Monday, September 15, 2014

राजधानीमा आयोजित क्यान सफ्टेक सम्पन्न, दर्शकको उत्साहजनक सहभागिता

September 15
काठमाडौं । राजधानीको भृकुटीमण्डमा आयोजित सुबिसु क्यान सफ्टेक आइतबार सम्पन्न भएको छ । चार दिनसम्म चलेको मेलामा अवलोकनकर्ताको उत्साहजनक उपस्थिती रहेको आयोजक कम्प्यूटर एशोसियशन अफ नेपाल -क्यान)ले जनाएको छ ।
Can-Safttech
अवलोकनकर्ताहरुको बढ्दो भिड, उत्साह र प्रतिक्रियाले आगामी वर्षमा अझ भव्यताका साथ मेला आयोजना गर्ने हौसला र ऊर्जा मिलेको आयोजकले बताएको छ ।

 सभामुख सुवाषचन्द्र नेम्वाङले उद्घाटन गरेको मेलामा मुख्य सचिव लिलामणि पौडेल, विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेल, जापानका राजदुत मासासी ओगावा, मन्त्री परिषद्का तत्कालिन अध्यक्ष खिलराज रेग्मी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा लगायतले अवलोकन गरेका थिए ।

No comments: