Wednesday, August 27, 2014

पहिरो, चट्याङ र बाढीले स्याङ्जामा तीनको मृत्यु


११ भदौ,स्याङ्जा । 

 Syangja Lanslide22स्याङ्जाको पुतलीबजार नगरपालिका-९ आमडाँडामा पहिरोले पुरेर एक बालिकाको मृत्यु भएको छ । पहिरोले पुरेर चारजना घाइते भएका छन् । मृत्यु हुनेमा १२ वर्षीया उर्मिला मल्ल छिन् । पहिरोले पुरेर घाइते हुनेमा ५२ वर्षीय भद्रबहादुर साह, २९ वर्षीय लब्धे साह, १९ वर्षीय अमृत साह र १४ वर्षीय सुजन साह रहेका जिल्ला प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ । त्यस्तैगरी गयराति परेको चट्याङले लागेर चिसापानी गाविस-७ काी ५० वर्षीया दिलमाया गुरुङ्गको मृत्यु भएको । आँधिखोलाको बाढीले बगाएर रोल्पा घर भई हाल वालिङ् नगरपालिकामा बस्दै आएकी ६० वर्षीया हस्तकला घर्तीलाई बेपत्ता बनाएको छ । अविरल वर्षाले स्याङ्जाका विभिन्न स्थानका छवटा घरगोठ बगाएको छ भने सयौँ रोपनी जग्गा डुबानमा परेको छ । दहथुम गाविसस्थित बयरघारी बजार र वालिङ नगरपालिकामा नवनिर्मित पतञ्जली योग शिविर केन्द्र पनि पानीको डुबानमा परेको बताइएको छ । वर्षाले पुतलीबजार नगरपालिका-४ स्थित बाडखोलाकी धनकुमारी थापा र अर्जुनचौपारी बजारका रुद्रबहादुर जोगी माइलाको घर बगाएको छ । त्यसैगरी बेकमबहादुर कार्कीको गोठ बगाउँदा भैंसी मरेको छ । यसैगरी, पेलाकोट गाविसस्थित तल्लो गल्याङमा रहेको पक्की पुल र पौवेगौडे गाविसमा रहेको पुल जोखिममा छ । आँधीखोला किनारको बङ्गुरको खोर बगाउँदा आठवटा बङ्गुर र अर्मादी खोलाको किनारको पोल्ट्री फारमसँगै हजारौँ कुखुरा बगाएको प्रहरीले जनाएको छ । सिद्दार्थ राजमार्ग अवरुद्द पहिरोका कारण सिदार्थ राजमार्ग अवरुद्ध भएपछि खुलाउने काम जारी छ । नदीको बहाव बढेपछि बयरघारीमा रहेको मोटरे पुल, हेलु, लामागे, सेतीदोभानमा लगायतका ठाँउमा रहेका पुलहरु जोखिममा छन् ।

No comments: