Wednesday, August 27, 2014

महिलाहरूको झडपमा एकको मृत्यु


११ भदौ, सुनसरी । 

सुनसरीको बराहक्षेत्र गाविस-३ स्थित पुनरवास टोलमा महिलाबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । महिलाबीचको झडप छुट्टयाउन जाँदा बराहक्षेत्र-३ की ६० वर्षीया ज्ञानुमाया मगरको मृत्यु भएको हो । झगडा छुट्टयाउन गएकी मगरलाई चोट लागेपछि उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सो झडपमा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले स्थानीय तीन जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-३ की तेलु राय, निलु राय र पवित्रा राय रहेका छन् । रासस

No comments: