Showing posts with label रोजगार/ब्यवसाय. Show all posts
Showing posts with label रोजगार/ब्यवसाय. Show all posts

Sunday, September 21, 2014

भारतबाट माछाका भुरा भित्रन थालेपछि नेपाली कृषक मारमा

September 21
 भारतका विभिन्न स्थानबाट माछाका भुरा नेपाल ल्याइन थालेपछि नेपाली माछापालक कृषक मर्कामा परेका छन्। 
 
क्वारेन्टाइन जाँचबिना नै भारतीय माछा कैलालीका विभिन्न नाकाबाट भित्रिने गरेका छन्। यसरी भित्रिने माछाका भुरा स्वास्थ्यका दृष्टिकोणले खान योग्य हुने/नहुनेप्रति किसानले चिन्ता व्यक्त गरेका छन्। 
 
कैलाली जिल्लाको सुखडमा आयोजित भेलामा माछापालक किसानले यस्तो चिन्ता व्यक्त गरेका हुन्। मत्स्य विकास केन्द्र गेटाका वरिष्ठ मत्स्य बिकास अधिकृत महेशचन्द्र गुप्ताले सरकारी निकायको लापरबाहीले यस्तो भइरहेको बताए।
 
“किसानलाई मर्का परेको छ यस विषयमा सरकार गम्भीर बन्नुपर्छ”–गुप्ताले भने–“यसमा क्वारेन्टाइन विभागले समेत ध्यान दिनु आवश्यक छ।”  
 
जिल्ला कृषि विकास कार्यालय धनगढीका वरिष्ठ कृषि विकास अधिकृत ग्रिसराज जोशीले माछापालक कृषकलाई विशेष योजना आवश्यक रहेको बताए। कैलालीमा माछापालनको ठूलो सम्भावना भएर पनि प्राविधिक ज्ञान नहुँदा प्रत्येक वर्ष किसानले घाटा बेहोर्नु परेको उनको भनाइ थियो।
 
किसान महासङ्घका केन्द्रीय सदस्य लहानु चौधरीले माछापालक कृषकका लागि सरकारले सुलभ रुपमा आवश्यक सामग्री उपलब्ध गराउनुपर्नेमा जोड दिए।
 
कैलालीका ३६ गाविस र चार नगरपालिकाका गरी १५० जनाभन्दा बढी किसानले व्यावसायिक रुपमा माछापालन गरिरहेका छन्। माछापालक किसान सङ्घ कैलालीका अध्यक्ष चुलराम चौधरीका अनुसार कैलालीमा ८३१ कृत्रिम ताल (पोखरी) र १९३ प्राकृतिक ताल रहेका छन्। रासस

Tuesday, September 16, 2014

३ सय नेपाली कामदार लैजान इजरायल सहमत

September 16

इजरायलले पाइलट प्राजेक्ट अन्तर्गत पहिलो चरणमा ३ सय जना नेपाली कामदार लैजाने भएको छ । आजको अन्नपूर्ण पोस्टमा समाचार छ, यसरी जाने नेपालीले केयर गिभर हेरचाह गर्नेको काम गर्नुपर्छ । नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच यस्तो सहमति भएको हो । कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन् । द्धिपक्षीय वार्ता गरी साझा  खाका बनाएर मोडालिटी टुंगो लगाउने सहमति भएको छ ।

Monday, September 15, 2014

नेपाली कामदार इजरायल पठाउन वार्ता सुरु

September 15
इजरायलमा सरकारी तहबाट कामदार पठाउन मोडालिटी तयार गरिने भएको छ । यसका लागि दुईदेशबीच आइतबारदेखि काठमाडौंमा वार्ता सुरु भएको छ । कामदार लिने विषयमा छलफल गर्न नेपाल आएका इजरायलका दुई सदस्यीय सरकारी अधिकारीसहित नेपालका  लागि इजरायली राजदुत सम्मिलित टोलीले श्रम राज्यमन्त्री टेकबहादुर गुरुङ लगायत मन्त्रालयका उच्च अधिकारीसँग पनि भेटवार्ता गरेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।
वार्ता सोमबार पनि जारी रहनेछ । इजरायलले विगत ४ वर्षदेखि कामदार लिएको छैन् ।