Showing posts with label समाज. Show all posts
Showing posts with label समाज. Show all posts

Sunday, September 21, 2014

यौनजन्य दुर्व्यवहारमा मिलापत्र गर्न नहुने सभासद्हरूको भनाइ

September 21
सभासद्हरूले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारमा मिलापत्र नगरी पीडकलाई दण्ड जरिवाना गर्नुपर्नेमा जोड दिएका छन्।
 
व्यवस्थापिका–संसद्अन्तर्गतको महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको सिंहदरबारमा बसेको आजको बैठकमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा सभासद्हरूले मिलापत्र गर्न सक्ने भन्ने शब्द नै राख्न नहुने र पीडकलाई कारबाही गर्ने विषयमा कानुनमै उल्लेख गर्नुुपर्ने विचार राखेका हुन्। 
 
सभासद्हरू डा दुमनसिंह थापा, मदनकुमारी शाह, रामहरि सुवेदी, रन्नादेवी गुरुङ, रुक्मिणी चौधरी, पेम्वा लामा, अनुराधा थापामगर, रीता रावल, शान्ता मानवी, यशोदा लामा, प्रभादेवी बज्राचार्यलगायतले यौनजन्य दुर्व्यवहारमा मिलापत्र गर्दा धेरै समस्याहरू आइरहेको हुनाले मेलमिलापको नगरी दोषीलाई दण्ड सजाय दिनुपर्ने विचार राखेका थिए। 
 
पीडकले पीडित पक्षलाई विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती मेलमिलाप गराउने गर्नाले पीडितलाई असुरक्षित र मनोवैज्ञानिक त्रास रहिरने भएकाले कानुनमा मिलापत्र भन्ने शब्द राख्न नहुने सभासद्हरूको भनाइ थियो।
 
सो विधेयक संशोधनको दफा ८ मा रहेको 'मिलापत्र गर्न सक्ने' भन्ने दफा नै राख्न नहुनेमा र कार्यस्थलमा यौनदुर्व्यवहार गर्नेलाई सिधै कानुनी कारबाही गर्ने व्यवस्था गर्नुपर्ने राय सभासद्हरूले राखेका थिए।  उक्त दफामा 'यौनजन्य दुर्व्यवहारबाट पीडित र आरोपित दुवै पक्षले चाहेमा मिलापत्रका लागि उजुरी सुन्ने अधिकारीसमक्ष संयुक्त निवेदन दिन सक्नेछन्' भनेर उल्लेख गरिएको छ।
 
विधेयकको दफा ६ को 'गुनासो सुनुवाइ' को महलमा यौनजन्य दुर्व्यवहार गरेमा पीडितले सात दिनभित्र लिखित वा मौखिकरूपमा गुनासो गर्न सक्नेछन् भनी उल्लेख गरिएको छ। त्यसमा सभासद्हरू पेम्वा लामा, तारादेवी राई, सविया अन्सारी, रुक्मिणी चौधरीलगायतले पीडितले परिवार र समाजको डरले गर्दा दुर्व्यवहारको बारेमा नभन्ने भएकाले गुनासो सुनुवाइको हदम्याद राख्न नहुने राय राखेका थिए। 
 
गुनासो सुनुवाइकै महलमा सभासद्हरू डा बंशीधर मित्र, श्रीमाया थकाली, अनुराधा थापामगर, जयप्रकाश थारुलगायतले हदम्याद नराख्दा प्रमाण नष्ट हुने र पीडकले उम्किन मौका पाउने भएकाले हदम्याद राख्नुपर्नेमा उल्लेख गर्दै सात दिनलाई बढाएर ३५ देखि ४५ दिनसम्म राख्न सक्ने विचार राखे। 
 
यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, साधन वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा, यौनजन्य क्रियाकलापका बारेमा कुराकानी गरेमा, यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा यौनजन्य दुर्व्यवहार गरेको मानिने विधेयकमा उल्लेख छ। त्यसमा सभासद्हरूले आरोपित व्यक्तिलाई निलम्बन गरेर पदमुक्त गरी दुर्व्यवहारको प्रकृतिअनुसार सजाय हुनुपर्ने राय राखेका थिए।  
 
यो विधेयकका बाँकी दफाहरूमा बुधबार पुनः छलफल हुने गरी आजको बैठक सकिएको छ।
 
विधेयकमा कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुर्व्यवहार गरेको ठहरेमा निजलाई कसुरको प्रकृति हेरी तीन महिनासम्म कैद वा रु २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ भनी उल्लेख छ। 
 
त्यस्तै, कुनै व्यवस्थापकले यस ऐनबमोजिमको दायित्व वा अन्य व्यवस्थाको पालना नगरेको ठहरेमा निजलाई रु १५ हजार जरिवाना हुनेछ भनिएको छ। रासस 

सीमामा लुटिनु र कुटिनु नेपालीको नियती

September 21
नेपालीहरुको प्रमुख चाड दसैं र तिहार नजिँकदै गर्दा भारतबाट घर फर्किनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। 
भारतमा नोकरी गरेर घर फर्किदै गर्नेको संख्या बढेसँगै सीमा क्षेत्रमा लुटिने क्रम पनि बढेको छ। कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डा चौकीमा नेपालीहरु लुटिने क्रम बढेको छ। 
 
डोटीको सलेनाभूमीराज गाविस वडा नम्वर ७ का चक्रबहादुर बिष्ट अत्तरियामा बस भित्रै लुटिएका छन्। 
 
१५ महिनापछि घर फर्किएका बिष्ट से १ प ८१० नम्वरको बस भित्रै लुटिएका हुन। 
 
उनले झोलामा रहेको २ लाख ३० हजार भारतीय रुपैयाँ र तीन थान मोवाइल लुटिएको बताए। 
 
भदौ ३१ गते धनगढीको बसपार्कस्थित अछाम होटलमा बास बसेका बिष्टले होटल सञ्चालकले नै लुटपाट गर्न लगाएको दावी गरेका छन्। 
 
उनले होटल सञ्चालकको नाममा जिल्ला प्रहरी कार्यालय कैलालीमा किटानी जाहेरी दिएका छन्। 
 
नेपालीहरु चोरी र लुटपाटमा संलग्न गिरोहबाट मात्रै हैन भारतीय सीमा सुरक्षा बल र कष्टम कर्मचारीहरुबाट समेत लुटिने गरेका छन्। 
 
उनीहरुले नेपालीलाई विभिन्न बहानामा लुटपाट र कुटपिट गर्ने गरेका छन्। एक महिना अघि भारतको मंगलपुरबाट फर्किएका बाजुराको ब्रमतोलाका हंश रानाले कञ्चनपुरको गड्डाचौकीमा भारतीय एसएसबीले अनाहकमा दुःख दिएको बताए। 
 
'पहिले त झोलाको सामान चेकजाँच गर्‍यो। केही नभेटे पछि दुर्व्यवहार गर्‍यो' उनले भने–'पैसा दिएपछि मात्रै बल्ल त्यहाँबाट फुत्किन पाए।'
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पछि सीमा क्षेत्रमा नेपालीले ज्यादती भोग्नु पर्ने छैन भन्ने विश्वास गरिएको थियो। तर मोदीको भ्रमणले पनि विगतको निरन्तरतालाई तोड्न सकेन। 
 
वर्षभरी दुःखकष्ठ गरेर कमाएको रकम सीमा क्षेत्रमा लुटिन थालेपछि नेपालीहरु समस्या परेका छन्। कतिपयले त रकम गुमाउने मात्रै हैन कुटपिटको समेत सामना गर्नुपर्ने हुन्छ। 
 
भारतीय सुरक्षाकर्मीले विभिन्न बहानामा लुटपाट र कुटपिट गर्ने गरेका छन्। उनीहरुले मागेको रकम नदिए खल्तीबाटै जबरजस्ती रकम लिने र प्रतिकार गर्न खोजे कुटपिट समेत गर्ने गरेको पीडितहरुको गुनासो छ।
 
सुदूरपश्चिम प्रहरीले दशै र तिहारलाई मध्यनगर गरेर एकीकृत सुरक्षा योजना लागु गरेपछि नेपाली पक्ष भने सचेत बनेको छ। यसअघि भने नेपाल प्रहरी र भन्सारका कर्मचारीहरुले समेत घर फर्किदै गरेकाहरुबाट रकम असुल्ने गरेका थिए। 
'यो वर्ष नेपाल तर्फ भने त्यत्ति गाह्रो छैन' एक व्यक्तिले भने–'पोहोर साल आउँदा त नेपाल तर्फ पनि पैसा तिर्नु परेको थियो।'
 
नेपालीलाई रिक्सा चालकले समेत लुट्ने गरेका छन्। गौरीफन्टाबाट धनगढीस्थित बसपार्कसम्मको भाडा दर ५० रुपैयाँ भएपनि रिक्साचालकले दोव्वर भाडा असुल्ने गरेका छन्। 
 
भारतको पुनाबाट आएका तुलाराम नेपालीले रिक्सा चालकले समेत लुट्ने गरेको गुनासो गरे। 
 
'पहिले ५० रुपैयाँ भनेर रिक्सामा चढाउछन् तर पछि सामानको समेत भाडा जोडेर लिने गरेका छन्' उनले भने–'उनीहरुले भने जति रकम नदिए मान्दैनन्।'
 
सीमामा हुने ज्यादती एक वर्ष मात्रै हैन। यो प्रवृत्ति विगत देखि नै चल्दै आएको छ। भारत र नेपाल पक्षले बेला बेलामा सिमामा हुने ज्यादतीका बारेमा छलफल गर्छन.। भारतीय पक्षले आगामी दिनमा त्यसो नहुने प्रतिवद्धता पनि व्यक्त गर्छ। तर त्यसको पालना भने हुन सकेको पाईदैन। जसका कारण वर्षेनी नेपालीहरुले कुटिनु र लुटिनु पर्ने वाध्यता रहँदै आएको छ।

रोल्पाले सम्झीयो वोगटीलाई

September 21
तत्कालिन यूद्धका समयमा लामो समय रोल्पा बसेर माओवादीको नेतृत्व गरेका नेता पोष्टवहादुर वोगटीलाई रोल्पालीले पनि सम्झिएका छन्।
उनको स्मृतिमा आयोजीत श्रद्धाञ्जली कार्यक्रममा बोल्ने माओवादी नेताहरूले साझा नेताको रुपमा स्थापीत व्यक्त्तीत्वका रुपमा सम्झीए।
 
यूद्धकै उद्गम थलोका रुपमा परिचीत रोल्पामा वोगटी र उनीसँगको सम्वन्धका कारण उनको अभावमा मन दुखाउनेको संख्या पनि उल्लेख्य छ रोल्पामा।
 
रोल्पाका विभिन्न दुर्गम गाउँमा वसेर यूद्ध हाकेका बोगटीलाई रोल्पाका सवै राजनीतिक दल, कर्मचारी, पत्रकार, व्यापारी, नागरिक समाजले फोटोमा अबिर र फूल चढाएर सम्झिएका हुन्।
 
एमाओवादीका केन्द्रीय सदस्य दिपेन्द्र पुन सिजल, नेकपा माओवादीका केन्द्रीय सदस्य अमर म्काक्री संजीवकुमार, नेपाली काग्रेसका सभापती कृष्णवहादुर घर्ति मगर लगायतले शब्द मार्फत पनि वोगटीलाई सम्झीएका थिए।

शिक्षिकाबारे अश्लील पर्चा बाँड्ने प्रिन्सिपल कारबाहीमा-प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै

September 21

आफ्नै स्कुलकी शिक्षिकाको इज्जतमाथि खेलवाड गर्ने दुस्साहस गरेका एक प्रिन्सिपल कारबाहीमा परेका छन्। सामुदायिक इङलिस स्कुलका तत्कालीन प्रिन्सिपल राजाराम बासुकलाले सिम्रन श्रेष्ठ नामकी शिक्षिकाले प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै महिलाको नाममा अश्लील पर्चा छरेका थिए।

 
आइताबरको राजधानीमा प्रकाशित समाचार अनुसार सिम्रनले प्रहरी परिसर भक्तपुरमा जाहेरी दिएकी थिइन् । दोषी ठहरपछि प्रिन्सिपललाई कडा नसिहतसहित ७ हजार रुपैयाँ जरिवाना सुनाइएको छ।

ज्योती फेलाउँदै दृष्टिविहीन जोडी

September 21
अन्तरजातीय विवाह गरेको यो जोडी गाउँमा उदाहरणिय छन्।'पहिला राम्रो दृष्टिकोणले हेर्ने कमै भेटिन्थे,' गणेश भन्छन्, ' हिम्मत हारेनौ आफूले पामेघौली ५ का गणेश महतो र संगीता पारजुली पति-पत्नी हुन्। उनीहरू आँखा लेख्दैनन् तर, दृष्टि भएका भन्दा कम छैनन्। आइतबारको कान्तिपुरमा छापिएको समाचार अनुसार उनीहरू गाउँका छुट्टाछुट्टै विद्यालयमा पढाएर शिक्षाको ज्योती फेलाइरहेका छन्। गणेश सरस्वती उच्च मावि र संगीता जानकीमा पढाउँछन्।

बलात्कारीलाई २० वर्ष जेल

  भारतको एक अदालतले एकजना महिलालाई सामुहिक बलात्कार गरेको अभियोगमा सोही मुद्धाका १३ जना अरोपीलाई २० वर्षको जेल सजाय सुनाएको छ।

 एकजना महिलालाई बलात्कार गर्ने सो गाउका एक गाउले प्रमुख पनि सो कारबाहीको दायरामा परेका छन्। 
 
 उनीहरुले एक महिलालाई बलात्कार गरेको आरोपमा मुद्दा दायर भएको थियो। सो मुद्दाको फैसला सुनाउदै उक्त जेज सजाउ तोकेको हो।
 
 गत जनवरी महिनामा पश्चिम बङ्गालको एक गाउमा ती महिलामाथि बलात्कार भएको थियो। सो मुद्दामा प्रहरीले गाउले प्रमुखलाई पनि थुनामा राखेको थियो। 
 
 गाउले प्रमुखले सोही गाउमा बस्ने एकजना जनजाति महिलाप्रति उक्त व्यवहार गरी समुदाय र महिलाको मानहानी गरेको भनी उक्त सजाय सुनाइएको बताइएको छ। 
 
 भारतका हालैका केही वर्षयता बलात्कारका घटनामा निकै नै बृद्धि भइरहेको छ। बलात्कारीलाई कडाभन्दा कडा कारबाहीको मागपनि त्यत्तिकै मात्रामा उठिरहेको छ। 
 

 त्यसैले पछिल्ला केही समययता भारतीय अदालतहरुले पनि बलात्कारीलाई कडा कारबाहीको सजाय सुनाइरहेका छन्। रासस/एएफपी

कार्यकारी प्रमुख प्रधानमन्त्रीमा सहमतीः रामचन्द्र पौडेल

September 21:
नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले कार्यकारी प्रमुख प्रधानमन्त्री बनाउने विषयमा दलहरुबीच लगभग सहमती भएकेा बताएका छन्। उउनले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुने समेत बताए। 
 
नेपाली काँग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको निधन भएको आज १२औं दिनको तिथीमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन्। 
 
शासकीय स्वरुपका विषयमा संसदप्रति उत्तरदायी कार्यकारी प्रमुख प्रधानमन्त्री बनाउने र  संवैधानिक राष्ट्रपति बनाउने कुरामा लगभग हाम्रा विचमा सहमती भैसकेकेा छ, उनले भने।
 उनले निर्वाचन प्रणालीको बारेमा प्रतिनिधिसभा  प्रत्यक्ष र राष्ट्रिय सभा समानुपातिक निर्वाचनका आधारमा हुने जानकारी दिए। सिमित अधिकार र सिमित समयका लागि संवैधानिक अदालत बनाउने सहमती भएकेा उनले खुलाए। ६,७ वटा प्रदेश राख्ने विषयमा सहमती हुने देखिएको उनले बताए। बाँकी विवादीत विषयमा १४ गतेभित्रमा टुंगिने उनको भनाई छ।
 
विपक्षि दलहरुले विकासका कार्यक्रम ल्याउने बेलामा गरेको संरद अवरोधको कुनै औचित्य नभएको उनले बताए।  माग पूरा भैसकेका बेला अवरोध गर्नु नहुनेमा उनले जोड दिए। अव नयाँ संविधान दिएर देशलाई विकासतर्फ अग्रसर गराउनुपर्नेमा उनले जोड दिए।

पुराना दस्तावेजका आधारमा सीमा विवाद टुङ्गो लगाउन सुझाव

September 21
नेपाल भारतबीच रहँदै आएको सीमा विवादलाई पुराना नक्सा तथा दस्तावेजका आधारमा टुङ्गो लगाउन विज्ञले सुझाएका छन्। 
 
 सीमा कार्य समूहले गरेको पछिल्लो निर्णयले दुई देशबीचको सीमा विवाद अन्त्य गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै विज्ञले प्रमाणका आधारमा निर्णय लिनुपर्नेमा जोड दिएका हुन्। सीमाविद् बुद्धिनारायण श्रेष्ठले पटक पटक दुई देशबीच रहँदै आएको सीमा विवाद अन्त्य गर्न छलफल भए पनि विवाद बाँकी रहेका कालापानी, सुस्ता, सन्दकपुर र ठोरीलगायत स्थानलाई पुराना प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने बताए।
 
काठमाडौँमा सम्पन्न नेपाल भारत सीमा कार्य समूहको बैठकले दुई देशबीचको सिमानामा हराएका सीमास्तम्भको पुनः निर्माण एवम् भत्किएका सीमास्तम्भको मर्मत गर्ने तथा दशगजा क्षेत्रमा अतिक्रमण र आगामी तीन वर्षभित्रमा दुई देशबीचको सीमासम्बन्धी विवादलाई अन्त्य गर्न कार्य विधि तयार गर्ने सहमति भएको थियो।
 
विभागका प्रवक्ता मधुसूदन अधिकारीले समूहले बनाएको तीनवर्षे कार्ययोजना पूरा गर्न सीमा क्षेत्रमा स्थलगत अध्ययनका लागि दुई देशका अधिकारीको टोली पठाएर अध्ययन गरिने जानकारी दिए।
 
सीमा सरोकार नागरिक समितिका अध्यक्ष चेतेन्द्रजङ्ग हिमालीले विवादित स्थानको नक्सा तयार गरेर त्यसलाई सच्याउने गरी काम गर्नुपर्नेमा जोड दिँदै पुराना दस्तावेज तथा नक्साका आधारमा विवादको समाधान गर्नुपर्ने बताए।
 
सन् १९८१ देखि २००७ सम्म नेपाल भारत प्राविधिकस्तरीय संयुक्त सीमा समितिले २६ वर्ष काम गरेर ९७ प्रतिशत सीमाङ्कन काम सकाएर १८२ सीमा नक्सा तयार गरेको थियो। त्यो समिति खारेज भएको लामो समयपछि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र भारतीय विदेशमन्त्री सुषमा स्वराजबीच सीमा कार्य समूह गठन गरिएको हो। 
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका अवसरमा उक्त समूहलाई मान्यता दिइएपछि काठमाडौँमा बसेको बैठकले विवादित स्थानको नक्साङ्कनमा थप काम हुने विश्वास लिइएको हो। रासस

संकटापन्न रेडपाण्डा संरक्षणमा जुट्दैछन स्थानीयहरु

September 21

दुलर्भ र संकटापन्न  प्रजातिको रुपमा बिश्वमा चिनिएको रेडपाण्डा (हाब्रे) संरक्षणमा ईलाम पाँचथर र ताप्लेजुङका सरोकारवालाहरु जुट्न थालेका छन। 
 
रेडपाण्डा पाइने मेची अञ्चलका तीन पहाडी जिल्लामा गत वर्षदेखि संरक्षण सम्बन्धी बिभिन्न प्रकारका कार्यक्रम सञ्चालन भइरहेको रेडपाण्डा नेटवर्कसँग आवध्द भएर कार्यक्रम संचानल गरीरहेको पाँचथरको दिपज्येाति युवा क्लवका   कार्यक्रम संयोजक वाङचु भुटियाले बताए।  उनका अनुसार तीन जिल्लामा रहेका स्थानीय संस्थाहरु सित साझेदारीमा संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन भै रहेको छ। 
 
रेडपाण्डा संरक्षणका लागि अहिले सचेतना ,अनुसन्धान र बासस्थान ब्यवस्थापन सम्बन्धी र्कायक्रम इलामका ७ पाँचथरका ६ र तांप्लेजुङका १४ गाबिसमा  सञ्चालन भै रहेको संयोजक भुटियाले  बताउनु भयो।कार्यक्रम सञ्चालन भएका सबै गाबिसहरुमा दुई दूई जना बन अभिभावक राखेर रेडपाण्डाको अवस्था संख्या र क्रियाकलाप बारेमा  महिना महिनामा जानकारी राख्ने जिम्मेवारी दिए पछि रेडपाण्डाको यथार्थ बिवरण आउन थालेको  दिपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवा बताए।  उनका अनुसार पहिचान भएका क्षेत्रमा कम्तिमा एक सय २५ देखि २ सय १८ वटा सम्म रेडपाण्डा पाइन सक्ने अनुमान गरीएको छ।  
 
समुदायमा आधरीत  रेडपाण्डा अनुगमन कार्यक्रम पाँचथरमा दिपज्योति युवा क्लव, ताप्लेजुङमा हिमाली संरक्षण मञ्च र इलाममा उच्च पहाडी जडिवुटि उत्पादक तथा संरक्षण संस्थाको अगुवाइमा  संरक्षण सम्बन्धी कार्यक्रम विगत ३ वर्षवाट  संञ्चालन भए पछि  जिल्लाको रेडपाण्डाको तथ्याङक समेत सार्वजनिक भएको उनको भनाइ छ। जस अनुसार पाँचथरमा २५ देखि ४३ , इलाममा २३ देखि ४० र ताप्लेजुङमा ७७ देखि १३४ वटा सम्म रेडपाण्डा भएको तथ्य शनिवार आयेाजीत ५ औ अन्तराष्ट्रिय  रेडपाण्डा दिवशको अवसरमा सार्वजनिक गरीएको थियो। 
 
समुदायको प्रत्यक्ष सहभागितामा वासस्थानको संरक्षण, आहारविहारको लागी उचित संरक्षण र प्रजनन् क्षेत्रको उचित संरक्षण सुरक्षा जस्ता कुरालाइ समुदाय तहसम्म पुर्याउन सकेको खण्डमा पर्या पर्यटन प्रवर्धनमा समेत  सघाउ पुग्ने कार्यक्रमका वक्ताहरुले बताएका छन्।   
 
इलाम जिल्लाका  केहि गाविस हरुमा रेडपाण्डा सम्वन्धि पाठ्यक्र समेत निर्माण गरेर त्यसको संरक्षणको प्रयास गरीएको छ। 
 
स्थानीय संरक्षण विश्वभरी शिक्षा भन्ने नाराका साथ मनाइएको दिवशको अवसरमा सहभागीहरुले दुर्लभ जनावारको संरक्षणमा राज्य गैर राज्य र स्थानीय स्तरको साझा प्रयास जरुर भएको विचार राखेका थिए। 
 
सोहि अवसरमा शनिबार दिपज्योति युवा क्लवले सदरमुकाम फिदिममा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिताको  आयेाजना गरेको  थियो। 
 
प्रतियोगितामा गढि माविका विशेष कक्षाका भाइ उत्तम लावती प्रथम , सुखवोध मावि जोरसालकी भिम कुमारी भट्टराई दोस्रो र कालिका मावि साम्दिनकी सजीना तुम्वापो तेस्रो भएका थिए विजयीहरुलाइ प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।

विश्व सरसफाइ दिवसको अवसरमा देशव्यापी सरसफाइ

September 21
विश्व सरसफाइ दिवसको अवसर पारेर क्लिन अप नेपालले आज देशव्यापी रुपमा सरसफाइ गरेको छ। काठमाडौंसहित मुलुकका विभिन्न ७० भन्दा बढी शहरहरुमा बिहान ७ बजेदेखि ११ बजेसम्म एक साथ सरसफाइ कार्यक्रम भएको हो।
 
'हरित क्रान्तिमा सहभागी होऔँ, सामुदायिक प्रदुषणलाई रोकौँ' भन्ने नाराका साथ गरिएको देशव्यापी सरसफाइ अभियानमा २० हजार ९ सय २१ स्वयंसेवकहरु सहभागी भएका थिए।
 
सरफाइ अभियानको समापन समारोहमा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख धनबहादुर श्रेष्ठ, नेपालका लागि अष्ट्रेलियाका राजदुत ग्लेन ह्वाइट, काठमाडौं महानगरपालिकाको वातावरण प्रशासन महाशाखाका प्रमुख हरि प्रसाद कुँवरलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।
 
कार्यक्रमलाई सम्बोधन गर्दै अष्ट्रेलियन राजदूत ह्वाइटले हरेक व्यक्तिले आफ्नो कर्तव्य महशुस गर्ने हो भने सबै समुदाय सफा राख्न कुनै समस्या नहुने बताए। 'आफूले उत्पादन गरेको फोहोरलाई व्यवस्थापन गर्न आफैँ लाग्नु पर्नेमा पनि जोड दिँदै हरेक व्यक्तिले उत्तरदायी हुनुपर्ने बताए।
 
२५ वर्षअघि सिड्नी हार्वरबाट क्लिन अप वर्ल्ड अभियान सञ्चालन भएकाले सरसफाइ अभियानमा जोडिन पाउँदा आफूले गर्व महशुस गर्ने गरेको बताए।
 
काठमाडौंमा काठमाडौं महानगरपालिकासँगको साझेदारितामा सबै ३५ वटै वडामा सरसफाइ कार्यक्रम भएको थियो। त्यस्तै, भक्तपुर, ललितपुरसहित उपत्यका बाहिर पोखरा, बुटवल, इटहरी, बिराटनर, चितवन, बनेपा, धुलिखेल, नगरकोट, पनौति, पाल्पा, जुम्ला, दार्जुलालगायतका जिल्लाहरुमा सरसफाइ भएको छ।
 
इटहरीमा भने ११ हजार व्यक्तिले ११ हजार बिरुवा रोपेका थिए। यस्तै, काठमाडौंको नरदेवीमा पनि वृक्षारोपण गरिएको छ। त्यस्तै, भक्तपुरको बालकोटमा फोहोर व्यवस्थापन सम्बन्धी नाटक प्रदर्शन गरिएको थियो। आजको सरसफाइ अभियान मार्फत देशभरबाट एक लाख ६ हजार ४८ किलो फोहोर संकलन भएको छ।
 
यो वर्ष मुलुकभरबाट २ सय ४० वटा स्थानीय समुदाय तथा संघसंस्थाहरु सरसफाइ अभियानमा भएका थिए।
 
क्लिन अप नेपालले अघिल्लो वर्ष (सन् २०१३) मा पनि देशव्यापी रुपमा सरसफाइ अभियान सञ्चालन गरेको थियो। जसमा १५ हजार भन्दा बढी स्वयंसेवक मार्फत ८४ हजार ५ सय ६४ किलो फोहोर संकलन गरेको थियो ।

इटहरीमा रोपिए १० हजार विरुवा

September 21
मन्त्रीले गरे प्रशंसा
इटहरीवासीले आज इटहरीभर दश हजार विरुवा रोपेका छन्। विश्व सरसफाइ दिवसको अवसरमा १० हजार विरुवा, २० हजार हात नाम दिइएको कार्यक्रमअन्तर्गत इटहरी उत्तरमा रहेको खोसार्नेखापदेखि दक्षिणमा पर्ने भुर्कीसम्मका टोल तथा वस्तीहरुमा विरुवा रोपिएको हो।
 
इटहरीलाई जंगलभित्रको शहर बनाउने अभियानको क्रममा झण्डै एकमहिनाको तयारीपछि विरुवा रोपिएको हो। सरसफाइका लागि सुरु गरिएको किप इटहरी क्लिन अभियान समुह, इटहरी नगरपालिका तथा उद्योग वाणिज्य संघ इटहरीको संयुक्त आह्वानमा नगरवासीले रुख रोपेका हुन्। 
 
अभियानलाई साथ दिन इटहरी आइपुगेका वन तथा भु संरक्षण मन्त्री महेश आचार्यले समेत इटहरीवासीको अभियानलाई साथ दिएका छन्। उनले इटहरी नगरपालिकाको प्रांगणमा कपुरको रुख रोप्दै भने, 'अति राम्रो काम, इटहरीवासीको यो कामलाई अभिवादन गर्छु।' 
 
औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जैविक विविधताका क्षेत्रमा नेपालले छिमेकी ठूला देशहरुलाई समेत जित्न सक्ने बताए। 'भौतिक विकासमा हामी प्रतिष्पर्धामा अगाडी आउन नसकौंला,' उनले भने, 'तर संसारका उदियमान महाशक्ति देशसँग समेत जैविक विविधताको संरक्षणका विषयमा प्रतिष्पर्धा गर्न सक्छौं।'
 
मन्त्री आचार्यले इटहरीको अभियानलाई प्रशंसा गर्दै अभियानलाई छिमेकी नगरहरुसम्म पुर्याउन आग्रह गरे। नेपालको धर्म, संस्कृती तथा विज्ञानले वन तथा जमिनलाई उच्च महत्व दिएको बताउँदै मानिसको अस्तीत्वका लागि समेत वन संरक्षण आवश्यक रहेको बताए। उनले अबको १० वर्षलाई वन दशकको रुपमा मनाउन सरकार लागिपरेको समेत जानकारी दिँदै रुख रोपेर नेपालले अरबौं डलर भित्र्याउन सक्ने बताए।
 
