भर्खर जनमत संग्रह सकिएको। बहुदलले हारेको बेला। जनताको बोली लाटिएको समय। मनपरि बोल्न पाइँदैनथ्यो। 'वसन्त' खोज्न रंगकर्मी अशेष मल्लले एउटा जुक्ति निकाले 'सडक नाटक'। प्रजातन्त्रका लागि जनता एकताबद्ध गर्ने माध्यम– सडक नाटक। जहाँ पर्दा, म्युजिक, लाइट भनौं प्राविधिक झन्झटविना रंगमञ्च। हलमा मात्र किन सीमित पार्ने! नागरिकसँग प्रत्यक्ष संवादको गतिलो बाटो बन्यो 'सडक नाटक'।
बत्तीस वर्षअघि कीर्तिपुर कोरोनेसन गार्डेनमा सडक नाटक देखाइएको थियो। त्यो नै नेपालकै पहिलो सडक नाटक भएको दाबी गर्छन्, मल्ल। उनकै लेखन तथा निर्देशनमा 'हामी वसन्त खोजिरहेछौं' प्रदर्शन गरिएको थियो।
सर्वनाम थिएटर सुरु भइसकेको थियो। काठमाडौंका हलमा मात्र नाटक देखाइने चलन थियो। मानवअधिकार खोसिएको बेला उनी प्रजातन्त्रको आवाज बोकेर देशभर डुले। आवाज उठाउने दरिलो हतियार नाटक मञ्चबाट सडकमा पुगेको थियो। मल्ल भन्छन्, 'हलभाडा चर्को थियो। प्रत्यक्ष सभा, सम्मेलन गर्न नपाइने प्राविधिक कठिनाइ। सिधै जनतामा कसरी जाने भन्ने सोच्दा नाटक उपयुक्त लाग्यो।'
नेपाली मौलिक पहिलो सडक नाटकमा अशेष मल्ल, सुनिल पोखरेल, ओममणि शर्मा, किशोर पहाडी, गोविन्द रावतले नाटक मञ्चन गरेका थिए। मल्ल त्यसलाई 'प्रतीकात्मक नाटक' सम्झन्छन्। बोल्न प्रतिबन्ध गरिएको समयमा जनताबीच लग्न सफल भयौं। कीर्तिपुरमा विश्वविद्यालयका विद्यार्थी नाटकका दर्शक थिए। नाटकले भन्न खोजेको सन्देश राम्रोसँग बुझेका थिए।
त्यस बेला सडक नाटक देखाउनु निकै चुनौती थियो। स्वतन्त्रताको पक्षमा राज्यको विरोधमा जानु सजिलो थिएन। 'सजिलो माध्यम भए पनि चुनौतीपूर्ण थियो,' मल्ल त्यस बेलाको प्रहरी हस्तक्षेप सम्झन्छन्, 'झापा, पाल्पालगायतका जिल्लामा प्रशासनले हस्तक्षेप गरेको थियो। नाटक बन्द गर्न धम्की आउँथ्यो।' तैपनि उनी सडक नाटकमार्फत छयालीस सालको आन्दोलनसम्म सन्देश छरिरहे। त्यस बेलाको सडक नाटकमा महिला पात्र भने थिएनन्। रंगकर्मी सुनिल पोखरेलको पहिलो सडक नाटक पनि 'हामी खोजिरहेछौं वसन्त' थियो। सडक र मञ्चमा देखाइने नाटकको अन्तर छुट्याउँदै उनी भन्छन्, 'हलमा टिकट काटेर हेर्न आउँछन्। सडकमा हामी आफैं जान्छौं। सडक नाटकको आफ्नो महŒव छ।'
सडक नाटकका साक्षी
ओममणि शर्मा 'हामी वसन्त खोजिरहेछौं' का एक पात्र थिए। सर्वनाम थिएटरमा अघिल्लो शुक्रबार ३२औं सडक नाटक दिवस मनाइरहँदा उनी त्यही नाटकमा पात्र बने।
७४ वर्षमा टेकेका शर्मा वसन्त पाउन तपस्या गरेका ऋषिका रूपमा मञ्चमा देखिए। त्यस बेला उनी मण्डलेको भूमिकामा थिए, अहिले ऋषिबाबा। पञ्चायतकालमा नाटक लिएर देशभर घुमेका थिए उनी।
'कति ठाउँमा बास पाएनौं। कहिलेकाहीँ मण्डलेको आक्रमणमा पर्यौंट। तर हामी निरन्तर प्रजातन्त्रका लागि लडिरह्यौं,' उनी स्मरण गर्छन्, 'झापामा अञ्चलाधीशले नाटक नदेखाउन धम्की दिए। चार वर्षपछि बागलुङ पुग्दा उनै अञ्चलाधीशले भेटाएर प्रक्राउ गरेका थिए।'
सरकारी जागिरबाट रिटायर्ड शर्माले सयौं नाटक खेलिसकेका छन्। उनकै शब्दमा 'नाटक अम्मल हो।'
उनी सडकमा दर्शक र कलाकारबीच फरक देख्दैनन्। स्टेजमा दर्शक र कलाकारमा विभेद भेटाउँछन्। भन्छन्, 'नाटक रंगमञ्चको सीमाभित्र बाँधिदैन। नाट्य प्रस्तुतिले नै समय सीमा निर्धारण गर्छ।'
सडकदेखि मञ्चसम्म
३२औं वार्षिकोत्सवका अवसरमा सर्वनामले 'हामी वसन्त खोजिरहेछौं' मञ्चमै प्र्रस्तुत गर्योष। रंगमञ्चमा फड्को मारिसकेको सर्वनामले दिवसमा पहिलो सडक नाटक देखाइरहँदा देशको अवस्था बदलिएको छ। तर, नाटकमै खोजेजस्तो 'वसन्त' भने आइसकेको छैन। नाटकमा प्रकाश, ध्वनिको संयोजन थिएन। दर्शकलाई अगाडि राखेर गरिएको नाटकमा सडकको झल्को दिएको थियो।
नाटक हेरेपछि समीक्षक अभि सुवेदीले भने, 'मूल्यवान स्वतन्त्रता प्राप्त गर्न अहिले पनि गाह्रो छ।' मुक्तिको कथा, ढुंगा र तपस्याको द्वन्द्वमाथि नाटक प्रतीकात्मक रहेको उनले चर्चा गरे।
प्राध्यापक व्रतराज आचार्यले नाटकले सिंगो युगको प्रतिनिधित्व गरेको बताए। उनले भने, 'बिपी कोइराला, कम्युनिस्ट पार्टी र प्रजातन्त्रसँग सम्बन्धित नाटकले विधागत विषयमा नयाँ आयाम थपेको छ।'
अशेष मल्लको यो नाटक त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा पनि समावेश गरिएको छ।

No comments:
Post a Comment