26 August 2014 18:55
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७० सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी स्नातक तह प्रथम वर्षको परीक्षाको परीक्षाफल प्रकाशन गरिएको छ ।
यसैगरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७० सालमा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ स्नातकोत्तर तह व्यवस्थापन(मौका परीक्षा– प्रथम) प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि प्रकाशन गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.educationsansar,com, www.educationkhabar.com, www.edusanjal.com / www.tu.ntc.net.np मा हेर्न सकिने जनाइएको छ ।
त्यस्तै, त्रिवि सङ्गठन तथा शैक्षिक प्रकाशनसम्बन्धी नियम २०६० अनुसार परीक्षाको मर्यादाविपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क ५२००४९ का विद्यार्थीलाई २०७० सालसम्म दुई वर्षका लागि त्रिविबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment