Monday, September 15, 2014

हिमायलय बैंकद्वारा सम्पदा संघलाई कम्प्यूटर सहयोग

September 15
काठमाडौं । हिमालयन बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सम्पदा संघलाई कम्प्युटर सेट, युपिएस तथा पि्रन्टर लगायतका सामाग्री प्रदान गरेको छ ।
Himalayan-bank
 सम्पदा संघ विगत २७ वर्षदेखि नेपालको विभिन्न स्थानमा रहेका ऐतिहासिक, साँस्कृतिक एवं प्रकृतिक सम्पदाहरुको संरक्षण र सम्वर्द्घन एवं प्रवर्द्घनमा सकृय रुपमा लागेको छ ।

 संघलाई दैनिक कार्य सञ्चालन, तथ्याङ्क संकलन तथा विश्लेषणको लागि सहायता पुर्‍याउने उद्देश्यले बैंकले उक्त कम्प्युटर सेट प्रदान गरेको जनाएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक समशेर जबराले सहयोग सामाग्रीहरु संघकी अध्यक्ष अम्बिका श्रेष्ठलाई हस्तान्तरण गरे ।

No comments: