September 10
बुधवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका पत्रिकाहरुले अस्थिर सेयर बजार, पर्यटन बोर्डको अनियमितता तथा उद्योग वाणिज्य महासंघ अध्यक्ष प्रदीपजंग पाण्डेको मुद्दाबारे सर्वोच्चको अन्तरिम आदेशको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।कारोबार दैनिकले ‘नेप्सेमा अस्थिर उछाल एकैदिन साढे ४४ अंकले बढ्यो’ शीर्षकमा मुख्य खबर छापेको छ । सेयर बजारमा दैनिक ५ प्रतिशतको उतार चढाव आएको छ । आइतवार ५ प्रतिशतले घटेको परिसूचक मंगलवार पुनः सोही गतिमा बढेको छ । यस्तै, चामल निर्यातमा रोक, विद्यार्थीसँगै पाँच वर्षमा पौने दुई खर्ब बाहिरियो, वन विकास कोषको ४० करोड अलपत्र, लिलामीको समस्याले गैरबैंकिङ् सम्पत्ति थुपि्रयो, पीटीए अनुमोदन यसैसाता, दसैंका लागि आजदेखि टिकट बुकिङ् खुला लगायतका खबर कारोबार दैनिकमा छ ।
नागरिक दैनिकले अस्थिर सेयरबजारको खबरलाई नै ‘नेेप्से ४४ अंकले बढ्यो’ शीर्षकमा छापेको छ । यस्तै, दसैंको अगि्रम टिकट बुकिङ् खुला भाडा कार्तिकबाट बढ्ने, आइफोन सिक्स सार्वजनिक, निर्णय प्रक्रियाको ढिलासुस्तीले जलविद्युतको लागत बढ्यो, कुखुराको मासु आधा सस्तियो लगायतका खबर नागरिक दैनिकमा छ ।
अन्नपूर्ण पोष्टले पर्यटन बोर्डमा करोडौं दुरुपयोग भएको खबरलाई प्राथमिकताका साथ छापेको छ । नेपाल पर्यटन बोर्डमा भएको अनियमितताबारे छानविन गर्न गठित समितिले बोर्डको रकम ब्यापक दुरुपयोग गरिएको निश्कर्षसहितको प्रतिवेदन तयार पारेको छ । यस्तै, लगानी गर्ने ठाउँ नहुँदा पैसा थुपि्रयो, टेलिकममा निर्देशक नियुक्तिबारे प्राविधिक कर्मचारी विरोधमा, कृषि रणनीतिको स्वामित्व लिन सरकारलार्य सुझाव, गिट्टी र बालुवामा कालोबजारी, जुत्ताको कच्चा पदार्थ आयातमा भन्सारदर घटाउन माग लगायतको खबर अन्नपूर्ण पोष्टमा छ ।
आर्थिक दैनिकले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेको मुद्दामा अन्तरिम आदेश दिएको खबरलाई प्रथमिकताका साथ छापेको छ । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई तत्काल पक्राउ नगर्नु-नगराउनु भनी विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरेको छ । यस्तै, अर्थ मन्त्रालयमा तीन सय ८३ जनाको सुरुवा, अख्तियारको निर्णयविरुद्ध उपयुक्त कदम चालने उर्जामन्त्रीको आश्वासन, नेप्से बजार सुधारको संकेत, बैदेशिक रोजगारीमा सम्झौता अनुसार काम र तलब नपाउने क्रम बढ्दो, कालोबजारी रोक्न विदामा पनि अनुगमन, नागेन्द्रको निर्देशनमा नापीमा घुस संकलन लगायतको खबर आर्थिक दैनिकले छापेको छ ।
No comments:
Post a Comment