Wednesday, August 27, 2014

सिन्धुपाल्चोकका पहिरो पीडितलाई पाँचथरबाट ६ लाख सहयोग


११ भदौ, पाँचथर ।

 पाँचथरबासीले सिन्धुपाल्चोकको माङ्खामा गएको भिषण पहिरोबाट पीडितका लागि ६ लाख २ सय २० रुपैयाँ राहत रकम पठाएका छन् । जिल्लाका विभिन्न निकायबाट संकलित रकम सिन्धुपाल्चोकस्थित नेपाल बैंक लिमिटेडको ‘राहत कोष २०७१ सिन्धुपाल्चोक’ खातामा जम्मा गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको प्रस्तावमा जिल्लाबासीले समर्थन जनाउँदै राहत बटुल्न साताप्यापी अभियान चलाएका थिए । राहत बटुल्न जिल्लाका उद्योगी व्यवसायी, पेशाकर्मी, सञ्चारकर्मी, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्था सक्रिय भए । बुधवार नै सिन्धुपाल्चोक जिल्लाका प्रजिअ गोपाल पराजुलीलाई पत्र लेख्दै पाँचथर प्रशासनले रकम यथासक्य चाँडो बाँड्न अनुरोध गरेको छ ।

No comments: