Saturday, September 6, 2014

गढीमाई मेला : धर्मका नाममा पशु अधिकारको हनन ? काटमार रोक्न समाजिक सञ्जालमा अभियान सुरु

September 5
काठमाडौं । बाराको बरियारपुर गाविसस्थित प्रसिद्ध गढीमाई मन्दिरमा हरेक पाँच वर्षमा लाग्ने गढीमाई मेलामा करिब लाखको हाराहारीमा राँगा, बोका, सुँगुर, कुखुरा लगायतका पशुपन्छीलाई मार हान्ने गरिन्छ ।
GadhimaiGadhimai
यस्तो सामुहिक पशुवध आगामी मंसिरमा हुँदैछ । तर, मेला सुरु हुनु केही महिना अगाडिबाटै पशु वधविरुद्ध सामाजिक सञ्जालमा अभियान सुरु भएको छ ।

 मंसिर शुक्ल पक्षसँगै गढीमाई मेला लाग्छ । मेलामा करीव ६० हजार राँगा, डेढ लाख भन्दा बढी कुखुरा, र त्यतिकै संख्यामा अन्य पशुपन्छीको बली दिइन्छ । गढीमाईको मेलाम दिइने पशु बली विश्वमै सबैभन्दा ठूलो हो । गढीमाईमा गरिने सामुहिक पशु बध कहालीलाग्दो र विभत्स हुने गरेको छ ।

 गढीमाई वरिपरि ढल्ने लाखौं पशुको रगत र सिनोका कारण वातावरणमा समेत प्रतिकूल प्रभाव पर्ने भन्दै अधिकारकर्मीहरुले केही वर्षयता यस्तो पशुवध रोकिनुपर्ने आवाज उठाउन थालेका छन् । परम्पराका नाममा हुने यस्तो सामुहिक पशुवधले पशुहरुको संरक्षणमा समेत प्रतिकूल प्रभाव पार्ने भन्दै यसलाई रोक्ने अभियान चल्न थालेको छ ।

अभियन्ताहरुले यस्तो पशुबलीमाथि सरकारले प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् । विरोधमा हस्ताक्षर अभियान यसअघि नेपालभित्रै पनि यो सामुहिक पशु वलीको विरुद्ध आवाज उठ्दै आएकोमा अब विश्वमै सबैभन्दा धेरै पशु हत्या रोक्न अन्तर्राष्ट्रिय इन्टरनेट लबिङसमेत शुरु भएको छ ।

फेसबुक ट्वीटर जस्ता सामाजिक सञ्जालबाट शुरु भएको पशु बली विरुद्धको हस्ताक्षर अभियानमा हजारौं नेपालीहरुले पनि साथ दिएका छन् । पामेला क्रिउजका नामबाट खोलिएको हस्ताक्षर अभियान विश्वभर चलाइएको छ । यो हस्ताक्षर नेपालका राष्ट्रपति डा. रामवरण यादवलाई बुझाइने उल्लेख छ ।

 नेपाल सरकार र सरोकारवाला निकायलाई सामुहिक रुपमा गरिने यो क्रुर र अमानवीय पशु हत्या रोक्न दबाव दिने उद्देश्यले अभियान चलाइएको हो । यो पेजमा धर्मका नाममा हुने क्रुरताको अन्त्य गर्दै परम्परामा परिवर्तन ल्याउन माग गरिएको छ । उक्त पेजमा पशु बली दिइँदै गरेको भिडियो समेत राखिएको छ ।

No comments: