Showing posts with label अर्थ. Show all posts
Showing posts with label अर्थ. Show all posts

Sunday, September 21, 2014

राजमार्गका होटलमा मूल्यमा एकरूपता ल्याउन समिति गठन

September 21
चन्द्रपुर नगरपालिकाअन्तर्गत राजमार्ग छेउछाउका होटल तथा लजमा खानालाई पूर्णतः स्वच्छ बनाउने र मूल्यमा एकरूपता ल्याउने उद्देश्यले पहल सुरु गरिएको छ। 
 
चन्द्रनिगाहपुरस्थित होटल हिमालयनको सभाहलमा शनिबार आयोजित अन्तर्क्रिया कार्यक्रमपछि होटल व्यवसायी सङ्घ रौतहटका अध्यक्ष उदयनारायण सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय होटल तथा लज अनुगमन समिति गठन गरिएको थियो।
 
सो समितिको सदस्यमा खड्गबहादुर बम्जन, सुरेन्द्र साह, अच्युत न्यौपाने र सुरेन्द्र श्रेष्ठ रहेका छन्। 
 
खाना तथा होटल एवम् लजको सरसफाइ सम्बन्धमा सो समितिले नियमित अनुगमन गरी सुझाव र सल्लाह दिने तथा आगामी कात्तिक मसान्तसम्ममा चन्द्रनिगाहपुरमा सञ्चालनमा रहेका होटललाई पूर्ण सरसफाइयुक्त बनाएर स्टिकर प्रदान गर्ने निर्णय भएको अध्यक्ष सापकोटाले जानकारी दिए।
 
सो अन्तर्क्रिया कार्यक्रममा खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालय हेटौडाका प्रमुख वेदनाथ गौतम, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिव गिरधारी सुवेदी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी, सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज भट्टराई, उपभोक्ता हित संरक्षण मञ्च जिल्ला सचिव टीका घिमिरेलगायत विभिन्न होटल तथा लजका सञ्चालकहरूको सहभागिता रहेको थियो। 
 
चन्द्रपुर नगरक्षेत्रको पूरै राजमार्ग क्षेत्रमा करिब २०० का हाराहारीमा होटल सञ्चालनमा रहेका छन्। रासस

बैंकहरूको लाभांसमा देखियो पुँजी बढाउनुपर्ने दबाबको असर, कसको कति ?

September 21
काठमाडौं । सञ्चालनमा रहेका ३० वाणिज्य बैंकमध्ये १२ वटाले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई लाभांस वितरण गर्ने घोषणा गरेका छन् ।
केही बैंकहरुले लाभांस वितरण गर्नसक्ने क्षमताभन्दा बढी लाभांस घोषणा गरेका छन् । न्यूनतम चुक्ता पुँजी दुई अर्ब पुर्‍याउन राष्ट्र बैंकले तीव्र दवाद दिएपछि नाफाको दोब्बर बढीसम्म बोनस सेयर वितरण गर्ने घोषणा गरेका हुन ।
३४ करोड रुपैयाँ खुद नाफा कमाएको कुमारी बैंकले ६० करोड रुपैयाँ बराबरका ३३ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
त्यस्तै ३६ करोड रुपैयाँ खुद नाफा कमाएको एनसीसी बैंकलेे सेयरधनीलाई ३८ प्रतिशत (५५ करोड रुपैयाँ) बराबरका बोनस सेयर दिने निर्णय गरेको छ ।
राष्ट्र बैंकले गरेको व्यवस्थाबमोजिम कमाएको नाफाको २० प्रतिशत रिजर्भमा रोखेर बोनस वितरण गर्ने हो भने कुमारीले १५ प्रतिशत र एनसीसीले २० प्रतिशत मात्रै लाभांस दिने क्षमता हो ।
तर, चुक्ता पुँजी बढाउनका लागि उनीहरुले अन्या कोषमा रहेको रकमबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेका हुन ।
जगेडा कोषमा रहेको रकम नगद बाँड्न नपाए पनि बोनस सेयर वितरण गर्न भने पाउने व्यवस्था छ ।
प्रतिफल राम्रो
हालसम्म घोषणा गरेका सबै कम्पनीहरुको लाभांस दोहारो अंकमा भएकाले यसलाई निकै राम्रो भन्न सकिन्छ । सबै नविल बैंकले सबैभन्दा बढी ६५ प्रतिशत र लुम्बीनी बैंकले सबैभन्दा कम ११ प्रतिशत छ ।
एभरेष्ट बैंकले ६२ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ४० प्रतिशत, एनसीसी बैंकले ३८ प्रतिशत, कुमारी ३४.७४ प्रतिशत, ग्लोव आइएमई बैंकले २५ प्रतिशत, सिद्धार्थले २३ प्रतिशत सिटिजन्स बैंकले १९.९५ प्रतिशत, सानिमाले १५ प्रतिशत, लाभांस दिने घोषणा गरेका छन् ।
उनीहरुले घोषणा गरेको लाभांस नियामक निकाय नेपाल राष्ट्र बैंक र आ-आफ्नै बैंकको आगामी साधारणसभाले स्वीकृती दिन भने बाँकी छ । त्यसैले घोषणा गरिएको लाभांसमा केही हेरफेर भने हुन सक्छ ।
यद्यपि चुक्ता पुँजी पुर्‍याउन नसक्ने संस्थाहरुलाई भने राष्ट्र बैंकले लाभांस वितरण गर्न रोक लगाएको छ
एभरेष्ट बैंक
everest-bankएभरेष्ट बैंकले गत वर्षको नाफाबाट सबैभन्दा पहिला लाभांसको घोषणा गरेको छ । बैंकको भदौ ९ गते बसेको सञ्चालक समितिको बैठकले ५० प्रतिशत नगद र १२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
बोनस सेयर जारी गरेपश्चात बैंकको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ पुग्नेछ ।
राष्ट्र बैंकले चुक्ता पुँजी नपुगेका बैंकलाई बोनस सेयरमार्फत चुक्ता पुँजी पुर्‍याएपछि नगद लाभांस वितरण गर्न नरोक्ने निर्णर्य गरिसकेकाले एभरेष्ट बैंकले १२ प्रतिशत बोनस सेयर दिएर ५० प्रतिशत नगद लाभांस दिएको छ ।
लगानीकर्ताहरुले एभरेष्टले २० प्रतिशको हाराहारीमा बोनस सेयर दिने अनुमान गरेका थिए । गत वर्षर् १ अर्ब ५४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पुँजी २ अर्ब मात्रै भएकाले यो बैंकले आगामी वर्ष लगानीकर्तालाई उच्च प्रतिफल दिने निश्चित छ ।
नविल बैंक
Nabil-Bank-नविल बैंक लगानीकर्तालाई सबैभन्दा बढी लाभांस दिने बैंक हो । बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
गत वर्ष बैंकले २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । यो सञ्चालमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी हो ।
बोनस सेयर वितर पश्चात बैंकको चुक्ता पुँजी ३ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ । सेयरधनीले १ अर्ब ३७ करोड ११ लाख रुपैयाँ नगद लाभांस पाउने छन् ।
ग्लोबल आइएमई बैंक
Global-IME-Bank-पहिलो पटक खुद नाफा अर्ब बढी कमाएको ग्लोबल आइएमई बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।
गत वर्ष बैंकले १ अर्ब ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकले ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५ अर्व रुपैयाँभन्दा बढी हुनेछ । त्यसैले यो बैंकलाई आगामी वर्ष दोहोरो अंकको प्रतिफल दिन निकै कठिन छ ।
सानिमा बैंक
sanima bankसानिमा बैंकको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत -३३ करोड रुपैयाँ बराबरको) बोनस सेयर दिने निर्णय गरेको छ ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँँजी २ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ ।
बैंकले गत वर्ष ४५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक वर्षकोभन्दा ४० प्रतिशतले बढी हो ।
गत वर्षर् बैंकले २४ अर्व ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
त्यसैगरी बैंकले प्रवाह गरेको कूल कर्जाको ०.०२ प्रतिशत खराब कर्जा रहेको छ । यो सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम हो ।
सिटिजन्स बैंक
Citizen-Bank-Internationalसिटिजन बैंकको भदौ २० गते बसेको सञ्चालक समतिको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस र ५.९५ प्रतिशत नगद लाभांसको घोषणा गरेको छ ।
गत वर्ष बैंकले ५६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिमा बैंकले २७ अर्ब ९६ करोड निक्षेप संकलन गरी २३ अर्व १७ करोड कर्जा प्रवाह गरेको थियो ।
इन्भेष्टमेन्ट बैंक
Investment-BAnkनेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले बैंकले १५ प्रतिश बोनस सेयर र २५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ । .
अघिल्लो वर्ष बैंकले १० प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस वितरण गरेको थियो .।
घोषणा गरेको बोनस सेयर स्ीकृत भए बंैकको चुक्ता पुँजी ४ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ । हाल बैकको चुक्ता पुँजी ४ अर्ब १४ करोड रुपैायाँ छ । .
गत वर्ष बैंकले १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएको थियो । सो अवधिमा बैंकले ८३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
सिद्धार्थ बैंक
Siddhartha-Bank--buildingसिद्धार्थ बैंकले सेयरधनीलाई २३.१६ प्रतिशत लाभांस दिने निर्णय गरेको छ । बैंकले भदौ ३० गते १२ प्रतिशत बोनस सेयर र ११.१६ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको हो ।
घोषणा गरेको सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी दुई अर्ब तीन करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ८१ करोड रुपैयाँ छ ।
बैंकले गत आर्थिक वर्षमा ७९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले ३५ अर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्ष पनि बैंकले १२ प्रतिशत बोनसर १० प्रतिशत नगद लाभांस दिएको थियो ।
बैंक अफ काठमाण्डू
Bank-of-Kathmandu-
बैंक अफ काठमाण्डूले सेयरधनीलाई १०.४२ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ ।
बैंकले भदौ ३० गते उक्त निर्णय गरेको हो । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी दुई अर्ब १९ करोड रुपैयाँ हुनेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ९२ करोड रुपैयाँ छ ।
गत वर्ष बैंकले ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले ३४ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
एनसीसी बैंक
ncc bankएनसीसी बैंकको ४२६ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३८ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट बैंकले ३८ प्रतिशत बोनस सेयर र २ करोड ४ लाख नगद लाभांस दिने निर्णय गरेको हो ।
गत वर्ष बैंकले ३६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
३६ करोड रुपैयाँ नाफा कमाएको बैंकले ५५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने घोषण गरेको हो ।
बैंकले चुक्ता पुँजी बढाउन रिजर्भमा रहेको रकम बोनस सेयर दिने निर्णय गरेको हो । बैंकसँग १ अर्ब १६ करोड रुपैयाँ रिजर्भ छ ।
प्रस्तावित बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी २ अर्ब २ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी एक अर्ब ४७ करोड रुपैयाँ छ ।
गत वर्ष बैंकले २२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
लक्ष्मी बैंक
Laxmi-Bank-लक्ष्मी बैंकले आर्थिक वर्ष २०७०/०७१को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
बैंकको १५४ औं सञ्चालक समितिको बैठकले २० प्रतिशत (३९ करोड रुपैयाँ बराबरका) बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी दुई अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ ।
गत वर्ष बैंकले ४७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्ते सो अवधिमा बैंकले ३० अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कुमारी बैंक
kumari-bankकुमारी बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई ३३.७४ प्रतिशत लाभासं दिने निर्णय गरेको छ ।
बैंकको ७२ औ सञ्चाल समितिको बैठकले ३३ प्रतिशत  (करिब ६० करोड रुपैयाँ बराबरका) बोनस सेयर र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।
बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ छ ।
गत वर्ष बैंकले ३४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले रिजर्भबाट रकम थपेर बोनस सेयर दिने निर्णय गरेको हो । गत असार मसान्तसम्ममा बैंकसँगे कूल रिजर्भ १ अर्ब १७ करोड रुपैयाँ छ ।
गत वर्षसम्ममा बैंकले २७ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साभार अन्लाईनखबर कम 

१६ अंकले घटेर ८८३ अंकमा झर्‍यो नेप्से

September 21
काठमाडौं । गत साता करिब तीन अंकले घटेको नेप्से यो साताको पहिलो दिन आइतबार नै दोहोरो अंकले घटेको छ । आइतबार १६ अंकले घटेर नेप्से परिसूचक ८८३ अंकमा झरेको छ । अन्य समूहबाहेक सबै समूहगत सूचकहरु घटेपछि नेप्से घटेको हो । आइतबार अन्य समूहको सूचक भने १० अंकले बढेको छ । बाणिज्य बैंक समूहको सूचक २१ अंकले घटेको छ, यो समूहको मात्रै १२ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसैगरी होटल समूहको २२ अंबले, जलविद्युत समूहको ४७ अंकले, विकास बैंक समूहको १२ अंकले, बीमा सहूको ६१ अंकले र वित्त कम्पनी समूहको सूचक ५ अंकले घटेको हो । यो दिन १ सय २८ कम्पनीका ९ लाख २४ हजार कित्ता सेयर २८ करोड ३४ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज जनाएको छ ।

सरकारी खर्चमा जहाज नचढ्ने उद्योग मन्त्री बस्नेतको उद्घोष

September 21
उद्योग मन्त्री महेश बस्नेतले सेवाग्राहीहरुको गुनासाका आधारमा पाँचवटै विकास क्षेत्रमा कम्पनी रजिष्ट्रार कार्यालयका शाखाहरु खोल्ने निर्णय भएको जानकारी दिएका छन्।
 
पोखरा उद्योग वाणिज्य सङ्घले आइतबार आयोजना गरेको स्वागत, भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाललाई जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पाँच/पाँचजना अधिकृत थपेर कार्यालय सञ्चालन गर्ने नीतिगत निर्णय भएको बताए।
 
स्वदेशी उद्योगहरुबाट उत्पादित वस्तुलाई प्राथमिकता दिन सक्ने हो भने रुग्ण उद्योगलाई राहत पुग्ने धारणा राख्दै मन्त्री बस्नेतले हेटौँडा कपडा उद्योग सञ्चालन गरेर त्यसबाट उत्पादित कपडाहरु नेपाली सेना, प्रहरी र निजामती कर्मचारीका पोसाकका लागि प्रयोग गरे उद्योग नाफामा चल्न सक्ने विचार व्यक्त गरे।
 
ठूला परियोजना सञ्चालन गर्दा रोडा, ढुङ्गा र बालुवा चाहिने हुँदा नियमलाई नरम बनाएर भए पनि क्रसर उद्योग स्थायी रुपमै सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो। उनले  मितव्ययिता अपनाउने सरकारी नीति अनुरुप आफू पदमा रहुन्जेलसम्म कहिल्यै पनि सरकारी खर्चमा जहाज नचढ्ने प्रतिबद्धता व्यक्त गरे।
 
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उद्योग मन्त्रालय माउ मन्त्रालय बन्न नसकेसम्म नीतिगत निर्णय केही गर्न नसक्ने जिकिर गरे।रासस
 

नेपालमै पहिलोपटक आईएमईको रेमिटेन्स कार्ड सेवा शुरु

September 21
आईएमईले नेपालमै पहिलोपटक ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी भिजाको सहकार्यमा रेमिटेन्स सेवाग्राहीहरुको लागि आईएमई रेमिट कार्ड सेवाको शुरुवात गरेको छ।
नेपाल राष्ट्र बैंकको ईजाजत लिई सञ्चालनमा ल्याईएको यो सेवामा अन्तर्राष्ट्रिय ट्रान्जेक्शन गर्ने सेवाग्राहीहरुले सेवा प्राप्त गर्न सक्नेछन्। आईएमई रेमिट कार्डबाट सेवाग्राहीले विदेशबाट पठाएको रेमिटेन्स रकम कार्डको माध्यमबाट नजिकको एटीएम लोकेशनबाट लिन सक्नेछन्।
विदेशबाट रेमिटेन्स रकम पठाउने व्यक्तिले सिधै रेमिटेन्स रकम रेमिटेन्स कार्डमा रकमान्तर गर्न सक्नेछन्। यसरी जम्मा भएको रकम नेपालमा रेमिटेन्स कार्डबाट विभिन्न एटीएम लोकेशनबाट नगद रकम प्राप्त गर्न सक्नेछन् साथै पिओएस मेशिन जडित कुनैपनिमर्चेन्ट लोकेशनमाभुक्तानी गर्न कार्ड प्रयोग गर्न सक्नेछन्।
यसबाट सेवाग्राहीको समय बचत हुनुको साथै उच्चतम् बैकिङ सेवाको पहुँच समेत प्राप्त गर्नेछन्। यतिमात्र नभई कार्ड प्राप्त गरेका सेवाग्राहीहरुले उक्त कार्डमा आफूले प्राप्त गरेको रेमिटेन्स रकम पुरै वा आंशिक रुपमा पनि आईएमई सेन्टरमार्फत जम्मा गर्न सक्नेछन् र नेपालका जुनसुकै स्थानमा रहेका एटीएम लोकेशनबाट रकम प्राप्त गर्न सक्नेछन्। आईएमई रेमिट कार्डपनि बैंकहरुले जारी गर्ने चल्तीका कार्डहरुकै प्रविधिमा जारी हुने भएकोले यसको प्रयोग र सुरक्षापनि त्यसै अनुरुपनै हुनेछ।
यसको लागिपनि एटीएम लोकेशनमा गएर रकम प्राप्त गर्न गोप्य पिन नम्वर प्रदान गरिएको हुन्छ।
“आईएमई रेमिट कार्ड सेवाको औपचारिक शुरुवातसँगै बैकिङ सेवाको पहुँचमा पुग्न नसकेका रेमिटेन्स सेवाका लाखौ सेवाग्राहीहरुका लागि बहुउपयोगि माध्यम सावित हुनेमा हामी पूर्ण विश्वस्त छौं”कार्डसेवा संचालनको औपचारिक घोषणा गर्ने क्रममाआईएमईका कार्यकारी अध्यक्षचन्द्र प्रसाद ढकालले बताए।
आईएमई रेमिट कार्ड लिनकालागि सेवाग्राहीले आईएमई सेन्टर तथा भुक्तानी काउन्टरमा रहेको केवाईसी फाराम भरेर प्रक्रिया पुर्याएपछि निश्चित समय पछि रेमिटेन्स कार्ड सुचारु गरिनेछ। शुरुमा  केहि निश्चित आईएमई सेन्टरहरुबाट आईएमई रेमिट कार्ड प्राप्त गर्न सकिन्छ। निकट भविश्यमानै उक्त कार्ड सेवालाई सम्पूर्ण १०० भन्दा बढी आईएमई सेन्टरहरुमा पुर्‍याउने लक्ष्य बैंकले लिएको छ।

नेपालमा लगानीको सुरुवात भएको छ–प्रधानमन्त्री कोइराला

September 21
प्रधानमन्त्री सुशील कोइरालाले जल विकाससम्बन्धी पछिल्लो निर्णयसँगै नेपालमा लगानीको नयाँ अध्याय सुरु भएको बताएका छन्। 
 
संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिन न्युयोर्क जाने क्रममा प्रधानमन्त्रीले बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेट्समा भेला हुनुभएका मध्यपूर्वी एसिया, पश्चिम एसिया र उत्तरी अफ्रिकी मुलुकमा कार्यरत राजदूत तथा कार्यवाहक राजदूतहरुलाई शनिबार राति निर्देशन दिँदै सो कुरा बताएका हुन्।
 
अवुधावीस्थित नेपाली राजदूतावासमा शनिबार राति आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री कोइरालाले राजदूतलाई निर्देशन दिँदै मुलुकमा लगानी भित्र््याउन नेपाली नियोगमा खटिने कर्मचारीको ठूलो योगदान रहने बताए।
 
राष्ट्रिय हित नै सबैभन्दा ठूलो स्वार्थ हो, नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकताभन्दा बाहिर गएर कसैसँग पनि सम्झौता हुन नसक्ने बताउँदै उनले भने,“सबैभन्दा ठूलो कुरा राष्ट्रिय सार्वभौमिकता हो, यसलाई बलियो तुल्याउन नेपाल र नेपालीको हितमा काम गरेर देखाउन आवश्यक छ।
 
नेपालमा लगानीको वातावरण बन्दै गएको छ, शान्ति र स्थायित्व भएमा छोटै समयमा नै मुलुकलाई समृद्ध तुल्याउन सकिने भन्दै सबैभन्दा ठूलो समस्याको रुपमा रहेको गरिबी निवारणलाई हटाउन छिटो लोकतान्त्रिक संविधान निर्माणको आवश्यकतामा उनले जोड दिए। 
 
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नियोगमा खटिएर जाने पदाधिकारीले मित्रराष्ट्रसँग दौत्य सम्बन्ध विकास गर्ने, मुलुकको विकास निर्माणमा सहयोग प्राप्त गर्ने तथा अन्य आवश्यक साधनस्रोत जुटाउने विषयलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए।
 
मन्त्री पाण्डेले भने,“नियोगले नेपाली नागरिकका आइपर्ने समस्या समाधान गर्नुका साथै सिर्जनशील भई अन्य दुई पक्षीय तथा बहुपक्षीय हितका विषयमा समेत आफ्ना सुझावसहितका कार्यक्रमहरु प्रस्तुत गर्न सक्नुपर्छ।
 
परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव शङ्करदास बैरागीले मेसिन रिडेबल राहदानी (एमआरपी) र घरेलु कामदारसम्बन्धी विषयमा देखिएका समस्या समाधानका लागि विशेष ध्यान पुर्‍याइने बताए।
 
यसैबीच, खाडी क्षेत्रमा बसोबास गर्ने गैरआवासीय नेपाली सङ्घका पदाधिकारीसँग कुराकानी गर्दै प्रधानमन्त्रीले अब नेपालको भविष्य उज्ज्वल भएको बताए।
 
उनले भने, “विकासको प्रक्रिया अगाडि बढ्यो, छिट्टै संविधान जारी हुन्छ, म धेरै आशावादी छु, अब खराब स्थितिको सामना गर्नुपर्ने छैन।”

सहकारी ऐन परिमार्जन गर्दै छौं : रजिष्ट्रार

September 21
Sahakari
५ असोज, सिमरा । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी क्षेत्रका समस्याहरु समाधान गर्न सरकार गम्भिर रहेको बताएका छन् । यस क्षेत्रको नियमन र व्यवस्थापनका लागि सहकारी ऐन परिमार्जन गर्न लागेको उनको भनाई छ ।
सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सातौं वाषिर्क साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कथित सहकारीकर्मीहरुका कारण समस्याहरु देखा परेको गुनासो गरे ।
बचत तथा ऋण सहकारी संस्थाको नियमन चुनौतिपूर्ण रहेको भन्दै उनले छुट्टै बचत तथा ऋण सहकारी ऐन ल्याएर यसको व्यवस्थापन गर्नुका साथै सहकारीको पूँजी उत्पादन र उद्योग व्यवसायका अन्य क्षेत्रहरुमा परिचालित गर्नुपर्ने बताए ।
कार्यक्रममा बोेेल्दै संस्थाका अध्यक्ष एव्म नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण पौडेलले सामाजिक रुपान्तरणको मुख्य मेरुदण्डको रुपमा सहकारीले काम गरिरहेको बताए ।
पौडेलले हातेमालो सहकारीले स्थापनाको ६ वर्षमा हासिल गरेको उपलव्धिलाई संस्थागत गर्दै उत्पादन र सेवाका अन्य क्षेत्रमा प्रवेश गर्ने तयारी गरेको बताए ।

सुनको भाउ ५१ हजार नजिक, चाँदी पनि ओर्लियो

September 21
काठमाडौं । साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी रहृयो ।
goldआइतबार सुनको भाउ तोलामा २ सय ५० रुपैयाँ घटेर ५१ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । गत हप्ताभर सुनको भाउ ओरालो लागेको थियो ।
गत शुक्रबार सुनको भाउ तोलामा दुई सय रपैयाँ घटेर ५१ हजार ३ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदीको भाउ पनि आइतबार तोलामा १५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि चाँदीको भाउ तोलाको ७ सय ५५ रुपैयाँ तोकेको छ ।

आइतवारका दैनिक पत्रिकामा बिजनेश खबर

September 21
आइतवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयवस्तुलाई प्राथमिकता दिएर खबर छापेका छन् ।
कारोबार दैनिकले ‘आयोजना बन्नुअगावै जग्गाको मुआब्जा’ शीर्षकमा मुख्य खबर छापेको छ । पूर्वाधार विकासका लागि जग्गा दिने जग्गाधनीले अब आयोजनाको काम सुरु हुनुअगावै मुआब्जा रकम पाउने भएका छन् ।
यस्तै, मापदण्ड नपुगेको देवदहलाई सम्बन्धन, पीडीएको स्वागतसँगै विरोध, जोखिममा उपभोक्ता अधिकार, सुधि्रएनन् राजमार्गका होटल, नौ बुँदे तातेसिना घोषणापत्र जारी गर्दै एनआरएनको क्षेत्रीय सम्मेलन सम्पन्न तथा रेमिट्यान्स विशेष खबर आजको कारोबार दैनिकमा छ ।
आर्थिक दैनिकले ‘ठगी र चोरीमा संलग्नहरु उद्योग वाणिज्य महासंघको नेतृत्वमा’ शीर्षकमा मुख्य खबर छापेको छ । ठगी र चोरीजस्ता गलत क्रियाकलापमा संलग्नहरु निजी क्षेत्रको प्रतिनिधिमुलक छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व तहमा रहँदा महासंघको गरिमामाथि नै आँच पुग्न गएको छ ।
यस्तै, लगानी बोर्ड र जीएमआरबीच पीडीएमा हस्ताक्षर, ठेकेदार र कर्मचारीको मिलेमतोमा चमेलिया आयोजनामा लुट, महानगरपालिकामा पाँच करोड बेरुजु, खर्च कटौती भन्दै सेयर मार्केट्सद्वारा धमाधम शाखा बन्द लगायतको खबर आर्थिक दैनिकमा छ ।
नागरिक दैनिकले ‘विमानस्थलमा नयाँ भीआईपी सूची’ शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनमा रहेका ‘भीआईपी’ कक्ष प्रयोग गर्ने भन्ने नयाँ सूची तयार गरेको छ ।
यस्तै, बजारमा र्यापिङ् रेस्पोन्स टिम, सेनाको जाँचमा भन्सारको आपत्ति, म्याग्दीको घलेम्दीमा हेलिकोप्टरबाट ढुवानी, सुधि्रएन राजमार्गको होटल, नेप्से दुई अंक बढ्यो लगायतका खबर नागरिक दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले पूँजी बजारमा सूचीकृत कम्पनीले आकर्षक लाभांश प्रस्ताव गरिरहेको विषयलाइ मुख्य खबर बनाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट अहिलेसम्म सबै भन्दा धेरै लाभांश प्रस्ताव गर्नेमा युनिलिभर नेपाल लिमिटेड परेको छ । यो कम्पनीले ८ सय ६० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
यस्तै, पर्यटनबोर्डमा चेकमार्फत साढे तीन करोड अनियमितता, सुपारी र अलैंचीबारे सरकारलाई सुझाव दिन आग्रह, उचित मूल्य नपाएपछि कुखुरा नबेच्ने निर्णय, समयमै नआउने भयो वाई १२ लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।
annpurna-eco
arthik-eco
karobar-eco
nagarik-eco

छाडा छोडेका गोरुको लिलामीबाट ६९ हजार संकलन

September 21
काठमाडौ । उपत्यका सडकमा छाडा छोडिएका बहर संकलन गरी महानगरपालिकाले लिलाम गर्ने गरेकेा छ । दुई सय ९५ बहर विक्रीबाट महानगरपालिकाले गत आर्थिक वर्षमा ६९ हजार रुपैंयाँ राजश्व उठाएको छ ।
महानगरले नगरभित्र छाडा छोडिएका बहर संकलन गरी टेकुस्थित आफ्नै खाली जग्गामा राख्ने गरेको छ । करिब पाँचदेखि आठवटासम्म जग्गा भएपछि महानगरले लिलामी गर्दै आएको, नयाँ पत्रिका दैनिकमा खबर छ । महानगरको सम्पर्कमा रहेका ब्यक्तिहरुलाई लिलाम बढाबढमा बिक्री गर्ने गरिएको सूचना अधिकृत महेश काफ्लेले जानकारी दिए ।
‘छाडा बहर लिलाम गर्न सार्वजनिक सूचना नै जारी गर्नुपर्छ भन्ने छैन,’ काफ्ले भने, ‘महानगरको सम्पर्कमा आउनेहरु नै लिलामीमा सहभागी हुन्छन्, जसले धेरै मूल्य तिर्छ उसैले बहरहरु लैजान्छ ।’ एक लटमा पाँचदेखि आठवटा सम्म बहर लिलाममा राखिने र पाँच हजार रुपैंयाँसम्म बहर लिलाममा राखिने र पाँच हजार रुपैंयाँबाट लिलाम बढाबढ हुने गरेको छ ।

किसुनजीको स्मृतिमा अक्षयकोष स्थापना गर्न प्रेस युनियनलाई १ लाख

September 21:
नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले नेपाल प्रेस युनियन काठमाडौँ शाखालाई रु एक लाख सहयोग गर्ने घोषणा गरेकाा छन्। 
 
प्रेस युनियन काठमाडौँद्वारा शनिबार राजधानीमा आयोजित सम्मान एवम् शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको बताए। 
 
सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् नवीन्द्रराज जोशीले सरकारका कामलाई जवाफदेही बनाउन र संविधान लेखनमा खबरदारी गर्न प्रेसले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए।
 
प्रेस युनियन काठमाडौँ शाखाका अध्यक्ष नकुल अर्यालले दसैँ आइसक्दा पनि अधिकांश सञ्चार प्रतिष्ठानमा पत्रकारले तलब नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेका थिए।
 
कार्यक्रममा प्रेस युनियनको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी एवम् सदस्यलाई सम्मान गरिएको थियो। 
 
सो अवसरमा कार्यालय तथा कार्यक्रम सञ्चालनका लागि पत्रकार भक्तबहादुर थापाले रु १५ हजार, बसन्तप्रकाश उपाध्यायले रु १० हजार तथा काँग्रेस प्रचार विभागका सदस्यसचिव दामोदरप्रसाद दवाडीले रु पाँच हजार ५सय ५५ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

Saturday, September 20, 2014

राउटेलार्इ १० हजार दसैं खर्च दिने सरकारको निर्णय

September 10
काठमाडौं । सरकारले दैलेखका राउटेहरूलाई प्रति परिवार १० हजार दसैं खर्च दिने भएको छ ।
दैलेखमा रहेका ४० परिवार राउटेहरुको लागि प्रतिपरिवार दश हजार रुपैयाँका दरले चार लाख निकासा गर्न निर्देशन दिइएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । दसैं खर्च अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई तत्काल निकासा दिई जिल्ला प्रशासन कार्यालय दैलेख मार्फत वितरण गर्न हुनेछ ।
केही समय अघि दैलेखबाट आएका राउटेहरुले प्रधानमन्त्री सुशील कोइरालालाई दशैं मनाउन आर्थिक अभाव रहेको भन्दै सहयोग गर्न अनुरोध गरेका थिए ।
प्रधानमन्त्री कायार्लयका सचिव सान्तराम सुवेदीले रकम छिटो उपलब्ध गराउने र कुनै कारणवस समयमा रकम पुग्न नसकेमा जिल्ला प्रशासन कार्यालयले कार्यालयको धरौटी लगायत मिल्दो शिर्षकबाट दशैं अगाडी नै रकम उपलब्ध गराउन निर्देशन दिइएको बताए ।

मेगा बैंकले ल्यायो ‘मेगा ग्राहक सप्ताह’

September 20
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई लक्षित गरी ‘मेगा ग्राहक सप्ताह’ मनाउने भएको छ ।
दशैंको अवसर पारेर मेगाले बैंकको प्रधान कार्यालय, कान्तिपथमा ग्राहक सप्ताहको आयोजना गरेको हो । असोज ५ गते आइतबारदेखि असोज १० गते शुक्रबारसम्म चल्ने सप्ताहमा क्वीजदेखि विभिन्न कार्यक्रमबाट ग्राहकलाई मनोरन्जन प्रदान गरिनेछ ।
बैंकमा आउने ग्राहकहरुले सिइओ अनिलकेशरी शाह तथा राष्ट्रिय क्रिकेट टिमका सदस्य सुवास खकुरेल र अमृत भट्टराईसँग पनि सहजै अन्तरक्रिया गर्न पाउनेछन् ।
यसैगरी, आगामी तीन महिनासम्म नयाँ ग्राहकहरुले मेगा योङस्टार खाता खोली बचत भएको रकम बराबरको १ प्रतिशत रकम बैंकले ग्राहकहरुका तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ तथा असहाय बालबालिकाहरुका शिक्षाको लागि सहयोग गर्नेछ ।
मेगा बैंकका सिइओ शाहले यस्ता कार्यक्रमले ग्राहकसँग सम्बन्ध नजिकिन नयाँ आयम बताए ।

सातामा १ सय ८६ करोडको सेयर कारोबार

September 20
काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६० कम्पनीका ४१ लाख ८६ हजार कित्ता सेयर १ अर्ब ८६ करोड ४७ लाख रुपैयाँमा कारोबार भएको छ । यो गतसाताको भन्दा ३.५३ प्रतिशतले बढी हो ।
गत साता १ सय ६७ कम्पनीका ४५ लाख ३२ हजार कित्ता सेयर १ अर्ब ८० करोड १८ लाख रुपैयाँमा कारोबार भएको थियो ।

साताको पहिलो दिनको तुलनामा अन्तिम दिन २.२६ अंकले घटेर नेप्से परिसूचक ८९९.८९ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.७४ अंकले घटेर १९३.३२ अंकमा आईपुगेको छ ।
यो साता कारोबार रकम (२६ करोड ५ लाख रुपैयाँ) को आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । त्यसै गरी कारोबार भएको सेयर संख्या (५ लाख ८४ हजार कित्ता) को आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा छ भने कारोबार संख्या  (१२३५ वटा) को आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ ।
कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु
क्र.सं.

कम्पनीको नामकारोबार रकम
(रु. दशलाखमा)

कुमारी बैंक२६०.५३
एनसिसी बैंक१५६.८४
चिलिमे हाइड्रोपावर कम्पनी१४०.५
ग्लोबल आइएमई बैंक९६.२१
लक्ष्मी बैंक६२.४९
यस साता नेप्सेमा निम्नानुसारको धितोपत्र सूचीकरण भएका छन्ः
क्र.सं.

कम्पनीको नामधितोपत्रको किसिमसूचीकृत कित्ता

साइन रेसुंगा डेभलपमेन्ट बैंकहकप्रद सेयर१९,१९,१८२
नेपाल लाइफ इन्स्योरेन्सबोनस सेयर४४,६२,५००

मेट्रो डेभलपमेन्ट बैंकहकप्रद सेयर३,६१,०००

शुक्रवारका दैनिक पत्रिकामा बिजनेश खबर

September 19

शुक्रवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले एनआरएनएको जापानमा शुरु भएको क्षेत्रीय सम्मेलन तथा सरकारद्वारा पीटीए स्वीकृत गरेको खबरलाई प्राथमिकतासाथ छापेका छन् ।
कारोबार दैनिकले ‘विश्वभरका गैरआवासीय नेपाली जापानमा’ शीर्षकमा मुख्य खबर छापेको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)को आठौं क्षेत्रीय सम्मेलन विहीवारदेखि जापानको नागानोस्थित तातेसिना रिसोर्टमा शुरु भएको छ । ‘समृद्ध नेपालका लागि आर्थिक मार्गचित्र’ नारासहित शुरु भएको सम्मेलनमा विभिन्न मुलुकबाट करिब २ सय भन्दा बढी गैरआवासीय नेपाली तथा अतिथि सहभागी छन् ।
यस्तै, पर्यटनमा छायो उत्साह, प्रहरी सुरक्षामा फेरि रात्रीबस, राजमार्गको होटलमा मनपरी मूल्य, टीएसका लागि स्वीस सरकारको ३१ करोड, उर्जामन्त्रीको हस्तक्षेपछि प्राधिकरणमा विवाद, विपन्न वर्ग कर्ता सीमा वृद्धि, स्वदेशी बजारको विकासमा सरकारी नीति बाधक लगायतका खबर कारोबार दैनिकमा छ ।
नागरिक दैनिकले ‘समृद्धिमा साझेदार बन्छौं’ शीर्षकमा एनआरएनएको जापानमा शुर भएको आठौं क्षेत्रीय सम्मेलनको खबरलाई मुख्य खबर बनाएको छ । नेपालको आर्थिक वृद्धिदर न्युन रहेको भन्दै अहिले लगानी गरेर मुलुकको आर्थिक समृद्धिमा साझेदार बन्नुपर्नेमा सम्मेलनमा सहभागीले बताए ।
यस्तै, पञ्चेश्वरको विधान प्रक्रिया सुरु, १५ वर्षपछि धनगढीमा निमगको जहाज, राजमार्गमा बासी खाना, कास्कीको तीन क्षेत्रमा प्याराग्लाइडिङ इजाजत बन्द, नेप्से परिसूचिक १३ अंकले घट्यो, वीरगञ्जमा ब्यापारीको गोदाममा सिल लगायतका खबर नागरिक दैनिकमा छ ।
आर्थिक दैनिकले ‘सरकारद्वारा पीटीए स्वीकृत कर्णालीको पीडीए गर्न बोर्डलाई अनुमति’ शीर्षकमा मुख्य खबर छापेको छ । सरकारले भारतसँग गत भदौ १९ गते भएको विद्युत ब्यापार सम्झौता (पीटीए)को प्रारम्भिक हस्ताक्षरलाई स्वीकृत गरेको छ भने माथिल्लो कर्णाली जलविद्युत आयोजना विकास गर्न भारतको जीएमआर अप्पर कर्णली हाइड्रोपावर प्रोजेक्ट तथा कर्णाली ट्रान्समिसन कम्पनी लिमिटेडसँग पीडीए गर्न लागनी बोर्डलाई अनुमति दिएको छ ।
यस्तै, शुल्कवृद्धिविरुद्ध देशब्यापी शैक्षिक हड्ताल, उद्योग मन्त्रालयमा बेरुजु रकम बढ्यो, पेट्रोलियम पदार्थको स्वचालित मूल्य निर्धारणको बाटो खुल्यो, नगरभित्रका जग्गाको प्रतिरोपनी भाडा ९६ रुपैंयाँ, महानगरपालिका भित्र ‘एक ब्यवसाय एक साइनबोर्ड’, कर्णालीको खाद्यान्न निरन्तर राजधानी आउने, बोडीमा उच्च विषादी लगायतको खबर आर्थिक दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले ‘तरलता ब्यवस्थापन दसैंपछि नयाँ उपकरणको सम्भावना’ शीर्षकमा मूख्य खबर छापेको छ । नेपाल राष्ट्र बैंकले दशैंपछि तरलताको अवस्था हेरेर ब्यवस्थापनका लागि थप उपकरणबारे निर्णय लिने भएको छ ।यस्तै, स्तरीकरण नगरिएका एटीसी उडान सञ्चालनमा, उद्योग मन्त्रालयले छिट्टै गुरुयोजना ल्याउने, चुरेमा संकलित ढुंगा-गिटी-बालुवा खोलामै पुगेर उत्खनन गर्न छुट, विराटनगरमा फुटपाथे पसल हटाउने अभियान सुरु नहुँदै रोकियो, गैरआवसीय नेपालीलाई लगानी गर्न अर्थमन्त्रीको आग्रह, प्याराग्लाइडिङ् अनुगमन गर्न समिति लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।

annpurna-eco
arthik-eco
karobar-eco
nagarik-eco
- See more at: http://www.onlinekhabar.com/2014/09/190685/#sthash.DtoVZyt3.dpuf

Thursday, September 18, 2014

दशैंका लागि नयाँ नोट साटिदै

September 18

राष्ट्र बैंकले दसैंका लागि करिब २५ अर्ब रुपैयाँबराबरका नयाँ नोट वितरण आजदेखि गर्ने भएको छ। दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गरी केन्द्रीय बैंकले बुधबारदेखि नयाँ नोट वितरण गर्ने भएको हो।
 
काठमाडौंको थापाथलीस्थित कार्यालयबाट नयाँ नोट वितरण थालिने भएको छ । एक जनालाई अधिकतम २२ हजार बराबरका नयाँ नोट उपलब्ध गराइनेछ । कार्यालय समयमा पुराना नोट लागेर नयाँ साट्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
 
राष्ट्र बैंकका काठमाडौं, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढी शाखाबाट नयाँ नोट प्राप्त गर्न सकिनेछ। वाणिज्य बैंक, विकास बैंक र लघुवित्त कम्पनीले पनि नयाँ नोट बाँड्न पाउने भएका छन्।
 
राष्ट्र बैंकले ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका नोट वितरण गर्न लागेको हो । १ व्यक्तिले ५, १० र २० का २-२ बन्डल र ५० र सयका १-१ बन्डल नयाँ नोट लिन सक्नेछन्।
 
प्रतिव्यक्ति अधिकतम २२ हजार रुपैयाँसम्म नोट साट्न पाउने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए ।
 
यसैगरी केन्द्रीय बैंकले दसैं र तिहारमा नयाँ नोटको अभाव हुन नदिन अन्य बैंक/वित्तीय संस्थालाई पनि वितरण जिम्मा दिने भएको छ। बैंकका अनुमानित सेवाग्राही संख्याका आधारमा नोट वितरणगर्ने तयारी रहेको श्रेष्ठले बताए। विगत वर्षमा बैंक/वित्तिय संस्थाले आवश्यकताभन्दा बढी होल्ड गर्ने भएकाले पनि नयाँ नोट अभाव हुने गरेको हो।

Tuesday, September 16, 2014

कुमारी बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांस दिने

September 16
काठमाडौं । कुमारी बैंकले आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाई ३३.७४ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।kumari-bank
 बैंकको मंगलबार बसेकाे ७२औं सञ्चालक समिति बैठकले ३३ प्रतिशत (करिव ६० करोड रुपैयाँ बराबर) बोनस सेयर र कर प्रयोजनका लागि १.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ । बैंकको यो निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाले स्वीकृत गर्न भने बाँकी नै छ ।

 बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्नेछ । हाल बैंकको चुक्ता पुँजी १ अर्ब ८२ करोड ८३ लाख रुपैयाँ छ । गत वर्ष बैंकले ३४ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले रिजर्भबाट रकम थपेर बोनस सेयर दिने निर्णय गरेको हो । गत असार मसान्तसम्ममा बैंकसँगे कूल रिजर्भ १ अर्ब १७ करोड रुपैयाँ छ । गत वर्षसम्ममा बैंकले २७ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

निजी क्षेत्रका कर्मचारीको पेन्सन सुरु गर्ने सञ्चय कोषको योजना

September 16
काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो दायरा बढाउने भएको छ । कोषले निजी क्षेत्रमा कार्यरत कर्मचारीका लागि पनि अवकाशपछि योगदानका आधारमा निवृत्तिभरण (पेन्सन) योजना सञ्चालन गर्ने योजना बनाएको छ । कोषको ५३ औं वाषिर्कोत्सवको अवसरमा प्रशासक कृष्णप्रसाद आचार्यले निजी क्षेत्रमा कार्यरत १० लाख कामदारका लागि संचय
Karmachari-Sanchaya-Kosh-BhabanKarmachari-Sanchaya-Kosh-Bhaban
कोषलगायत सामाजिक सुरक्षाका सुविधा उपलब्ध गराउने योजना रहेको बताए । कोषले निजी क्षेत्रमा कार्यरत कामदार तथा स्वरोजगारको अवकाश पछिको जीवनका लागि सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन यस्तो योजना अघि सारेको आचार्यले बताए ।

पूर्वाधारमा लगानी
आउँदा ३ वर्षमा कोषको कुल स्रोत ३ खर्ब पुग्ने भन्दै आचार्यले बताए । उनले यसलाई देशको आर्थिक विकासमा परिचालन गर्न सरकारी बचत तथा ऋणपत्रमा प्राथमिकताका साथ परिचालन गर्न आवश्यक रणनीति तयार गरिने जानकारी दिए । ‘देशको पूर्वाधार विकासमा लगानीका लागि पहल गर्छौ’ उनले भने । कोषका अध्यक्ष एवं प्रधानमन्त्री कार्यालयका सचिव दुर्गानिधि शर्माले कोषले मुलुकको आर्थिक विकास र पूर्वाधार विकासमा ठुलो लगानी गर्न सक्ने बताए ।

बीमा समितिका अध्यक्ष फत्तबहादुर केसीले कोषले कर्मचारीको स्वास्थ्य बीमाको कुरा अघि बढाउने बताए पनि कानुनमा बीमा समितिमा दर्ता भएका कम्पनीले मात्रै बीमा कारोबार गर्न पाउने व्यवस्था भएकाले त्यस विषयमा सोचेर मात्रै निर्णय गर्न उनले आग्रह गरे । सार्वजनिक संस्थान निर्देशन बोर्डका प्रमुख विमल वाग्लेले कमर्चारी संचय कोषको प्रभावकारी नियामकको आवश्यकता बताए । धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले पुँजीबजारमा लगानी गर्ने कुरामा पनि संचय कोषले ध्यान दिनुपर्ने बताए ।

कोषमा १ खर्ब ६३ अर्ब जम्मा
सञ्चय कोषमा अहिलेसम्म १ खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ जम्मा भएको छ । कोष सबैभन्दा धेरै वचत परिचालन गर्ने संस्था हो । गत असार मसान्तसम्मको विवरण अनुसार कोषमा आर्थिक वर्ष २०७०र७१मा मात्रै करिब २२ अर्ब रुपैयाँ बचत थपेको छ । कोषले सापटीमा ९४ अर्ब रुपैयाँ लगानी गरेको छ । कर्मचारीले जम्मा गरेको रकमबाट आफैले ९० प्रतिसतसम्म सापटी लिन पाउँछन् । गत आर्थिक वर्षसम्म जम्मा २५ अर्ब ६९ करोड मात्रै परियोजना कर्जा दिएको छ । कोषले सरकारी ऋणपत्रमा १४ अर्ब र मुद्दति निक्षेपमा २६ अर्ब रुपैयाँ लगानी गरेको छ।

लक्ष्मी बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांस दिने

September 16
काठमाडौं । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७०/०७१को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांस दिने निर्णय गरेको छ ।
laxmi-bank-ltd.
 मंगलबार बसेको बैंकको १५४ औं सञ्चालक समितिको बैठकले २० प्रतिशत (३९ करोड रुपैयाा बराबरका) बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाकै आगामी साधारणसभाले अनुमोदन गर्न भने बाँकी छ । प्रस्तावित बोनस सेयर स्वीकृत भए बैंकको चुक्ता पुाजी दुई अर्ब ३३ करोड रुपैयाँ पुग्ने छ । हाल बैंकको चुक्ता पुाजी १ अर्ब ९४ करोड ८३ लाख रुपैयाँ छ ।

गत वर्ष बैंकले ४७ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिमा बैंकले ३० अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

दोहोरो अंकले बढ्यो नेप्से, साढे ४६ करोडको कारोबार

September 16
काठमाडौं । इन्स्योरन्स र बैंकको कारोबारमा सुधार आएपछि मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । nepse-2071-5-31nepse-2071-5-31
मंगलबार नेप्से परिसूचक १०.४९ अंकले बढेर ९१९.९८ अंकमा पुगेको छ । सोमबार पनि नेप्से ७ अंकले बढेको थियो । नेप्सेमा कारोबार गर्ने बैंकिङ समुहको सूचक १५.०७ अंकले बढेको छ भने होटल समूहको सूचक ४.३६ अंकले बढेको छ ।

 त्यस्तै, विकास बैंक समूहको ९.९५ अंक, फाइनान्स समूहको २.९१ अंक र इन्स्योरेन्स समूहको परिसूचक ४६.१३ अंकले बढेको छ । मंगलबार नस्पेसमा कारोबार गर्ने हाइड्रोपावर र अन्य समूहको परिसूचक भने ओारालो लागेको छ । हाइड्रोपावर समूहको ३२.८८ अंक र अन्य समूहको १.१८ अंकले सूचक ओरालो लागेको छ । मंगलबार ४६ करोड ६२ लाख ६२ हजार रुपैयाँ बराबरको आठ लाख एक हजार २६५ कित्ता शेयर किनबेच भएको छ ।