Showing posts with label प्रबिधिबिज्ञान. Show all posts
Showing posts with label प्रबिधिबिज्ञान. Show all posts

Sunday, September 14, 2014

भाइबर प्रयोगकर्तालाई भिडियो कलको सुविधा

September 14
अब भाइबर प्रयोगकर्ताले भिडियो कलको सुविधा पनि पाउने भएका छन् | एन्ड्रोइड र आइओएस प्रयोगकर्ताका लागि भिडियो कलिङ सेवा सुरु गरिएको हो । पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको मोबाइल म्यासेजिङ एप भाइबरले भिडियो कलिङ सेवा थप गरेको हो ।
 viber calling
 एन्ड्रोइड र आइओएस प्रयोगकर्ताले अब भाइबर ५.० डाउनलोड गरेर सित्तैमा भिडियो कल गर्न पाउने छन् ।आइओएसबाट एन्ड्रोइडमा र एन्ड्रोइडबाट आइओएसमा पनि भिडियो कल गर्न सकिनेछ भने कम्प्युटरमा भाइबर प्रयोग गर्नेलाई पनि भिडियो म्यासेज पठाउन सकिनेछ ।

 भिडियो कलका साथै भाइबरले क्यु आर कोड स्क्यानको सुविधा पनि थपेको छ । यस्तै आइओएसमा फोटो म्यासेज पठाउने सुविधामा सुधार गरेको छ भने एन्ड्रोइडतर्फ भाइबरको डिजाइन परिवर्तन गरेको छ । भाइबरको अहिले विश्वभर ४० करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

 भिडियो कलको सुविधा थप भएसँगै यसको प्रयोगकर्ता पनि बढ्ने अनुमान गरिएको छ । अहिले भिडियो कलका लागि बढी चल्तीमा रहेको स्काइपलाई पनि यसले चुनौती दिने विश्लेषकले बताएका छन् । यो सेवा लिनका लागि तपाईंको मोबाइलमा भइरहेको अहिलेको भाइबर अपडेट गर्नुपर्छ ।

Saturday, September 13, 2014

गुगलले किन्यो ‘चम्चा कम्पनी’

September 13
हरेक साताजसो नयाँनयाँ कम्पनी खरिद गरिरहेको गुगलले पछिल्लोपटक एउटा चम्चा बनाउने कम्पनी खरिद गरेको छ । पार्किन्सन लगायतका जटिल रोग लागेका बिरामीहरुलाई लक्षित गर्दै विशेष चम्चा उत्पादन गरेको जैविक प्रविधि कम्पनी लिफ्ट ल्याबलाई गुगलले किनेको हो । सह सस्थापक सेर्जेइ ब्रिनको व्यक्तिगत रुचीकै भरमा गुगलले स्वास्थ्य प्रविधितर्फ हात हाल्ने क्रममा यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ ।
गुगलले बुधबार किनेको लिफ्ट ल्याबको मुख्य उत्पादन चम्चा । तस्वीर : लिफ्टल्याब
गएको वर्ष गुगलले मानिसहरुको आयु वृद्धि गर्ने औषधि निर्माता कम्पनी क्यालिकोमा समेत लगानी गरेको थियो । पछिल्लोपटक खरीद गरिएको लिफ्ट ल्याब अब गुगलको अनुसन्धान विभाग गुगल एक्समा गाभिनेछ ।
लिफ्ट ल्याबले निर्माण गरेको विशेष चम्चामा सेन्सरको प्रयोग गरिएको छ जसले कम्पन पत्ता लगाउने तथा त्यसलाई रोक्ने काम गर्छ । त्यसैले यदि पार्किन्सनको रोग भएका मानिसले यो चम्चा प्रयोग गरेमा उनीहरुको हात थर्थराएमा पनि यो चम्चा कम हल्लिन्छ र रोगीले यो चम्चाको प्रयोग गरी सहज रुपमा खानेकुरा खान सक्छन् । यो चम्चामा प्रयोग गरिएको प्रविधि क्यामरामा प्रयोग गरिने इमेज स्टाबिलाइजेसन प्रविधि जस्तै हो ।
उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अनुपम पाठकले गुगल प्लसमार्फत कम्पनीलार्इ गुगलले किनेको पुष्टि गरेपनि रकमको कुरा भने खुलाइएको छैन । गुगलले भने लिफ्टल्याबका कर्मचारीलाई गुगल एक्समा स्वागत गर्दै उक्त कम्पनीले बनाएको चम्चाले लाखौँ मानिसको जीवन सहज हुने उल्लेख गरेको छ ।

पछिल्लो समय गुगलले स्वास्थ्य क्षेत्रमा समते आफ्नो उपस्थिति बढाउँदै लगेको छ । जनवरीमा गुगलले स्मार्ट कन्ट्याक्ट लेन्स निर्माण गरेको थियो जसले आँसुमा भएको ग्लुकोजको मात्रा मापन गरी मानिसलाई मधुमेह भए नभएको जानकारी प्रदान गर्छ ।

जुलाई महिनामा गुगलले एउटा महत्वाकांक्षी विज्ञान परियोजना ‘बेसलाइन स्टडी’ को घोषणा गरेको छ । जसमार्फत गुगलले मानिसका आनुवंशिक तथा मोलिक्युलर सूचनाहरु संकलन गर्नेछ र त्यसबाट एउटा पूर्ण स्वास्थ्य मानिस कस्तो हुन्छ भन्ने चित्र तयार गरिनेछ ।

गुगलका सह सस्थापक सर्जेइ ब्रिनको व्यक्तिगत रुचीका आधारमा गुगलले स्वास्थ्य क्षेत्रमा आफ्नो फँडा फिजाइरहेको विश्लेषकहरुको भनाइ छ । बि्रनकी आमालाई पार्किन्सनको रोग भएको थियो भने आनुवंशिक परीक्षणबाट बि्रन आफैलाई पनि उक्त रोग हुने अधिक सम्भावना रहेको पत्ता लागेको छ । गुगलका अर्का संस्थापक ल्यारी पेज पनि स्वर यन्त्रको समस्याबाट ग्रसित छन् ।

 उनी पनि गुगलमार्फत धेरै भन्दा धेरै तथ्यांक उपलब्ध गराएर मानिसहरुलाई आफ्नो स्वास्थ्य समस्या समाधान गर्नका लागि सहयोग पूर्‍याराउन सकियोस् भन्ने मनसायमा छन् । हेर्नुहोस् भिडियो कसरी काम गर्छ यो स्मार्ट चम्चाले ?

Thursday, September 11, 2014

सुरु भयो सफ्ट टेक आजदेखी भृकुटीमन्डपमा

September 11
काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सफ्टेक मेला सुरु हुँदैछ । चार दिनसम्म सञ्चालन हुने मेलामा नेपालमा विकसित विभिन्न सफ्टवेयर तथा यसको प्रयोगका बारेमा जानकारी दिइनेछ ।

 कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले आयोजना गर्न लागेको मेलाको संविधानसभा अध्यक्ष सुभास नेम्बाङले एक कार्यक्रमका बीच आज उद्घाटन गर्नेछन् । मेलामा सˆटेवर, सोलुसन तथा कम्युनिकेसनसँग सम्बन्धित विभिन्न सेवाहरु पाउन सकिनेछ ।

मेलामा ५५ वटा कम्पनीका एक सय ४२ स्टल रहने छन् । नेपालमा विकसित सˆटवेयर, यसको प्रयोग, आइटीसम्बन्धी सेवा, सुविधासँगै त्यसको जानकारी दिने र मोबाइल एप, मोबाइल कम्पनी, सेक्युरिटी सोलुसन, पावर सोलुसन, भर्चुलाइजेसन जस्ता सेवा रहने क्यानले जनाएको छ ।

 मेलाको प्रवेश टिकटदर सर्वसाधारणलाई ५० र विद्यार्थीलाई २५ रुपैयाँ तोकिएको छ । त्यस्तै सामुदायिक विद्यालयका विद्यार्थीले निःशुल्क प्रवेश पाउने छन् ।

 मेला एक लाख ५० हजारले अवलोकन गर्नुका साथै सूचना प्रविधिसँग सम्बन्धित ज्ञान लिने आयोजकको अपेक्षा छ ।

निकाल्यो याप्पलले स्मार्टवाच

September 11
apple-watch-1 apple-watch-1
स्टिभ जब्सले सन् २०१० मा पहिलोपटक आइप्याड सार्वजनिक गरेयता एप्पलले मंगलबार बिल्कुलै नयाँ उत्पादन सार्वजनिक गर्‍यो- स्मार्ट वाच । स्मार्टवाच सेक्सनमा निकै ढिला प्रवेश गरेको एप्पलले उपभोक्तालाई कुनै चमत्कारको आभास गराउन भने सकेन् । यसअघि बजारमा आएका सामसुङ, एलजी, सोनी, मोटोरोला लगायतका ब्राण्डका स्मार्ट वाचकै हाराहारीमा देखिएको छ एप्पल वाच । एप्पलका मुख्य कार्यकारी टिम कुकले दुई नयाँ आइफोनको साथमा एप्पलको पहिलो स्मार्टवाच समेत सार्वजनिक गरे । त्यस बखत कुकले भने,’एप्पलको घडी हामीले अहिलेसम्म सिर्जना गरेको सबैभन्दा व्यक्तिगत डिभाइस हो ।’ धातुबाट बनेको एप्पलको स्मार्टवाचको चौकुने सफारी क्रिस्टल स्क्रिन हुनुका साथै घुमेको किनारा रहेको छ । सफारी क्रिस्टल यस्तो पदार्थ हो जो विश्वको हिरा पछाडिको दोश्रो कडा मानिन्छ । साथै यसमा फ्लेक्सिबल रेटिना डिस्प्ले, भाइब्रेटिङ फिडब्याक सिस्टमका साथै लाउडस्पिकर समेत रहेको छ ।  

apple-watch apple-watch
 भाइब्रेटिङ फिडब्याक सिस्टमको माध्यमबाट प्रयोगकर्ताले आफ्नो घडीमा आएका सन्देश, सूचनाको बारेमा स्मार्ट घडी कम्पन भएसँगै जानकारी प्राप्त गर्न सक्छ । प्रयोगकर्ताले घडीमै बोलेर सो आवाज सम्बन्धितसँग पूराउन सक्छन् । एप्पल वाचको अर्को विशेषता भनेको यसलाई तार विना पनि चार्ज गर्न सकिन्छ । यसका लागि घडीको पछाडिपट्टी इन्डक्टिभ चार्जिङ प्याड रहेको छ । घडीको साइडमा रहेको डिजिटल क्राउनबाट प्रयोगकर्ताले स्क्रिनका कन्टेन्टहरु जुम गर्न, स्क्रोल गर्न, छनोट गर्न सक्छन् जसका लागि स्त्रिmनमा औँला घुमाइरहनु पर्दैन । साथै स्मार्टवाचबाटै आइफोनको म्युजिक कन्ट्रोल समेत गर्न सकिन्छ ।

 apple-watch2 apple-watch2
 सन् २०१५ को सुरुबाटै बजारमा आउने एप्पल वाचको अमेरिकामा सुरुवाती मूल्य ३४९ डलर रहने बताइएको छ । यो स्मार्टघडीले आइफोन ५ पछाडिका आइफोनका सबै भर्सनसँग कम्प्याटिबल रहेको बताइएको छ । एप्पलले आफ्नो स्मार्टघडीलाई विस्तृत स्वास्थ्य तथा तन्दुरुस्ती अभियानको रुपमा व्याख्या गरेको छ ।

 apple-watch-3  apple-watch-3
 एप्पलले तीन भिन्न डिजाइनका एप्पल वाच ल्याएको छ । एप्पल वाच चाँदीबाट बनेको छ । त्यस्तै अर्को एप्पल वाच स्पोर्ट र अर्को एप्पल वाच इडिसन हो, जुन १८ क्यारेट सुनबाट बनेको हुनेछ । एप्पल वाचमा अन्य स्मार्टवाचभन्दा धेरै कुरा भिन्न नभएपनि अन्य उत्पादनमा झैं डिजानमा भने उत्कृष्ट देखिन्छ ।
 apple-watch-6apple-watch-6
 apple-watch-7  
apple-watch-7
apple-watch-8apple-watch-8
-एजेन्सीको सहयोगमा

Wednesday, September 10, 2014

एप्पल वाच सार्वजनिक गर्‍यो iphoneले

September 10
विज्ञानले संसारलाई नयाँ नयाँ वस्तुहरुसँग परिचित बनाईरहेको बेला हालै मात्र फेरी विश्व प्रसिद्ध इलेक्ट्रोनिक्स कम्पनि “एप्पल”ले नयाँ किसिमको घडीलाई सार्वजनिक गर्ने भएको छ |
 apple watch2
 “द एप्पल वाच” नाम दिइएको यो घडी सर्वप्रथम पहिलो आइप्याड बनेको समयमै बनेको थियो तर यसमा रहेका केहि त्रुटीहरुलाई सच्चाउनका लागि यसलाई सो समय सार्वजनिक गरिएको थिएन |

 apple watch2 apple watch1apple watch
एप्पलद्वारा “डिजिटल क्राउन” भनेर चिनिने एक एप्सबाट संचालन हुने यस घडी हाल सानो र ठुलो गरि दुई आकारमा पाइन्छ | फोनमा जस्तै क्रियाकलाप गर्न सकिने यसमा रहेको स्क्रिनमा पनि आफ्ना साथीहरुसँग कुरा समेत गर्न सकिन्छ |

 यसबाट मोबाइलबाट जस्तै मेल तथा म्यासेज समेत गर्न सकिन्छ | फोनमा जस्तै स्क्रिनलाई तल माथि सर्न सकिने यस घडीमा प्रयोग गरिएको एप्स खस आइफोनका लागि तयार गरिएको थियो |

 तर यसलाई फोनको सट्टामा घडीमा प्रयोग गरिएमा संसारमा केहि कुरा नयाँ हुने भएकाले यसलाई घडीमा प्रयोग गरिएको कम्पनीका एक कर्मचारी बताउछन | यस घडीमा होम बटनलाई घडीको दाहिने तर्फ राखिएको छ |

 सन् २०१५ मा सार्वजनिक गरिने यस घडीको मूल्य एप्पलले ३४९ अमेरिकी डलर अर्थात् २१६ पाउण्ड तोकेको छ | यसलाई नेपाली मुल्यमा खरिद गर्दा करिव ३३ देखि ३५ हजार सम्म पर्न जान्छ | मौसमको बारेमा समेत जानकारी दिने यस घडीमा एप्पलले एन्ड्रोइड फन्सनको प्रयोग गरेको बताएको छ |

आयो आइफोन ६, के-के छन नयाँ सुबिधा ? (फोटो कथा)

September 10
निर्माता एप्पलले मंगलबार बहुप्रतिक्षित आइफोन ६ सार्वजनिक गरेको छ । ‘आइफोन ६’ र ‘आइफोन ६ प्लस’ गरि दुई मोडल सार्वजनिक गरेको एप्पल ठूलो स्त्रिmन स्मार्टफोन सेगमेन्टमा प्रवेश गरेको छ । क्यालिफोर्नियामा आयोजित बिशेष कार्यक्रममा एप्पल प्रमुख कार्यकारी अधिकृत टिम कुकले आइफोनका दुई मोडलसँगै पहिलो स्मार्टवाच ‘एप्पल वाच’ पनि सार्वजनिक गरे ।tim-cook-with-iphone-6

डिजाइन र डिस्प्ले
आइफोनले आफ्ना अघिल्ला फोनभन्दा डिजाइनमा केही नयाँपन दिएको छ । आइप्याड एयरको जस्तै चौकुना हल्का घुमाइएको छ । स्त्रिmनको गुणस्तर सुधार गर्दै रेटिना एचडी क्वालिटीमा अपग्रेड गरिएको छ । ‘आइफोन ६’ को स्क्रिन साइज ४.७ इन्च छ भने मोटाई ६.८ एमएम । आइफोन ६ प्लसको स्क्रिन ५.५ इन्चको छ भने ७.१ एमएम मोटाइ छ । दुवै स्मार्टफोन एप्पले बनाएका अहिलेसम्मका पातला फोन हुन् । आइफोन ६ मा फोनलाई घुमाएर ल्यान्डस्केप भ्युमा पनि हेर्न सकिने छ । यसो गर्दा एप्स र स्त्रिmन आफैैं नयाँ साइजमा परिणत हुनेछन् । तपाईले एउटा हातले मात्र वेबब्राउज गर्दा सजिलो हुने गरि ‘ वन ह्यान्डेड मोड’को ब्यबस्था गरिएको छ ।both-phones-are-incredibly-

 क्षमता आइफोनमा एप्पलको नयाँ अपरेटिङ सिस्टम आइओएस ८ प्रयोग गरिएको छ । ६४ वीट सीपीयुसहित ए८ प्रोसेसर प्रयोग गरिएको नयाँ आइफोन अघिल्ला आइफोनभन्दा ५० प्रतिशतबढी फाष्ट रहेको दावी गरिएको छ । आइफोनले आफ्नो ब्याट्री क्षमतामा सुधार गरेको छ भने ब्याट्री खपत ५० प्रतिशतसम्म कम हुने दावी गरेको छ । यसको मतलव आइफोन ६ को ब्याट्री आइफोन ५एसभन्दा दोब्बर बढि टिक्नेछ ।

क्यामेरा र बिशेष सुबिधा
  दुवै आइफोनमा पहिलेकै जस्तो ८ मेगापिक्सेलको क्यामेरा राखिएको छ । तर, यसमा गुणतस्तरीय तस्वीरका लागि सेन्सर राखिएको छ जसले डीएसएलआर क्यामेरामा जस्तै आफुलाई चाहिएको बस्तुमा फोकस गर्न सजिलो हुने छ । क्यामेरामा अनुहार पहिचान गर्नसक्ने सुबिधा पनि राखिएको छ । इमेज स्टाबलाइजेसनका कारण तपाइले खिच्ने फोटो धमिलो आउने सम्भावना कम हुन्छ । प्रकाश कम भएको अबस्थामा पनि राम्रो तस्वीर लिन सकिने एप्पलले बताएको छ ।the-rear-camera-pops-out-a-

के छ दुई आइफोनमा फरक ? बाहिरबाट झट्ट हेर्दा स्क्रिनमामात्र सानो-ठूलो देखिए पनि यी दुई फोनमा केही खास भिन्नता छन् । एप्पल सूत्रको हवाला दिादै प्रबिधि समाचार साइटहरुले जनाएअनुसार आइफोन ६ प्लसभन्दा आइफोन ६ करिव १ सय डलर सस्तो हुने छ । आइफोन ६ प्लसभन्दा आइफोन ६ एक इन्च सानो भए पनि आइफोन ५एस भन्दा दुवै ठूलो आकारका छन् । आइफोन ६ को ब्याट्री क्षमता ६ प्लसको भन्दा कमजोर छ । अर्थात् आइफोन ५ एसमा जुन क्षमताको ब्याट्री प्रयोग भएको छ आइफोन ६ मा पनि त्यही नै ब्याट्री हो । आइफोन ६ को ब्याट्री लाइफ १० घण्टा छ भने ६ प्लसको १६ घण्टा छ ।

 हेर्नुहोस् एप्पलका उत्पादनका साइजको फरकpoptart-1the-iphone-6-left-has-a-47-the-back-is-made-of-metal-ithe-smaller-iphone-6-will-papps-work-differently-in-lascreen-shot-2014-09-09-at-1

Tuesday, September 9, 2014

फेसबुकमा बढि झुण्डिन्छन् लजालु मानिस

September 9
लजालु तथा अन्तरमूखी मानिसहरुले फेसबुकमा बढि समय बिताउने तर आफ्ना साथीहरुसँग भने कममात्रै सूचना, जानकारी तथा कुराहरु मात्रै सार्वजनिक गर्ने गरेको एक रोचक अध्ययनले देखाएको छ ।
 shy people on facebook
 ‘अन्तरमूखी तथा लजालु मानिसहरुले फेसबुकको प्रयोग लामो समयसम्म गर्छन् तर उनीहरुले फोटो अपलोड गर्ने तथा साथीहरुको वालमा पोष्ट गर्ने काम भने कम गर्छन्’, अमेरिकाको अलाबामा विश्वविद्यालयकी शोधकर्ता प्याभिका शेल्डनले बताएकी छिन् ।

 बढि बोल्ने -बहिर्मूखी) तथा नलजाउने मानिसहरुले भने साथी तथा परिवारसँग सम्बन्धमा जोडिएर बढि फाइदा उठाउने र उनीहरुले बढि तस्वीर तथा भिडियो अपलोड गर्नुका साथै छिटो छिटो स्टाटस अपडेट समेत गर्ने गरेका अध्ययनको निष्कर्ष छ ।

 अनलाइन बाहिरको सामाजिक तथा व्यक्तिगत सम्बन्धमा सबल मानिसहरुले फेसबुकको प्रयोगबाट बढि लाभ लिन सक्ने समेत शोधकर्ताहरुको दाबी रहेको साइन्स डेलीले जनाएको छ ।

Sunday, September 7, 2014

सबैलाई अनलाइनमा ल्याउन फेसबुकले अरबौँ खर्च गर्ने

September 7
विश्वका सबै मानिसलाई इन्टरनेटको पहुँचमा ल्याउन फेसबुकले अरबौँ डलर खर्च गर्ने तयारी गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले विश्वका सबै मानिससामु इन्टरनेट पूराउने आफ्नो लक्ष्य पूरा गर्नका लागि फेसबुक अरबौँ डलर खर्चिन तयार रहेको बताएका हुन् ।
facebook
 मेक्सिकोका अर्बपति कार्लोस स्लिमले मेक्सिको सिटीमा आयोजना गरेको एक समारोहमा बोल्दै जुकरबर्गले भने, ‘हाम्रो एकमात्र मुख्य चासो भनेकै विश्वका सबै मानिसलाई इन्टरनेट मार्फत जोड्नु हो ।’ ‘यसका लागि आउँदो दशकसम्मै फेसबुकले अरबौँ डलर खर्च गर्नुपरेपनि यो दीर्घकालमा फेसबुक तथा विश्वकै लागि असल चिज हुनेछ’ जुकरवर्गको भनाइ छ ।

 अन्तराष्ट्रि दूरसंचार संघ आइ टि यू को तथ्यांक अनुसार सन् २०१४ को अन्त्य सम्ममा विश्वका ३ अर्ब मानिस मा इन्टरनेटको पहुँच पुग्नेछ । त्यसमध्ये आधा जसो अर्थात् १ अर्ब ३० करोड मानिसले फेसबुक प्रयोग गर्ने गरेका छन् । विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किङ कम्पनी फेसबुकले गएको वर्ष इन्टरनेट डट ओआरजी परियोजना सुरु गरेको थियो ।

यस अन्तरगत एसिया र अफिकाका इन्टरनेटको पहुँच नभएका मानिसहरुमा इन्टरनेट पूराउन फेसबुकले सम्बन्धित क्षेत्रका दूरसंचार प्रदायक कम्पनीहरुसँग सहकार्य गर्नेछ । विश्वका सबै मानिसमा इन्टरनेटको पहुँच स्थापित भएमा व्यवसाय तथा अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन आउने जुकरवर्गले बताएको रोयटर्सले उल्लेख गरेको छ ।

सफ्टटेक हामिले जान्कारिमुलक बनाउन खोजेका छौ

September 7
कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) ले भदौं २६ देखि २९ सम्म राजधानीको भृकुटीमण्डपमा सुबिसु क्यान सफ्टेकको आयोजना गर्दैछ। हरेक वर्ष सफ्टवेयरका विषयमा आयोजना गर्ने सफ्टेक मा ५५ वटा कम्पनीका एक सय ४२ वटा स्टलहरु रहेका छन्। मेला आयोजना, आकर्षण र तयारीका विषयमा मेला संयोजकसँग घटना र बिचारले गरेको छोटो कुरकानी : 


सुबिसु क्यान सफ्टेकको तयारी कस्तो छ?
सुबिसु क्यान सफ्टेकको सम्पूर्ण तयारी लगभग अन्तिम चरणमा रहेको छ। सफ्टेकलाई भव्य रुपमा सम्पन्न गर्नका लागि हामीले हाम्रो तर्फबाट भरपुर प्रयास गरिरहेका छौं। स्टल बुकिङ पनि सबै भइसकेको अवस्था छ। यसपाली मेलामा ५५ वटा कम्पनीका एक सय ४२ वटा स्टल रहनेछन्। हामीलाई स्पोन्सर गर्नेहरुले पनि सहयोग गरिरहनुभएको छ। हाम्रो तयारी लगभग पूरा नै भएको छ।

यसपालीको सफ्टेकको आकर्षण के छ?
वास्तवमा सफ्टेकमा सहभागीता जनाउने सबै कम्पनी नै आकर्षण हुन्। हामीले सफ्टेकलाई आइसिटीको रुपमा अगाडी बढाएका छौं। मेलामा आइसिटीको सर्भिस, सोलुसन र कम्प्युनिकेसनरहन्छ। नेपालमा डेभलप भएका सफ्टवेयर, यसको प्रयोग, आइसिटीसम्बन्धी उपलब्ध सेवा सुविधासँगै त्यसको जानकारी दिने र मोबाइल एप, मोबाइल कम्पनी, आइएसपी कम्पनी, सेक्युरिटी सोलुसन, पावर सोलुसन, भर्चलाइजेसनलगायतका सेवा हामीले यसपाली सफ्टेकमा प्रदर्शनी गर्ने भएका छौं। त्यस्तै क्लाउड कप्युटिङलाई पनि जोड दिएका छौं। डाटा सेन्टर, भर्चलाइजेसन, डिजिलाइजेसनका नयाँ स्वरुप पनि देखा पर्नेछ। म्यानेज भिडियो, अडियो, भिडियो कन्फेरेन्सन, थि्रजी, वाइम्यााक्स पनि रहन्छन्। टिकटका लागि गएको वर्षजस्तै अनलाईनको पनि सुविधा छ। टिकटदर साधारण ५० र विद्यार्थीका लागि २५ रुपैयाँ तोकेका छौं। सामुदायिक विद्यालयका लागि निःशुल्कको व्यवस्था पनि छ। प्रदर्शनीमा आएपछि दर्शकले पाउने सूचना त छदै छ। उही कम्पनी उही वस्तु भएपनि नयाँ संस्करणमा उपलब्ध हुन्छ।

 सफ्टेक पनि इन्फोटेक शैलीकै मेला हुँदै गएको छ नि?
सफ्टेकर इन्फोटेकमा ठूलै फरक छ। इन्फोटेकमा व्यापार बढी हुन्छ। त्यहाँ व्यापारकै योजना हुन्छ र स्किम र अफर दिएर आकर्षण हुन्छ। सफ्टेकमा बढी सूचना र जानकारी हुन्छ। सफ्टेकमा धेरैभन्दा धेरै सूचना र जानकारी कसरी प्रदान गर्ने भन्ने नै मुख्य उद्देश्य रहन्छ। सफ्टेकको मेलामा ब्रान्डिङ गरेर बिजनेस पछि गरिन्छ। इन्फोटेक र सफ्टेकमा एउटै कम्पनीले भाग लिन सक्छन तर तिनीहरुले दिने सेवा फरक हुन सक्छ। एउटै कम्पनीले हार्डवयर र सफ्टवेयरमा सेवा दिएको छ भने सफ्टेक मेलामा सफ्टवयरलाई फोकस गरेर सहभागिता जनाएको हुन्छ। उदाहरणका लागि न्युटेरिकले डेल लगायका ल्यापटप बेच्ने भएपनि सफ्टेक मेलामा सफ्टवेयरसम्बन्धि नै फोकस गर्छ। त्यस्तै सुबिसुले पनि त्यस्तै गर्छ। विशेषगरी सर्भिस, सेक्यूरिटी सोलुसन र कम्युनिकेसनलाई मेलामा रहन्छ। हार्डवेयर ज्यादै न्युन हुन्छ। हामीले यो मेला सूचनामुलक र जानकारीमुलक नै बनाउन खोजेका हौं। कम्पनीहरुले पनि सेल्सलाई खासै प्रवर्द्धन गर्दैनन्। त्यसैल यो इन्फोेटेकभन्दा फरक हो।  

सफ्टवेयरमा ठूलो काम गर्ने आउटसोर्सिङ कम्पनीहरुको सहभागिता देखिदैन्,किन?
 सही कुरा उठाउनु भयो। नेपालमा बसेर विदेशी कम्पनीका लागि काम गर्ने आइटी आउटसोर्सिङ कम्पनीहरु धेरै छन् तर तीनीहरुले मेलामा सहभागिता जनाउन रुचि राखेका छैनन्। मेलामा सहभागितामात्र होइन मूलधारमा आएर काम गर्न पनि खोजिरहेको अवस्था छैन। हामीले धेरै पटक ती कम्पनीलाई प्रवर्द्धन गर्ने खोजेका हौं। तर, उनीहरुकै सहयोग भएन। उनीहरुलाई नै हामीले हौसला दिन खोजेका छौं तर उनीहरु नै आउन चाहदैनन्। उहाँहरुले हाम्रो बजार नेपालमा होइन भनेर प्रदर्शनीमा आउन चाहना नै राख्नु हुन्न। नेपालमा बजार होइन किन आवश्यक छ भन्ने प्रश्न गर्नुहुन्छ। हामीले हार्डवयर क्षेत्रलाई भन्दा पनि यस्ता कम्पनीलाई नै प्रोत्साहन गरिरहेका छौं। नेपालको आइसिटी क्षेत्र विकास गर्न बिपिओ, सफ्टवेयरकै विकास हुनुपर्छ भन्ने हामीले सोचेका छौं। उहाँहरु किन आउन चाहनुभएको छैन, यो हाम्रो लागि पनि प्रश्नहो।  

क्यान संघबाट महासंघमा जाने प्रक्रियामा छ। कहिलेसम्ममा क्यान महासंघ होला?
 हामीले गतबर्ष नै विशेष साधारण सभा गरेर क्यान महासंघमा जाने निर्णय गरेका हौं। क्यानको अहिले जुन संस्थागत संरचना छ। क्यान ५७ जिल्लामा रहेको छ। हाम्रो आफ्नै सदस्यताको प्रकार छ। यसले गर्दा हामीले राष्ट्रिय ऐन २०१८ अनुसार दर्ता भएर महासंघ बन्नुपर्छ भन्ने हाम्रो माग हो। अहिल्यै हामी महासंघजस्तो संरचनामा रहेका छौं। स्थापनाकालदेखि नै सूचनासञ्चार तथा प्रविधि क्षेत्रमा जुन भूमिका खेलेको छ। त्यसैले हामीले प्रसासनदेखि सम्बन्धित निकायमा हामीले हाम्रो कागजपत्र दिइसकेका छौं। त्यो दिएको पनि एक बर्ष हुन लाग्यो। अहिले हाम्रो फाइल गृह मन्त्रालयमा गएर अड्किएको छ। त्यो अहिले विचाराधिन अवस्थामा छ। हामीले सकेसम्म चाँडो प्रक्रिया अगाडि बढाउन अनुरोध गरिरहेका छौं। अब क्यानको चुनाव महासंघ भैसकेपछि मात्र हुन्छ कि भन्ने हाम्रो सोच हो। त्यसैअनुसार हामी अगाडि बढिरहेका छौं। क्यानले सूचनाप्रविधिमा पुर्याकएको योगदान, यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि सबै हिसाबले पनि यो महासंघ बन्नुपर्छ। नेपाल सरकारले पनि राष्ट्रिय ऐन अनुसार दर्ता गरेर सहयोग गर्नुपर्छ। हाम्रो यो माग पनि हो र अनुरोध पनि हो।  

सफ्टटेककै विषयमा अन्त्यमा केहि छ कि?
 सूचनाप्रविधि प्रयोग गर्ने र सरोकारवालाहरुलाई मेला अवलोकन गर्न आउनुस भन्न चाहन्छु। यदि तपाईले यो कुनै कारणले छुटाउदै हुनुहुन्छ भन्ने साँच्चै तपाईले सूचनाप्रविधिको केहीकुरा छुटाउदै हुनुहुन्छ। यो एउटा अवसर होत्यसैले समय मिलाएर मेला अवधिभर आउन निमन्त्रणा दिन चाहन्छु। सबैलाई हार्द्धिक स्वागत गर्न चाहन्छु।

Saturday, September 6, 2014

आईक्लाउडको सुरक्षा बढाउने एप्पलको घोषणा

September 5
एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले आफ्नो स्टोरेज सेवा आईक्लाउडको सुरक्षा बढाउने घोषणा गरेका छन् ।
 icloud
आईक्लाउडबाट चर्चित हस्तीहरुको निजी तस्वीर चोरी र अनलाइन पोष्टपछि एप्पलले यो कदम चालेको हो । टिम कुकले वाल स्ट्रीट जर्नलसँग भनेका छन्-’हृयाकरले अब सही पासवर्ड अनुमान गर्नुपर्छ ।’

 तस्वीर चोरीका क्रममा एप्पलको सुरक्षा घेरा भने नतोडिएको उनले बताएका छन् । अब कुनै नयाँ डिभाइसबाट डाटा खोल्ने वा पासवर्ड परिर्वतन गर्ने प्रयास गरेर एप्पलले आफ्नो ग्राहकलाई अलर्ट गराउनेछ ।

दई साताभित्र एप्पलले आफ्ना यूजरको गतिविधिका बारेमा नोटिफिकेशन पठाउने सुरु गर्नेछ । हालै मात्र हलिउडका हस्तीहरुको निजी तस्वीर अनलाइनमा प्रकाशित भएको थियो । अभिनेत्री जेनिफरले अनलाइनमा प्रकाशित आफ्नो नग्न तस्वीर असली भएको बताएकी थिइन ।

चीनमा मात्र बिद्यमान एमएसएन म्यासेनजर अब सदाका लागि बन्द हुँदै

September 6
पन्ध्र वर्ष अगाडी माईक्रोसफ्टद्वारा निर्मित एमएसएन म्यासेनजर अन्तत: अब बन्द हुँदैछ | यस म्यासेनजरद्वारा पन्ध्र वर्ष अगाडी विश्व संचारमा एक नयाँ क्रान्ति ल्याएको थियो | सन् १९९९ मा एओएल एम सेवाको प्रतिद्वन्द्वी स्वरूप माईक्रोसफ्टले सार्वजनिक गरेको एमएसएन म्यासेनजरबाट सुरुमा अक्षरमा मात्र कुरा गर्न मिल्थ्यो |

MSN-Messenger MSN-Messenger
जब सन् २००१ मा माईक्रोसफ्टले वुइन्डो एक्सपी सार्बजनिक गर्यो तब देखी एमएसएन म्यासेनजरबाट आवाजको माध्यमले कुराकानी गर्नसकिने साथसाथै पहिलो पटक आफ्नो सम्पर्क गर्ने व्यक्तिहरुको समूह बनाउन सम्भव भएको थियो ।

त्यसैगरी सन् २००३ देखि एमएसएनमा आफ्नो इच्छा अनुसार अवतार, ईमोटिकन र थीम रंगहरू फेर्न मिल्ने भएको थियो | सन् २००९ सम्म यस म्यासेनजरमा करिब तिन करोड तीसलाख जना प्रयोगकर्ता थिए | तर माईक्रोसफ्टले स्काइपलाई सार्वजनिक गरेलगतै एमएसएनको लोकप्रियता घटेको थियो |

त्यसकारण माईक्रोसफ्टले सन् २०१२ मै एमएसएनलाई स्काइपसँग गाब्ने घोषणागरेको थियो | त्यस लगत्तै माईक्रोसफ्टले आफ्नो प्राय जसो प्रयोगकर्ताको लागि सन् २०१३ देखि यो सेवा बन्द गरि स्काइपमा सारेको थियो | हालसम्म यो सेवा चीनमा बिध्यमान रहेतापनि अब चीनमा पनि यो सेवा स्काइपमा सारेर सन् २०१४ अक्टोबर ३१ देखि विश्वबाट एमएसएन म्यासेनजर पूर्ण रुपमा बन्द हुने भएको छ |

Friday, September 5, 2014

सामसुङका एकैसाथ ४ प्रडक्ट, के के छन् सुबिधा ?

September 4
दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले एकैसाथ ४ नयाँ ग्याजेट सार्वजनिक गरेर मोबाइल बजारमा तरंग सिर्जना गरेको छ । बर्लिनमा आयोजित आइएफए टेक कन्फ्रेन्समा सामसुङले ग्यालेक्सी नोट फोर, मोडिएको स्क्रिन भएको ग्यालेक्सी नोट एज, नयाँ स्मार्टघडी सामसुङ गिएर एस र सामसुङ गिएर भर्चुअल रियालिटी हेडसेट सार्वजनिक गरेको हो । ग्यालेक्सी नोट एज

पछिल्लो समयमा सामसुङको मुनाफामा कमी आइरहेको तथ्यांक सार्वजनिक भएका बेला कम्पनीले नयाँ प्रडक्टका साथ बजारमा आफुलाई उतारेको हो । जुलाईमा सार्वजनिक तथ्यांकले सामसुङको नाफामा २० प्रतिशतले कमी आएको देखाएको थियो ।गएको वर्ष सेप्टेम्बरमा नोट थ्री सार्वजनिक गरेको सामसुङले ल्याएको नोट फोरमा अघिल्लो फोनमा भन्दा केही सुधार गरिएको बताइएको छ । यसमा नोट थ्री भन्दा केही फिचर्स थप गरिएकेा छ । सामसुङ ग्यालेक्सी नोट फोर

यसको डिस्प्ले क्वाड एच डी छ । साथै नोट फोरमा छिटै चार्जिङ हुने प्रविधिको समेत प्रयोग गरिएको बताइएको छ । यसको ब्याट्री आधा घण्टामै ५० प्रतिशत चार्ज हुन्छ । यसमा सेल्फी खिच्न समेत सकियोस् भन्नका लागि ३.७ मेगापिक्सेलको क्यामरा प्रयोग गरिएको छ । नोट फोरमा पहिलोपटक अल्ट्राभायोलेट सेन्सर प्रयोग गरिएको छ । यसको तौल १७६ ग्राम तथा यो सेट ८.५ मिलिमिटर पातलो रहेको छ ।
 सामसुङ गिएर एस
नोट फोरमा प्रयोगकर्ताले एकैपटकमा धेरै विन्डोजहरु खोल्न र बन्द गर्न सक्नेछन् र त्यसो गर्दा नयाँ एपलाई म्याक्सिमाइज वा मिनिमाइज गर्नुपर्ने छैन । आउँदो अक्टोबरदेखि नोट फोर बजारमा उपलब्ध हुने बताइएको छ । तथापि यसको मूल्य भने तोकिएको छैन । सामसुङले सार्वजनिक गरेको अर्को बहुप्रतिक्षित ग्याजेट ग्यालेक्सी नोट एज हो । मोडिएको स्क्रिनवाला यो फोन सामसुङको फ्लेक्सीबल डिस्प्ले टेक्नोलोजी प्रयोग गरिएको फोन हो ।
 सामसुङ गिएर भर्चुअल रियालिटी हेडसेट
यसमा मुख्य स्क्रिन अन्य फोनजस्तै चेप्टो छ भने दायाँ किनारा थप फैलिएर पछाडिसम्मै मोडिएको छ । यसमा स्क्रिनमा आएका कुराहरु साइड डिस्प्लेमा समेत देखिनेछ । टेबुलमा फोन राखिएको बेला टाढैबाट समेत साइडको डिस्प्लेमा फोनमा आएका जानकारीहरु देख्न सकिनेछ ।सामसुङले सार्वजनिक गरेको ग्यालेक्सी गिएर स्मार्टफोनको सिरिज ग्यालेक्सी गिएर एसमा थ्री जी तथा सुपर एमोलेड डिस्प्ले रहेकेा छ ।

मोडिएको स्क्रिन सहितको यो स्मार्टघडीलाई चालु गर्नका लागि मोबाइलको आवश्यकता पर्नेछैन र यसमा पूरै किबोर्ड समेत रहेको छ । साथै इसमा विभिन्न १ हजार वटा गिएर एप्स रहेका छन् । सामसुङले सार्वजनिक गरेको अर्को ग्याजेट हो, गिएर भर्चुअल रियालिटी हेडसेट । यसले ग्यालेक्सी नोट फोरको अतिरिक्त एसेसरीको काम गर्नेछ ।

यसमा सेन्सरको लगाइएको हुन्छ जसले मोबाइलमा गेम खेल्दा कम्पन भएर टाउकोमा त्यसको अनुभुति प्रदान गर्नेछ । यसले ९६ डिग्री कोणको दृश्य दिनेछ जसबाट देखिने दृश्यभ नेको २ मिलिमिटर पर रहेको १७५ इन्चको स्क्रिनमा

Tuesday, September 2, 2014

अब ह्वाट्सएपमा भिडियो कल सेवा

September 2
पछिल्लो समयमा लोकप्रिय बन्दै गएको मोबाइल मेसेजिङ सेवा ह्वाट्सएपले अब छिटै निशुल्क भ्वाइस कलको सुविधा ल्याउने भएको छ । Whats-appWhats-appअन्तराष्ट्रिय मिडियाहरुको रिपोर्ट अनुसार एपको इन्टरफेसमा भएका पछिल्ला परिवर्तनलाई आधार मान्ने हो भने ह्वाट्सएपले छिटै नै आफ्ना ६० करोड प्रयोगकर्ताका लागि भ्वाइस कलको सुविधा ल्याउँदैछ । ‘हालै सार्वजनिक भएका युजर इन्टरफेसका गोप्य तस्वीरहरुले देखाउँछन् की अन्य भाषा अनुवादमा समेत एपलाई सक्रिय बनाइएको छ जसलाई कुनै प्रयोगकर्ताले ह्वाट्सएपमार्फत कल प्राप्त गर्दा डिस्प्ले गरिन्छ’, दी फसजोपलिन डट कमलाई उधृत गर्दै टाइम्स अफ इण्डियाले लेखेको छ । ह्वाट्सएपको सबैभन्दा पछिल्लो भर्सनमा उपलब्ध भाषा अनुवादको फिचर्सले अब भ्वाइस कल सेवा पनि छिटै आउँदैछ भन्ने कुराको संकेत गरेको छ । ह्वाट्सएपले भ्वाइसकल सेवा सुरु गर्न लागेको समाचार सार्वजनिक भैरहेका बेला उसैको मातृसंस्था फेसबुकले यस्तो सेवा ल्याउने नल्याउने विषयमा भने केही जानकारी नभएको रिपोर्टमा भनिएको छ । फेसबुकले ह्वाटएप्स खरीद गरेसँगै यसका प्रयोगकर्तामा १५ प्रतिशतले वृद्धि भैसकेको छ ।

Monday, September 1, 2014

एप्पलले अब अमेरिकन एक्सप्रेस, भिसा र मास्टर कार्डसँग सहकार्य गर्ने


September 1/Agency

 एप्पलले आफ्नो मोबाइल भुक्तानीको लागि अमेरिकन एक्सप्रेस, भिसा र मास्टर कार्डलाई न्युक्त गरेको छ | रि-कोडका जसन् डेल रेद्वारा आज अमेरिकन एक्सप्रेस, भिसा र मास्टर कार्डलाई मोबाइल भुक्तानीको लागि नियुक्त गर्नुका साथै एप्पललाई भिसा र मास्टर कार्डमा अचानक आईलागेको बाधा पनि समाधान भएको जानकारी गराएका छन् |visa master card यदि एप्पलले यी तिन कम्पनीलाई नियुक्त नगरेको भए एप्पलले खुदरा विक्रेताहरुलाई नजिकको क्षेत्र सञ्चार प्रविधि(NFC)को लागि पोइन्ट अफ सेल्स (POS) प्रणालीमा लगानी गर्न मनाउनु पर्ने हुन्थ्यो | एनड्रोइड उपकरणहरुमा पहिले देखि नै NFC प्रविधिको प्रयोग भएको पाइएता पनि एप्पलले आफ्नो छिट्टै सार्वजनिक हुन लागेको आईफोन-६ मा छुट्टै प्रविधि प्रयोग गर्न लागेको छ | साथै आईफोन-६ मा टच आईडी र हार्डवेयर NFC चिप जस्ता प्रविधि मात्रै नभई भुक्तानी डाटाको सुरक्षाको लागि सुरक्षा चिपको पनि प्रयोग हुने बताइएको छ |iphone6_nfc_1