Tuesday, August 26, 2014

निर्माता मोरानीको घरमा गोली प्रहार, शाहरुखको घर बाहिर सुरक्षाकर्मी तैनाथ

26 August 2014 18:15

shahrukh-khan-afp-6701
बलिउड फिल्म निर्माता करिम मोरानीको घरमा शनिबार गोली चलेपछि बलिउडकै सुपरस्टार नायक शाहरुख खानको घर बाहिर मुम्बई प्रहरीले सुरक्षा बढाएको छ ।
यस लगतै शाहरुखको घर बाहिर सुरक्षाकर्मी तैनाथ गरिएको भारतीय चर्चित संचारमाध्यमहरुले जनाएका छन् । मोरानीको घर शाहरुख निवास ‘मन्नत’ नजिकै पर्छ । यसकारण पनि उनको घरमा पनि हमला हुने आशंकमा प्रहरीले सुरक्षाकर्मी बढाएको हो ।
अन्डरवल्र्ड ग्याङस्टार रवि पुजारीले मोरानीसँग रकम मागेका थिए । यसलगतै उनको घरबाहिर ५ राउन्ड फायरिङ गरिएको थियो । प्रहरीको भनाई अनुसार अबको अर्को हमला शाहरुख खानको घरमा हुनसक्छ । शाहरुख र करिम विजनेश पार्टनर समेत हुन् ।

No comments: