Showing posts with label मनोरन्जन/टिप्स. Show all posts
Showing posts with label मनोरन्जन/टिप्स. Show all posts

Saturday, October 18, 2014

दुधसँग यी ७ चीज नखानुस्, नत्र…

दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर, यदी दुधको प्रयोग गर्दा केही करामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ । थाहा पाऔ दुधलाई कुन अवस्थामा प्रयोग नगर्नु राम्रो हुन्छ ।
milk
– हामीले प्राय दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।
– दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।
– दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।
– दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।
– दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।
– दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
– सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुनु राम्रो हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।

Saturday, September 20, 2014

सराहालाई मिस इ-कलेजको उपाधि

September 20
miss-e-college
काठमाडौं । पाँचौ श्रृङखलाको मिस इ-कलेजको उपाधि सहारा चित्रकारले जितेकी छिन् । २४ प्रतियोगीलाई पछि पार्दै उपाधि जितेकी सराहाले वेष्ट स्किनको उपाधि पनि पाएकी थिईन् ।
उपाधि जितेपछि टिभीएसको जुपिटर स्कुटर, स्नातकसम्म अध्ययनका लागि छात्रबृत्ति र एअर होष्टेजमा डिप्लोमासम्मको अध्ययनमा छुट पाउने भएकी छिन् उनले ।
सिजन मिडियाले आयोजना गरेको कार्यक्रममा  प्रशंसा पौडेलले फष्ट रनरको उपाधि पाइन् भने उनले ‘मिस पर्सनालिटीको उपाधी पनि पाएकी थिईन् । त्यस्तै सेकेण्ड रनर अप ज्योति खड्काले ‘मिस फोटोजेनिक’ अवार्ड पाएकी थिईन् ।
विभिन्न कलेजमा अध्ययनरत युवतिको क्षमता विकासका लागि भन्दै आयोजना गरिएको यस कार्यक्रममा काठमाडौ र मोफसलका शहरका युवतिहरुले सहभागीता जनाएका थिए । प्रतियोगितामा सहभागी अन्य युवतिलाई पनि मिस फ्रेण्डसिप, मिस पपुलर लगायत अन्य विभिन्न टाईटलमा अवार्ड दिईएको थियो ।

Tuesday, September 16, 2014

बोगटीको मृत्युको कारण बन्यो ‘जनमैत्री अस्पताल’ डाक्टरको दाबी : सीधै गंगालाल वा नर्भिक लगेको भए बाँच्थे

September 16
काठमाडौं । सोमबार निधन भएका एकीकृत नेकपा माओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको उपचारमा उचित सावधानी नअपनाइएको खुलासा भएको छ । बचाउने प्रशस्तै सम्भावना हुँदाहुँदै उनको निधन भएको भन्दै डाक्टरहरुले यस्तो अवस्थामा परिवारका सदस्यले विशेष शतर्कता अपनाउनुपर्ने बताएछन् ।

 एक चिकित्सकले दिएको जानकारीअनुसार बोगटीमा हृदयाघात हुनुभन्दा केही घण्टा अगाडि नै हृदायाघातको पहिलो रुप एन्जाइना भएको थियो । तर, उनलाई अस्पताल नलगेर चार दलको बैठकस्थलबाट घर पठाइयो । हृदयाघात भएपछि बोगटीलाई एमाओवादीको लगानीमा खोलिएको जनमैत्री अस्पतालमा निकै ढीलो गरी पुर्‍याइयो ।

 बैठकस्थलबाट आराम गर्न भन्दै घरमा बिहीबार चार दलको बैठक चलिरहेको समयमा नै बोगटीलाई हृदयाघातको प्रारम्भिक लक्षण देखिएको थियो । बैठक भइरहेको समयमा बोगटीलाई छातीमा पीडा हुने, पसीना आउने र आँखा धमिलो हुने समस्या देखिएको थियो । मुटुरोग विशेषज्ञहरुका अनुसार उच्च रक्तचाप भएका व्यक्तिहरुमा यस्तो लक्षण देखिनु मुटुरोगको पहिलो अवस्था एन्जाइना हुनु हो । एन्जाइना शुरुको अवस्था हो भने हृदयाघात विकसित अवस्था हो ।

 बोगटी पहिलेदेखि नै उच्च रक्तचापबाट ग्रसित थिए । मुटुरोग विशेषज्ञहरुका अनुसार छाती दुख्न शुरु भएको समयलाई हृदयाघातको शुरु मान्नुपर्छ । छाती दुख्न शुरु भएको एक घण्टाभित्र रगतको थेग्रो जमेर बन्द भएको कोरोनरी रक्तनलीलाई औषधि दिएर वा अन्य उपाय (एन्जियोप्लास्टी)बाट खोल्न सकिन्छ । तर, बोगटीलाई छाती दुख्न शुरु भएपछि आरामका लागि भन्दै बैठकस्थलबाट घर लगिएको थियो ।

यस्तो प्रारम्भिक लक्षण देखिएका व्यक्तिलाई १ देखि ६ घण्टाभित्र उपचार गर्न सकेमा पूर्णरुपमा ठीक पार्न सकिने चिकित्सकहरु बताउँछन् । छाती दुखेको ६ घण्टा नाघिसकेपछि जति ढीलो हुन्छ, त्यति नै मुटु बढी क्षतिग्रस्त हुन्छ । बोगटीको हकमा पनि त्यही भएको चिकित्सकहरुको विश्लेषण छ । ‘बैठकमै एन्जाइना देखिएपछि बोगटीलाई तत्काल मुटुरोग विशेषज्ञकहाँ लगिनु पर्ने थियो’ नर्भिक अस्पतालका एक चिकित्सकले भने, ‘तर उहाँहरुलाई हृदयाघातको लक्षणका बारेमा थाहा नभएर होला, आरामका लागि घरमा पठाइयो ।’ उनका अनुसार बिहीबार दिउँसो नै एन्जाइना देखिएका बोगटीलाई राति ९ बजेतिर म्यासिभ हृदयाघातले समातेको थियो ।

जनमैत्री अस्पताल लैजानु अर्को गल्ती ‘हृदयाघात भएलगत्तै पनि बोगटीको उपचार एक घण्टाभित्रै भएको भए बाँच्ने सम्भावना धेरै हुन्थ्यो’ ती चिकित्सकले भने, ‘तर उहाँलाई पहिला जनमैत्री अस्पताल र त्यसपछि मात्रै गंगालाल लगियो, जतिबेला धेरै ढीला भैसकेको थियो ।’ मुटुरोग विशेषज्ञहरुका अनुसार हृदयाघात भएका व्यक्तिलाई एक घण्टाको समयमा अस्पताल पुर्‍याउन सकिएमा धेरै हदसम्म बचाउन सकिन्छ ।

 चिकित्सकीय भाषामा यसलाई ‘गोल्डेन आवर’ भनिन्छ । तर, बोगटीलाई हृदयाघात भएपछि पनि केहीबेर घरमै राखिएको थियो । सानोभर्‍याङस्थित निवासमा बोल्दाबोल्दै एक्कासी उनी बेहोस भएर ढलेका थिए । पार्टीनिकट सूत्रका अनुसार बेहोस हुनुअघि उनले ‘मलाई हर्ट एट्याक भएजस्तो छ’ भनेर छातीमा हात राखेका थिए । त्यसपछि बेहोस भएका बोगटीलाई कहाँ लैजाने भन्ने अलमलमा परेका परिवारले चिकित्सकको खोजी र आवश्यक तयारी गर्दागर्दै झण्डै एक घण्टा बितिसकेको थियो ।

मुटुरोग विशेषज्ञहरुका अनुसार हृदयाघातका कारण बेहोस भएका व्यक्तिलाई एक घण्टाभित्र हृदयाघातको उपचार सुविधा भएको स्थानमा पुर्‍याइसक्नुपर्ने हुन्छ । तर, बोगटीको गोल्डेन आवर घरमा नै बितिसकेको थियो । गोल्डेन आवरमा अस्पतालमा नपुगेका धेरै मानिसको बाँच्ने सम्भावना कम हुन्छ । यस्तै कोहीमा बेहोस भएर ढलेको ९० मिनेटसम्म पनि गोल्डेन आवर हुने गर्दछ । तर, बोगटीले उक्त ९० मिनेटमा पनि मुटुरोग विज्ञकहाँ पुग्न पाएनन् । जनमैत्री अस्पताल त्यही थियो, जसमा लगानी गरिएको लडाकूको सम्पत्तिबारे बोगटीले जीवित हुँदा छानविन गरेका थिए । बोगटीको प्रतिवेदन अझैसम्म छानविन गरिएको छैन । यसलाई एउटा अनौठो संयोग नै मान्नुपर्ने हुन्छ, बोगटीलाई अन्तिम घडीमा सोही अस्पतालमा पुर्‍याइयो ।

  राजधानीमै भए पनि डाक्टरसम्म पुग्न ढिलाइ
बेहोस भएर ढलेको झण्डै एक घण्टामा मात्रै बोगटीलाई बालाजुस्थित जनमैत्री अस्पताल पुर्‍याइएको थियो । अस्पताल स्रोतका अनुसार घरबाट जनमैत्री लैजाने समयमा नै ढीला भैसकेको थियो, जनमैत्रीले हृदयाघातले गम्भिर रुपमा च्यापिसकेको भन्दै बोगटीलाई बाँसबारीस्थित गंगालाल अस्पताल पठाएको थियो । गंगालालमा पुगिसक्दा बोगटीको अवस्था निकै नाजुक भैसकेको थियो । गंगालाल अस्पताल स्रोतका अनुसार बोगटीलाई अस्पतालमा ल्याइपुर्‍याउँदा मस्तिष्कघात समेत भैसकेको थियो । समयमा नै बन्द भएको मुटुको रक्तनली नखोलिँदा मस्तिष्कको नली फुट्न पुगेको बताए ।

गंगालालले ढीलै ल्याइए पनि मुटुको रक्तनली खुलाउन एन्जिओप्लास्टी सर्जरी गरेको थियो । त्यसपछि उनको मुटुको चालमा केही सुधार आएको थियो । तर, समयमै एन्जिओप्लास्टिका लागि अस्पतालमा ल्याइनपुर्‍याएकाले बोगटीको बायाँ भागको मस्तिष्कमा पूरै रगत जमिसकेको थियो । ‘हृदयाघातका कारण मुटुमा रगत प्रवाह बन्द भएपछि शरीरको जुनसुकै भागको नसा फुट्न सक्छ’ ती चिकित्सकले भने, ‘यस्तो बेलामा धेरैजसोको मस्तिष्कको नली फुट्ने सम्भावना हुन्छ, दुर्भाग्य, उहाँको पनि त्यस्तै भयो ।’ गंगालालले शुक्रबार बिहान गरेको सिटीस्क्यानमा बोगटीको मस्तिष्कमा रगत जमेको पाइएपछि मास्तिकष्कघात भएको पुष्टि भएको थियो ।

 त्यसपछि उनलाई नर्भिक अस्पताल सारिएको थियो । नर्भिक अस्पतालमा बोगटीलाई पुर्‍याइउँदा उनको मुटुको चाल निकै मन्द अवस्थामा थियो, मष्तिष्कघातका कारण शरीर प्यारालाइसिस भैसकेको थियो । समयमा नै रोगको जटिलताका बारेमा जानकारी नहुँदा गम्भीर अवस्थामा गंगालाल र पछि नर्भिकमा पुर्‍याइएका बोगटीलाई निको पार्न मिराकल नै हुनुपर्ने भन्दै नर्भिकका चिकित्सकले जोडतोडले मिहेनत गरिरहेका थिए । ‘गंगालालमा नै समयमा नपुर्‍याएको भए उहाँलाई मस्तिष्कघात नहुने रहेछ’ नर्भिकका एक चिकित्सकले भने-‘तर रोगको जटिलता नबुझ्दा ठूलो दुर्घटना बेहोर्नुपर्‍यो ।’

डाक्टरको अथक प्रयास
नर्भिकले उपलब्ध गराएको बोगटीको स्वास्थ्य विवरणअनुसार उनी अस्पतालमा आइपुग्दा प्यारालाइसिस भैसकेको, बोल्न नसक्ने, एउटा आँखामात्र सामान्य हल्लिने, रगतको चाप कहिले एक्कासीमाथि चढ्ने त कहिले निकै तल झर्ने अवस्था थियो । अस्पतालले बोगटीलाई बचाउन ब्लड प्रेसर कायम हुने औषधि तथा अन्य औषधि र उपचार विधिको प्रयोग गर्दै भेन्टिलेटरमा राखेको थियो ।

अस्पतालले पटक-पटक मुटुको चाललाई कायम गर्न कार्डियाक पल्मोनरी रिसाइटेस (सीपाअर) पनि गरेको थियो । आधुनिक औषधि तथा उपचारसँगै अस्पतालले परम्परागत उपचार विधि पनि अपनाएको थियो । तर, आइतबार बिहान ७ बजेर २५ मिनेटमा उनको मृत्यु भयो । नर्भिकका चिकित्सकले पनि समयमा नै रोगको गम्भीरता नबुझ्दा बोगटीको मृत्यु हुन पुगेको जनाएका छन् ।

  हृदयाघातमा ख्याल गर्नुपर्ने कुराहरु
चिकित्सकका अनुसार हृदयाघात भएका बिरामीमध्ये झण्डै ५० प्रतिशतको मृत्यु १ घण्टाभित्रै हुन्छ । हृदयाघातपछि अस्पतालको उपचार पाउने बिरामीमध्ये पनि ६ देखि ९ प्रतिशतको मृत्यु हुन्छ । मुटुमा रहेका रक्तनलीहरुमा बोसो जम्दै गएर रक्तनलीमा रक्त प्रवाह कम हुन्छ । बिस्तारै रक्त प्रवाह नै रोकिएपछि मुटुका मांसपेशीको मृत्यु हुन्छ । यसले गर्दा हृदयाघात हुन्छ ।

 हृदयघातका कारक तत्वहरुमा बढ्दो उमेर (पुरुषमा ४५ वर्षमाथि र महिलामा ५५ वर्षमाथि), वंशाणुगत कारण, धूमपान, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपना, आलस्यपना, मानसिक तनाव, चिन्ता आदि हुन् । धूमपान गर्ने व्यक्तिमा हृदयघातको सम्भावना २ देखि ३ गुणाले बढी हुन्छ । चिल्लो, नुनिलो र बोसोयुक्त खाना, शारीरिक व्यायामको कमी तथा मानसिक तनाव पनि हृदयघातका कारक तत्व हुन् । हृदयाघातका लक्षणहरु छातीको बीच भागमा पीडा हुनु, चक्कर लाग्नु, खल्खली पसीना आउनु, सास नपुगेको जस्तो भई निसास्निु, दम बढ्नु र आँखा धमिलो हुनु आदि हृदयाघातका लक्षण हुन् । छातीको पीडा बढ्दै गएर सहन नसक्ने गरी दुख्ने, छातीमा ढुंगाले थिचेजस्तो हुने र यो पीडा बाँया पाखुरा, चिउँडो हुँदै घाँटीतर्फ सर्ने यसका लक्षण हुन् ।

  बच्ने उपायहरु
यस्तो लक्षण देखिनासाथ मुटुरोगको उपचार हुने स्वास्थ्य संस्थामा गैहाल्नुपर्छ । हृदायाघात हुन नदिन मुटुको रक्तचाप बढ्न नदिने, नून, चिल्लो एवं कोलेस्टेरोल कम भएका हरियो सागपात, गेडागुडी र फलफूल बढी खाने सल्लाह चिकित्सकहरुको छ । त्यस्तै नियमित व्यायाम गर्ने, रातो मासु नखाने, धुम्रपान नगर्ने, मानसिक तनाव नलिने, मधुमेहको नियन्त्रण गर्ने सुझाव चिकित्सकहरुको छ ।

Saturday, September 13, 2014

स्वोर्गभित्र लुकेको एउटा सानो स्वोर्ग स्वोर्गद्वारी

September 13
काठमाडौं । प्यूठानको स्वर्गद्वारी मन्दिर नेपालको चर्चित धार्मिक पर्यटकीयस्थल हो । तर, यो सुन्दर स्थलको दर्शन गर्ने अवसर धेरै मानिसले पाउन सकेका छैनन् । विगतमा यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भए पनि अब स्वर्गद्वारीको यात्रा सहज बनेकोे छ । पहाडको टाकुरामा वरिपरि जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ ।



यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भन्छि । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यहीे बाटो भएर गएकाले यसको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ । स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ ।

स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिम श्रृंखला हेर्न पाइन्छ ।स्वर्गद्वारीबाट देखिने हिमाल अन्नपूर्ण, धौलागिरी र मनास्लु लगायत छन् । विशेष गरी धौलागिरीलाई नजिकबाट नियाल्न स्वर्गद्वारी उपयुक्त स्थान हो ।

स्वर्गद्वारीको महत्व नेपालमा जस्तै भारतमा पनि छ । यही भएर बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्वारी पुग्ने गर्दन् । रोल्पाका बाल तपस्वी हंसानन्द गिरी (महाप्रभु) ले विस १९५२ मा १ हजार ६ सय रोपनी जग्गामा स्वर्गद्वारी मन्दिरमा आश्रम बनाएका थिए । स्वर्गद्वारी मन्दिर १२० वर्ष पुरानो रहेको बताइन्छ ।

यहाँ अखण्ड ज्वालासहित धुनी, वेद पाठ र बली विनाको पूजा एवं हवन हुँदै आएको छ । मन्दिर परिसमा गणेश, देवी, सूर्य, बिष्णु, तथा शिवका मूर्ति र मन्दिरहरु बनाइएका छन् । मन्दिर आएका भक्तजनहरुलाई खान र बास बस्नका लागि मन्दिर व्यवस्थापनले नै चाँजो पाँजो मिलाउने गरेको छ ।

स्वर्गद्वारीमा विशेष गरी बैशाख पूणिर्मा, बुद्धजयन्तीमा बिशेष मेला लाग्छ । त्यसबेला भारत र नेपालका हजारौ भक्तजनहरु आउने भएका कारण खानपिन तथा बासको व्यवस्थापनका लागि समस्या हुने गरेको छ । स्वगद्वारी मन्दिर परिसरबाट १५ मिनेटको पैदल दुरीमा महाप्रभु गुफा रहेको छ ।

 स्वर्गद्वारी जाने बाटो मन्दिर कसरी पुग्ने भन्ने विषयमा नेपालमा सहरी क्षेत्रमा उचित प्रसार प्रसार हुन नसक्दा जति आन्तरिक धार्मिक पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । काठमाण्डौबाट नेपालगञ्जसम्म हवाई यात्रा र त्यसपछि रोल्पा चल्ने बसमा प्युठानको भिङ्रीसम्म सार्वजनिक बसमा जान सकिन्छ । त्यसपछि ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ । त्यहाँबाट निजी सवारी साधन पनि मन्दिर परिसरसम्म प्रयोग गर्न सकिन्छ ।

स्वोर्गभित्र लुकेको एउटा सानो स्वोर्ग स्वोर्गद्वारी

September 13
काठमाडौं । प्यूठानको स्वर्गद्वारी मन्दिर नेपालको चर्चित धार्मिक पर्यटकीयस्थल हो । तर, यो सुन्दर स्थलको दर्शन गर्ने अवसर धेरै मानिसले पाउन सकेका छैनन् । विगतमा यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भए पनि अब स्वर्गद्वारीको यात्रा सहज बनेकोे छ । पहाडको टाकुरामा वरिपरि जंगल छ भने थुम्कोमा मुख्य मन्दिर छ ।



यही मन्दिरलाई ‘स्वर्गद्वारी’ भन्छि । पाँच पाण्डवले स्वर्ग जाँदा अन्तिम स्थान यहीे बाटो भएर गएकाले यसको नाम स्वर्गद्वारी रहेको किंवदन्ती छ । स्वर्गद्वारी धार्मिक हिसावले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ ।

स्वर्गद्वारीबाट आठ हजार मीटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिम श्रृंखला हेर्न पाइन्छ ।स्वर्गद्वारीबाट देखिने हिमाल अन्नपूर्ण, धौलागिरी र मनास्लु लगायत छन् । विशेष गरी धौलागिरीलाई नजिकबाट नियाल्न स्वर्गद्वारी उपयुक्त स्थान हो ।

स्वर्गद्वारीको महत्व नेपालमा जस्तै भारतमा पनि छ । यही भएर बर्षेनी एक लाख भन्दा बढी भारतीय भक्तजनहरु स्वर्गद्वारी पुग्ने गर्दन् । रोल्पाका बाल तपस्वी हंसानन्द गिरी (महाप्रभु) ले विस १९५२ मा १ हजार ६ सय रोपनी जग्गामा स्वर्गद्वारी मन्दिरमा आश्रम बनाएका थिए । स्वर्गद्वारी मन्दिर १२० वर्ष पुरानो रहेको बताइन्छ ।

यहाँ अखण्ड ज्वालासहित धुनी, वेद पाठ र बली विनाको पूजा एवं हवन हुँदै आएको छ । मन्दिर परिसमा गणेश, देवी, सूर्य, बिष्णु, तथा शिवका मूर्ति र मन्दिरहरु बनाइएका छन् । मन्दिर आएका भक्तजनहरुलाई खान र बास बस्नका लागि मन्दिर व्यवस्थापनले नै चाँजो पाँजो मिलाउने गरेको छ ।

स्वर्गद्वारीमा विशेष गरी बैशाख पूणिर्मा, बुद्धजयन्तीमा बिशेष मेला लाग्छ । त्यसबेला भारत र नेपालका हजारौ भक्तजनहरु आउने भएका कारण खानपिन तथा बासको व्यवस्थापनका लागि समस्या हुने गरेको छ । स्वगद्वारी मन्दिर परिसरबाट १५ मिनेटको पैदल दुरीमा महाप्रभु गुफा रहेको छ ।

 स्वर्गद्वारी जाने बाटो मन्दिर कसरी पुग्ने भन्ने विषयमा नेपालमा सहरी क्षेत्रमा उचित प्रसार प्रसार हुन नसक्दा जति आन्तरिक धार्मिक पर्यटकको आगमन हुनुपर्ने हो त्यति हुन सकेको छैन । काठमाण्डौबाट नेपालगञ्जसम्म हवाई यात्रा र त्यसपछि रोल्पा चल्ने बसमा प्युठानको भिङ्रीसम्म सार्वजनिक बसमा जान सकिन्छ । त्यसपछि ५ घण्टाको पैदल यात्रा गर्नुपर्छ । त्यहाँबाट निजी सवारी साधन पनि मन्दिर परिसरसम्म प्रयोग गर्न सकिन्छ ।

उच्च रक्तचापबाट जोगिने भए

रक्तचाप १४० र ९० भन्दा माथि निरन्तर रहेमा त्यसलाई उच्च रक्तचाप भनिन्छ । उच्च रक्तचाप आफैँमा रोग त होइन, तर यसले अन्य रोगलाई जटिल बनाउँछ । तर, जीवनशैली तथा खानपानमा सन्तुलन ल्याउने हो भने उच्च रक्तचापबाट बच्न सकिन्छ । उच्च रक्तचापबाट बच्ने केही उपाय :
tips
  • मोटोपन धेरै रोगको कारण हो । मोटोपनाले उच्च रक्तचाप, हृदयरोगलगायत विभिन्न खाले जोखिम बढाउँछ । थोरै मोटोपना घटाउँदा पनि रक्तचाप उल्लेखनीय मात्रामा कमी आउँछ ।
  •  धूम्रपान उच्च रक्तचापको मुख्य कारक तत्त्व हो । चुरोटमा भएको निकोटिनले शरीरका ग्रन्थिलाई उत्तेजित गर्छ, जसका कारण एड्रिनलिन हर्मोनको उत्पादन बढ्छ । यसका कारण मुटुको धड्कन तीव्र बन्दै जान्छ ।
  •  नियमित रूपमा हिँड्नु, दौडनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । दौडँदा रगतले अक्सिजन लिने दरमा वृद्धि हुन्छ, जसका कारण रक्तचाप सन्तुलन गर्न सघाउ पुग्छ । यसबाट मुटु सक्रिय हुन्छ, रगत पम्प गर्ने प्रक्रिया सहज हुन्छ । त्यसो हुँदा रक्तनलीहरूमा दबाब कम पर्छ ।
  •  उच्च रक्तचापका समस्या भएकालाई महीको सेवन निकै फाइदाजनक हुन्छ । दिनको एक कप मही खाने हो भने उच्च रक्तचापको जोखिम एक तिहाइले घट्ने बताइन्छ । महीमा पाइने क्याल्सियमले रक्तनलीलाई बलियो तथा लचकदार बनाउने हुँदा रक्तनलीको सहज फैलावटका कारण दबाब कम भई रक्तचाप नियन्त्रित हुन्छ ।
  •  केरामा प्रशस्त पोटासियम लवण पाइन्छ । पोटासियमले शरीरमा तरल पदार्थको सन्तुलनलाई कायम राख्दछ, जसका कारण रक्तचाप नियन्त्रित हुन्छ ।
  •  अधिक नुनले रक्तचाप बढउँछ । नुन रगतमा सजिलै घोलिने भएकाले रक्तनलीमा रगतको मात्रा तथा चाप बढ्न जान्छ । फास्टफुडले पनि उच्च रक्तचाप बढाउने भएकाले त्यसको सेवन पनि कम गर्नुपर्छ ।
  •  व्यस्त जीवनशैली तथा कामको धपेडीले रक्तचाप बढाउँछ । हप्तामा ४० घन्टा काम गर्दा शरीरको रक्तचाप १४ प्रतिशतले बढ्छ । तसर्थ, कामको चाप घटाउनुपर्छ ।
  •  सुतेका वेला घुर्ने बानी छ भने सावधानी हुनुपर्छ । त्यस्तै उच्च रक्तचापका रोगीले पर्याप्त निद्रा लिनुपर्छ ।
  •  बढी कफी तथा कफीजन्य पदार्थले रक्तचाप बढाउँछ । कफीमा हुने क्याफाइन तत्त्वले रक्तनलीलाई दरिलो बनाउने र त्यसले रक्तचाप बढाउने बताइन्छ । अत: कफी कम गर्नुपर्छ ।
  •  नियमित रूपमा लौका, गाँजर र गान्टेमूलाको जुस सेवन गर्दा रक्तचाप सन्तुलन गर्न सकिन्छ ।

Friday, September 12, 2014

Loving the Unlovely

September 12
I just read Under the Overpass by Mike Yankoski, a true story of two college guys who wanted to experience life as homeless people. They spent months on the streets of cities like Denver, Washington D.C., Portland, San Francisco, San Diego and my hometown, Phoenix.
What they learned is that “street people” are at best invisible and at worst reviled. They attended church every Sunday and were not very warmly received in most because of how they looked and smelled. They were even thrown off the property of one church lawn in our own city.
Of Phoenix the author says, “We experienced big programs, big churches, and big talk, without much love in action, at least for two unappealing transients like us.”
I don’t think any of us sees ourselves as unloving or unwelcoming but I’m not sure how excited any of us would be if two dirty, foul-smelling men wanted to occupy the seat next to ours in church or at Sunday brunch. I’ll admit I’ve been the first one to beat a retreat on occasion.
We may judge them as being lazy or drug addicts and almost always try to escape before they ask us for something. Yankoski points out that the people he met on his “experiment” didn’t suddenly become homeless panhandlers. It happened slowly over time and was typically precipitated by events that damaged their lives horrifically.
The point I’m heading toward is that we need to remember the sacrifices Christ made and the attitudes he demonstrated. I’m not just talking about the Big One (His own terrible, painful death), but the time Jesus spent with the smelly, unappealing people He encountered every day. He talked with them, ate with them, touched them and genuinely cared for them and expects as much from us.
“I tell you the truth, whatever you did not do for one of the least of these, you did not do for me.”Matthew 25:45

Do we really want the reputation of Big programs but Little compassion? Whether it is someone who is malodorous or just has a stinky disposition, we need to walk toward them, take a moment to listen, encourage them and see how we can help meet an immediate need. A granola bar, a smile, a kind word or a listening ear may feel like the love of God to someone who isn’t used to being bestowed those gifts.
Will people we meet know we are Christians by our love? Do you need to make some changes so your alignment with Christ is more apparent? It will come back to you in a big way.
“A generous man will prosper; he who refreshes others will himself be refreshed.” Proverbs 11:25

किड्नी रोगका बहुरुप र यसबाट बच्ने उपायहरु

September 12
डा.राजदेव राम:
शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किडनीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोग राख्दछ । किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ । मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ । turahi
किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् । यसको मुख्य कारण मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक दवाईको अल्पकालनी सेवनको विनाशकारी प्रतिक्रियाको रुपमा पनि किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको देखिन्छ । यी आधुनिक दवाईहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ । किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ । यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ । मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ । मुख्यगरी नून र पानीको मात्रालाई सन्तुलनमा राख्दछ । किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।
नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षण
किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी विरामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने । सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।
किड्नी स्टोन (पत्थरी) र यसको लक्षण
किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।
उपचार
यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन । सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ । किडनीको कुनै विरामी वा संक्रमण छ भनेतुरुन्तै उपचार गराउनु पर्दछकिड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ । केमिकल्स, जस्तो यूरिया, त्रिएटिनाइन, पोटेशियम बढ्न थाल्दछ । त्यसपछि मात्र थाहा हुन्छ कि किड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि किड्नी कति खराब भएको छ भनेर । आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि गम्भीर स्थिति आउनबाट बच्न सकियोस् ।

दुईवटै मृगौला फेल भएकी सुश्री रुपा येशूमा निको भईन हा! हा!! हा!!!

पत्याउन मुस्किल पर्ला २५ वर्षिया रुपा नेपालीको दुईवटै मृगौला फेल भएर काम नलाग्ने अवस्थामा पुगेंपछि मुक्तिदाता येशूमा विश्वास गरेर हाल उनले नयाँ जीवन पाँएकी छन् । हाल उनको दुइवटै मृगौलाको अवस्था सामान्य मानिस सरह भएको छ । दुईवटै मृगौलाले काम गर्न थालेका छन् ।
कुरा के भने रामेछाप मन्थली स्थित तामाकोशी सेवा समिति अस्पतालमा सामान्य उपचारमा जाँदा एकाएक त्यहाँको मेडिकल चेकअपले रुपाका दुईवटै मृगौला क्रिटिकल अवस्थामा रहेको रिपोर्ट दियो । त्यहाँका डाक्टरले उनलाई तुरुन्त काठमाडौंको टिचिङ्ग अस्पतालमा रिफर गरे । यो कुरा थियो ०६९ असारको पहिलो साता ।
उनी पछिल्लो दिन आफन्तसँग काठमाडौं लागिन र पुगिंन डाक्टरी चेकअपको लागि गंगालाल हृदय केन्द्र अस्पतालमा । त्यहाँका डाक्टरले रुपालाई सिधै विर अस्पताल रिफर गरिदिए ।
विर अस्पताल पुग्ने दिनसम्म रुपाको मृगौलाहरु एकदमै क्रिटिकल अवस्थामा पुगिंसकेका थिए । आफैं हिड्न सक्ने अवस्थामा थिइनन् उनी । अविवाहित रुपा आफन्तको सहारामा रामेछापदेखि काठमाडौं अस्पतालसम्म पगिन । त्यहाँका डाक्टरले पनी उनलाई अव तपाईको उपचार छैन l तपाई दुईटै मृगौला काम नलाग्ने अवस्थामा पुगिं सके भनेर भने मेडिकल चेकअपमा निष्कर्ष निकाले । विर अस्पतालका डाक्टरले उनको रिपोर्ट हेरेर तपाईंको अवस्था धेरै नाजुक छ भनेर के भनेका थिए । रुपाको हंशले ठाउँ नै छोड्यो । उनी आफू अव यस संसारवाट मर्ने भए भन्ने सोच्न थालिन । विचलनमा परिन । २५ वर्षको लाउलाखाउला उमेरमा शरिरमा भएको मृगौलाले काम गर्न छोडेपछि उनका लागि कुनै आशा थिएन । उनमा अब बाँच्छु भन्ने आशा हरायो । हातका औंलामा दिन गन्ती गर्न थालिन मृत्यूका ।
तर उनमा कताकता एउटा झिनो आशा भने त्यती वेला पलायो जव उनलाई काठमाडौंका डाक्टरले उनको मेडिकल रिपोर्ट अनुसार, “अव तिम्रो वाँच्ने कुनै आशा छैन”। डाक्टरले यती भनिसक्दा उनमा एकाएक फेरी येशूख्रीष्टमा हराएको आशा नयाँ पालुवा झैं पलायो । किन भन्दा उनी रोग लाग्नु पूर्व अफ्नो स्थायी घर रामेछापमा, उनी आधा मनले मात्र चर्चमा जाने गर्थिन । मण्डलीमा त जान्थीन तर सम्पूर्ण हृदयले परमेश्वरलाई पुकारा गर्न सकेकी थिइनन् । परमेश्वरलाई वास्था गर्ने गर्थिन ।
विर अस्पतालसम्म उपचार गराउँदासम्म जे खायो त्यही वान्ता गर्ने, खाएको कुनै पनि थोक नपच्ने भई सकेको थियो । मृगौलाको डायोलोसिस गुर्नपर्ने स्टजमा पुगिं सकेको थियो । रोग नलाग्नू पूर्व उनको शरिरको तौल ४३ के.जी. थियो तर रोग लागेपछि शरिर सुन्निएर उनको तौल एकाएक ७५के.जी.पुग्यो । आफ्नो शरिरको अवस्थादेखे पछि अव त झन उनमा वाँच्ने कुनै आशा हरायो । विर अस्पतालवाट आफन्तको डेरामा फर्केपछि उनले परमेश्वरलाई साँचो हृदयले पुकारा गर्न थालिन । र भन्न थालिन प्रभु तपाईमात्र अव मरो सहारा हो । रोएर प्रार्थना गरिन, प्रभुसँग विलौना गरिन– प्रभु हिजोसम्म तपाईलाई राम्ररी चिनिन तपाईंसम्म म आज क्षमा माग्छु भनि क्षमा मागिन, हृदयसहितको पुकारामा प्रार्थना गर्न थालिन । त्यसैवेला रुपालाई परमेश्वरले दर्शन दिनुभयोः परमेश्वरले उनलाई भजनसंग्रह ४१ अध्यायको ३ पद पढ्नलाई प्रेरणा दिनुभयो, “परमप्रभुले त्यसलाई त्यसको योछ्यानमा सम्हाल्नुहुनेछ, अनि त्यसलाई फेरि स्वास्थ्य प्रदान गर्नुहुनेछ l ”
यो पदले उनमा अव परमेश्वरले वाँच्छु भन्ने साहास वढ्दै गयो । उनी भन्छन्, त्यसवेला एक्लै झनझन प्रार्थना गर्दै रहे । प्रार्थना गरेको केही घण्टापछि मेरो तौल सात केजी घटको थाहा पाँए पछिल्लो दिन । अनी म निको भए ।” उनी पछि विनिप्र सेवकाइ ललितपुरमा गएर वक्ता चेत खरेलले प्रार्थना गरेपछि निको भएको बताउँछिन् ।
उनी हाल सामान्य मानिससरह भएकी छन् । उनका फेल भएका मृगौलाको फेरी चेकअप गर्दा डाक्टरसमेत छक्क परेको कुरा रुपा नेपालीले तुरहीलाई बताइन् । मृगौलाले काम गर्न थालेका छन् ।
रोग लागेको एक वर्ष पछि उनी येशूमा प्रार्थना गरेपछि पूर्णतयाः निको भइन । हाल उनमा परमेश्वरप्रतिको विश्वास झन गाढा भएको छ । रोग लाग्दा रामेछाप स्थित एक एनजिओमा काम गर्थिन भने परमेश्वरमा निको भएर नयाँ जीवन पाँएपछि उनले त्यो काम छोडेर आफ्नो घर रामेछाप वावियाखर्कमा सानो झुण्ड संचालन गरेर फुल टाइम प्रभुको सेवा गर्दै आएकी छन् । यो गवाही आफू जस्तै विरामीकोमा पुगेंर वाड्ने गर्छिन । येशूमा विश्वास गुर्नहोु्स् तपाईहरुले हरेक रोगव्याथावाट छुटकारा पाउनुहुनेछ भनेर सुनाइहाल्छिन् । नपत्याए सोध्नूहोस् रुपा नेपालीलाई मो. नं. ९८४४०९५६१४ मा ।

Thursday, September 11, 2014

११ वर्षपछि आफ्नै ठाउँमा गुञ्जिदै रामकृष्ण

September 11
काठमाडौ । रामकृष्ण ढकालको गीत सुनेर रमाउनेहरुका लागि खुसीको खबर । फेरी उनको लाईभ गीत सुन्ने अवसर मिल्ने भएको छ । केही महिनाअघि काठमाडौको होटल याक यण्ड यतिमा कार्यक्रम प्रस्तुत गरेका ढकाल यसपालि चितवनको भरतपुरमा प्रस्तुत हुँदैछन् ।
 ११ वर्षअघि चितवनको नारायणी कलामन्दिरमा एकल गीत प्रस्तुत गरेका ढकालको चितवनमै एकल शो हुन लागेको दोस्रो कार्यक्रम भएपनि ‘ढकाल सुमधुर साँझ’ चाहिँ पहिलो हो । आफु हुर्किएको ठाउँमा गीत गाउन पाउँदा खुसी लागेको भन्दै ढकालले कार्यक्रमको वारेमा आफु बढी नै उत्साहित भएको बताए ।

 यो एकल शोमा उनलाई गायिका रिमा गुरुङ होडाले साथ दिने भएकी छिन् भने हाँस्य कलाकारको पनि ब्यबस्था गर्दैछन् ढकाल । ‘कार्यक्रमको विचमा कमेडीका केही पिस भयो भने कार्यक्रम अझै भब्य र रोचक हुन्छ भनेर म हाँस्य कलाकारको पनि ब्यबस्था गर्दैछु ।’ ढकालले भने ।

 बारामा जन्मिएका ढकाल चितवनमा हुर्किएका हुन् । त्यसकारण पनि चितवनसँग उनको भावनात्मक सम्बन्ध छ । ‘आफु हुर्किएको ठाउँ कति रमाइलो हुन्छ सोधिरहनु पर्दैन । चितवनवासीलाई गीत सुनाउनु एकदमै आतुर छु ।’ उनले भने । सेढाई होल्डिङको आयोजनामा असोज २४ गते भरतपुरमा रहेको होटल गार्डेनको विषेश हलमा कार्यक्रम गर्ने योजना थियो ।

 तर, अहिले गार्डेनमै कार्यक्रम गर्ने योजनामा आयोजकहरु पुगेका छन् । ‘दर्शकहरु धेरै भएकाले गार्डेनमै कार्यक्रम गर्न लागेको जानकारी पाएको छु ।’ ढकालले भने ।

Wednesday, September 10, 2014

सिक्किममा आस्थाको झुम्के बुलाकी

September 10
aasthaकाठमाडौं । आफ्ना गीत मार्फत नेपाली दर्शक एवं स्रोतासँग सुमधुर सम्बन्ध बनाएकी आस्था राउत सिक्किमेली स्रोतासँग सम्बन्ध गाँस्ने अभियानमा छिन् । सिक्किमको नाम्चेमा आयोजना हुने सास्कृतिक कार्यक्रममा सहभागी हुनका लागि बुधवार सिक्किम हिंडेकी आस्थाले आफ्ना आधा दर्जन भन्दा बढी गीत गाउने बताइन् ।

 चौबन्दिमा, झुम्के बुलाकी, तीन मोहरको धागो, सालको पात लगायतका गीत गाउनेछिन् उनले कार्यक्रममा । यसपालीको कार्यक्रममा स्थानिय लाईभ ब्याण्डको संगीतमा गाउने तयारीमा रहेकी आस्था सिक्किमको यात्रा उत्साहजनक हुने बताउछिन् ‘सिक्किम पहिलो पटक जाँदैछु त्यसकारण पनि मलाई रमाइलो लागेको छ ।

 किनकी त्यहा मेरो गीत मन पराउनेहरु धेरै छन् ।’ उनले भनिन् । केही दिन अघि सम्पन्न हिट्स म्युजिक अवार्डमा आधार एल्बमको चौबन्दिमा.. बोलको गीतवाट बेष्ट पप भोकल पर्फमेन्स अवार्ड पाएकी आस्थाले पछिल्लो समयमा विभिन्न अवार्डमा हयाटि्रक गर्दै आएकी छिन् ।
सोही गीतवाटै केही प्रतिष्ठित अवार्ड पाईसकेकी छिन् । हिट्स म्युजिकमा उनको एल्बम सात विधामा मनोनयनमा परेको थियो ।

Tuesday, September 9, 2014

हलिउड अभिनेत्रीको एक किस पाउन भारतीय उद्योगपतिले खर्चिए ८१ हजार डलर

September 9
हलिउड अभिनेत्री एलिजाबेथ हर्ली उर्फ जिल हर्लीको एक किस ८१ हजार अमेरिकी डलरमा विक्री भएको छ ।
elizabeth
 क्यानडामा बस्ने भारतीय मूलका उद्योगपति जूलियन भारतले एक किसका लागि ८१ हजार डलर खर्चिएका हुन् ।
 सर एल्टन जनको एड्स फाउण्डेशनका लागि रकम जुटउन उनले किस कार्यक्रम राखेकी थिइन् । जूलियन भारतीका तीन बच्चा छन् ।
आफूले पत्नीको अनुमतिमै हर्लीलाई किस गरेको उनले बताए । मोडल एवं अभिनेत्री हर्लीको नाम पूर्व क्रिकेटर शेन वार्नसँग पनि जोडिएको थियो ।
 तर, अहिले उनीहरु दुबै अलग छन् । उसो त उनले उद्योगपति अरुण न्यूयरसँग २००७ मा विवाह गरेकी थिइन् । तर, २०१० मा उनीहरु अलग भए ।

एउटै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता, को-को छानिए सुन्दरी ?

September 9
रिवन ईन्टरटेन्मेन्टले एउटै मञ्चमा दुई सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । असोज ११ गते काठमाण्डौको आर्मी अफिसर्स क्लबमा बालबालिकाहरुको ‘ नेपाल्स चिल्ड्रेन अफ द इयर’ तथा यूवायूवतीहरुको ‘नेपाल्स फेशन अफ द ईयर’ प्रतिस्पर्धा हुने भएको छ ।
 saundarya-pratiyogita
 ‘नेपाल्स चिल्ड्रेन अफ द इयर’मा ७ देखि १३ बर्षका १५ जना बालबालिकाले प्रतिस्पर्धा गर्नेछन् । ३३ बालबालिकाबाट ९ जना बालिका र ६ जना बालक छानिएका हुन् । यस्तै ‘नेपाल्स फेशन अफ द ईयर’का लागि अडिशनमा सहभागी ४५ मध्ये २१ जनालाई अन्तिम प्रतिस्पर्धाका लागि छानिएको छ ।
 saundarya-1
 दुबै प्रतियोगिताको लागि अडिशनमा सुनिता पाठक, बषर्ा मिश्रा, पल्पसा डंगोल, नजिर हुसैन, रोजिन शाक्य र आश्विनी झा मुल्यांकनकर्ताको रुपमा थिए । कार्यक्रममा आश्विनी झाले कोरियोग्राफी गर्नेछन् ।

Monday, September 8, 2014

"सायामा" केकी र गरिमा

September 8

हास्यव्यङ्ग्य चित्रकार सायमी पुरस्कृत

September 8
यस वर्षको वासुदेव लुईंटेल हास्यव्यङ्ग्य पुरस्कार रवीन सायमीलाई प्रदान गरिएको छ । हास्यव्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याएवापत वासुदेव विद्यादेव लुईंटेल गुठी संस्थाले १ लाख ११ हजार १११ नगदसहित सायमीलाई सम्मान गरेको हो ।

 विसं २०५० मा स्थापित संस्थाले आफ्नो स्थापना कालदेखि हास्यव्यङ्ग्य साहित्य, अभिनय र व्याङ्व्य चित्र गरी तीन विधाका व्यक्तिलाई छनोट गरी पुरस्कृत गर्दै आएको छ ।

 पुरस्कार ग्रहण गर्दै सायमीले पुरस्कार प्राप्त गर्नु आफ्नो लागि गर्व मात्र नभई यस कार्यले आफ्नो दाहित्वलाई अझ फराकिलो पारेको बताए ।

नम्रता र अशिष्माको सुन्दरता, राम्री बन्न यसो गर्छन् २ सुन्दरी

September 8
सार्वजनिक कार्यक्रममा पहिरनका बिषयमा सजग हुन थालेपछि नायिकाहरु मिडियाको फोकसमा अट्न थालेका छन् । विशेषगरी, बुटिक र डिजाइनरहरुको महत्व नेपाली सिनेमाका नायिकाहरुले पनि वुझ्न थालेपछि यतिबेला सार्वजनिक कार्यक्रम झनै ग्ल्यामर र आकर्षक बन्न थालेको छ ।

 सिनेमा क्षेत्रका मिल्ने जोडी अशिष्मा नकर्मी र नम्रता सापकोटा हालै मात्र एक अवार्ड समारोहको रेड कार्पेटमा देखिए । दुबैको पहिरन र सुन्दरताको चर्चा खुलेरै भयो ।

आखिर २ नायिकाले फिट रहन र राम्रो देखिन के गर्छन् होला, अनलाइनखबरले अशिष्मा र नम्रतासँग यस बिषयमा कुरा गरेको छ ।  
अशिष्मा नकर्मी  भन्छिन

पहिरन :
म पहिरनको बिषयमा सधै नै सजग छु । आजको यूगमा नायिका भैसकेपछि पहिरन र सुन्दरतामा ध्यान नदिने हो भने पछाडि परिन्छ । मैले प्रयोग गर्ने पहिरनहरु बुटिक या डिजाइनरसँग सल्लाहा गरेर मात्र लगाउँछु । अब मैले डिजाइनर राख्ने सोच पनि बनाएको छ । सारी, लेङ्गा, गाउनका लागि छुट्टा-छुट्टै डिजाइनरसँग कुरा भैरहेको छ ।  
खानेकुरा :
 सुन्दर देखिने खानेकुरामा पनि खुबै सजग हुन जरुरी छ । म खासै खानेकुरामा मुख बन्द गर्दिन । म कन्फ्लेक्स र दुध धेरै खान्छु । रोटी मलाई मन पर्छ भने आलु र भात रुच्दैन । फलफूल धेरै खाने र पानी पिउने बानी छ । आफ्नै नजरमा आफू : म आफैलाई कहिल्यै पनि राम्री लागेन । साथीहरुलाई म जहिले पनि आफू भन्दा राम्री देख्छु ।  
व्यायम :
अहिले बिरामी भएकाले जिम गएको छैन । बिहान घरमै अभ्यास गर्छु । विभिन्न व्यायमहरु डाउनलोड गरेर राखेको छु । बिहान सधै अभ्यास गर्छु । विशेषगरि म पेटको अभ्यास धेरै गर्छु ।
नम्रता सापकोटा भन्छिन

 पहिरन :
म पहिरनको बिषयमा सजग छु । सार्वजनिक कार्यक्रममा फरक-फरक डिजाइनरले लगाएका पहिरन लगाएर म पुग्छु । आजको समयमा पहिरनको बिषयमा सजग हुनु जरुरी छ । मेरो पहिरनमा राम्रै रकम खर्च पनि हुन्छ ।

खानेकुरा :
घरमा ममीको हातले पकाएको खानेकुरा खाने भएकाले पनि म धेरै डाइटिङ गर्न सक्दिन । तर, घर बाहिर खासै खाने मेरो बानी छैन ।  

व्यायम :
व्यायमका लागि मलाई मनपर्ने भनेको डान्स हो । घरमै गीत लगाएर डान्स गर्ने मेरो बानी छ । जसले पनि फिट देखिने कोशिश गर्छु । तर, मेरो शरीर नै बब्ली छ, यसैले केही मोटी देखिन्छु ।  

आफ्नै नजरमा आफू :
म सुन्दर भन्दा पनि सफा हृदयकी छु । मलाई यही कुरा मनपर्छ । म आफ्नो भन्दा पनि अरुको नजरबाट हेर्न रुचाउँछु ।

Sunday, September 7, 2014

छुसोक उत्सवमा अमृतको ‘भेँडाको ऊनजस्तो’

September 7
सउल । नेपथ्यका गायक अमृत गुरुङले चार वर्षपछि दक्षिण कोरियामा सांगितिक कार्यक्रम गरेका छन् । सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा भएको कार्यक्रममा झण्डै तीन हजार नेपालीको सहभागिता थियो । नेपथ्यले यसअघि पनि दक्षिण कोरियामा सन् २००५ र २०१० मा आफूलाई प्रस्तुत गरिसकेको थियो ।
Nepathya-performing-in-Seoul
 तर, यसपटकको प्रस्तुती भने प्राविधिक विशेषतादेखि दर्शकको विशाल उपस्थितीसम्मले गर्दा सर्वाधिक भब्य बन्न पुग्यो । ‘कार्यक्रममा तीन हजारभन्दा बढी दर्शक आएका थिए,’ आयोजक कमिटिका सदस्य झक थापा भन्छन्, ‘कोरियामा आजसम्मै आयोजित नेपाली कार्यक्रममा यति धेरै दर्शक जम्मा भएको यो पहिलोपटक हो ।’ दुई घन्टा लामो प्रस्तुतीका बेला अमृतले दर्शकलाई उनीहरु जन्मे हुर्केको पहाड पखेरा र बस्तीहरुको रमाइलो यात्रा गराए ।

 कार्यक्रममा नेपथ्यले संकलन गरेका लोकलयसँगै भिडियो पनि देखाइएको थियो जसमा छाडेर आएका उनीहरुकै बस्ती र समाज अटाएको थियो । पूर्वी नेपालको सम्झना गराउने ‘रेशम’, लाङटाङ भेगमा संकलित ‘भेँडाको ऊनजस्तो’, गण्डकीका सुसेली बोकेको ‘तालको पानी’ र ‘लामपाते सुरती’ देखि पश्चिमी नेपालको ‘सा कर्णाली’सम्म हलमा गुञ्जिँदा दर्शक तालसँगै नाचेका थिए ।

 मुलुकको कुना काप्चामा गीत संकलन गर्दै घुमिहिँड्दा अमृतले ती भेगका सुन्दर दृश्यलाई पनि सँधै आफुसँगै बोकेर ल्याउने गरेका छन् जसलाई उनले रैथाने भाकासँगै मिलाएर प्रस्तुत गर्छन् । ‘त्यो ‘सालै जो’ भाका मेरै गाउँबाट संकलन गरेको भन्ने सुन्दा जति घत परेको थियो, गीतसँगै गाउँका दृश्य पनि देख्दा झनै आनन्द लाग्यो’ पूर्ण रानाले भने- ‘देशको कुना काप्चामा पुगेर त्यहाँको रस ठम्याउने काम सबैले गर्न सक्दैनन् । अमृतदाईको यो गुणले नै नेपथ्यको कन्सर्ट सबैभन्दा विशेष बन्ने गर्छ ।’

 कार्यक्रममा ‘रेशम’ र ‘भेँडाको ऊनजस्तो’ले दर्शकलाई सँधैजस्तो यसको मिठासमा बाँधेको थियो भने ‘यो जिन्दगानी’ र ‘यौटा चिठ्ठी’ले भावुक बनाएको थियो । त्यसैगरि ‘गाउँ गाउँ बाट उठ’ र ‘रातो र चन्द्रसूर्य’ जस्ता गीतहरुले राष्ट्रप्रेमको भावना पैदागरेको थियो ।

 यसरी यो प्रस्तुती पनि विभिन्न रसका गीतहरुको स्वादलाग्दो मिश्रण बन्नपुगेको थियो । ‘तपाईहरुका निम्ति छुसोकको एउटा उपहार पनि मैले ल्याएको छु,’ कोरियामा सुरुभएको राष्ट्रिय पर्वलाई उदृत गर्दै अमृतले बीचैमा भने, ‘आजसम्म रेकर्ड नभएको यो एकदम नयाँ गीत पहिलोपटक तपाईहरुका निम्ति गाउँदैछु ।’ त्यसपछि सुरुभए-

‘हो रामा रामा…हो रामा रामा… है माया हाँसी दिँदा देब्रे गाला डिम्पल …’
  यो अप्रत्याशित उपहार पाएपछि सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा भरिएका तीन हजार दर्शकमध्ये कोहि पनि सिटमा बसिरहन सकेनन् । एक त त्यसै पनि सिंगो कोरिया पर्वको माहोलमा डुबेको बेला यो कुनाले अझ रोमाञ्चकता बढाइदिएको थियो ।

 छुसोक उत्सवलाई कोरियालीहरु अमेरिकामा ‘थ्यांक्स गिभिङ’ पर्वजस्तै मनाउने गर्छन्, जसमा परिवारका सबै सदस्य जम्मा भएर एकअर्कालाई शुभकामना एवं धन्यवाद आदान प्रदान गर्ने गरिन्छ । कार्यक्रममा अमृतलाई ड्रमसेटमा ध्रुव, किबोर्डमा सुरज, बेस गितारमा सुबिन, गितारमा निरज र मादलमा शान्तिले सघाएका थिए ।

 कोरियास्थित नेपाल मगर संघको आयोजना रहेको यस कार्यक्रमलाई नेपालयले संयोजन गरेको थियो । नेपथ्यको प्रस्तुती अगाडि बहुचर्चित नृत्यांगना तेरिया मगरले केहि नृत्य प्रस्तुत गरिन् ।

जन्मदिनमा सुदर्शनलाई फिल्म उपहार

September 7
निर्देशक सुदर्शन थापाले अब नयाँ चलचित्रको निर्देशन गर्ने भएका छन् । आफ्नो ३२ औं जन्मदिन मनाउने क्रममा सुदर्शनलाई नयाँ सिनेमाको अफर आएको हो । सन्तोषसेन ठकुरी र मिलनसेन ठकुरीले थापालाई सिनेमा निर्देशनको अफर गरेका हुन् ।
sudarsan-birthday
यो सिनेमालाई कमेडी बिषयमा बनाउने तयारी सुदर्शनले गरेका छन् । चलचित्रमा उनी मुख्य नायकको रुपमा देखिनेछन् । चलचित्रमा सुवास थापा, पूजा शर्मा र नव कलाकारको रुपमा प्रेम पुरीको अभिनय रहनेछ ।

सुदर्शनले करिअरकै ठूलो उपहारको रुपमा जन्मदिनमा पाएको बताएका छन् । सुदर्शनले नायकको रुपमा काम गरेको चलचित्र ‘अझै पनि’ फाल्गुण १५ गतेबाट प्रदर्शनमा आउँदैछ । आलोक नेम्वाङले निर्देशन गरेको चलचित्रलाई फेशन डिजाइनर पूनम गौतमले निर्माण गरेकी हुन् । चलचित्रमा सुदर्शनको पनि लगानी छ ।

Saturday, September 6, 2014

सडकनाटकमार्फत प्राकृतिक विपत्तिबाट बच्न सिकाइँदै

September 5
काठमाडौं । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राकृतिक प्रकोपबाट बच्नेबारे सचेतना मूलक सडक नाटक प्रदर्शन गरेको छ ।
जिल्ला शाखाले लोकन्थलीमा नाटक प्रदर्शन गरेको हो । शनिबार बिहान प्रदर्शन गरिएको उक्त नाटकमा बाढीपहिरो, भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट बच्न अपनाउनुपर्ने भूमिकाका बारेमा जानकारी गराइएको थियो ।

 सडकनाटकमा अभिनय गर्ने कलाकारहरुले आफ्नो कलाको माध्यमबाट विपत्ति आएको बेला नआत्ति सहजताका साथ सही निर्णय लिए मात्र आफ्नो सुरक्षा हुने सन्देश दिएका थिए ।

भूकम्पबाट बच्च घर निर्माणदेखि नै सजक भएर भूकम्प निरोधक घर बनाउन र भूकम्प आएको बेलामा खुुल्ला ठाउँमा गएर बस्नुपर्ने, जताततै कुद्न नहुनेलगायतका विषयमा जानकारी गराएका थिए । त्यस्तै कलाकारहरुले अभिनयमार्फत विपत्तिमा परेकाहरुलाई आफूले सकेको सहयोग प्रदान गरी राहत महशुस गराउनुपर्ने बताएका थिए ।

यातायात व्यवसायी राष्ट्रिय महासङ्घको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित

September 5
चितवन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको महाधिवेशन गएराति सम्पन्न भएको छ । चितवनको रत्ननगरमा तीन दिनसम्म चलेको महाधिवेशनले दिनेश भण्डारीको अध्यक्षतामा नयाँ केन्द्रीय समिति चयन गरेको छ ।

 गएराति सार्वजनिक मतपरिणामअनुसार वरिष्ठ उपाध्यक्षमा डोलनाथ खनाल, विजय स्वाँर र दीपक अधिकारी विजयी भएका छन् । उपाध्यक्षमा केदारनाथ पौडेल, पुष्पा श्रेष्ठ, रामप्रसाद सुवेदी, हरिशरण केसी र भरत तिमिल्सिना विजयी भए ।

पाँच जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको थियो । महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा सुरेश हमाल र डेकनाथ गौतम, सचिवमा सानुकाजी प्रजापती र वसन्त भण्डारी, कोषाध्यक्षमा सुयस पौडेल र सहकोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडामणि सापकोटाले जानकारी दिए ।

एक हजार ५ सय २१ मतदातामध्ये कुल एक हजार ४ सय २८ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसअघि अञ्चल, क्षेत्रीय र वर्गीय गरी २७ संयोजक भने निर्विरोध निर्वाचित भएका थिए । भदौ १७ गतेदेखि महाधिवेशन सुरु भएको थियो ।