Showing posts with label Headline पत्रपत्रीका. Show all posts
Showing posts with label Headline पत्रपत्रीका. Show all posts

Friday, October 31, 2014

नेपाल फेरि डिभिजिन ३ च्याम्पियन, विश्व वरीयतामा २१ ‌औं

काठमाडौं-‘हामीले जस्तो चाहेका थियौं, अन्त्यमा त्यस्तै नतिजा पायौं।' पुरानो प्रतिद्वन्द्वी युगान्डालाई बिहीबार पराजित गरी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि रक्षा गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले नागरिकसँग टेलिफोनमा भने। उनको चाहना हो, डिभिजन ३ को विजेता हुँदै डिभिजन २ मा उक्लिने लक्ष्य। यो प्रतियोगिता निम्ति मलेसिया उड्नुअघि नै उनले विजेता शैलीमा भनेका थिए, ‘डिभिजन ३ हाम्रालागि खास गाह्रो होइन, चुनौती डिभिजन २ हो।'
अन्तिम विकेट लिएसँगैं उपाधि जितेपछि नेपाली खेलाडीहरु बाँयाबाट क्रमश आरिफ शेख, अमृत भट्टराई, विनोद भण्डारी, वसन्त रेग्मी र सागर पुन रमाउदैं। तस्बिर : आइसिसी
प्रतियोगिताको पहिलो खेलमै युगान्डासँग पराजित हुनुपरेपछि भने नेपाल नराम्ररी झस्किएको थियो, जसको बदला बिहीबार ६२ रनको विजयसँगै लिएको छ। टस जितेको नेपाल क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओवल मैदानमा २ सय २३ रन जोड्नुअघि ४९.५ ओभरमा अलआउट भएको थियो। जवाफमा आएको युगान्डा ४४.१ ओभरमा १ सय ६१ रनमै रोकियो। 
‘हामीले पहिलो खेल हारेकाले आज युगान्डासँग बदला लिएजस्तो भयो,' प्रशिक्षक दासानायकेले भने, ‘पहिलो खेलमा राम्रो गर्न सकेका थिएनौं, आज राम्रो गर्यौं , यसको श्रेय खेलाडीलाई दिनुपर्छ।' यो विजयसँगै नेपाल विश्व वरियतामा २१ औं स्थानमा उक्लिएको छ।
युगान्डासँगको पहिलो खेल हारे पनि नेपालले राउन्ड रोबिनका बाँकी चार खेल जित्दै डिभिजन २ मा बढुवा पक्का गरेको थियो। नेपालले गत वर्षको मेमा पनि युगान्डालाई ५ विकेटले पराजित गरी डिभिजन ३ को उपाधि जितेको थियो। न्युजिल्यान्डमा भएको विश्वकप छनोटमा भने १० टोलीको पुछारका दुई स्थानमा परेपछि नेपाल र युगान्डा फेरि डिभिजन ३ मै झरेका थिए।
नेपाल र युगान्डाले अब जनवरीमा नामिबियामा हुने डिभिजन २ मा घरेलु टोली नामिबियासँगै केन्या, नेदरल्यान्ड्स र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछन्। डिभिजन २ का शीर्ष दुई टोलीले प्रथम श्रेणीको मान्यताप्राप्त आइसिसी अन्तरमहादेशीय कप र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा खेल्न पाउनेछन्।
‘अब हाम्रो ध्यान डिभिजन २ को उपाधितिर गएको छ, जुन नजिकै आइसकेको पनि छ,' दासानायकेले भने, ‘डिभिजन २ फरक स्तरको हो, हामीले आउँदो दिनमा अझ धेरै मेहनत गर्नुपर्नेछ।'
बिहीबारको खेलमा नेपालका तीन ब्याट्सम्यान सागर पुन, नरेश बुढाएर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेका थिए।
नियमित ओपनर सुवास खकुरेल घाइते भएपछि उनको स्थानमा शीर्ष पंक्तिमा सागर खेल्न आएका हुन्। सागरले अर्का ओपनर नरेशसँग १ सय ७ रनको साझेदारी गरी नेपालको विजय आधार तयार पारे। नरेश २७ औं ओभरमा ५१ रन बनाई आउट भएपछि यो साझेदारी टुटेको थियो।
प्रतियोगितामा तेस्रो अर्धशतक बनाएका नरेशले ७२ बल खेली २ चौका र १ छक्का प्रहार गरे। एकदिवसीयमा आफ्नो पहिलो अर्धशतक बनाउने क्रममा सागरले ६४ रन जोडे। ९९ बलको इनिङ्समा उनले ५ चौका र १ छक्का प्रहार गरे।
उत्कृष्ट फर्ममा रहेका ज्ञानेन्द्रले ५६ रन बनाए। उनले ६५ बल खेली ५ चौका प्रहार गरेका थिए। ‘माथिल्लो क्रमले रन बनाउन सक्नु हाम्रो सकरात्मक पक्ष रह्यो,' दासानायकेले भने, ‘नरेश, ज्ञानेन्द्र, सुवास र सागर सबैले राम्रो गरे, जबकि अरू समयमा हाम्रो शीर्ष पंक्ति रन बनाउन संघर्ष गर्थ्यो।'
ज्ञानेन्द्र आउट भएसँग नेपालले अन्तिम ६ विकेट १५ रनमै गुमायो। दासानायकेले प्रतियोगितामा नेपालको कमजोरी यसैमा देखे। ‘हामीले प्रतियोगिताभरि राम्रो सुरुआत गरे पनि २ सय ५० रन कटाउन सक्दैन्थ्यौं,' उनले भने, ‘सुवास (ग्रोइन) र शरद भेषावकर (डिहाइड्रसन) नहुँदा पनि फरक पर्योट।' सिंगापुरविरुद्ध मात्र नेपालले (२६३) २ सय ५० भन्दा बढी रन बनाएको थियो।
४४ औं ओभरमा बलिङ गर्न आएका रोजर मुकासाले ६ विकेट लिँदै नेपाली इनिङ्सलाई तहसनहस बनाए। आफ्नो पहिलो ओभरमै विनोद भण्डारीलाई बोल्ड गरेका उनले त्यसपछि ज्ञानेन्द्र, महबुब आलमजस्ता खेलाडीको विकेट लिए। मुकासाले ३.५ ओभरमा २७ रन खर्चे।
मुकासाले ब्याटिङबाट पनि नेपालको हातबाट उपाधि खोस्ने प्रयास गरेका थिए। आठौं ओभरमा घाइते भएका मुकासा ९२ रनमा पाँचौं विकेट झरेपछि फेरि ब्याटिङ गर्न आएका थिए। उनले आक्रामक इनिङ्स खेल्दै युगान्डाको आशा ब्युँत्याएका थिए। मुकासाले ५२ बलमा ५१ रन बनाए। ४ चौका प्रहार गरेका उनले ३ मध्येको २ छक्का वसन्त रेग्मीलाई हानेका थिए।
अन्य खेलाडीबाट राम्रो साथ नपाएका उनलाई ४२ औं ओभरमा भुवन कार्कीले आउट गरी नेपालको विजयलाई औपचारिकतामात्र बाँकी राखे। देब्रेहाते स्पिनर भुवनले ८ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए। वसन्त रेग्मीले २ तथा सोमपाल कामी, शक्ति गौचन र सागर पुनले १–१ विकेट लिए। वसन्तले युगान्डाको अन्तिम विकेटका रूपमा देउसडेडिट मुहुमुजालाई आउट गरी प्रतियोगिता सर्वाधिक १४ विकेटका साथ टुंग्याए।

Sunday, September 21, 2014

आइतबारका पत्रपत्रीकामा मुख्य खबर

September 21
राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले भारतीय गृहमन्त्री राजनाथ सिंहको भनाईलाई प्राथमिकताका साथ छापेका छन् । सिंहले- नेपालमा शान्ति भए भारतमा पनि शान्ति छाउने, भारतको चाहाना नेपालको शान्ति, स्थायित्व र विकास रहेको बताएका थिए ।
नयाँ पत्रिकाले नेपालले चीनसँग दुई नयाँ नाका खोल्न लागेको, उपत्यकामा छाडा छोडेका बहर लिलामबाट ६९ हजार राजस्व संकलन भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले ६ महिनाकी गर्भवतीलाई निर्ममतापूर्वक जलाइएको, एमाले अध्यक्ष केपी ओलीले २० दिन सम्म मैदानमा बाँच्न चाहान्छु भनेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले संवाद समिति फेरि सक्रिय भएको, एमबीबीएस भर्नामा थप अन्योल भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले कांग्रेस भ्रातृ संस्था लथालिंग भएको, नेपालको विकासमा सघाउन भारत तत्पर रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
1
2
3
4
5
6

Saturday, September 20, 2014

शनिबारका पत्रपत्रीकामा मुख्य खबरहरु

September 20

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले बेलायत टुक्रिनबाट बचेको, संसदको अवरोध जारी रहेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।


नयाँ पत्रिकाले७० प्रकारका औषधि निःशुल्क पाइने, सेनाको दूरबिन खरिद प्रकरणमा एउटै ठेकेदार स्वदेशी र विदेशी भएको, खबरलाई प्राथमिकताका साथ छापेको छ ।

राजधानी दैनिकले माओवादीमा विवाद चर्कँदो अवस्थामा रहेको, पीडीएमा हस्ताक्षर भएको, भारतले नेपालमा छिटो संविधान बनेको हेर्न चाहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।


अन्नपूर्ण पोस्टले भारतमाथि शंका नगर्न राजनाथले आग्रह गरेको, पत्रकार ठहर गर्ने व्यक्ति कि सूचक भनि न्यायाधीशले प्रश्न गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।


गोरखापत्रले प्रधानमन्त्री न्युर्योक गएको, समझदारी कार्यान्वयन गर्न इच्छाशक्ति चाहिन्छ भने, संसद बैठकको अवरुद्ध जारी रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1
2
3
4
5
6
- See more at: http://www.onlinekhabar.com/2014/09/190932/#sthash.VzZxJgwB.dpuf

Wednesday, September 17, 2014

बुधबारका पत्रपत्रीकामा मुख्य खबर

September 175
राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले बैद्य माओवादी नआएपछि गोलमेच सम्मेलन भाँडिएको, चाडपर्वका लागि विशेष सुरक्षा योजना लागू भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।4

नयाँ पत्रिकाले
गोलमेच सम्मेलन रोकिनुको कारणसहितको खबर, एसएसपी रमेश खरेलविरुद्धको कारबाही स्थगित भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।1

 राजधानी दैनिकले
पीडीए मस्यौदामा एमालेको २९ बुँदे असहमति भएको, सार्कमा सहज भिसाका लागि औपचारिक प्रस्ताव गर्दै नेपाल र उपनिर्देशक कुर्मीसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा लागेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 3

अन्नपूर्ण पोस्टले मिलेमतोमा नाफाखोरलाई उन्मुक्ति पाएको, माथिल्लो कर्णाली पीडिए मस्यौदा परिमार्जनपछि हस्ताक्षर भएको, बालविवाहले सम्बन्ध विच्छेद बढाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।2

सोमबारका छापामा मुख्य खबर

September 174
राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको, दुई छोरीसँगै एमाओवादी अध्यक्ष प्रचण्डले दागबत्री दिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।3

नयाँ पत्रिकाले
कांग्रेस महाधिवेशन एक वर्ष लम्बिएको, बोगटीको निधनले माओवादी हेडक्वाटर मर्माहत भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।naya patrika

  राजधानी दैनिकले चार वर्षपछि कांग्रेसलाई पूर्णता दिइएको, सर्वदलीय सम्मेलनको एजेन्डामै विवाद भएको, एमालेभित्रको विवादले पीडीए रोकिएको खबरलाई प्राथमिकताका साथ छापेको छ । अन्नर्पूणले माथिल्लो कर्णालीमा पीडीए गर्न एमालेको अवरोध भएको, तीन सय नेपाली कामदार लैजान इजरायल सहमत भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।1

नागरिक दैनिकले नेपाली दूतावासमा भारतीय अड्डा, कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।2

Tuesday, September 16, 2014

७१ दलका नेतालाई बनाएको खाना क-कसले खाए ? संसदको क्यान्टिनमा प्रधानमन्त्रीको 'गोलमेच लन्च'

September 16
काठमाडौं । मोहन वैद्यसँग टेलिफोनमा कुराकानी गरेपछि गोलमेच सम्मेलन रद्द गरेका प्रधानमन्त्री सुशील कोइराला संविधानसभाको ल्होत्से भवनबाट झोक्किँदै संसद सचिवालयको क्यान्टिनतिर लागे । प्रधानमन्त्रीको पछि-पछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री बामदेव गौतम, एमाओवादी नेता टोपवहादुर रायमाझी, गिरिराजमणी पोखरेल, फोरम लोकतान्त्रिकका बिजय गच्छदार र फोरम नेपालका उपेन्द्र यादव पनि क्यान्टिनतिरै लागे ।

 गोलमेच सम्मेलन रद्द भए पनि प्रधानमन्त्रीले क्यान्टिनमै गोलमेच बनाउन लगाए । लामो प्लास्टिकको टेबुलका दुबैतिर कुर्सी राखिए । प्रधानमत्रीसँगै नेताहरु पनि गोलमेच जस्तै गरी दुबैतिर बसे । संविधानसभामा प्रतिनिधित्व गर्ने प्रायः सबै दलका नेताहरु प्रधानमन्त्रीको वरिपरि बसेपछि त्यहिँ शुरु भयो अनौपचारिक गोलमेच । सरल स्वभावका कोइराला झोक्किँदै थिए- यस्तो खेलाँची पनि हुन्छ ?

 हृदयेश त्रिपाठी, कृष्ण सिटौला लगायतका नेताहरु ‘लन्च’ को लाइनमा बसे । त्यहीबेला प्रधानमन्त्रीलाई फोन आयो । मोबाइलमा हेलो भन्दै निस्किएका प्रधानमन्त्री ५ मिनेटपछि आफू बसेको ठाउँमा फर्किए । ‘बैद्यको फोन हो, अब तपाईसँग के कुरा गर्ने भन्दिएँ’ वरिपरि रहेका नेताहरुलाई सुनाउँदै प्रधानमन्त्री कोइरालाले भने- ‘जसले मागेको हो, ऊ आफैं नआउने पनि हुन्छ दुनियाँमा ?

७३ दलका नेतालाई बनाएको खाना क-कसले खाए ?
गोलमेचका लागि सचिवालयले ७३ दलका नेताहरुका लागि तयार पारेको लन्च अन्ततः संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दल र दुई स्वतन्त्र सभासदले खाए । यही मेसोमा शान्ति मन्त्रालयले पत्रकार, कर्मचारी र सुरक्षाकर्मीहरुलाई पनि लन्च खुला गर्‍यो । प्रधानमन्त्री लन्चका लागि लाइनमा बसे । उनलाई अगाडि लैजान खोज्दा मानेनन् । ‘अघि बसेका मान्छेलाई मिचेर म कसरी लाइन मिच्न सक्छु ?’ उनले भने । पूर्वप्रधानमन्त्री माधव नेपालले निकै आग्रह गरेपछि उनले नेपालभन्दा अगाडि गएर खाना लिए । एक टुक्रा कुखुराको मासु, दाल, फर्सीको मुन्टा अनि दुई टुक्रा रोटी । क्यान्टिन सञ्चालकले गोलमेच सम्मेलनका लागि करीव ५ सय जनाका लागि दिवाभोज तयार पारिएको बताए । गोलमेच सम्मेलन नभए पनि गोलोमेचमा लन्च खाएर नेताहरु आ-आफ्नो गन्तव्यतिर लागे । बैद्य मोर्चाले गोलमेच बहिस्कार गरेकोमा प्रायः सबै नेताहरु उनलाई दोष दिइरहेका थिए । उपेन्द्र यादव भने-‘ठूलो मौका गुमाए बुढाले ।’

Monday, September 15, 2014

सोमबारका पत्रपत्रीकामा मुख्य खबर

September
राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको, साना ग्राहकका लागि विद्युत महशुल बढेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।2

नयाँ पत्रिकाले
कूटनीतिक नियोगको भाडामा वाषिर्क ६० करोड खर्च हुने, एमालेमा अध्यक्ष केपी ओली र नेता माधबकुमार नेपालबीच आरोप प्रत्यारोप भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । नागरिक दैनिकले अफिम खेती फैलँदै गरेको, एमबीबीएस पढ्न सिट कटौती भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
 1
राजधानी दैनिकले
सार्कको साझा एजेन्डा आतंकवाद नियन्त्रण रहेको, पुरस्कारका लागि नलेख्नेले मदन पुरस्कार पाएको खबरलाई प्राथमिकताका साथ छापेको छ । 3

अन्नपूर्ण पोस्टले
महसुल वृद्धि, बिनाहस्ताक्षर निर्णय भएको, पृथक्ताको नारा दिने सीके राउनको परिचयसहितको खबरलाई प्राथमिकताका साथ छापेको छ ।4

5

Sunday, September 14, 2014

आइतबारका पत्रपत्रीको मुख्य खबर

September 14
राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले राजनीतिक सभाको कार्यविधि टुंगो लागेको, संविधान मस्यौदा समिति अप्ठेरोमा परेको खबरलाई प्राथमिकताका साथ छापेका छन् । 5

नयाँ पत्रिकाले मेलम्चीको पानी ०७३ वैशाख १ भित्र आउने, देश टुक्रयाउने माग राख्ने सीके राउत पक्राउ परेको, महाधिवेशन स्थगित भएपछि नेविसंघका प्रतिनिधि निराश भएर फर्किएको खबरलाई प्राथमिकताका साथ छापेको छ । 1

 नागरिक दैनिकले मनपरी ट्याक खन्दा पहिरो गएको, डोजरले पहाड खोस्रिएका पहाड जोखिममा रहेको, एसएमएस मार्फत विषादीको चेतना दिइने खबरलाई प्राथमिकताका साथ छापेको छ । 3 


अन्नपूर्ण पोस्टले मलेसिया पठाएको कन्टेनर धादिङ नपुग्दै खाली भएको, बुधबारदेखि दसैंका नयाँ नोट आउने खबरलाई प्राथमिकताका साथ छापेको छ ।2

 राजधानी दैनिकले सर्वदलीय राजनीतिक सम्मेलनमा ६५ दल रहेको, मन्त्री फेरबदलप्रति माधव नेपाल पक्ष आक्रामक भएको, फेरि १४ प्रतिशत विद्युत महसुल बढाउने तयारी रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।4

Saturday, September 13, 2014

शनिबारका छापामा मुख्य खबर

September 13

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले संविधानसभा भवनमै गोलमेच सम्मेलन हुने, एमालेले दुई मन्त्रीलाई फिर्ता बोलाएर महेश बस्नेत तथा दीपचन्द्र अमात्यलाई मन्त्री बनाएको खबरलाई प्राथमिकताका साथ छापेको छ । 6

नयाँ पत्रिका
३१ भदौमा गोलमेच सम्मेलन हुने, संविधानका बाँकी विवाद मिलाउन शीर्ष नेतालाई नै जिम्मा दिइएको, गोलमेच सम्मेलनको मिति तोक्न तीन महिना लागेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 1

राजधानी दैनिकले
 टीकाको शुभसाइत असोज १७ गते सवा १० बजे उत्तम रहेको, प्रधानन्यायाधीशमा रामकुमारप्रसाद साह सिफारिस भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । 22

नागरिक दैनिकले गुजारा चलाउनै मुस्किल भएको आवरण कथा, महँगीले सत्यनाश पारेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।3

  अन्नपूर्ण पोस्टले कास्मिरमा बाढी आएको सप्तरीमा रुवाबासी भएको, अदालतको छवि उचाल्लने प्रधानन्यायाधीशमा सिफारिस भएका रामकुमारप्रसाद साहले बताएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।4

Friday, September 12, 2014

शुक्रबारका पत्रपत्रीकामा मुख्य खबर

September 12
राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले राष्ट्रिय राजनीतिक सम्मेलन अनिश्चित भएको, दलहरुबीच मिति, एजेन्डा र संयन्त्रमा विवाद रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 6

नयाँ पत्रिकाले
गोलमेच गोलचक्करमा परेको, प्रधानसेनापति सरकारी खर्चमा निजी भ्रमणमा रहेको, महाधिवशेनको मिति नटुंगिँदै नेविसंघका प्रतिनिधि आउन थालेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।  1

नागरिक दैनिकले 
 जाली पासपोर्ट प्रयोग गरेर सिरीयालीहरु नेपाल आउने गरेको, संविधान नबनाउन आफूलाई दबाब आएको बाबुराम भट्टराईको भनाइ रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।2

राजधानी दैनिकले कामै नगरी म्याद थप्न प्रस्ताव गरिएको, व्यापारी हत्याको चार वर्षपछि दुईगुन्डा नाइके पक्राउ परेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।  3

अन्नपूर्ण पोस्टले
त्रिदेशीय समझदारीको केन्द्र नेपाल बनाउन चीनले प्रस्ताव गरेको, जलविद्युतमा लगानी गर्न विदेशी इन्छुक रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।4

Thursday, September 11, 2014

बिहीबारका पत्रपत्रीकामा मुख्य खबर

September 11
राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले दलहरुबीच दूरी बढ्दो अवस्थामा रहेको, भदौ सम्ममा संविधानका अन्तरवस्तुमा सहमति नभए निर्वाचन प्रणालीबाट अघि बढ्ने एमालेले निष्कर्ष निकाले, एमाओवादी अध्यक्ष प्रचण्डले सहमतिका लागि उच्च संयन्त्र वा राष्ट्रिय सरकारका लागि प्रस्ताव गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।  5

नयाँ पत्रिकाले ठगहरुले आफैं अपहरणको उजुरी गर्न थालेको, कोटेश्वर कलंकी सडक निर्माण अवरुद्ध भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।  1

अन्नपूर्ण पोस्टले नेताको उपचारले राष्ट्रको ढुकुटी रित्तिँदै गएको, सर्वपक्षीय सभाको वैधतामा युरोपेली चासो, कलाकर्मीले राष्ट्रिय परिचयपत्र पाउने खबरलाई प्राथमिकताका साथ छापेको छ । 2

नागरिक दैनिकले राजदूतले मनोमानी ढंगले खर्च गर्ने गरेको, सभासदले नै किर्ते गरी पीडितहरुको पैसा झिक्ने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ । 3

राजधानी दैनिकले काठमाडौंदेखि खासासम्म सुन तस्करीको जालो रहेको, सार्क राष्ट्रमा सहज भिसाका लागि नेपालले पहल थालेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।4

Wednesday, September 10, 2014

बुधबारका छापामा मुख्य खबरहरु

September 10
राजधानीबाट बुधबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले दुई माओवादीसँग कांग्रेस एमाले सशंकित भएको, दसैंका लागि अगि्रम टिकट बुकिङ खुल्ला भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।  

नयाँ पत्रिकाले दुवै माओवादी भद्रगोल अवस्थामा रहेको, राष्ट्रिय राजनीतिक सम्मेलन गर्न मिति र एजेन्डामा सहमति नभएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।1

 नागरिक दैनिकले बुढीगण्डकीमा कांग्रेसले अवरोध गरेको, तीन दलबीच विश्वासको संकट हुँदा संविधान नबन्ने अवस्था आएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।  2

राजधानी दैनिकले एमाओवादीको सबै आन्तरिक काम लथालिंग भएको, सार्वजनिक कार्यक्रममै कांग्रेस भित्रको आन्तरिक विवाद छर्लङ देखिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।3

 अन्नपूर्ण पोस्टले प्रधानमन्त्री सुशील कोइराला न्युयोर्क जानुअघि सभा गर्ने पक्षमा रहेको, त्रिशुली-काठमाडौं सडकमा पहिरो गएको ८० यात्रुको उद्दार गरिएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।