September 21

दुलर्भ र संकटापन्न प्रजातिको रुपमा बिश्वमा चिनिएको रेडपाण्डा (हाब्रे) संरक्षणमा ईलाम पाँचथर र ताप्लेजुङका सरोकारवालाहरु जुट्न थालेका छन।
रेडपाण्डा पाइने मेची अञ्चलका तीन पहाडी जिल्लामा गत वर्षदेखि संरक्षण सम्बन्धी बिभिन्न प्रकारका कार्यक्रम सञ्चालन भइरहेको रेडपाण्डा नेटवर्कसँग आवध्द भएर कार्यक्रम संचानल गरीरहेको पाँचथरको दिपज्येाति युवा क्लवका कार्यक्रम संयोजक वाङचु भुटियाले बताए। उनका अनुसार तीन जिल्लामा रहेका स्थानीय संस्थाहरु सित साझेदारीमा संरक्षण सम्बन्धी कार्यक्रम सञ्चालन भै रहेको छ।
रेडपाण्डा संरक्षणका लागि अहिले सचेतना ,अनुसन्धान र बासस्थान ब्यवस्थापन सम्बन्धी र्कायक्रम इलामका ७ पाँचथरका ६ र तांप्लेजुङका १४ गाबिसमा सञ्चालन भै रहेको संयोजक भुटियाले बताउनु भयो।कार्यक्रम सञ्चालन भएका सबै गाबिसहरुमा दुई दूई जना बन अभिभावक राखेर रेडपाण्डाको अवस्था संख्या र क्रियाकलाप बारेमा महिना महिनामा जानकारी राख्ने जिम्मेवारी दिए पछि रेडपाण्डाको यथार्थ बिवरण आउन थालेको दिपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवा बताए। उनका अनुसार पहिचान भएका क्षेत्रमा कम्तिमा एक सय २५ देखि २ सय १८ वटा सम्म रेडपाण्डा पाइन सक्ने अनुमान गरीएको छ।
समुदायमा आधरीत रेडपाण्डा अनुगमन कार्यक्रम पाँचथरमा दिपज्योति युवा क्लव, ताप्लेजुङमा हिमाली संरक्षण मञ्च र इलाममा उच्च पहाडी जडिवुटि उत्पादक तथा संरक्षण संस्थाको अगुवाइमा संरक्षण सम्बन्धी कार्यक्रम विगत ३ वर्षवाट संञ्चालन भए पछि जिल्लाको रेडपाण्डाको तथ्याङक समेत सार्वजनिक भएको उनको भनाइ छ। जस अनुसार पाँचथरमा २५ देखि ४३ , इलाममा २३ देखि ४० र ताप्लेजुङमा ७७ देखि १३४ वटा सम्म रेडपाण्डा भएको तथ्य शनिवार आयेाजीत ५ औ अन्तराष्ट्रिय रेडपाण्डा दिवशको अवसरमा सार्वजनिक गरीएको थियो।
समुदायको प्रत्यक्ष सहभागितामा वासस्थानको संरक्षण, आहारविहारको लागी उचित संरक्षण र प्रजनन् क्षेत्रको उचित संरक्षण सुरक्षा जस्ता कुरालाइ समुदाय तहसम्म पुर्याउन सकेको खण्डमा पर्या पर्यटन प्रवर्धनमा समेत सघाउ पुग्ने कार्यक्रमका वक्ताहरुले बताएका छन्।
इलाम जिल्लाका केहि गाविस हरुमा रेडपाण्डा सम्वन्धि पाठ्यक्र समेत निर्माण गरेर त्यसको संरक्षणको प्रयास गरीएको छ।
स्थानीय संरक्षण विश्वभरी शिक्षा भन्ने नाराका साथ मनाइएको दिवशको अवसरमा सहभागीहरुले दुर्लभ जनावारको संरक्षणमा राज्य गैर राज्य र स्थानीय स्तरको साझा प्रयास जरुर भएको विचार राखेका थिए।
सोहि अवसरमा शनिबार दिपज्योति युवा क्लवले सदरमुकाम फिदिममा अन्तर विद्यालय स्तरीय कविता प्रतियोगिताको आयेाजना गरेको थियो।
प्रतियोगितामा गढि माविका विशेष कक्षाका भाइ उत्तम लावती प्रथम , सुखवोध मावि जोरसालकी भिम कुमारी भट्टराई दोस्रो र कालिका मावि साम्दिनकी सजीना तुम्वापो तेस्रो भएका थिए विजयीहरुलाइ प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए।
No comments:
Post a Comment