CT-4-Final
हृयाचव्याक सेगमेन्टको यो कार १४०० सीसीको हो । यो गाडीमा एसी, हिटर, पावर स्टेरिङ, फोर डोर पावर विन्डोज, इलेक्ट्रीकल मिरर, की लेश रिमोट कन्ट्रोल, ब्लूटुथ कलेक्ट हुने म्यूजिक सिष्टम लगायतका सुविधाहरु रहेका छन् । दशैं-तिहारको अवसरमा कम्पनीले २ तोला सुन, १ वर्षको इन्स्योरेन्स र ३० हजार रुपैयाँ उपलब्ध गराउने जनाएको छ ।

होन्डा अमेज
नेपालमा होन्डाको सबैभन्दा सस्तो कार ‘होन्डा बि्रयो’ भएपनि कम्पनीले यो कार मेलामा राखेको छैन् । कम्पनीले मेलामा सस्तो गाडीको रुपमा होन्डा अमेज प्रर्दशनीमा राखेको छ । होन्डा अमेज नेपालमा विभिन्न ६ भेराइटीमा उपलब्ध भएपनि सबैभन्दा सस्तो भेराइटीको मूल्य २६ लाख ७५ हजार रुपैयाँ रहेको छ । ११९८ सीसीको यो गाडी सेडान सेगमेन्टको हो । नेपालमा यो कार ५ कलरमा उपलब्ध छ ।
 Honda-amaze-FinalHonda-amaze-Final
होन्डाको बि्रयो कार इन्ट्री लेभलको कार हो । ४ भेराइटीमा उपलब्ध बि्रयोको सुरुवाती मूल्य २४ लाख ४५ हजार रुपैयाँ रहेको छ । ११९८ सीसीको यो कार पेट्रोल इञ्जिनमा उपलब्ध छ ।  

टोयोटा इटिओस लिभा
नेपाली उपभोक्तामाझ प्रिमियम कारका रुपमा परिचित भएपनि इटिओस लिभा टोयोटाको सबैभन्दा सस्तो कार हो । १२ सीसीको यो कारको मूल्य ३३ लाख ४५ हजार रुपैयाँ रहेको छ ।  

Toyota-ETO-Liva-FinalToyota-ETO-Liva-Final
 हृयाचव्याक सेगमेन्टको यो कार आकर्षक डिजाइनमा रहेको छ । इटिओस लिभा विभिन्न ७ कलरमा उपलब्ध छ । यसमा १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ भने ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । ५ जना अटाउने यो कारमा ४५ लिटर पेट्रोल अटाउने ट्यांकी रहेको छ ।

फोर्ड फिगो
अमेरिकन ब्रान्ड फोर्डले मेलामा इन्ट्री लेभलको कार फिगो प्रर्दशनीमा राखेको छ । फिगो पेट्रोल इञ्जिनमा रहेको फिगो १२ सय सीसी र डिजेल इञ्जिनमा रहेको फिगो १४ सय सीसीको हो ।

 Ford-Figo-Final Ford-Figo-Final
 फिगो नेपालमा पेट्रोल र डिजल गरी ८ भेराइटीमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार पेट्रोल इञ्जिनमा रहेको फिगो १९ लाख ५० हजार रुपैयाँदेखि २४ लाख ५० हजार रुपैयाँसम्म र डिजल इञ्जिन रहेको फिगो २२ लाख ९९ हजार रुपैयाँदेखि २८ लाख ४९ हजार रुपैयाँसम्म पर्छ ।

  निशान मार्च
मार्च प्रिमिय हृयाचव्याक कार भएपनि निशानको इन्ट्री लेभल कार हो । यो कारको मूल्य नेपालमा २८ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीले दशैं तिहारको अवरमा ३ लाख रुपैयाँ नगद डिस्काउन्ट दिने घोषणा गरेको छ ।  

Nissan_March-FinalNissan_March-Final
पेट्रोल इञ्जिनयूक्त यो कारमा ४ वटा एयरव्याग रहेका छन् । यो १२ सय सीसीको कार हो । यसमा ४१ लिटर फ्यूल अटाउँछ भने ५ स्पीड म्यानुअल गियर रहेको छ ।  

किया पिकान्टो
 कियाको सबैभन्दा सस्तो कार पिकान्टो नेपालमा २७ लाख रुपैयाँ ३२ लाख रुपैयाँसम्म पर्छ । नेपालमा पि्रमियम कार भएपनि पिकान्टो कियाको सस्तो कार हो ।  
kia-picanto-Final kia-picanto-Final
पेट्रोल इञ्जिन रहेको यो कार १२०० सीसीको हो । यसमा की लेश रिमोट कन्ट्रेल, चारवटै पावर विन्डोज, फुल्ली विल्ड म्यूजिक सिष्टम, राजधानीमा प्रतिलिटर १२ किलोमिटर र हाइवेमा १८ किलोमिटर माइलेज लगायतका सुविधाहरु रहेका छन् ।  

भक्सवागन पोलो
 भक्सवागनले मेलामा पोलो प्रर्दशनीमा राखेको छ । जर्मनीको प्रिमियम कार निर्माता कम्पनीको यो सबैभन्दा सस्तो कार हो । विभिन्न ५ भेराइटीमा उपलब्ध पोलो पेट्रोल इञ्जिनयूक्त कार हो ।  

Valkswagen-Polo-FinalValkswagen-Polo-Final
पोलो १२ सय सीसीदेखि १६ सय सीसीसम्म उपलब्ध रहेको छ । इञ्जिन क्षमताअनुसार यो कारको मूल्य २६ लाख ४५ हजार रुपैयाँदेखि ३९ लाख ४५ हजार रुपैयाँसम्म रहेको छ । विभिन्न ६ कलरमा उपलब्ध पोलो आकर्षक डिजाइनमा रहेको छ । यसमा वाहिरी तथा भित्री सजावट, सुरक्षा लगायतमा विशेष ध्यान दिइएको छ । नेपालमा पोलोले राम्रो मायाँ पाउन सफल भएको छ ।  

हुन्डाई इओएन
हुन्डाईको सबैभन्दा सस्तो कार इओएन हो । यसको मूल्य नेपालमा १६ लाख ५६ हजार रुपैयाँ रहेको छ । ८१४ सीसीको यो कारले नेपाली सडकमा १८ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले बताएको छ । यो पेट्रोल इञ्जिनयूक्त कार हो । यसमा ५ स्पीड म्यानुअल गियर छ ।
 hyundai-eon--Final hyundai-eon--Final
 सानो आकारमा रहेको यो कार नेपालको ट्राफिक जाम सुहाउँदो रहेको छ । यस कारमा डिजाइन र सुरक्षामा प्रयाप्त ध्यान दिइएको छ ।

 डाटचन गो
 नेपाली बजारमा पहिलो पटक प्रवेश गरेको जापानीज ब्रान्ड डाटचनले मेलामा इन्टि्र लेभलको कार गो प्रर्दशनीमा राखेको छ । आकर्षक डिजाइनमा रहेको यो कार १२०० सीसी इञ्जिन क्षमताको हो । नेपालमा यो कारको मूल्य १९ लाख ७० हजार रुपैयाँ रहेको छ । यो प्रवर्द्धनात्मक मूल्य हो । चार कलरमा उपलब्ध यो कारमा पेट्रोल इञ्जिन रहेको छ ।
 Datsun-Go-White Datsun-Go-White
डाटसन गो आधुनिक प्रविधि जडान गरिएको फाइभ डोर तथा फाइभ सीट हृयाचव्याक कार हो । पारिवारिक कारको रुपमा निर्माण गरिएको डाटसन गो आकर्षक डिजाइनमा उपलब्ध रहेको छ । गाडीको इन्टेरियर डिजाइनमा समेत विशेष ध्यान दिएको दाबी गरिएको छ ।

 स्कोडा र्‍यापिड
सेडान सेगमेन्टको स्कोडा र्‍यापिड प्रिमियम कार भएपनि स्कोडाको इन्टि्र लेभल कार हो । र्‍यापिड १५९८ सीसीको कार हो । डिजेल र पेट्रोल दुबै भेराइटीमा उपलब्ध यो कारको मूल्य नेपालमा ३३ लाख २५ हजार रुपैयाँदेखि ४२ लाख ९५ हजार रुपैयाँसम्म रहेको छ । र्‍यापिड पेट्रोल इञ्जिनमा ३३ लाख २५ हजार रुपैयाँबाट सुरु हुन्छ भने डिजेल इञ्जिनमा ३७ लाख ५५ हजार रुपैयाँबाट सुरु हुन्छ ।  
skoda-rapid-Final skoda-rapid-Final
यसमा इन्धन क्षमता ५५ लिटर, स्टोरेज क्षमता ४६० लिटर, ग्राउन्ड क्लियरेन्स १६८ एमएम रहेको छ । र्‍यापिड म्यानुअल र अटोमेटिक गियरमा पनि उपलब्ध रहेको छ ।

मारुती सुजुकी अल्टो
मारुती सुजुकी अल्टो नेपाली कार बजारमा सबैभन्दा सस्तो कारका रुपमा चिनिन्छ । आठ सय सीसी इञ्जिन क्षमताको अल्टो नेपालमा ३ भेराइटीमा उपलब्ध रहेको छ । ७९६ सीसीको यो कारको मूल्य १४ लाख ५९ हजार रुपैयाँदेखि १६ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ । सानो आकारको यो कारले नेपाली ग्राहकको राम्रो मायाँ पाउन सफल भएको छ ।  
maruti-suzuki-alto-Finalmaruti-suzuki-alto-Final
अल्टो कारले प्रतिलिटर २२.७४ किलोमिटरसम्म माइलेज दिने दाबी गरिएको छ । सस्तो कार भएपनि यसको भित्री तथा बाहिरी इन्टेरियरमा प्रयाप्त ध्यान दिइएको छ । ५ स्पीड गियर, ५ जना अटाउने, ३५ लिटरको इन्धन ट्यांकी, ६ वटा आकर्षक कलर, १६० एमएमको ग्रान्उड क्लियरेन्स लगायतका फिचरहरु यस कारमा रहेका छन् ।

 फियट पुन्टो इभो
 फियट पुन्टो इभो मेलामा सार्वजनिक गरेको कार हो । यो कार फियटको सबैभन्दा सस्तो कार हो । १२ सीसीको यो कारको मूल्य २४ लाख ९५ हजार रुपैयाँबाट सुरु हुन्छ ।
  Fiat-Punto-Evo  Fiat-Punto-Evo
अहिले मेलामा प्रर्दशनीमा राखिएको पुन्टो इभोको मूल्य २६ लाख ९५ हजार रुपैयाँ रहेको छ । यो विभिन्न ४ मोडलमा उपलब्ध हुनेछ । पछिल्लो प्रविधि प्रयोग गरिएको पुन्टो इभो डिजेल र पेट्रोल दुबै इञ्जिनमा उपलब्ध हुनेछ । यसले प्रतिलिटर १५।८ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । पुन्टो इभो सरप्राइजिङ, स्माइलिटङ, स्टाइलिस, सिम्पल र स्पीडी कार भएको कम्पनीले जानकारी दिएको छ ।

Sunday, September 7, 2014

केल्भिनेटर ‘अनलिस द कुलनेस’ योजना

September 7
, काठमाडौं । घरायसी उपकर ब्रान्ड केल्भिनेटरले दशैं-तिहारको अवसर पारेर ‘अनलिस ट कुलनेस’ योजना ल्याएको छ । Kelvinatar
 Kelvinatar
जसमा केल्भिनेटर वासिङ मेसिन खरिद गर्ने ग्राहकहरुले सीजी स्टिम आइरन प्राप्त गर्न सक्नेछन् । नेपालमा केल्भिनेटर ब्रान्डका घरायसी उपकरणहरु चौधरी ग्रुपले बिक्री वितरण गर्दै आएको छ ।

अमेरिकन प्रविधिमा आधारित केल्भिनेटर उपकरणहरु वातावरणमैत्री रहुनका साथै उर्जा समेत बचाउ गर्ने कम्पनीको दाबी छ । केल्भिनेटरका साथ यो उत्सवमा ग्राहकहरुले थप खुसी र चिसोपना पाउने कम्पनीले विश्वास लिएको छ ।

कार, जीप र भ्यानको संख्या डेढ लाख नाघ्यो

September 7
काठमाडौं । नेपाली सडकमा कार, जीप र भ्यानको संख्या डेढ लाख नाघेको छ । यातायात व्यवस्था विभागका अनुसार असार मसान्तसम्म कार, जीप र भ्यानको संख्या एक लाख ५० हजार १०७ पुगेको छ ।
आर्थिक वर्ष २०४६/०४७ मा २१ हजार ३५० रहेका यस्ता सवारी २४ वर्षको अन्तरालमा ७ गुनाले बढेका हुन् । यसबीचमा सबैभन्दा बढी आव ०६६/०६७ मा १२ हजार २६८ थान कार, जीप र भ्यान नेपाल भित्रिएका थिए भने गत आर्थिक वर्षमा ११ हजार ३७२ भित्रिएका छन् ।

 अन्य वर्षहरुमा यस्ता सवारीको आयातमा थपघट भइरहेको यातायात विभागको तथ्यांकले देखाउँछ । नेपाल भित्रिने यस्ता गाडीहरुमा सबैभन्दा बढी १५ देखि २५ लाख रेञ्जका रहेका छन् । नेपालमा गाडीको मूल्य संसारमै सबैभन्दा उच्च रहेका कारण महंगा गाडीमा पहुँच नपुग्ने भएकोले इन्ट्री लेवलका गाडीमा आकर्षण बढेको अटो व्यवसायी सौरभ ज्योति बताउँछन् ।

 आर्थिक वर्ष ०६५/०६६ देखिको आयात अवस्था हेर्ने हो भने सो वर्ष ६ हजार ८ सय ५७ थान, ०६६/०६७ मा १२ हजार २६८ थान, ०६७/०६८ मा ८ हजार ५१० थान, ०६८/०६९ मा ८ हजार ७११ थान, ०६९/०७० मा ९ हजार ५९५ थान र ०७०/०७१ मा ११ हजार ३७२ थान यस्ता सवारी यातायात विभागमा दर्ता भएका छन् ।

नेपालीहरुको आयस्तरमा सुधार हुँदै जान थालेपछि यस्ता गाडीहरुको आयात विस्तारै बढ्न थालेको बताउँछन् सौरभ ज्योति । ‘नेपाली मध्यमवर्गी परिवारको पहिलो रोजाइ मोटरसाइकल रहेका छ भने दोस्रो रोजाइमा इन्ट्री लेवलका कारहरु पर्छन’ उनले भने- ‘सरकारले कर घटाउने हो भने कारको बिक्री बढाउन सकिन्छ ।’

आइतवारको दैनिक पत्रिकामा बिजनेश खबर

September 6
आइतवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुलाई प्राथमिकता दिएर खबर छापेका छन् ।

 कारोबार दैनिकले ‘जुट उद्योग अहिलेसम्मकै नाजुक’ शीर्षकमा मुख्य खबर छापेको छ । वातावरणमैत्री, कृषिमा आधारित र निकासीमा वाषिर्क पाँच अर्ब रुपैंयाँको योगदान गर्दै आएका जुट उद्योग इतिहासकै संकटपूर्ण अवस्थामा पुगेका छन् ।karobar-eco कटहरी क्षेत्रमा रहेका ४ उद्योग एक वर्षकै अन्तरालमा बन्द भइसकेका छन् । यस्तै, सस्तोमा वित्तीय संस्था किन्दै वाणिज्य बैंक, ९० प्रतिशत मजदुर निर्माणमा, आर्थिक विकासको विकल्प ‘एग्रो टुरिजम’, चितवनमा मेडिकल सिटीको बहस लगायतका खबर कारोबार दैनिकमा छ ।

 आर्थिक दैनिकले ‘विद्युत ब्यापारका लागि पावर ट्रेड कम्पनी खुल्दै, शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले भारतसँग विद्युत ब्यापार सहज बनाउन तत्काल पावर ट्रेड कम्पनी स्थापना गर्ने भएको छ ।arthik-eco यस्तै, वैदेशिक अध्ययन र रोजगारीमा युवासँगै अर्बौं रुपैंयाँ बाहिरिदै, सोझा सचिवलाई काम नगरेको अभियोगमा दण्ड, उर्जा प्रवर्द्धक/उत्पादक १० कम्पनीको लाइसेन्स खारेज गर्न सिफारिस, गरिबका लागि विदेशी अनुदान खर्च हुन सकेन लगायतको खबर आर्थिक दैनिकमा छ ।

नागरिक दैनिकले ‘एमए-६० बल्ल उड्यो’ शीर्षकमा मुख्य खबर छापेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको चिनियाँ जहाज १८ दिनपछि बल्ल उडेको छ ।nagarik-eco यो जहाज गत साउन ३० देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ग्राउण्डेड’ थियो । यस्तै, कुखुराको मासुको मूल्य घट्यो, ब्याज बढाएकोमा घरजग्गा ब्यवसायी असन्तुष्ट, मुस्ताङ्बाट ४२ टन स्याउ निर्यात, सुन दुई महिनाकै सस्तो, कलंकीमा भाटभटेनी लगायतको खबर नागरिक दैनिकमा छ ।

 अन्नपूर्ण पोष्टले ‘बैंकको प्राथमिकतामा बोनस सेयर’ शीर्षकमा मुख्य खबर छापेको छ । बैंक तथा वित्तीय संस्थाले यसपटक नगद लाभांश भन्दा बोनस सेयर वितरणमा प्राथमिकता दिने भएका छन् । कतिपय बैंकलाई पुँजी कोष अनुपात नपुगेका कारण बोनस सेयर वितरण गर्नुपर्ने बाध्यता छ ।annpurna-eco यस्तै, विषादी परीक्षण नगरी भित्रन्त भारतीय तरकारी, युरोपेली मुलुकमा कामदार पठाउने कार्ययोजना, अलैंचीको विकल्पमा चिराइतो खेती विस्तार, दर्ता विनौ सञ्चालनमा छन् भक्तपुरका अधिकांश साना उद्योग लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।

Saturday, September 6, 2014

प्रभुबाट पैसा पठाउनुस एउटा टेलिकम को ३जि सिम पाउनुस

September 5

काठमाडौं—विदेशबाट प्रभू मनी ट्रान्सफरमार्फत् पठाएको रकम प्राप्त गर्ने व्यक्तिले रकमको साथमा नेपाल टेलिकमको थ्रीजी सिमकार्ड पाउने भएका छन् ।
 प्रभुबाट पैसा पठाउँदा टेलिकमको थ्रीजी सिम
 प्रभु मनि ट्रान्सफर र नेपाल टेलिकमबीच यस्तो सम्झौता भएको हो। नेपाल टेलिकमसँगको सहकार्यमा प्रभु मनि ट्रान्सफरले उक्त सिमकार्ड उपलव्ध गराउने छ।

विदेशको जुनसुकै स्थानबाट पठाएको रकम प्राप्त गर्दा प्रभुका ग्राहकले यो सुविधा पाउने छन्। सिमकार्ड प्रभु मनि ट्रान्सफरका देशभरका शाखाहरुमार्फत् प्राप्त गर्न सक्ने जनाइएको छ।

सम्झौतामा नेपाल टेलीकमका तर्फबाट प्रबन्ध निर्देशक बुद्धि आचार्य र प्रभू मनि ट्रान्सफरका तर्फबाट अध्यक्ष देवी प्रकाश भट्टचनले हस्ताक्षर गरेका छन् ।

Friday, September 5, 2014

शुक्रवारको दैनिक पत्रिकामा बिजनेश खबर

Septemb 4

शुक्रवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले विद्युत ब्यापार सम्झौता -पीटीए)मा प्रारम्भिक सहमति भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।  

कारोबार दैनिकले
‘खुल्यो विद्युत ब्यापारको बाटो’ शीर्षकमा मुख्य खबर छापेको छ । लामो प्रयत्नपछि जलविद्युतको बजार खुला गर्न नेपाल र भारतले विद्युत ब्यापार सम्झौता (पीटीए)मा प्रारम्भिक हस्ताक्षर गरेका छन् । यस्तै, ०७३ वैशाखमा मेलम्चीको पानी ‘असम्भव’, दुई अर्बको काठ वनमै कुहिंदै, बजारमा हाहाकार, फ्याक्ट लघु अनुदानका लागि २ अर्ब १६ करोड, बाढीपीडितलाई ईयूको सवा ३ करोड सहयोग, क्यान सफ्टेकको अनलाइन टिकटमा २० प्रतिशत छुट, नेप्से १२ अंकले घट्यो लगायतको खबर कारोबार दैनिकमा छ ।

karobar-eco आर्थिक दैनिकले
‘नेपाल र भारतबीच विद्युत ब्यापार सम्झौतामा हस्ताक्षर’ शीर्षकमा खबर छापेको छ । पीटीएपछि दुईदेशबीच अन्तरदेशीय प्रशारण प्रणाली विकास गर्न, दुईवटै देशमा ग्रीड जोड्न र त्यो ग्रीड जोडेपछि त्यसको माध्यामबाट विद्युत ब्यापार गर्न सहजता मिलेको छ ।aarthik सम्झौताले अन्तरदेशीय प्रशारण प्रणालीमा विना भेदभाव समान पहुँच पुर्याउने छ भने एक अर्को देशको विद्युत बजारमा भेदभावरहित पहुँच पुग्ने छ । aarthikयस्तै, महासंघका पूर्व अध्यक्ष ढकालले १० वर्षदेखि सुपारीमा कमिसन लिएको खुलासा, तोकिएको चुक्तपुँजी कायम नगर्नेमाथि असोजदेखि कारबाही गरिने, नेपाली वाइनप्रति सरकारी बेवास्ता लगायतका खबर आर्थिक दैनिकले छापेको छ ।  

नागरिक दैनिकले
‘टेण्डरमा पनि कार्टेलिङ’ शीर्षकमा मुख्य खबर छापेको छ । ब्यवसायी मिलेर बढीबढाउ वा घटिघटाउ जस्ता टेण्डरको आधारभूत प्रक्रिया नै अवरुद्ध पारेपछि नेपाल खाद्य संस्थानले चार वर्षदेखि चामल किन्न सकेको छैन ।  यस्तै, आईओसी अधिकारी नेपाल आउँदै, दबाबसामु झुके इन्धन ब्यवसायी, विराटनगर जुटमिल बन्द, नयाँ रोजगार गन्तब्य खोजिने लगायतका खबर नागरिकि दैनिकमा छ ।
nagarik-ecoअन्नपूर्ण पोष्टले
‘विराटनगर जुटमिल फेरि बन्द’ शीर्षकमा मुख्य खबर छापेको छ । मुलुककै जेठो उद्योग विराटनगर जुटमिल विहीवारदेखि फेरि बन्द भएको हो । यस्तै, चिनियाँ जहाज दुई महिनामा चौथोपटक थन्कियो, ग्याँस र पेट्रोलियम ब्यवसायीको आन्दोलन फिर्ता, अवैध डीटीएच सञ्चालनले अर्बौं राजस्व गुम्दै, किसानलाई पुनस्र्थापना गर्न माग लगायतको खबर अन्नपूर्ण पोष्टले छापेको छ ।annpurna-eco