यस्तै नेकपा एमाले इटहरी नगर अध्यक्ष याम सुब्बाले केन्द्र सरकारको सहयोगविना इटहरीवासी आफै एकजुट भएर अभियान सञ्चालन गरीरहेको बताउँदै सहयोग गर्न आग्रह गरे। उनले इटहरीलाई उपमहानगर बन्न सहयोग गर्नसमेत मन्त्री आचार्यसँग आग्रह गरेका थिए।
 
यस्तै केआइसीका अभियन्ता तथा साहित्यकार मनु मञ्जिलले जहाँ उभिएर हेर्दा पनि शहरलाई सुन्दर देखिन आवश्यक रहेको चर्चा गर्दै वृक्षरोपणले मानिसलाई प्रेम गर्न सिकाउने बताए। जंगलभित्रको शहर बनाउने उद्देश्यका साथ वृक्षरोपण थालिएको इटहरी नगरपालिका यसअघि नै खुला दिसामुक्त क्षेत्र तथा प्लाष्टिक झोला निषेधित क्षेत्र घोषित छ।

Saturday, September 20, 2014

छोरीेले अन्तर्जातीय विवाह रोजेपछि अपहरणको उजुरी

September 20
पाल्पा । दलित युवकसँग छोरीको विवाह हुने पक्का भएपछि माइतीपक्षले छुटाउन प्रयास गरेका छन् ।
स्याङ्जाको अलामदेवी-५, लसगाबेसीका २३ वर्षीय सन्तोष लम्साल विक र अलामदेवी-१ की २० वर्षीया रेखा पाण्डेबीच विवाह गर्ने सहमति भएपछि त्यसलाई छुटाउन माइतीपक्ष पाल्पा आएका छन् ।
केटापक्षले छोरीलाई अपहरण गरी लगेको भनी माइतीपक्षले स्याङ्जाको जयपति इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा राखेको थियो ।
केटाकेटीको जोडी पहिला बुटवलको फूलबारीमा विवाह गर्ने योजनामा रहेकामा अहिले पाल्पाको अमरनारायणमा विवाह गर्ने तयारीमा रहेका छन् । रासस

Thursday, September 18, 2014

पर्सा क्राइमटोलीको हातमा चोरीको मोबाइल

September 18
जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीका अधिकांश प्रहरी अधिकृत तथा जवानहरुले अहिले चोरीको महंगो मोबाइल प्रयोग गरिरहेका छन्। तीन महिना अगाडि पक्राउ परेको मोबाइलबाट भागबन्डा लगाएका मोबाइलहरु अहिले टोलीका प्रहरीहरुले प्रयोग गर्न थालेको जिल्ला प्रहरी कार्यालयका एक अधिकृतले बताए।
 
जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले  वीरगन्जको छपकैयाबाट २०० मोबाइल पक्राउ गरे पनि एक सय ६२ थान मोबाइल सेटमात्र बुझाएकेा थियो। त्यससमयमा पक्राउ परेका मोबाइलबाट क्राइम टोलीका प्रहरी नायब निरीक्षक र सहायक निरीक्षकले एलजिका एच टि सि एन्ड्रोइड,  र चार जना प्रहरी जवानहरुले सामसुगं ग्यालेक्सी मोबाइलहरु प्रयोग गरिरहेका छन्।
 
पर्सा क्राइम टोलीले प्रयोग गरिरहेको चोरीको मोबाइलको बारेमा नारायणी अञ्चाल प्रहरी कार्यालयका प्रमुख बरिष्ट प्रहरी उपरिक्षक सर्वेन्द्र खनालले घटनाको बारेमा छानबिन गरि कारवाहि गर्ने बताए।
 
क्राइम नियन्त्रण गर्ने टालीले नै चोरीको मोबाइल प्रयोग गरिरहेको कुराले  केहि बर्षदेखी प्रहरीप्रती आमजनताको बढेको विश्वास प्रति नाकारात्म असर खनालले बताए। क्राइमटोलीले त्यससमयमा नोकिया, सामसुङ, एप्पल , ब्लाकबेरी,एलजिको एचटिसी कम्पनीका एक सय ६२ थान मोबाइलमा पक्राउ गरेको र त्यसको मुल्य १३ लाख भएको  जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको थियो।
 
मोबाइल पक्राउ परेका क्राइम टोलीका प्रमुख प्रहरी निरीक्षक बरुण बहादुर सिंह र प्रहरी उपरीक्षक धिरज प्रताप सिहंको सरुवा भएका पछि प्रहरीहरुले चोरीको मोबाइल प्रयोग गर्न थालेका हुन। 

यौनजन्य दुर्व्यवहार निवारण गर्ने विधेयकमाथि छलफल सुरु

September 18
व्यवस्थापिका–संसद्अन्तर्गतको महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्ग समितिको बैठकमा कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण सम्बन्धी विधेयकमाथि बुधबारदेखि छलफल सुरु भएको छ। 
सिंहदरबारमा बसेको बैठकमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री निलम केसीले विधेयकमा छुटेका कुराहरु थप गरी कार्यस्थलमा लैङ्गिकमैत्री वातावरण निर्माण गरी सुरक्षित र मर्यादितरुपमा महिलाले काम गर्न पाउनुपर्ने बताइन्। 
 
उनले कार्यस्थलमा हुने हिंसा दैनिक बढ्दै गएको हुनाले महिला हिंसा अन्त्यका लागि संसदमा विधेयक प्रस्तुत गरिएको उल्लेख गरिन्। 
 
सो विधेयकको दफा १ मा ‘कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार (निवारण) ऐन, २०७१’ भन्ने रहेको छ। दफा २ मा ‘कार्यस्थल’ भन्नाले सरकारी निकाय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको सङ्गठित संस्था, प्रचलित कानुनबमोजिम स्थापना भएको निकाय वा सङ्गठित संस्था, कुनै व्यवसाय, कारोबार वा सेवा प्रदान गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम अनुमति प्राप्त गरेको दर्ता भएको फर्म, निकाय वा सङ्गठित संस्था भन्ने रहेको छ ।
 
सो विधेयक संशोधनको दफा १ र २ का विषयमा सभासद्हरु डा गणेशमान गुरुङ, पेम्बा लामा, सीता गिरी ओली, रत्नादेवी गुरुङ, शान्ता मानवी, प्रभावदेवी बज्राचार्य, अनुराधा थापामगर, जयप्रकाश थारु लगायतले कार्यस्थल भने शब्द किटान गरेर नै राख्नुपर्नेमा जोड दिएका छन्।
 
त्यसैगरी, सभासद्हरु रामहरि सुवेदी, अग्नि सापकोटा, सारदा पौडेल, रेखा शर्मा, आशाकुमारी सिंह वंशीधर मित्रले, भानुभक्त ढकाल, रीता रावललगायतले हिंसा अन्त्यका लागि कडा कारबाहीको व्यवस्थाका साथै कार्यस्थल किटान गरेर जाँदा लामो हुने भएकाले एकमुष्टरुपमा सबै स्थानमा हुने यौनजन्य दुर्व्यवहार भन्ने शब्द राख्नुपर्ने विचार राखेका थिए। 
 
समितिका सभापति रञ्जुकुमारी झाले विधेयकमा कार्यस्थलमा हुने हिंसा भनी उल्लेख भएकाले कार्यस्थल भन्नाले कुनकुन ठाउँ बुझिन्छभन्ने किटान गरेर नै जाँदा पीडितले न्याय पाउने बताइन्।
 
यो विधेयकका बाँकी दफाहरुमा आइतबार पुनः छलफल हुने गरी आजको बैठक सकिएको छ। 
 
यौनजन्य आशयले शरीरको कुनै अङ्गमा छोएमा वा छुने प्रयास गरेमा, अश्लिल तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य, दृश्य, साधन वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गरेमा, यौनजन्य क्रियाकलापका बारेमा कुराकानी गरेमा, यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा यौनजन्य दुर्व्यवहार गरेको मानिने विधेयकमा उल्लेख छ ।
 
त्यसैगरी, कसैले कुनै कर्मचारी वा सेवाग्राहीलाई यौनजन्य दुर्व्यवहार गरेको ठहरेमा निजलाई कसुरको प्रकृति हेरी तीन महिनासम्म कैद वा रु २५ हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ । 
 
कुनै व्यवस्थापकले यस ऐन, बमोजिमको दायित्व वा अन्य व्यवस्थाको पालना नगरेको ठहरेमा निजलाई रु १५ हजार जरिवाना हुनेछ । रासस

चार्ल्स शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला

September 18
क्यानेडियन नागरिक लोरेन्ट क्यारियरको हत्या गरेको अभियोगमा पक्राउ परेर मुद्दा खेपिरहेका कुख्यात अपराधी चाल्र्स शोभराजलाई भक्तपुर जिल्ला अदालतले आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। 
 
भक्तपुर जिल्ला अदालतका न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले शोभराजलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको अदालतका श्रेष्तेदार खड्गराज अधिकारीले जानकारी दिए। 
 
बुधबार अदालतमा शोभराज र उनको वकिल सकुन्तला थापा उपस्थिति नभएपछि जिल्ला अदालतले वैतनिक वकिलको रुपमा हरि राउतलाई बहस गराएर मुद्दाको फैसला गरेको थियो। 
 
विसं २०३२ साल पुस ६ गते क्यानेडियन नागरिक क्यारियरको हत्या गरेर लाशलाई टुक्रा पारी भक्तपुरको मनोहरा खोला र नंखेल गाविस पलाँसेमा फ्याकिएको अबस्थामा भेट्टाइएको थियो। २०६० सालमा काठमाडौंबाट शोभराज पक्राउ परेपछि उनी विरुद्ध हत्या अभियोगमा प्रहरीले मुद्दा चलाएको थियो। 
 
यसअघि काठमाडौंमा भएको कोन्नी ब्रोनिचको हत्या अभियोग र जाली राहदानी मुद्दाको फैसलामा पनि उनले कैद भुक्तान गरेका थिए। रासस

Wednesday, September 17, 2014

छुरा प्रहार गर्नेलाई पाँच वर्ष कैद, बहुविवाह गर्ने पक्राउ

September 17
जिल्ला अदालत इलामले एक युवकलाई छुरा प्रहार गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा खेपिरहेका पशुपतिनगरका दुईजनालाई ५/५ वर्ष कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले ज्यानसम्बन्धी महलको १५ नम्बरबमोजिम पशुपतिनगर–८ का २० वर्षीय कुशल राई र २२ वर्षीय वचन राईलाई मङ्गलबार कैद सजाय सुनाएको अदालतका नायब सुब्बा रबिन अधिकारीले जानकारी दिए।

 उनीहरूले पशुपतिनगरका चन्द्र यल्मुलाई गत जेठ ६ गते बेलुका छुरा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। यसैबीच बहुविवाह गरेको आरोपमा नयाँबजार–४ लप्सीबोटेका २७ वर्षीय मनकुमार भण्डारी र शान्ताकुमारीलाई प्रहरीले पक्राउ गरेको छ। भण्डारी वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा रहँदा चिनजान भई नेपाल आएलगत्तै प्यूठान बादींकोट–७ की २३ वर्षीया शान्ताकुमारी खत्रीसँग भदौ १९ गते दोस्रो विवाह गरेका थिए। 

भण्डारीले दोस्रो विवाह गरेपछि जेठी श्रीमती मनमायाले श्रीमान्विरुद्ध सोमबार इलाका प्रहरी कार्यालय पशुपतिनगरमा किटानी जाहेरी दिएकी थिइन्। प्रहरीले दुवैलाई पक्राउ गरी बहुविवाह मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको इप्रका पशुपतिनगरका प्रहरी निरीक्षक ईश्वर थापाले बताए। रासस

बहुविवाह गर्नेलाई एक वर्ष कैद र रु पाँच हजार जरिवाना

September 17
जिल्ला अदालत इलामले बहुविवाह गरेको आरोपमा थुनामा रहेका इलाम जीतपुर–४ का ३८ वर्षीय प्रकाश गिरी र उनकी कान्छी श्रीमती कल्पनालाई एक वर्ष कैद र जनही पाँच हजार रुपैँया जरिवाना तोकेको छ। 
 
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले दुवैलाई कैद सजाय तोकेको अदालतका कर्मचारी रविन अधिकारीले बताए। 
 
गत साउन ९ गते प्रकाश गिरीले आमचोक–१ की कल्पनासँग दोस्रो विवाह गरेका थिए। 
 
उनकी जेठी श्रीमती राधादेवीले श्रीमान्ले बहुविवाह गरेको भन्दै उनी र कल्पनाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा गत भदौ १३ गते किटानी जाहेरी दिएकी थिइन्। 
 
जाहेरीका आधारमा एकसाता अघि प्रहरीले प्रकाश र कल्पनालाई आफ्नै घरबाट पक्राउ गरी बहुविवाहअन्तर्गत मुद्दा दायर गरेको थियो। 
 
अदालतको आदेशपछि दुवैलाई जिल्ला कारागार इलाममा पठाइएको छ। 
 
यसैबीच, बलात्कारका आरोपी जोगमाई–९ का ५५ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
 
सोही गाउँकी एक वृद्धालाई बलात्कार गरेको आरोपमा भदौ १६ गते पक्राउ परेका भण्डारीलाई अदालतले सोमबार थुनामा राख्न आदेश दिएको हो। रासस

Tuesday, September 16, 2014

महानगर सुन्दर राख्ने आदेश अटेर

September 16
सर्वोच्च अदालतले महानगरपालिकाको सुन्दरतामा निखार ल्याउन जारी गरेको आदेश पालना भएको छैन ।
आजको नागरिक दैनिक लेख्छ, आदेश जारी भएको ढेड महिना बितिसक्दा पनि उचित कार्यान्वयन नभएको मुद्दा दायर गर्ने संस्था वातावरण विकास तथा संरक्षण मंचले जनाएको छ । साउन ७ गते मंचले काठमाडौं नगरसहित नौं सरकारी निकायविरुद्ध रिट दायर गरेको थियो ।
सर्वोच्चले साउन १४ गते महानगरको सुन्दरामा निखार ल्याउन तत्कालै विपक्षीको नाममा आदेश दिएको थियो ।
 

सुनीतालाई सी १० अवार्ड

September 16
महिला तथा बालबालिका बेचबिखनबिरुद्ध सक्रिय समूहकी अध्यक्ष सुनीता दनुवारले विश्वबिख्यात रोमन म्यागासेसे अवार्ड पाएको एक वर्ष नबिप्दै अर्को अन्तर्राष्ट्रिय पुरस्कार जितेकी छिन् ।
आजको नागरिक दैनिक लेख्छ, सोफियोस्टेन्वेक फ्यामिली फाउन्डेसन र रिच फर चेन्ज नामक तीन संस्थाले बालअधिकार क्षेत्रमा निरन्त्र कार्य गरे वापत प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार सी अवार्ड नेपालबाट दनुवारलाई दिने निर्णय गरेका हुन् ।
मानव बेचविखन र व्यावसायिक यौन शोषणविरुद्ध प्रदान गरिने यो अर्वाड झन्डै १० लाख नेपाली रुपैयाँको छ । अवार्ड घोषणा सोमबार स्वीडेनको  स्टकहोमबाट गरिएको हो ।

अख्तियारकै सुराकी पक्राउ

September 16
काठमाडौं । गलत धन्दा र घुस्याहा कर्मचारीलाई पक्राउ गर्न अख्तियारका अधिकारीहरुलाई सूचना दिँदै आएका एक सुराकी नै पक्राउ परेका छन् । सुराकी दिने नाममा असुली धन्दा चलाउँदै आएका सहदीप शाहलाई गत शुक्रबार आयोगका एसपी शेरबहादुर बस्नेतको टोलीले पक्राउ गरेको हो ।

 श्ाह अख्तियारबाट हालै हटाइएका इन्सपेक्टर केपी शर्माका साथी र सुराकी हुन् । कमलपोखरीमा जुस उद्योग सञ्चालन गर्दै आएका मारवाडी व्यवसायी संजय सुरेखको मुद्दा मिलाइदिने भन्दै २ लाख घूस असुलेको घटनामा साह पक्राउ परेका हुन् ।शाहका पाँच जना साथीलाई अघिल्लो मंगलबार दरबारमार्गको रोयल साइनो रेस्टुरेन्टबाट पक्राउ गरेको थियो ।

 सुरेखाले बाहिरबाट जुस ल्याई आफैं मिति राखेर बिगि्रएको जुस बेच्ने गरेको सूचनाका आधारमा उनको कम्पनीमा अख्तियार र राजस्व अनुसन्धान विभागले छापा हानी अनुसन्धान गरिरहेको दृष्टि साप्ताहिकमा खबर छ । सुरेखा तिनै व्यापारी हुन् जो ६ वर्षअघि युवती प्रयोग गरी अपहरणमा परेका थिए । सोही घटनामा तत्कालिन डीआईजी कल्याण तिमल्सिनासमेत मुछिएका थिए ।

 तीन सुरेखासँग २ लाख रुपैयाँ लिएर निस्कँदै गरेको अवस्थामा धादिङका माधव अधिकारी, कंचनपुरका जीवन बम, रामेछापका रामकुमार बस्नेत, मकवानपुरका रुपक केसी र राजु सुनारलाई पक्राउ गरेको थियो । उनीहरुले बयान गर्दा साह र इन्सपेक्टर शर्माको निर्देशनमा आफूहरुले पैसा उठाएको बताएका छन् । साह र इन्सपेक्टर शर्माको निकटम सम्बन्ध रहेको र अनुसन्धानका क्रममा उक्त घूस प्रकरण शर्माकै संलग्नतामा देखिइसकेको स्रोतले बताएको छ ।