Showing posts with label पर्यटन/पर्यटक. Show all posts
Showing posts with label पर्यटन/पर्यटक. Show all posts

Sunday, September 21, 2014

पोखरामा सुरु भयो ‘बञ्जी जम्प’, ३५ सय तिरेर मज्जा लिन पाइने

September 21
Pokhara-Bunjy
५ असोज, काठमाडौं । प्रमुख पर्यटकीय गन्तव्य पोखरामा आजदेखि नयाँ साहसिक खेल ‘बञ्जी जम्प’ सुरु भएको छ । बञ्जी स्थल हेम्जामा एक समारोहबीच बञ्जीको समुद्घाटन गरिएको छ ।
बञ्जी जम्पको सञ्चालकहरु अविनव गोल्छा, सरद गोल्छा र भरत गोल्छाले विधिवत उद्घाटन गरेका हुन् । समुद्घाटन कार्यक्रमममा स्थानिय पर्यटन व्यवसायी, पत्रकार र अन्य सरोकारवालाहरुको बाक्लो भिड लागेको थियो ।
बञ्जी गोल्छा अर्गनाइजेसन अन्तर्गतको हाइग्राउन्ड एडभेञ्चर्स प्रालिले मंगलम ग्रुपसँग सहकार्य गरी  सञ्चालनमा ल्याएको हो । यो बञ्जी द लास्ट रिसोर्टले भोटेकोशीमा सञ्चालन गरिरहेको बञ्जी भन्दा फरक खालको रहेको छ ।
करिव ८० मिटर उचाई रहेको बञ्जीको ५० मिटर उचाई जमिनको ढिस्को रहेको छ भने ३२ मिटर उचाईको टावर निर्माण गरिएको छ ।
यस्ताे छ शुल्क
बञ्जी जम्पका लागि नेपालीहरुलाई ३ हजार ४ सय ९० रुपैयाँ तोकेको छ भने विदेशीहरुलाई ६ हजार ४ सय ९० रुपैयाँ तोकेको कम्पनीका अप्रेसन म्यानेजर दिनेश महर्जनले बताए । फोटो र भिडियोका लागि भने छुट्टै रकम तिर्नुपर्ने हुन्छ ।
अप्रेशन म्यानेजर महर्जनका अनुसार फोटो, भिडियो र फ्रेम फोटोका लागि १९ सय रुपैयाँको प्याकेज लिनुपर्ने हुन्छ । प्याकेज नलिएर फोटो वा भिडियो मात्र लिन चाहाने ग्राहकहरुका लागि पनि कम्पनीले फरक फरक रेट तय गरेको छ ।
जमीनमा ठूलो प्राकृतिक पानी पोखरी रहेको हुँदा बञ्जी गर्नेहरु पोखरीमाथी पुग्छन् । जसले उनीहरुलाई छुट्टै आनन्द प्रदान गर्ने कम्पनीको अपेक्षा छ । यस्तो खालको बञ्जी विभिन्न देशमा सञ्चालन भएपनि सबैभन्दा अग्लो यहाँकै रहेको दाबी गरिएको छ ।
भोटेकोशी बञ्जीको तुलनामा आधा होचो भएपनि यसले पनि ‘थि्रलर फिलिङ्स’ पैदा गरिदिने विश्वास कम्पनीले लिएको छ । भोटेकोशीमा रहेको बञ्जी जम्पको उचाई १ सय ६० मिटर रहेको छ ।
‘ग्राहकहरुले आफुले तिरको पैसा बराबरको सन्तुष्टि हाम्रा बञ्जीबाट प्राप्त गर्नेछन्’ कम्पनीका सेल्स इन्चार्ज दीप गुरुङले भने- ‘पर्यटकीय हव पोखरामा यो बञ्जी जम्प लोकप्रिय हुनेमा कुनै दुई मत छैन ।’
हाइग्राउन्ड एडभेञ्चरले क्रेजी एभेञ्चर गतिविधीमा जोड दिँदै आएको छ । उसले भित्राएको जीप फ्लायर पनि नेपालमै पहिलो हो ।
लक्षित ग्राहक स्वदेशी र विदेशी
नेपालीहरु समेत साहसिक गतिविधिमा सहभागी हुन थालेको हुँदा कम्पनीले स्वदेशी विदेशी दुबैलाई लक्षित गरेर बञ्जी निर्माण गरेको बताएको छ । पर्यटन सिजनेवल व्यवसाय भएको हुँदा बञ्जीमा पर्यटकीय समयमा विदेशीहरु बढी हुने र अफसिजनमा नेपालीहरु बढी हुने बताउँछन गुरुङ ।
पछि जीप फ्लायर र बञ्जीलाई प्याकेजमा राखेर पनि ग्राहकलाई सेवा दिने उद्देश्य कम्पनीले लिएको छ । प्याकेजमा सस्तो पर्ने हुँदा ग्राहकहरुले थोरै पैसामा धेरै मनोरञ्जन लिन सक्नेछन् ।

पर्यटन व्यवसायीको भूमिकालाई राज्यले वेवास्ता गरेको आरोप

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटीभीए)ले आफ्नो स्थापनाको ११ औ वार्षिक साधारण सभा मनाएको छ।
 
राजधानीमा शनिबार एक कार्यक्रम विच एघारौ वार्षिक साधारण सभा सम्पन्न भएको हो। 
 
कार्यक्रममा पूर्व पर्यटन मन्त्री रामकुमार श्रेष्ठले पर्यटन क्षेत्र थोरै लगानी र मेहनतमा पनि प्रयाप्त प्रतिफल प्राप्त हुने सरकार र नीजी क्षेत्रबीच सहकार्य गर्दै पर्यटन विकासमा लाग्नुपर्ने बताए।
 
राजधानी लगायतका अन्य क्षेत्रमा पर्यटक बसका लागि पार्किङको ठूलो समस्या रहेको भन्दै पूर्व पर्यटन मन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाले तत्काल त्यसको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले पर्यटन विकासमा पर्यटक यातायात व्यवसायीहरुको ठूलो भूमिका रहेको उल्लेख गर्दै सरकारले व्यवसायीहरुलाई हतोत्साही भन्दा पनि प्रोत्साहित गर्ने खालका नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्ने बताए।
 
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव मोहनकृष्ण सापकोटाले व्यवसायीहरुकोसमस्या सम्बोधनमा मन्त्रालय तयार रहेको बताए। उनले केही नीतिगत समस्याका कारण पर्यटक पर्यटक यातायातका लागि आवश्यक सहयोग गर्न नसकिएको भन्दै मन्त्रालयले यस विषयमा गृहकार्य गरिरहेको पनि बताए ।
 
एनटीभीएका अध्यक्ष रामशरण कार्कीले पर्यटक यातायात व्यवसायीहरुको समस्या सम्बोधनमा सरकारले कुनै पनि चासो नदेखाएकोमा गुनासो व्यत्त गरे। उनले आफूहरुले आफ्नो ठाउँबाट  देशको आर्थिक विकासमा मदत गर्दै आएपनि राज्य भने आफूहरुको भूमिकालाई बेवास्ता गरेको बताए।
 
अध्यक्ष कार्कीले सरकारले तत्काल  पर्यटक सवारीका लागि पार्किङको व्यवस्था र पर्यटकीय सवारी खरिदमा विशेष छुटको व्यवस्था गर्न माग गरे। 
 
कार्यक्रममा ठमेल पर्यटन विकास समितिका अध्यक्ष रामशरण थपलियाले रातो नम्बर प्लेटका सवारीमा पर्यटक बोक्दा राज्यका विभिन्न निकायबाट अनावश्यक दुःख दिने गरेको बताउँदै यो विषयलाइ तत्काल सम्बोधन गर्न आग्रह गरे।
 
ट्रेकिङ एजेन्सिज एसोसिएन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले पार्किङको व्यवस्थागर्न नसक्ने सरकारलाइ पर्यटक सवारीबाट कर लिने अधिकार नभएको बताए।
 
लामो समयदेखिको पोखराको पर्यटक बसपार्क अहिले अर्कैले हड्पेको भन्दै अध्यक्ष धमलाले तत्काल पर्यटक बस पार्क गर्ने व्यवस्था मिलाउन मन्त्रलायसँग आग्रह गरे। 
 
कार्यक्रममा हिमालय उद्धारसंघ (एचआरए),नेपाल पर्वतारोहण संघ(एनएमएं) नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ) र गाउँ पर्यटन प्रवद्र्धन मञ्च –भिटोफ) नेपालका नयाँ कार्यसमिति सदस्यहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा टुर्गानका अध्यक्ष हरेराम बराल, रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने, एनएमएका अध्यक्ष आङछिरिङ शेर्पा, भिटोफ नेपालका अध्यक्ष चित्र बहादुर गुरुङ, टिजेएफ नेपालका अध्यक्ष शिव अधिकारी, वरिष्ठ पर्यटन व्यवसायी हरि धरेल लगायतक व्यवसायीहरुको सहभागिता थियो।

Thursday, September 18, 2014

५५५५मा २ रात तीन दिन सौराहा घुम्न पाइने

September 18

पर्यटकीय स्थल सौराहास्थित जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी “दसैं तिहार धमाका” योजना ल्याएको छ।
 
असोज १ देखि कात्तिक मसान्सम्म लागू हुने यस योजना अन्तर्गत पर्यटकले दुई रात तीन दिनको प्याकेज मात्र ५ हजार ५ सय ५५ रुपैयाँमा सौराहा घुम्न पाउनेछन्।
 
यस प्याकेजमा सहभागी हुनेले लन्च, डीनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी गर्न पाउने छन् जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए।
 
उनका अनुसार पर्यटकहरुले सौराहामा हात्ती सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्। घिमिरेले भने “हामीले विदाको समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका हौ।”
 
सहुलियत मुल्यमा पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको सबै गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ। सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि विभिन्न प्याकेज योजना ल्याएको पनि उनले जानकारी दिए।
 
“हामीले गत वर्ष पनि यस्तै योजना ल्याएका थियौं, सफल भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं,” घिमिरेले भने, “आन्तरिक पर्यटन फस्टाए हामीले पर्यटन क्षेत्रमा धेरै फड्को मार्न सक्छौं।” झन्डै चार वर्ष अघि नयाँ संरचना सहित सञ्चालनमा आएको यस होटेलले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर छुट दिने बताएको छ।
 

Friday, September 12, 2014

सामुदायिक पदमार्गको भम्रणमा पर्यटकको आकर्षण

September 12
म्याग्दी । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर सञ्चालनमा ल्याइएको अन्नपूर्ण-धौलागिरि सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने विदेशी पर्यटकको आकर्षण बढेको छ । तीन वर्षदेखि इको पदमार्गका रूपमा सञ्चालनमा ल्याइएको यस पदमार्गमा भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको पदमार्गका व्यवस्थापक चित्र तिलिजा पुनले बताए ।
Tourist-in-nepal
 सामाजिक कार्यकर्ता महावीर पुनको पहल तथा लघुउद्यम विकास कार्यक्रमको आर्थिक सहयोगमा म्याग्दीका सात र पर्वतका दुई गाविसका ग्रामीण भेगलाई समेटेर सञ्चालनमा ल्याइएको पदमार्गमा जर्मन, अमेरिका, अस्ट्रेलिया, बेलायत, इजरायल, फ्रान्सलगायतका देशबाट बढी पर्यटक आउने गरेका छन् ।

 पदमार्ग हुँदै देखिने धौलागिरि, अन्नपूर्ण, मनासलु, लाङटाङ लगायतका हिमालको मनोरम हिमशृङ्खला, प्राकृतिक सौन्दर्यता, मगर समुदायको रहनसहन, सामुदायिक भाव, पदमार्गमा भेटिने, चौँरीपालन, भेडा पालन लगायतले पर्यटकलाई आकर्षण गरेको व्यवस्थापक पुनले बताए ।

 उनका अनुसार अघिल्लो वर्ष ३१९ जना विदेशी पर्यटकले भम्रण गरेको यो पदमार्गमा यो वर्षको अहिलेसम्म करिब १५० जना पर्यटक आइसकेका छन् ।

पर्यटकबाट भित्रिएको आम्दानीबाट गाउँको सामुदायिक विकास, विद्यालय, स्वास्थ्य संस्था सञ्चालन, पर्यटन पूर्वाधार निर्माणलगायतमा खर्च गरिने भएकाले पनि पर्यटक उत्साहित बन्ने गरेका छन् ।

 एक सातादेखि १० दिनसम्म पूरा गर्न सकिने पदमार्ग पिप्लेको घुमाउने तालबाट सुरु भई पर्वतको बाँसखर्क, डाँडाकटेरी हुँदै म्याग्दीको नागी, हम्पाल डाँडा, महरेडाँडा, टिकोट हुँदै खिवाङ र मोहरेडाँडा, घोरेपानी, खोप्रालेक, नारच्याङहुँदै भुरुङ तातोपानी पुगेर टुंगिन्छ । रासस