Showing posts with label बिचित्रसंसार. Show all posts
Showing posts with label बिचित्रसंसार. Show all posts

Saturday, September 20, 2014

बाँसको तामाझैँ बढिरहेका विश्वका सबैभन्दा अग्ला बालक (फोटोफिचर सहित)

September 20

karan4
उनी बल्ल ५ वर्षका भए । तर उनको उचाइ हेर्दा त्यो सामान्य मानिसको अधिकतम उचाइ हो । ५ फिट ७ इन्च अग्ला करन सिंहको जिउ अग्लिने क्रम रोकिएको छैन । बाँसको तामाझैँ उनी चढिरहेका छन् ।
भारतको उत्तर प्रदेशस्थित मेरुटका करन सिंह सन् २००८ मा जन्मिँदा विश्वका सबैभन्दा अग्ला र वजनदार बालकको रुपमा तत्कालै गिनिज बुकमा नाम लेखाएका थिए । करन आफुमात्र अग्लो होइनन् । उनका बुवा र आमा दुबैको उचाइ निकै धेरै छ ।
karan2
बुवा संजय ६ फिट ७ इन्च अग्ला छन् भने आमा स्वेत्लाना सिंह त झन् ७ फिट ३ इन्च अग्ली छिन् । २६ वर्षकी स्वेत्लाना दक्षिण एसियाकी सबैभन्दा अग्ली महिलामध्ये एक हुन् । उनले भारतकी सबैभन्दा अग्ली महिलाको ताज समेत पहिरिएकी थिइन् ।
पाँच वर्षअघि जन्मिँदा नै करणको जिउ असाधारण थियो । जन्मिँदै उनको तौल ७ किलो तथा लम्बाइ २ फिट थियो ।
‘जन्मिँदै ऊ निकै अग्लो तथा वजनदार थियो । हामीले उसको जिउमा कुनै रोग भएकाले त्यस्तो भयो की भन्ने सोच्यौँ । तर डाक्टरहरुले भने ऊ स्वस्थ र ठीक रहेको बताए’, करनका पिता ३५ वर्षीय संजय भन्छन् ।
विश्वमा करन जत्तिको तौल तथा लम्बाइको बच्चा अहिलेसम्मै जन्मिएको छैन । त्यसले डाक्टरहरुलाई समेत अचम्ममा पारेको संजय बताउँछन् ।
करन यति अग्लो हुनुको कारण उनको जिन अर्थात् वंशाणु नै हो भन्नेमा शंका छैन । उनका बुवा आमा अग्ला भएकै कारण उनको उचाइ यतिविधि भएकेा हो ।
संजय भन्छन्, ‘हामी सबै परिवार अग्ला छौँ । म कहीँकतै गएँ भने भिडभाडमा म नै अग्लो हुन्छु । तर जब घरमा आउँछु श्रीमतीको अगाडि भने फुच्चे देखिन्छु ।’
अबका केही वर्षमा छोरो समेत आफुभन्दा अग्लो हुने उनको अनुमान छ ।
karan1
आफ्नो अग्लाइँका कारण करनले अहिलेसम्म कुनै हैरानी भोग्नुपरेको छैन । आफुले कसैले पनि अहिलेसम्म नगिज्याएको उनी बताउँछन् । तर कहिलेकाहीँ बास्केटबल र क्रिकेट खेल्दा साथीहरुले आफुलाई झेली गरेको आरोप लगाउने गरेको उनको अनुभव छ ।
नोभेम्बरमा छैटौँ बर्थडे मनाउन लागेका करन आफ्ना सबै दौँतरी भन्दा निकै अग्ला छन् ।
भविष्यमा व्यवसायिक बास्केटबल खेलाडि भन्ने धोको सँगालेका करनलाई उनकी आमा स्वेत्लानाले सिकाइरहेकी छिन् । उनी स्थानीय विद्यालयमा बास्केटबल प्रशिक्षक हुन् र भारतको राष्ट्रिय खेलाडिको रुपमा समेत प्रतिस्पर्धा गरिसकेकी छिन् ।
karan3
तर आफ्नो निकै बढ्दो उचाइका कारण उनमा चिन्ता थपिएको छ र भोलि छोराको पनि सोही हालत हुनेमा उनी चिन्तित छिन् ।
‘केही वर्षमै मेरो उचाइ डेढ इन्च बढ्छ । यो हर्मोनको अत्यधिक उत्पादनका कारणले हो,’ स्वेत्लाना भन्छिन् ।
करनको पनि यसैगरी उचाइ बढ्दा स्वास्थ्यमा असर पुग्ने डर आफुमा भएपनि छोरो स्वस्थ रुपमा हुर्किरहनेमा उनी आशावादी भने छिन् ।
basket
असाधारण रुपमा अग्लो बच्चा हुर्काउन निकै कठीन हुने अनुभव उनको छ । खासगरी उसलाई मिल्ने कपडा पाउन सबैभन्दा गाह्रो हुँदोरहेछ । करन सानो छँदा उनलाई मिल्ने डाइपर समेत कुनैपनि पसलमा पाइँदैनथे ।
अहिले उनले छोराका लागि बच्चाका लुगाफाटा नभएर वयस्क मानिसका लागि मिल्ने लुगाफाटा किनिदिन्छिन् । जो उनलाई ठीक्क हुन्छ । एजेन्सीको सहयोगमा
karanbaby
अढाइ वर्षको छँदा नै करन अन्य भन्दा निकै अग्ला थिए
- See more at: http://www.onlinekhabar.com/2014/09/191020/#sthash.59TRumut.dpuf

Thursday, September 18, 2014

पर्साका आकाशको आहार सर्प र किराफट्याग्रा

September 18

साधारण रुपमाको खाना भात, दाल तरकारी भए पनि पर्साको आकाश तत्वाको आहार किरा फट्याग्रा र सर्प भएको विश्वास गर्ने कमै होलान तर पर्सा जिल्लाको गाबिस प्रसौनी बिर्ता वडा नं. ७ मा बस्ने आकाश दास तात्वाले बिगत ६ महिनादेखि यस्तै आहार गरिरहेका छन्।
 
आकाशले बितेको ६ महिनामा आकारमा  दर्जनौ गड्यौला,एक दर्जन भ्यागुतो, किरा फट्याङ्रा ,कमिला खाइसकेका उनका परिवारजनाको भनाइ रहेाको छ। तराईमा टर्पको टोकाइले बर्षेनी दर्जनौ व्यक्तिको मृत्यु हुने गरेको छ।
तर उनले खोजी खेाजी सर्प र सर्पबाट निस्कने तेल पनि खानेगरेको तात्वाका बुवा किसोरी दासले बताए।  शैक्षिक योगता मात्र कक्षा ३ सम्म रहेको र १३ वर्षीय तत्वाले जिविको पार्जन गर्नका लागि स्टील दराजको कारखानामा काम सिकिरहेको उनले बताए।
खास गरेर नेपालमा नै  मानिसले नखाने जीवजन्तु आकाशले सजिलै जिउँदै खानथालेपछि उनको यस क्षेत्रमा निकै चर्चा चलिरहेको छ। आकासले गरेको कृयाकलापबाट गाउँबासि तथा छिमेकि गाउँका मानिसहरुको उनलाइ हेर्न भीड समेत हुने गरेको छ। 

Sunday, September 14, 2014

जो बन्चराले दाह्री काट्छन्

September 13
आजकाे कान्तिपुर दैनिक लेख्छ आफ्ना जनता का लागि खाद्यान्न जोहो गर्न गत सोमबार दैलेखको घोडाबास जगंलबाट सुर्खेत हुदै राजधानी आइपुगेका चार जना राउटे लाई शनिबार कलंकीस्थित एलआरआई उच्च माविको भ्रमणमा पुगेकाबेला विद्यार्थीहरुले सोधे ।  राउटे दाई तपाइहरु जुगाँ, दाह्री र नङ केले काट्नुहुन्छ ?

विद्यार्थीको प्रश्नमा मुखिया सुर्जेनारायण शाहीले माइक्रोफोनबाट बोल्दै भने, बासुलोरबन्चरोले दाह्री ताछ्म्म । नङ काट्छम्म, यो जवाफले आश्चार्यचकित बने विद्यार्थी । मुखियाले यसै प्रश्नमा उत्तर थपे, अहिले केहीले दाह्री काट्न ब्लेट र नङकाटो पनि चलाउछन तर बासुलो र बन्चरो छाडीसकेका छैनौ, त्यही सजिलो लाग्छ। । पुर्खादेखी चलेको ।
मोबाइल तथा घडी र तमाखु लिनुपरे कुन छान्नुहुन्छ रुु राउटे लाई विद्यार्थीहरुबाट अर्को प्रश्न सोधियो । उत्तरमा राउटे मुखियाले भने, तपाईको मोबाइल घडीले के गर्ने त्यो तपाई नै राख्नुहोस तमाखु भए लैजाउला, स्कुलको हलमा भेला भएका विद्यार्थीहरु मुखियाको जवाफले चकित पर्दै हाँसे । हामीलाई मोबाइल, घडीको के काम रु पिता पुर्खाले नगरेको काम हामी गर्दैनौ । तखामु हाम्रो अम्मल हो । तपाईहरु खुसी भएर तमाखु, सुर्ती दिनुहुन्छ भने लिइदिम्ला ।

कबिलामा बस्न नरुचाउने फिरन्ते राउटे को जवाफले एलआरआईका मात्र नभई त्यहा भैरहेको उपत्यकाव्यापी बासकेटबल प्रतियोगीतामा आएका राजधानीका अरु विद्यालयका विद्यार्थी पनि चकित परे । शनिबार एलआरआई स्कुलमा राउटे समुदाय र विद्यार्थीबिच भएको दोहोरो अन्र्तक्रिया जति रोचक सुनिन्थ्यो । त्यो भन्दा रोचक राउटे मुखियाले आफ्नो समुदायबारे विद्यार्थीहरुका जिज्ञाषामा भनेका उत्तर गम्भीर थिए ।

Monday, September 8, 2014

हिममानवको रहस्य खुल्यो

September 8
लन्डन – हिमाली क्षेत्रमा मानिसजस्तो अनौठो जीव (यती) रहेको बारे वर्षाैंदेखिको रहस्य खुलाएको एक बेलायती वैज्ञानिकले दाबी गरेका छन्। लन्डनस्थित अक्सफोर्ड विश्वविद्यालय मानवीय आणुवंशिक अनुसन्धानका प्राध्यापक ब्रायन स्काइजले उक्त जीव प्राचीन ध्रुवीय (पोलार) भालु र खैरो भालुको वर्णशंकर प्रजाति मात्र भएको अनुसन्धान निष्कर्ष सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन्।

 धेरै वर्षदेखि पर्वतारोही र स्थानीयले हिमाली क्षेत्रमा मानिसजस्तो अनौठो जीव 'यती' सँग जम्काभेट भएको दाबी गर्दै आए पनि ठोस प्रमाण नहुँदा हिममानव हिमाली क्षेत्रको रहस्यमै थियो। हिमाली क्षेत्रका फरकफरक दुई स्थान भारतप्रशासित कस्मिरको लद्दाख र त्यहाँबाट करिब १ हजार ३ सय किमिपूर्व भुटानका स्थानीयले यती भनिएको अज्ञात जीवको रौं र नर्वेमा फेला परेको प्राचीन ध्रुवीय भालुको चिउँडोको डिएनए मेल खाएको ब्रायनको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ।

 ध्रुवीय भालु ४० हजारदेखि १ लाख २० हजार वर्षसम्म अस्तित्वमा थियो। ब्रायनले धेरै वर्षदेखि विभिन्न जीवका डिएनए संकलन गर्दै आएका छन्। उनले जटिल प्रकारको डिएनए विश्लेषणबाट यससम्बन्धी रहस्य सुल्झाउन सफल भएको बताएका छन्। उनले यसलाई अनपेक्षित र आश्चर्यजनक भनेका छन्। 'रोमान्चक तथा पूर्णरुपमा अनपेक्षित परिणाम आएको छ, त्यसले हामी सबैलाई आश्चर्यमा पारेको छ। तर यसको अर्थ अहिले पनि ध्रुवीय भालु हिमालय क्षेत्रमा डुल्दैछ भन्ने होइन,' ब्रायनले भनेका छन्।

 उनले आफ्नो अनुसन्धानबाट प्राप्त प्रमाणले प्राचीन ध्रुवीय भालुको प्रजाति अहिले पनि हिमाल क्षेत्रमा छ भन्ने दाबी भने गरेका छैनन्। दुवैको बासस्थान खापिँदा नयाँ प्रजातिको जन्म भएको हुनसक्ने उनको भनाइ छ।  बेलायतका पर्वतारोही एरिक सिप्टोनले सन् १९५१ मा सगरमाथा आधार शिविरमा भेटिएको 'यती' का पाइलाका डोबको फोटा सार्वजनिक गरेपछि विश्वभर यसले चर्चा पाएको थियो।

 बिनाअक्सिजन पहिलोपटक सगरमाथा आरोहरण गरेका विख्यात आरोही राइहोल्ड मेस्नरले पनि सन् १९८६ मा तिब्बतमा डरलाग्दो जीवसँग जम्काभेट भएको बारे अध्ययन गरेका थिए। उनले त्यहाँ ३ सय वर्षअघिको तिब्बतीय पाण्डुलिपि भेटेका थिए। चिमो (यतीको स्थानीय नाम) बारे पाण्डुलिपिमा 'यति बसोबास अयोग्य रहेको हिमाली क्षेत्रमा बस्ने भालुको एक प्रजाति' रहेको उल्लेख भएको समाचारमा जनाइएको छ। 'विज्ञानले कुनै पनि तथ्यलाई स्विकार्ने वा नकार्ने गर्दैन।

 यसले कुनै पनि तथ्यलाई परीक्षण गर्छ र त्यो मैले गरिरहेको छु,' ब्रायनले भनेका छन्। उनको अनुसन्धानलाई प्रमुख विषय बनाएर च्यानल फोरले आइतबारदेखि तीनवटा वृत्तचित्र प्रसारण गर्दैछ। यससम्बन्धी उनको पुस्तक आगामी वसन्त ऋतुमा प्रकाशित हुँदैछ। घटना र बिचार.कम सहकर्मी सुनिता खनाल 

Saturday, September 6, 2014

२० किलोको हात बोकेर बाचेकी छन् यी महिला (फोटो फिचर )

September 6
संसारमा जति पनि मानिस ति सबैका फरक गुण हुने गर्दछ |कसैलाई पनि आफुलाई चाहेजस्तो गरेर बाच्ने छुट नहुन सक्छ |त्यस्तै थाइल्याण्डको सुरिन प्रान्तकी डुआंगजे समाकसमामका ठुला हातका कारण उनि आफुले चाहेजस्तो जिवन बाच्न पाएकी छैनन् big-hend

|उनका हात यति ठुला छन कि देख्ने जो कोहि पनि अचम्ममा पर्न सक्छ | ५९ वर्षकी डुआंगजे विश्वकी एकमात्र मानिस हुन् जसलाई म्याक्रोडिस्ट्रोफिया लिम्फोमास्टोसा भन्ने रोगले सताएको छ |जसको कारण उनको हात सुन्निएर धेरै ठुलो भएको छ |big-hend-4

उनको हातभरी बोसो थुप्रिएर २० किलो भएको छ । सुन्दा पनि अचम्म लाग्छ ,२० किलोको हात भनेर तर बास्तबिकता यहि हो उनि यहि समस्या बाट ग्रसित छिन | सानै बाट उनलाई यस प्रकारको रोग लागेको थियो र स्कुल पनि जना पाएकी थिईनन |big-hend-3

तर समय जादै गर्दा बुढा भएका बाबा आमा पाल्नुपर्ने समस्या भएको कारण आफै पसल गर्न थालिन |उनको यस्तो दुर्लभ अवस्था देखेर डाक्टरहरु अचम्ममा परे ।जति नै प्रयास गरेपनि आफ्नो रोगको उपचार नभएपछि उनि दिक्क भएकी छन |big-hend-2

डाक्टरले पनि यो रोगको कुनै औषधि नभएको बताएपछि उनि दोधारमा छन् |दुवै हात काटेर फ्याक्नु मात्र यसको विकल्प रहेको डाक्टरले बताएपनि उनि आफ्नो हात काटेर नफाल्ने पक्षमा छिन |big-hand-5

Friday, September 5, 2014

जनकबहादुरको पेटबाट निकालियाे फलामका चारवटा डण्डी !

September 5
जुम्ला । मानिसको पेटमा घन्टाका रालो अर्थात फलामको डण्डी । त्यो पनि चार वटा । झट्ट सुन्दा पत्याउन गाह्रो छ । तर, जुम्ला महावैपातर खोलाका ४७ वर्षका जनकबहादुर शाहीको पेटबाट ४ वटा फलामको टुक्रा निकालिएको छ । Janak-bahadur-shahi
 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर समेत रहेका डा. निरेश थापासहितको टोलीले अप्रेसन गरेर शाहीको पेटबाट चार वटा फलाम निकालेको छ । सुरुमा शाही अस्पताल भर्ना हुँदा चिकित्सकहरुले एपेन्डिसाइटिस्का अनुमान गरेको थिए ।

‘६ दिन अगाडि आएको तर चार दिनदेखि पेट दुखेको भन्दै आउनु भएको थियो । हामीलाई पत्यार लागेन’ डा. थापाले टेलिफोनमा भने-’जब एक्सेरे रिपेार्ट आयो, हामी पनि आश्चर्यमा पर्‍यौं ।’ गाउँघरमा धामीको काम गर्ने शाहीले दुई महिनाअघि जात्राका क्रममा ‘देउता चढेको’ भनेर धामी नाच्दै हिँड्ने क्रममा घण्टाको रालो निलेको बताए ।

आफूलाई यो मुल देवता नभई बहान चढेेको र त्यसबेला रालो नरम भएर आएकाले सजिलै निलेको उनको दावी छ । आफूले यसअघि पनि ३०५ घटा किला खाइसकेको शाहीको दावी छ । ‘पत्याउन निकै गाह्रो छ’ डा. थापाले भने-’कपास खाएको त देखेको हो तर, यस्तो पहिलो पटक देख्दैछु ।

 म पनि निकै आश्चर्यमा परेको छु ।’ उनका अनुसार फलामको रडका कारण शाहीको आन्द्र फुटेको थियो । अप्रेसनपछि चार वटा फलामको टुक्रा निकालेर आन्द्रा सिलाइएको छ । बिहीबार राति ९ बजेतिरबाट सुरु भएको अप्रेसन १२ बजे सकिएको थियो ।

 ‘अहिले विरामीको अवस्था ठिकै छ’ कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर थापाले भने-’हिडडुल गर्न थाल्नु भएको छ ।’

Wednesday, September 3, 2014

दुर्इ डलरमा भर्चुअल गर्लफ्रेण्ड


September 3 चीनको अग्रणी अनलाइन सपिङ वेबसाइट ताओबाओले पुरुष प्रयोगकर्ताहरुलाई सस्तोमा भर्चुअल गर्लफ्रेण्डको सेवा उपलब्ध गराउने भएको छ । उसले कम्तिमा २ डलरमा एक दिनभरको लागि गर्लफ्रेण्डको सामिप्यता प्रदान गर्नेछ । यस्तो गर्लफ्रेण्ड सेवा अन्तरगत एकजना जागिरेलाई भाडामा लिइन्छ जसले ग्राहकलाई बिहानमा उठाउन तथा साँझमा गुड नाइट भन्ने देखि लिएर दिउसो उसका गुनासा सुन्ने र सहानुभुति दिनका लागि फोन तथा टेक्स्ट म्यासेज गर्ने काम गर्नेछिन् । ‘एकल पुरुषको सपना साकार पार्नका लागि तपाइँले अब केवल २० देखि ३० युआन खर्च गरे पुग्नेछ’, एकजना ग्राहकले खुसी हुँदै भनेका छन् । यस्तो सेवा केवल गर्लफ्रेण्डमा मात्र सिमित हुनेछैन । भर्चुअल ब्वायफ्रेण्डको सेवा पनि उपलब्ध गराइनेछ । यस्ता ब्वायफ्रेण्ड समेत छानी छानी बनाउन सकिनेछ, जस्तै औपचारिक पोषाकधारी, प्रमुख कार्यकारी, सुन्दर वा सजिलो मान्छे । यसरी कसैको भर्चुअल गर्लफ्रेण्ड हुन निकै अप्ठेरो हुने अनुभव एकजना भाडाकी भर्चुअल गर्लफ्रेण्ड जिओमीको छ । आफुले बिहानै ग्राहकलाई उठाउनुपर्दा रातमा मज्जाले सुत्न नपाएको र जतिखेर पनि ग्राहकको फोन आउनसक्ने कारणले मोबाइलमै आँखा गाड्नुपरेको बताउँछिन् उनी । भर्चुअल गर्लफ्रेण्ड खरीद गर्नेको संख्या बढ्दै गएको बताइएको छ । अहिलेसम्म धेरैले सुरुमा एक दिनका लागि मात्र भएपनि गर्लफ्रेण्डको स्वाद लिउँ भन्ने चाहना व्यक्त गरेका छन् र पछिल्लो समयमा यसको बजार बढ्दैछ । स्मरण रहोस् ताओबाओमा ड्रोन देखि लिएर जिउँदा बिच्छी तथा मानिसको दुधबाट बनेको साबुन समेत बिक्रि गरिन्छ । अहिले सुरु गरिएको भर्चुअल पार्टनरको व्यापार पनि ताओबाओका राखिएका १० असामान्य वस्तुको व्यापार मध्ये एक हो ।

Tuesday, September 2, 2014

जसलाई डाक्टरले भोकै मार्न भनेका थिए-आमाले नमान्दा विश्वकै चर्चित भए (फोटोफिचर सहित)


जन्मिँदै उनको घाँटी भाँच्चिएको जस्तो गरि टाउको पिठ्युँतर्फ पल्टिएर लत्रिएको थियो । हातखुट्टा पनि कामै नलाग्ने जस्ता थिए । यस्तो बच्चालाई बँचाउनु भन्दा भोकै राखेर मर्न दिनु राम्रो हुन्छ भनेर डाक्टरहरुले उनकी आमालाई सुझाए । Claudio-Vieira-de-Oliveira-1 तर, आफ्नो कोखको सन्तानलाई भोकै मार्न कुन आमाको मनले दिन्छ र ? त्यसैले उनले डाक्टरको त्यस्तो पापी सुझावलाई मानिनन् र आफ्नो अपाङ्ग छोराको पालनपोषण गरिन् । अहिले तिनै अपांग व्यक्ति क्लाउडियो भिरा डी ओलिभिरा ३७ वर्षका भएका छन् । ब्राजिलको मोन्टे सान्टोका बासिन्दा क्लाउडियोको अवस्था अहिलेपनि उस्तै छ । अर्थात् उनको टाउको पिठ्यँतिरै पल्टिएको छ र खुट्टाले काम गर्दैनन् । Claudio-Vieira-de-Oliveira-3
तर, उनले आफुलाई भोकै राखेर मार्न सल्लाह दिने डाक्टरलाई मात्र होइन अपाङ्गले केही गर्न सक्दैनन् भनेर हेप्ने जमातलाई गतिलै झापड दिएका छन् । यस्तो अपांगताका बाबजुत उनी अहिले लेखापालको जागिर गर्छन् र निकै उत्प्रेरणादायी सार्वजनिक वक्ता समेत बनेका छन् । ‘म बच्चादेखि आफुलाई सधै काममा व्यस्त राख्न चाहन्थेँ, मलाई अरु मानिसमा पूरै निर्भर हुन मन पर्दैन’ उनी भन्छन्, ‘मैले केही लेखापालको काम गर्छु, साथै अनुसन्धान र परामर्शको काम पनि गर्छु ।’ ‘मैले टेलिभिजन खोल्न, मोबाइल फोन उठाउन, रेडियो खोल्न, इन्टरनेट प्रयोग गर्न आफै सक्छु र यी कामका लागि कसैको सहयोग माग्नुपर्दैन ।’ Claudio-Vieira-de-Oliveira-2
कम्प्युटरमा केही कुरा टाइप गर्नुपर्दा उनले मुखमा कलम राखेर किबोर्ड दबाउँछन् । आफ्नो ओँठले मोबाइल तथा कम्प्युटरको माउस चलाउँछन् । उनका लागि भनेर बनाइएका विशेष खालका जुत्ताको सहयोगमा यताउति डुल्छन् पनि । उनको स्वतन्त्रताकै कारणले उनले विद्यालयमा पनि सफलता हात पारे र फेरिया डी सान्ता स्टेट युनिभर्सिटीमा लेखापालको जागिर पनि पाए । उनी जन्मँदै गम्भीर अपांग देखेपछि डाक्टरहरुले उनकी आमालाई यो बच्चा भविष्यमा बाँच्न सक्दैन र काम लाग्दैन भनेका थिए । क्लाउडियोकी आमा मारिया जोस भन्छिन्, ‘मानिसहरुले बच्चाले सास फेर्नै सक्दैन त्यसैले मर्दैछ भन्थे । कतिले त यो बच्चालाई कति खुवाउँछ्यौ यो मरिसक्यो पनि भन्थे ।’ aama-2
तर, जन्मिँदै मरेको ठानिएका तिनै क्लाउडियोले अहिले घरमा खुसी ल्याएका छन् । मारियाका अरु सन्तानजस्तै कामकाजी छन् उनी । घरमा पहिले देखि नै क्लाउडियोलाई उनले चाहेको कुरा गर्न दिइएको, स्वतन्त्र छाडिएको र बन्धनमा नपारिएको बताउँछिन् उनकी आमा । सोही कारणले गर्दा क्लाउडियो आत्मविश्वासी बने । उनी आफु त्यस्तो अपाङ्ग हुनुका बाबजुत पनि सहरमा डुल्न धक मान्दैनन् । गाउँछन् र नाच्छन् पनि । आठ वर्षको हुँदादेखि क्लाउडियो आफ्नो घुँडाको सहायताले हिँड्न थाले । त्यसअघि उनलाई बोकेरै यताउति लग्नुपथ्र्योँ । उनी आफै हिड्न थालेपनि लडेर घाइते नहोस् भनेर परिवारले उनलाई अर्को तलामा सार्नुपर्यो । उनका लागि सहज होस् र आफै गर्न सकुन् भनेर बेड, प्लग, लाइट तथा अन्य सामान पनि होँचोमा राखियो । उनको जिउको असाधारण आकारका कारण हि्वलचेयर समेत उनलाई काम लाग्दैनथ्यो । उनले आफ्नो त्यस्तो अवस्था भएपनि आमासँग आफुलाई स्कुल पठाउन भने । उनले स्कुल गएर अरु बच्चाबच्चीसँगै पढ्न सिके । aamma
क्लाउडियो आखिर कुन रोगका कारण त्यस्तो विकृत शारीरिक अवस्थामा जन्मिएका रहेछन् भन्ने कुरा डाक्टरहरुले हालैमात्र पत्ता लगाएका छन् । उनको त्यो रोगलाई कन्जेनिटल आर्थोगि्रपोसिस भनिएको छ । यो हाडका जोर्नीको रोग हो । जसका कारण उनको खुट्टा तथा हातका जोर्नीमा धेरै खुम्च्याई छ र सोही कारण हातखुट्टा सिधा हुँदैनन् । उनको घाँटीको हड्डीमा पनि त्यस्तै समस्या छ । ‘मैले आफ्नो जिन्दगीभर आफ्नो सरीरलाई विश्वसँग अनुकुलित गराउन सकेँ । अहिले मैले आफुलाई अरुभन्दा फरक ठान्दिन । म साधारण मान्छे हुँ’, क्लाउडियो भन्छन् । ‘आफ्नो टाउको उल्टो भएपनि मैले वस्तुहरुलाई उल्टो देख्दिन । सार्वजनिक रुपमा भाषण गर्नुपर्दा मैले भन्ने महत्वपूर्ण कुरा यहीँ हो ।’ आफु व्यवसायिक व्यक्ति बनेको, अन्तराष्ट्रिय सार्वजनिक वक्ता बनेको र विश्व भरबाट निमन्त्रणा पाइरहेको कुरा अरुलाई सुनाउँन पाउँदा उनी गौरवान्वित हुन्छन् । -डेलीमेलबाट अनुवादित

Sunday, August 31, 2014

चटनीमा लडिबुडी

31 August 

स्पेनको पूर्वी क्षेत्रमा रहेको बुनोल नाम गरेको गाउँ छ, जहाँ सडक वर्षमा एकपटक टमाटरमय हुन्छ । टोमाटिना फेस्टिभलका हजारौँ सहभागीहरूले एक–अर्कालाई टमाटर प्रहार गर्ने गर्छन्, जसकारण फेस्टिभलमा सहभागी मानिस र बुनोल गाउँ वर्षको एकपटक पूरै रातो बन्छ ।

यस वर्षको फेस्टिभल बुनोलमा आयोजना भएको छ । फेस्टिभलका लागि भनेर एक सय २५ टन पाकेको टमाटर गाउँ भित्र्याइएको थियो । फेस्टिभलमा सहभागी हुन भनेर देशविदेशबाट करिब २२ हजार मानिस बुनोल पुगेका थिए । टोमाटिना फेस्टिभलमा सहभागी हुन विभिन्न देशका मानिस स्पेन पुग्ने गर्छन् । विदेशबाट सहभागी हुन आएकासँग यसपटक प्रतिव्यक्ति १३ डलर लिइएको थियो ।

सन् १९४५ मा बुनोलको टमाटर खेती हुने ठाउँमा केटाकेटीको झगडा भएको थियो । झगडाका क्रममा केटाकेटीले एक–अर्कालाई टमाटर प्रहार गर्दा घटनास्थल पूरै रातो भएको थियो । यसपछिका वर्षमा यसलाई पर्वकै रूपमा मनाउन थालियो । टोमाटिना फेस्टिभललाई खाद्यपदार्थबाट लडिने यो संसारकै सबैभन्दा भव्य लडाइँ मानिन्छ ।

टाउको नै कुच्चिएपछि

31 August एजेन्सी

चीनको झाओझी गाउँका ४६ वर्षीय हु थरका एक किसान घर निर्माणका क्रममा दुर्घटनामा परे । गत वर्ष अक्टुबरमा एउटा घरमा मजदुरी गरिरहेका वेला तीन तलाबाट खस्दा उनको खप्परमा चोट लाग्यो ।

उपचार गर्दा उनको टाउकोको आधा हिस्सा नै हटाउनुपर्‍यो । दुर्घटनाका कारण उनको दृष्टि र बोलीमा समेत असर पर्‍यो ।

तर, अब चीनका डाक्टरले उनको कुच्चिएको टाउको मिलाउने भएका छन् । डाक्टले थ्रिडी–प्रिन्टिङ प्रविधिबाट बनेको ‘टिटानम इम्प्लान्ट’ भरेर उनको टाउको पहिलेकै जस्तो बनाउने भएका हुन् । सान्सी प्रान्तको जिजिङ अस्पतालमा उनको अप्रेसन हुने भएको छ ।

४५ किलोको पगरी

August 31एजेन्सी 

 भारतीय राज्य पञ्जाबका अवतार सिंहले ४५ केजीको पगरी लगाएर सबैलाई चकित पारेका छन् । यसअघि कसैले पनि यति गह्रौँ पगरी लगाएको थिएन ।

उनको पगरी छ सय ५० मिटर लामो कपडाबाट बनाइएको छ । उनले पगरीमा फलामका आकृति जड्ने गरेका छन्, जसले पगरीलाई अझ गह्रौँ बनाएको छ ।

आफ्नो पगरी छाम्दा गौरव महसुस हुने सिंह बताउँछन् । ‘सुरुमा मैले एक सय ५० मिटर लामो कपडाको पगरी लगाएँ । अझ ठूलो लगाउन मन लाग्यो । कपडा बढाउँदै लैजाँदा तीन सय ६५ मिटर लामो भएछ । त्यतिले पनि पुगेन र अझ कपडा थपेँ । अहिले मेरो यो प्रिय पगरी ६ सय ४५ मिटर कपडा बेरेरे बनेको छ,’ उनी भन्छन् ।

पगरी लगाउँदा उनलाई अनेक समस्या पर्ने गरेको छ  । तर पनि, पगरीलाई बोझका रूपमा लिएका छैनन् उनले । ‘म कारमा यात्रा गर्न सक्दिनँ, किनकि कारको ढोकाबाट मेरो टाउको छिर्न हम्मेहम्मे पर्छ ।

छिरिगए पनि छतमा ठोक्किएर हैरानी हुन्छ । त्यसैले कार चढ्न ठ्याम्मै छोडिदिएको छु,’ उनी भन्छन् । यात्रा गर्न उनले मोटरसाइकलको सहारा लिने गरेका छन् ।

Saturday, August 30, 2014

केटा नपाएपछि ६ सय केटीको सामूहिक गुहार, कहाँ-कहाँ छ केटाको खडेरी ?


August 30

उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् ।keti तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका तरुनी छन् । महिलाले नै भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर भएर के गर्नु ? पुरुष नपाएर अविवाहित महिला छटपटाउन थालेका छन् । उनीहरुले हालै एक सामूहिक अपिल गरेका छन् अविवाहित केटाहरुलाई आफुसँग सम्बन्ध गाँस्न अनुरोध गर्दै । ब्राजिलको यो सहर मात्र होइन रुसमा पनि हालत यस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा जसका कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् । अस्ट्रेलियामा पनि पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइनले जनाएको छ । भिक्टोरियामा १ सय जना महिलामा केवल ९८ जना मात्र पुरुष छन् । यो त्यतिसारो लैंगिक असन्तुलन त होइन तर यसले पनि दशौँ हजार पुरुषको कमी देखाउँछ । अर्थात् पुरुष भन्दा ६० हजार बढि महिला छन् भिक्टोरियामा । यता चीनमा भने महिलाको खडेरी छ र एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष कि त अविवाहित बस्नुपर्छ कि त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ

विश्वको सबैभन्दा दुखी विरालोले तहल्का मच्चायो

August 30

सधै डिप्रेसनको सिकार भएको जस्तो दुखी र उदासी अनुहार लगाउने एउटा बिरालो अहिले एकाएक स्टार बनेको छ ।cat यो बिरालोको रुन्चे अनुहारकै कारण यसले विश्वको सबैभन्दा दुखी बिरालोको उपाधि समेत पाइसकेको छ । यो बिरालोले सधै चाउरे तथा उदासी अनुहार लगाउने भएकै कारणले गर्दा अहिले इन्टरनेटमा आफुलाई स्टारको रुपमा स्थापित गरेको छ । लिटिल पी नामको उक्त पोथी बिरालोका केही दर्जन तस्वीरहरु इन्टरनेटमा अपलोड गरिएका थिए । ती तस्वीर यस्ता थिए की सबैमा उसको अनुहार दुखी र रुन्चे नै देखिन्छ । इन्स्टाग्राममा यसका रुन्चे अनुहारको भिडियो समेत पोष्ट भएसँगै यसलाई फलो गर्नेको संख्या नै ५ हजार ७ सय नाघेको छ । एकजना फेसबुक प्रयोगकर्ताले हैरान भएर बिरालोलाई सुझाव दिएका छन्,’ तिमी यति राम्री छौ, तर किन दुखी ????

गार्इको मालिक्नी पत्ता लगाउन डीएनए टेष्ट


August 30

शशिलेखा विरुद्ध उनकी छिमेकी गिताले गाइ चोरेको आरोप लगाइन् । गिताको उजुरीको आधारमा शशिलेखा विरुद्ध अदालतमा मुद्दा पनि चल्यो । अदालतमै गाइलाई समेत उपस्थित गराइयो । गाइ चोरीको अभियोगमा चलेको मुद्दाका सुनुवाइcowका क्रममा न्यायाधीशले शशिलेखालाई ४५ हजार भारु धरौटीमा छाड्ने आदेश दिए र मुद्दाको अन्तिम टुंगो नलागुन्जेलसम्मका लागि शशिलेखाले गाइ आफ्नो घरमा लग्न पाउने भइन् । तर यी दुइ छिमेकी महिला बीचको गाइ चोरीको मुद्दाको अहिलेसम्म पनि टुंगो लागेको छैन । यो भारतको केरलाको घटना हो । अघिल्लो वर्षदेखि त्यहाँको अदालतमा यो मुद्दा चलिरहेको छ । आफुसँग रहेका १५ वटा गाइमध्ये कार्तिका नामकी गाइकी आमालाई शशिकलाले चोरेर आफ्नो घरमा लगेको दाबी गिताको छ । तर गिताले भने त्यो आरोप अस्विकार गर्दै उक्त गाइ आफ्नै भएको जिकिर गरेकी छिन् । अन्ततः गाइको खास मालिक पत्ता लगाउनका लागि अदालतले उक्त गाइको डि एन ए परीक्षण गराउन आदेश दियो । डि एन ए परीक्षणको रिपोर्टले गिताको दाबीलाई पुष्टि गरेन । अर्थात् शशिलेखाले चोरेको भनिएको गाइ र गिताको घरमा रहेको उक्त गाइको छोरीको डि एन ए म्याचिङ गरेन । अब अदालतलाई भने यो मुद्दामा फैसला गर्न सहज भएको छ । डि एन ए रिपोर्ट नेगेटिभ आएपछि आफ्नो गाइ चोरी चोरी गरेको भन्ने गिताले गरेको दाबी प्रमाणित नहुने पक्का पक्की भएको छ । शशिलेखाका वकिल चन्द्रा बाबुले अब अदालतले यो मुद्दामा छिटै अन्तिम फैसला सुनाउने र उक्त गाइ शशिलेखाकै रहेको फैसला गर्ने बताएका छन् । त्यसपछि शशिलेखाले मानहानी तथा आफुलाई भएको क्षतिको असूल उपर गर्नका लागि गिता विरुद्ध मुद्दा हाल्नेछिन् । डि एन ए टेष्ट गरी जनावरको मालिक पत्ता लगाइएको भारतको इतिहासमै पहिलो घटना भएको बीबीसी हिन्दीले जनाएको छ ।