September 18
साधारण रुपमाको खाना भात, दाल तरकारी भए पनि पर्साको आकाश तत्वाको आहार किरा फट्याग्रा र सर्प भएको विश्वास गर्ने कमै होलान तर पर्सा जिल्लाको गाबिस प्रसौनी बिर्ता वडा नं. ७ मा बस्ने आकाश दास तात्वाले बिगत ६ महिनादेखि यस्तै आहार गरिरहेका छन्।
आकाशले बितेको ६ महिनामा आकारमा दर्जनौ गड्यौला,एक दर्जन भ्यागुतो, किरा फट्याङ्रा ,कमिला खाइसकेका उनका परिवारजनाको भनाइ रहेाको छ। तराईमा टर्पको टोकाइले बर्षेनी दर्जनौ व्यक्तिको मृत्यु हुने गरेको छ।
तर उनले खोजी खेाजी सर्प र सर्पबाट निस्कने तेल पनि खानेगरेको तात्वाका बुवा किसोरी दासले बताए। शैक्षिक योगता मात्र कक्षा ३ सम्म रहेको र १३ वर्षीय तत्वाले जिविको पार्जन गर्नका लागि स्टील दराजको कारखानामा काम सिकिरहेको उनले बताए।
खास गरेर नेपालमा नै मानिसले नखाने जीवजन्तु आकाशले सजिलै जिउँदै खानथालेपछि उनको यस क्षेत्रमा निकै चर्चा चलिरहेको छ। आकासले गरेको कृयाकलापबाट गाउँबासि तथा छिमेकि गाउँका मानिसहरुको उनलाइ हेर्न भीड समेत हुने गरेको छ।
No comments:
Post a Comment